Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आ.व. २०८२/०८३ को बजेट (विस्तृत तथ्यांकहरु)

  • Ajnabee Khadka
  • March 25, 2026
  • 1797

आ.व. २०८२/०८३ को बजेट (विस्तृत तथ्यांकहरु)

Budget 2082/083 (Detailed data)
  • बजेट प्रस्तुत गर्ने व्यक्ति: नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेल
  • बजेट प्रस्तुत भएको मिति: वि.सं. २०८२ साल जेठ १५ गते
  • प्रस्तुत गरिएको निकाय: संघीय संसदको संयुक्त बैठक

बजेटको कुल आकार र विनियोजन:

बजेट विषय विनियोजन रकम (रु.) कुल बजेटमा हिस्स (प्रतिशत)
कुल बजेट विनियोजन (Total budget allocation) ९ खर्ब ६४ अर्ब ११ करोड रुपैया (चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी,) १०० प्रतिशत
चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड ६०.१ प्रतिशत
पुँजीगत खर्च
४ खर्ब ७ अर्ब ८९ करोड
२०.८ प्रतिशत
वित्तीय व्यवस्था
३ खर्ब ७५ अर्ब २४ करोड 
१९.१ प्रतिशत

प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरण (आ.व. २०८२/८३):

  • कुल बजेटमध्ये प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको,
अनुदानको शीर्षक प्रदेशका लागि स्थानीय तहका लागि जम्मा
वित्तीय समानीकरण अनुदान रु. ६० अर्ब ६६ करोड रु. ८८ अर्ब ९७ करोड रु. १ खर्ब ४९ अर्ब ६३ करोड
सशर्त अनुदान रु. ३० अर्ब ३५ करोड रु. २ खर्ब ११ अर्ब ४६ करोड रु. २ खर्ब ४१ अर्ब ८१ करोड
समपूरक अनुदान रु. ३ अर्ब २८ करोड रु. १० अर्ब ६ करोड रु. १३ अर्ब ३४ करोड
विशेष अनुदान रु. ३ अर्ब २७ करोड रु. ९ अर्ब ७८ करोड रु. १३ अर्ब ५ करोड
कूल अनुदान रु. ९७ अर्ब ५६ करोड रु. ३ खर्ब २० अर्ब २७ करोड रु. ४ खर्ब १७ अर्ब ८३ करोड
  • राजस्व बाँडफाँट र अनुदान गरी प्रदेश र स्थानीय तहमा आगामी आर्थिक वर्षमा कुल रु. ५ खर्ब ८२ अर्ब ८३ करोड हस्तान्तरण हुने अनुमान,

मन्त्रालयगत बजेट विनियोजन (आ.व. २०८२/८३):

क्र.सं. मन्त्रालयको नाम विनियोजित बजेट (रु. मा)
१. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय २ खर्ब ११ अर्ब १७ करोड
२. गृह मन्त्रालय २ खर्ब ८ अर्ब ६२ करोड
३. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १ खर्ब ५२ अर्ब
४. शहरी विकास मन्त्रालय १ खर्ब १८ अर्ब ३४ करोड
५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ९५ अर्ब ८१ करोड
६. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ८६ अर्ब १ करोड
७. रक्षा मन्त्रालय ६२ अर्ब १ करोड
८. कृषि तथा पशुपन्छी विकास मन्त्रालय ५७ अर्ब ४८ करोड
९. अर्थ मन्त्रालय ४९ अर्ब ९० करोड
१०. खानेपानी मन्त्रालय ३३ अर्ब ८९ करोड
११. वन तथा वातावरण मन्त्रालय १८ अर्ब ६१ करोड
१२. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १३ अर्ब २८ करोड
१३. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय १० अर्ब १४ करोड
१४. परराष्ट्र मन्त्रालय ७ अर्ब ८४ करोड
१५. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ७ अर्ब ७२ करोड
१६. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ७ अर्ब ४९ करोड
१७. युवा तथा खेलकुद मन्त्रालय ६ अर्ब ८ करोड
१८. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ४ अर्ब २८ करोड
१९. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय २ अर्ब ८ करोड
२०. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय ५३ करोड ५६ लाख

संवैधानिक निकाय र प्रमुख कार्यालयहरूको बजेट विनियोजन (आ.व. २०८२/८३):

क्र.सं. निकाय/कार्यालयको नाम विनियोजित बजेट (रु. मा)
१. अदालत (न्यायपालिका) १० अर्ब ६ करोड १९ लाख
२. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ६ अर्ब ४९ करोड ३२ लाख
३. अख्तियार दुरुपयोग अनुसन्धान आयोग १ अर्ब ८१ करोड
४. संघीय संसद १ अर्ब ६० करोड २९ लाख
५. लोक सेवा आयोग ९२ करोड ३२ लाख
६. महालेखा परीक्षकको कार्यालय ८४ करोड ७४ लाख
७. निर्वाचन आयोग ६७ करोड
८. राष्ट्रिय मानव अधिकार आयोग २९ करोड ८८ लाख
९. प्रदेश प्रमुखहरूको कार्यालय (७ वटै) २६ करोड ५१ लाख
१०. राष्ट्रिय योजना आयोग १७ करोड २ लाख
११. राष्ट्रपति कार्यालय १६ करोड ९२ लाख
१२. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ९ करोड ४६ लाख
१३. राष्ट्रिय महिला आयोग ८ करोड ३९ लाख
१४. उपराष्ट्रपति कार्यालय ७ करोड ७२ लाख
१५. न्याय परिषद् ५ करोड ९९ लाख
१६. आदिवासी जनजाति आयोग ४ करोड ९ लाख
१७. राष्ट्रिय दलित आयोग ४ करोड १४ लाख
१८. मधेशी आयोग ४ करोड २३ लाख
१९. थारू आयोग ४ करोड ३२ लाख
२०. मुस्लिम आयोग ४ करोड ३४ लाख
२१. राष्ट्रिय समावेशी आयोग ४ करोड ३८ लाख

दिगो विकास लक्ष्यका आधारमा विनियोजित रकम:

लक्ष्य नं.
दिगो विकास लक्ष्य (SDG)
विनियोजित रकम (रु. लाखमा)
कुल बजेटको प्रतिशत (%)
१. 
गरिबीको अन्त्य
१,२२,८१,५८
६.२५
२. 
शून्य भोकमरी
७२,५४,५२
३.६९
३. 
स्वस्थ जीवन
५८,५४,१८
२.९८
४. 
गुणस्तरीय शिक्षा
६५,८७,०९
३.३५
५. 
लैङ्गिक समानता
१०,४२५
०.०५
६. 
दिगो सफा पानी तथा सरसफाइ
२५,९८,६९
१.३२
७. 
आधुनिक ऊर्जामा पहुँच
४७,९४,०६
२.४४
८. 
समावेशी आर्थिक वृद्धि र मर्यादित काम
५०,५१,४७
२.५७
९. 
उद्योग, नवीन खोज र पूर्वाधार
१,८०,८५,९५
९.२१
१०. 
असमानता न्यूनीकरण
१,२४,३०,८८
६.३३
११. 
दिगो शहर र बस्तीहरू
१,४५,९५,७८
७.४३
१३. 
जलवायु परिवर्तन अनुकूलन
१३,२५,२१
०.६७
१५. 
भू-सतही स्रोतको उपयोग
१०,७२,७०
०.५५
१६. 
शान्तिपूर्ण, न्यायपूर्ण र सशक्त समाज
१,६०,८४,४०
८.१९
१७. 
दिगो विकासका लागि साझेदारी
१०,६९,७७
०.५४
 
साङ्केतीकरण नगरिएको (तटस्थ)
८,७२,२०,४७
४४.४१
 
कुल जम्मा
१९,६४,११,००
१००.००

लैङ्गिक उत्तरदायी बजेटको सारांश:

क्र.सं
वर्गीकरण
विनियोजित रकम (रु. लाखमा)
प्रतिशत (%)
१.
प्रत्यक्ष लाभ (Direct Benefit)
८,६९,७१,२७
४४.२८
२.
अप्रत्यक्ष लाभ (Indirect Benefit)
५,५७,७४,१७
२८.४०
३.
तटस्थ (Neutral)
५,३६,६५,५६
२७.३२
कुल जम्मा
 
१९,६४,११,००
१००.००

 

स्रोत व्यवस्थापन (बजेटको स्रोत):

स्रोत रकम (रु.)
राजस्व १३ खर्ब १५ अर्ब (अघिल्लो वर्षको तुलनामा १७.१ प्रतिशतले वृद्धि भएको अनुमान,)
वैदेशिक अनुदान ५३ अर्ब ४५ करोड 
वैदेशिक ऋण २ खर्ब ३३ अर्ब ६६ करोड 
आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब 
जम्मा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ

कुल सार्वजनिक ऋणको सारांश:

  • आगामी आर्थिक वर्षको अन्त्यसम्म नेपालको कुल सार्वजनिक ऋण रु. ३० खर्ब १० अर्ब ३९ करोड पुग्ने प्रक्षेपण गरिएको,
  • आन्तरिक ऋणको कुल मौज्दात आगामी वर्षको अन्त्यसम्ममा १३ खर्ब ७६ अर्ब ५१ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको,
  • वैदेशिक ऋण आगामी वर्षको अन्त्यमा १६ खर्ब ३३ अर्ब ८८ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको,
  • आगामी आर्थिक वर्षमा ऋणको ब्याज र कमिसनका लागि कुल १० अर्ब ८५ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको,
  • सरकारले विभिन्न निकायका लागि दिएको जमानत (Guarantees) को कुल रकम स्थिर रहँदै रु. ३,४०० करोड कायम रहने देखिएको,

चालु आर्थिक वर्ष (२०८१/८२) को सरकारी वित्त र खर्च एवं राजस्वको संशोधित विवरण:

खर्चको शीर्षक संशोधित अनुमानको अवस्था
चालु खर्च विनियोजनको ८८.५%
पुँजीगत खर्च विनियोजनको ८३.४%
वित्तीय व्यवस्था विनियोजनको ९७.६%
कुल सरकारी खर्च रु. १६ खर्ब ६२ अर्ब ३७ करोड (कुल विनियोजनको ८९.४%)
राजस्व परिचालन
अघिल्लो वर्षको तुलनामा १७.१ प्रतिशतले वृद्धि भई कुल रु. १२ खर्ब ६७ अर्ब ३९ करोड पुग्ने संशोधित अनुमान,
राजस्व बाँडफाँट
राजस्व बाँडफाँटमार्फत प्रदेश र स्थानीय तहमा रु. १ खर्ब ३९ अर्ब ५२ करोड हस्तान्तरण हुने अनुमान,
संघीय सञ्चित कोषमा दाखिला
राजस्व बाँडफाँटपछि संघीय सरकारको सञ्चित कोषमा रु. ११ खर्ब २७ अर्ब ८७ करोड दाखिला हुने,
वैदेशिक अनुदान
रु. ३४ अर्ब ८९ करोड परिचालन हुने संशोधित अनुमान
वैदेशिक ऋण
रु. १ खर्ब ६९ अर्ब ६० करोड परिचालन हुने अनुमान
आन्तरिक ऋण
चालु आर्थिक वर्षका लागि रु. ३ खर्ब ३० अर्ब आन्तरिक ऋण व्यहोर्ने सुरु अनुमान रहेकोमा २०८२ वैशाख मसान्तसम्म नै रु. ३ खर्ब ६० करोड परिचालन भइसकेको,

आ.व. २०८२/८३ को बजेट वक्तव्यमा आधारित चालु आर्थिक वर्षका प्रमुख आर्थिक सूचकहरू:

क्र.सं. क्षेत्र  सूचक  संशोधित अनुमान / वर्तमान अवस्था (२०८१/८२)
१. 
आर्थिक वृद्धि आर्थिक वृद्धिदर ४.६%
    प्रतिव्यक्ति आय १,४९६ अमेरिकी डलर
२. 
मूल्य र मौद्रिक मुद्रास्फीति (महँगी) ३.४% (चैत महिनामा)
    बैंक आधार दर ६.३%
    नेप्से सूचकांक २,६६२ (२०८१ चैत)
३. 
बाह्य क्षेत्र विप्रेषण (Remittance) रु. ११ खर्ब ९१ अर्ब
    विदेशी विनिमय सञ्चिति १७ अर्ब ६३ करोड डलर
    शोधनान्तर स्थिति  रु. ३४६ अर्ब (बचत)
४. 
सरकारी वित्त कुल सरकारी खर्च रु. १६ खर्ब ६२ अर्ब ३७ करोड
    कुल राजस्व परिचालन रु. १२ खर्ब ६७ अर्ब ३९ करोड
    वैदेशिक अनुदान रु. ३४ अर्ब ८९ करोड
    वैदेशिक ऋण रु. १ खर्ब ६९ अर्ब ६० करोड

आर्थिक वर्ष २०८२/८३ बजेटका उद्देश्यहरु (५ वटा):

  • उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिब निवारण गर्ने
  • उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने
  • आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक दक्षता वृद्धि गर्ने ,
  • सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ,
  • गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने।

आर्थिक वर्ष २०८२/८३ बजेटका प्राथमिकताहरु (५ वटा):

  • उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि,
  • प्रतिफलमुखी गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार,
  • सामाजिक क्षेत्रका गुणात्मक सुधार,
  • सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता,
  • नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा क्षेत्रगत कार्यक्रम र नीतिहरू:

क्र.सं. क्षेत्र कार्यक्रम र नीतिहरू
१. कृषि तथा भूमि सुधार (Agriculture and Land Reform)
  • कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रिकीकरणका लागि "राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम" अन्तर्गत २१ सुपरजोन र २०६ जोनका लागि रु. ३ अर्ब ५० करोड विनियोजन गरिएको,
  • रासायनिक मलमा अनुदानका लागि रु. २८ अर्ब ८२ करोड छुट्याइएको छ र ६ लाख मेट्रिक टन मल आपूर्ति गर्ने लक्ष्य,
  • किसानलाई मौसम, मूल्य र सामग्रीको जानकारी दिन "किसान एप" र एसएमएस सेवा सञ्चालन गरिने,
  • आगामी वर्ष ५ लाख भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने (कम्तीमा १०० स्थानीय तहमा भूमिवैंक स्थापना गरिने,)
२. उद्योग, लगानी र स्टार्टअप (Industry, Investment and Startups)
  • युवाहरूलाई उद्यमशील बनाउन ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन रु. ७३ करोड विनियोजन गरिएको,
  • विशेष आर्थिक क्षेत्र (SEZ)को मासिक भाडा प्रति वर्गमिटर रु. २० बाट घटाएर रु. ५ कायम गरिएको छ र नयाँ उद्योगलाई सुरुका ३ वर्ष भाडा छुट दिइने,
  • दैलेखमा पेट्रोलियम अन्वेषण सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गरिनेछ भने पाल्पा, सुनसरी र दाङमा अन्वेषण थालिने,
३. ऊर्जा, सिँचाइ र भौतिक पूर्वाधार (Energy, Irrigation and Infrastructure)
  • आगामी वर्ष थप ९४२ मेगावाट विद्युत् उत्पादन गरी कुल जडित क्षमता ४,८०० मेगावाट पुर्‍याइने,
  • पूर्व-पश्चिम राजमार्गको ४२२ किलोमिटर खण्डलाई ४ लेनमा स्तरोन्नति गर्न रु. २१ अर्ब १९ करोड विनियोजन गरिएको,
  • भेरी-बबई र सुनकोशी-मरिन डाइभर्सन आयोजनालाई तीव्रता दिइने,
४. शिक्षा र स्वास्थ्य (Education and Health)
  • शिक्षा क्षेत्रमा सबैभन्दा धेरै रु. २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको,
  • "कमाउँदै पढ्दै" कार्यक्रम र विद्यालयमा दिवा खाजाका लागि रु. १० अर्ब १९ करोड छुट्याइएको,
  • सातै प्रदेशका सरकारी अस्पतालमा जलन उपचार विभाग र मुटु एवं क्यान्सर रोगको विशिष्टीकृत सेवा विस्तार गरिने,
  • १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सर उपचार निःशुल्क हुने,
  • स्वास्थ्य बीमाका लागि रु. १० अर्ब विनियोजन गरिएको,
५. सूचना प्रविधि र डिजिटल नेपाल (Information Technology)
  • आर्टिफिसियल इन्टेलिजेन्सको अनुसन्धान र प्रयोगका लागि एआई सेन्टर स्थापना गरिने,
  • काठमाडौँ उपत्यका र ठूला सहरहरूमा ५जी (5G) सेवा सुरु गरिने,
  • डाटा सेन्टर निर्माण र आईटी पार्कका लागि रु. ७४ करोड विनियोजन गरिएको,
६. पर्यटन र वातावरण (Tourism and Environment)
  • सन् २०२५ मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रमुख धार्मिक र पर्यटकीय स्थलको पूर्वाधार विकास गरिने,
  • होटेल र रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर र विद्युत् महसुल छुट दिइने,
  • ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रयोगमा २०८२ मंसिर १ देखि रोक लगाइने,
  • कार्बन व्यापारको तयारीका लागि नीतिगत स्पष्टता ल्याइने,
७. सामाजिक सुरक्षा र सुशासन (Social Security and Governance)
  • सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि रु. १ खर्ब ९ अर्ब विनियोजन गरिएको,
  • ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गरिएको,
  • राष्ट्रसेवक कर्मचारीहरूको महङ्गी भत्ता वृद्धि गरी मासिक रु. ५ हजार पुर्‍याइएको,
  • भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिई 'स्वार्थको द्वन्द्व' सम्बन्धी कानुन तर्जुमा गरिने,

 

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 39
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 67
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 58
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 24
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA