Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जैविक विविधता महासन्धि

  • Ajnabee Khadka
  • July 19, 2026
  • 181

जैविक विविधता महासन्धि

Convention on Biological Diversity - CBD
  • उत्पत्ति: संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (UNEP) को अग्रसरतामा सन् १९८८ देखि मस्यौदा तयारी सुरु भएको,
  • मूलपाठ पारित (Adoption): सन् १९९२ मे २२ मा केन्याको नैरोबीमा (महासन्धिको मूलपाठ पारित भएको दिन मे २२ लाई हरेक वर्ष विश्वभर यो दिवसका रूपमा मनाइन्छ,)
  • हस्ताक्षरका लागि खुला: सन् १९९२ जुन ५ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको "पृथ्वी शिखर सम्मेलन (Earth Summit)" का क्रममा यो महासन्धि हस्ताक्षरका लागि खुला गरिएको,
  • लागू भएको मिति (Effective Date): सन् १९९३ डिसेम्बर २९ देखि यो महासन्धि विश्वव्यापी रूपमा लागू भएको,
  • कुल पक्ष राष्ट्र: हाल यस महासन्धिमा १९६ पक्ष राष्ट्रहरू रहेका (हस्ताक्षर नगर्ने/अनुमोदन नगर्ने प्रमुख देश: संयुक्त राज्य अमेरिका (हस्ताक्षर गरे पनि संसदबाट अनुमोदन नगरेको) र भ्याटिकन सिटी)
  • सचिवालय (Secretariat): मन्ट्रियल, क्यानडा
  • महासन्धिका तीन मुख्य उद्देश्यहरू:
    १.) जैविक विविधताको संरक्षण (Conservation)
    २.) यसका अवयवहरूको दिगो उपयोग (Sustainable use)
    ३.) आनुवंशिक स्रोतहरूको उपयोगबाट प्राप्त हुने लाभको न्यायोचित र समन्यायिक बाँडफाँड (Fair and equitable sharing of benefits)

महासन्धि अन्तर्गतका पूरक अभिसन्धिहरू / प्रोटोकल (Supplementary Protocols)

प्रोटोकल / सम्झौताको नाम
पारित (Adopted) मिति
लागू (Effective) भएको मिति
मुख्य उद्देश्य र क्षेत्र
काटाजेना प्रोटोकल (Cartagena Protocol on Biosafety)
२९ जनवरी २०००
११ सेप्टेम्बर २००३
आधुनिक जैविक प्रविधिबाट सिर्जित जीवित परिवर्तित जीवहरू (LMOs) बाट हुनसक्ने जोखिम न्यूनीकरण गरी जैविक सुरक्षा सुनिश्चित गर्ने,
नागोया प्रोटोकल (Nagoya Protocol on ABS)
२९ अक्टोबर २०१०
१२ अक्टोबर २०१४
आनुवंशिक स्रोतहरूमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको न्यायोचित र समन्यायिक बाँडफाँड सुनिश्चित गर्ने,

कुन्मिङ-मन्ट्रियल विश्वव्यापी जैविक विविधता खाका (Kunming-Montreal Global Biodiversity Framework - GBF)

पक्ष
विवरण
पारित मिति
१९ डिसेम्बर २०२२ (जैविक विविधता महासन्धिको १५औँ सम्मेलनले पारित गरेको,)
अध्यक्षता / आयोजक
चीनको अध्यक्षतामा क्यानडाको मन्ट्रियलमा सम्पन्न
मुख्य संरचना
४ वटा दूरगामी लक्ष्य (Goals) र २३ वटा कार्यमुखी लक्ष्य (Targets) 
समय सीमा
कार्यमुखी लक्ष्यहरू सन् २०३० सम्म र दूरगामी लक्ष्यहरू सन् २०५० सम्मका लागि
मुख्य उद्देश्य
जैविक विविधताको क्षय रोक्ने र प्रकृतिसँगको मानव सम्बन्धलाई दिगो बनाउने,
प्रमुख २३ कार्यमुखी लक्ष्यहरू मध्ये लोकसेवा आयोगको परीक्षाका लागि अति महत्त्वपूर्ण र संशिप्त तथ्यहरू
  • कम्तीमा ३० प्रतिशत बिग्रेका जमिन, आन्तरिक जलस्रोत र समुद्री पारिस्थितिकीय प्रणालीहरूको प्रभावकारी पुनर्स्थापना गर्ने,
  • विश्वको कम्तीमा ३० प्रतिशत जमिन, तटीय क्षेत्र र समुद्रको प्रभावकारी संरक्षण र व्यवस्थापन सुनिश्चित गर्ने,
  • वाह्य मिचाहा प्रजातिको स्थापना र फैलावटको दरलाई कम्तीमा ५० प्रतिशतले घटाउने,
  • वातावरणमा खेर जाने पोषक तत्व र विषादीबाट हुने जोखिमलाई कम्तीमा ५० प्रतिशत ले कम गर्ने र प्लास्टिक प्रदुषण रोक्ने,
  • कृषि, मत्स्यपालन र वन क्षेत्रलाई जैविक विविधतामैत्री र दिगो रूपमा व्यवस्थापन गर्ने,
  • विश्वव्यापी रूपमा खाद्यान्न खेर फाल्ने दर (Food Waste) लाई आधा (५०%) घटाउने र अत्यधिक उपभोगमा कमी ल्याउने,
  • जैविक विविधतालाई हानि पुर्‍याउने सरकारी अनुदानहरूमा वार्षिक कम्तीमा ५०० बिलियन (अर्ब) डलर कटौती वा सुधार गर्ने,
  • जैविक विविधता संरक्षणका लागि वार्षिक कम्तीमा २०० बिलियन (अर्ब) डलर आर्थिक स्रोत जुटाउने,
  • विकसित देशहरूबाट विकासोन्मुख देशहरूलाई सन् २०२५ सम्म वार्षिक २० र २०३० सम्म ३० बिलियन डलर वित्तीय सहयोग उपलब्ध गराउने,
  • निर्णय प्रक्रियामा आदिवासी, स्थानीय समुदाय, महिला र युवाहरूको पूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्ने,

नेपाल र जैविक विविधता महासन्धि:

  • हस्ताक्षर गरेको मिति: सन् १९९२ जुन १२
  • संसदबाट अनुमोदन (Ratification): सन् १९९३ नोभेम्बर २३
  • नेपालमा लागू भएको मिति: सन् १९९४ फेब्रुअरी २१
  • नेपालको जैविक विविधताको अवस्था: नेपालले विश्वको कुल भू-भागको करिब ०.१ प्रतिशत क्षेत्रफल ओगटे पनि विश्वमा पाइने कुल वनस्पतिको ३ प्रतिशतभन्दा बढी र जीवजन्तुको करिब १ प्रतिशत प्रजातिहरू नेपालमा पाइन्छन्,
  • संरक्षित क्षेत्रको योगदान: नेपालले आफ्नो कुल भू-भागको २३.३९ प्रतिशत क्षेत्रलाई संरक्षित क्षेत्र (राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र आदि) घोषणा गरी जैविक विविधताको स्व-स्थान संरक्षणमा उदाहरणीय कार्य गरेको,
  • सम्पर्क निकाय (Focal Point): वन तथा वातावरण मन्त्रालय (तत्कालीन वन तथा भू-संरक्षण मन्त्रालय)
  • नेपाल जैविक विविधता रणनीति: महासन्धिका सिद्धान्तहरू कार्यान्वयन गर्न नेपालले 'नेपाल जैविक विविधता रणनीति' तर्जुमा गरेको,

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

एन्डी बर्नह्याम (Andy Burnham) बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

  • Jul 29, 2026
  • 25
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 17
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 81
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 98
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA