Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२०२६ को शीतकालीन ओलम्पिक (Milano Cortina 2026)

  • Ajnabee Khadka
  • February 24, 2026
  • 882

२०२६ को शीतकालीन ओलम्पिक (Milano Cortina 2026)

2026 Winter Olympics (Milano Cortina 2026)
  • आधिकारिक नाम: XXV Olympic Winter Games
  • आयोजक सहरहरू: मिलान र कोर्टिना डी'एम्पेज्जो, इटाली
  • आयोजना मिति: फेब्रुअरी ६ देखि फेब्रुअरी २२, २०२६ सम्म
  • नारा (Motto): "IT's Your Vibe"
  • मस्कट (Mascot): 'टिना' (Tina) र 'मिलो' (Milo) - दुईवटा 'स्टोट' (मुसो प्रजातिका जीव)
  • कुल इभेन्टहरू: ११६ पदक इभेन्टहरू (शीतकालीन ओलम्पिक इतिहासकै ठूलो कार्यक्रम)
  • खेल स्थलहरू: १५ वटा विभिन्न स्थानहरूमा
  • यो शीतकालीन ओलम्पिक इतिहासकै सबैभन्दा धेरै क्षेत्रमा फैलिएको खेल हो, जसले २२,००० वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ओगटेको,
  • नयाँ खेलको सुरुवात: स्कि माउन्टेनियरिङ (Ski Mountaineering - skimo) ले यसै पटकबाट ओलम्पिकमा डेब्यु (प्रवेश) गरेको,
  • उद्घाटन समारोह: फेब्रुअरी ६ मा मिलानको 'स्टाडियो सान सिरो' (Stadio San Siro) मा
  • समापन समारोह: फेब्रुअरी २२ मा भेरोनाको ऐतिहासिक रोमन एम्फीथिएटर 'भेरोना एरिना' (Verona Arena) मा 
  • समावेश गरिएका १६ खेल विधाहरू (Disciplines)
    १. अल्पाइन स्किइङ (Alpine skiing)

    २. बायथलन (Biathlon)
    ३. बबस्ले (Bobsleigh)
    ४. क्रस-कन्ट्री स्किइङ (Cross-country skiing)
    ५. कर्लिङ (Curling)
    ६. फिगर स्केटिङ (Figure skating)
    ७. फ्री-स्टाइल स्किइङ (Freestyle skiing)
    ८. आइस हक्की (Ice hockey)
    ९. लुज (Luge)
    १०. नोर्डिक कम्बाइन्ड (Nordic combined)
    ११. सर्ट ट्र्याक स्पिड स्केटिङ (Short track speed skating)
    १२. स्केलेटन (Skeleton)
    १३. स्कि जम्पिङ (Ski jumping)
    १४. स्कि माउन्टेनियरिङ (Ski mountaineering)
    १५. स्नोबोर्ड (Snowboard)
    १६. स्पिड स्केटिङ (Speed skating)

२०२६ शीतकालीन ओलम्पिक: पदक तालिका:

  • फेब्रुअरी २२, २०२६ मा सम्पन्न भएको मिलानो कोर्टिना ओलम्पिकमा नर्वे लगातार चौथो पटक पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको,
  • नर्वेले एकै शीतकालीन ओलम्पिकमा सबैभन्दा बढी स्वर्ण (१८) र कुल पदक (४१) जितेर नयाँ विश्व कीर्तिमान कायम गरेको,
  • संयुक्त राज्य अमेरिकाले १२ स्वर्ण पदक जितेर आफ्नो राष्ट्रिय रेकर्ड बनाएको,
  • ब्राजिल (अल्पाइन स्किइङ) र जर्जिया (फिगर स्केटिङ) ले शीतकालीन ओलम्पिकको इतिहासमा पहिलो पटक पदक जित्न सफल भएका,
स्थान राष्ट्र स्वर्ण रजत कास्य कुल
१ नर्वे १८ १२ ११ ४१
२ संयुक्त राज्य अमेरिका १२ १२ ९ ३३
३ नेदरल्याण्ड्स १० ७ ३ २०
४ इटाली १० ६ १४ ३०
५ जर्मनी ८ १० ८ २६

२०२६ शीतकालीन ओलम्पिक: उत्कृष्ट व्यक्तिगत प्रदर्शन:

  • यस ओलम्पिकमा नर्वेका क्रस-कन्ट्री स्किअर जोहानेस होसफ्लोट क्लाबो ले ऐतिहासिक सफलता हासिल गर्दै एकै शीतकालीन खेलमा ६ वटा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेका (उनले सन् १९८० को एरिक हाइडेनको ५ स्वर्णको कीर्तिमान तोडेका,)
  • जोहानेस क्लाबो अब माइकल फेल्प्सपछि ओलम्पिक इतिहासकै दोस्रो सफल स्वर्ण पदक विजेता बनेका,

  • इटालीकी आरियाना फोन्टाना ले ३ वटा पदक जितेसँगै उनको कुल ओलम्पिक पदक संख्या १४ पुगेको छ, जसले उनलाई इटालीकै सबैभन्दा सफल ओलम्पियन बनाएको,
स्थान खेलाडी खेल विधा स्वर्ण रजत कास्य कुल पदक
१ जोहानेस एच. क्लाबो क्रस-कन्ट्री स्किइङ ६ ० ० ६
२ एब्बा एन्डरसन क्रस-कन्ट्री स्किइङ १ ३ ० ४
३ जोर्डन स्टोल्ज स्पिड स्केटिङ २ १ ० ३
४ आरियाना फोन्टाना सर्ट ट्र्याक स्केटिङ १ २ ० ३
५ एलिसा लिउ फिगर स्केटिङ २ ० ० २

 

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 40
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 69
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 59
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 25
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 37
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA