Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

दस वर्षयताकै लामो दिन आज

  • Bijeta Kunwar
  • July 06, 2023
  • 429

दस वर्षयताकै लामो दिन आज

दस वर्षयताकै लामो दिन आज
  • बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्याधिक गर्मी हुने छ ।
  • बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्सरभेटोरी विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुरा जानकारी दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा. सतनकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
  • पृथ्वी र सूर्यबिचको दुरी करिव १५ करोड किलोमिटर छ । बिहिबार दुबै बीचको दूरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्य दुरुस्थ भनिन्छ ।
  • उहाँले सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुन जान्छ भन्नुभयो । सुर्य को नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ ।
  • पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुन्छ,” समितिका कार्यकारी निर्देशक डा. शर्माले भन्नुभयो पृथ्वी आफ्नो अक्षरमा २३.५ डिग्री झुकेको हुनाले यस्तो हुन जान्छ। असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री त्यसपछि सूर्यतीर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाश लाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी धुव्रमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ। उत्तरी धुव्रमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुबमा वर्ष बास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुबमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ।

-गोरखापत्र समाचारदाता
-काठमाडौँ असार २० गते

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 15
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 114
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 67
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 42
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA