Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८३ को श्रावन महिना (१ देखि ५ गते) सम्मको समसामयिक घटनाहरु

  • Ajnabee Khadka
  • July 22, 2026
  • 243

वि.सं. २०८३ को श्रावन महिना (१ देखि ५ गते) सम्मको समसामयिक घटनाहरु

Current events from the month of Shravan (1st to 5th) of BS 2083

१.) बागमती प्रदेशको मन्त्रालय पुनर्गठन:

  • निर्णय लागू भएको मिति: वि.सं. २०८३ साउन १ (सुरुवाती निर्णय: २०८३ वैशाख २२ को मन्त्रिपरिषद् बैठक)
  • मन्त्रालय सङ्ख्यामा परिवर्तन: १४ वटाबाट घटाएर ८ वटा कायम गरिएको,
  • मुख्यमन्त्री: इन्द्रबहादुर बानियाँ (नेपाली काङ्ग्रेस)
  • प्रदेश प्रमुख: दीपकप्रसाद देवकोटा
  • खारेज भएका ६ वटा मन्त्रालयहरू
    १.) श्रम, रोजगार तथा यातायात मन्त्रालय
    २.) संस्कृति तथा पर्यटन मन्त्रालय
    ३.) सहकारी तथा गरिबी निवारण मन्त्रालय
    ४.) स्वास्थ्य मन्त्रालय
    ५.) वन तथा वातावरण मन्त्रालय
    ६.) युवा तथा खेलकुद मन्त्रालय

कायम गरिएका ८ मन्त्रालयहरू र वर्तमान मन्त्रीहरू:

क्र.सं. मन्त्रालयको नाम जिम्मेवारी पाएका मन्त्री
१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय इन्द्रबहादुर बानियाँ (मुख्यमन्त्री)
२ कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय मधुसुदन पौडेल
३ आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय शिवराज अधिकारी
४ स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय कञ्चन चन्द्र वादे
५ भौतिक पूर्वाधार विकास मन्त्रालय डा. दिनेशचन्द्र देवकोटा
६ आर्थिक मामिला तथा योजना मन्त्रालय प्रभात तामाङ
७ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय कृष्णकुमार तामाङ
८ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बिन्दु श्रेष्ठ

२.) भारतको पहिलो हाइड्रोजन रेल (Hydrogen-Powered Train)

12 stations, 2 hours: A look at India's first hydrogen train journey

  • उद्घाटन मिति: सन् २०२६ जुलाई १७ (वि.सं. २०८३ साउन १)
  • उद्घाटनकर्ता: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
  • रेलको नाम: 'नमो ग्रीन रेल (NaMo Green Rail)'
  • उद्घाटन स्थल: जिन्द रेलवे स्टेसन, हरियाणा
  • सञ्चालन मार्ग: जिन्द–सोनिपत मार्ग (हरियाणा)
  • डिब्बा (Coaches) सङ्ख्या: १० डिब्बा – विश्वकै सबैभन्दा लामो र बढी क्षमता भएको हाइड्रोजन यात्रुवाहक रेलको रुपमा दाबी
  • वातावरणीय प्रभाव: पूर्ण रूपमा कार्बन उत्सर्जनरहित (Zero Carbon Emission)
  • इन्धन/उपउत्पादन: इन्धनका रूपमा हाइड्रोजनको प्रयोग हुने र उपउत्पादनका रूपमा जलवाष्प (Water Vapor) र ताप मात्र उत्सर्जन हुने,
  • विश्वव्यापी स्थान: यस प्रविधिको सफल सञ्चालनसँगै भारत जर्मनी, चीन, जापान र अमेरिकासँगै हाइड्रोजन इन्धनबाट रेल चलाउने विश्वका सीमित राष्ट्रहरूको सूचीमा समावेश भएको,

३.) एसीसी महिला यु-१९ प्रिमियर कप, २०२६ (ACC Women's U19 Premier Cup, 2026)

  • आयोजक राष्ट्र: मलेसिया
  • सहभागी टोली संख्या: १३ टोली (४ वटा समूहमा विभाजित)
  • उद्घाटन खेल मिति: सन् २०२६ जुलाई ११ (वि.सं. २०८३ असार २७)
  • फाइनल खेल मिति: सन् २०२६ जुलाई १८ (वि.सं. २०८३ साउन २)
  • फाइनल खेलको नतिजा: वर्षाका कारण फाइनल खेल पूरा हुन नसकेपछि थाइल्यान्ड र युएई (UAE) लाई संयुक्त विजेता घोषणा गरिएको,
  • तेस्रो स्थान: नेपाल
  • प्रतियोगिताकै सर्वाधिक रनकर्ता (Highest Run-scorer of the Tournament): नेपालकी ओपनर ब्याटर सावित्री धामी (कुल २५५ रन प्रहार गर्दै शीर्ष स्थानमा)
  • साझा साझेदारी कीर्तिमान: सिंगापुर विरुद्धको खेलमा नेपालका ओपनरद्वय साना प्रवीन र सावित्री धामीले कुनै पनि विकेट नगुमाई २० ओभर ब्याटिङ गर्दै १९९ रनको कीर्तिमान साझेदारी गरेका,
  • प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (Player of the Tournament): थाइल्यान्डकी अफिसरा सुवानचोनराथी

४.) प्रधानमन्त्री कार्यसम्पादन एकाइको स्थापना तथा सञ्चालन:

  • स्थापना तथा सञ्चालन मिति: वि.सं. २०८३ साउन ३ (सन् २०२६ जुलाई १९)
  • सम्बद्ध निकाय: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • आधार: मन्त्रिपरिषद्द्वारा स्वीकृत १८-बुँदे राष्ट्रिय प्रतिबद्धता
  • नेतृत्व: प्रमुख मन्त्रालयका सहसचिवहरू (सीधै प्रधानमन्त्रीप्रति उत्तरदायी)
  • अवधारणा/मोडेल: बेलायतबाट सुरु भएको 'डेलिभरोलोजी (Deliverology)' प्रणालीमा आधारित
  • लक्ष्य: राष्ट्रिय गौरवका आयोजनाको बाधा-अड्चन हटाई कार्यसम्पादन सूचक (KPI) को प्रत्यक्ष अनुगमन गर्ने,

५.) फिफा विश्वकप २०२६ (FIFA World Cup, 2026)

विषय / शीर्षक वस्तुगत विवरण (तथ्य)
आयोजना अवधि  सन् २०२६ जुन ११ देखि जुलाई १९ सम्म (कूल ३९ दिन)
संस्करण
२३औँ
संयुक्त आयोजक राष्ट्रहरू संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिको (पहिलो पटक ३ राष्ट्रहरूले संयुक्त रुपमा आयोजना गरेका,)
आयोजक सहर र रङ्गशाला संख्या क्रमशः कूल १६ आयोजक सहरका १६ वटा रङ्गशाला
सहभागी टोली र खेल संख्या क्रमशः ४८ टोलीको सहभागिता र कूल १०४ खेलहरू (विश्वकप इतिहासकै सबैभन्दा धेरै टोली र खेल संख्या)
नयाँ थपिएको चरण 'राउण्ड अफ ३२' (Round of 32) चरण
आधिकारिक फुटबलको नाम 'ट्रिओन्डा (Trionda)'
विश्वकप २०२६ को शुभंकर (Mascots) Maple the Moose (क्यानाडा), Zayu the Jaguar (मेक्सिको), Clutch the Bald Eagle (संयुक्त राज्य अमेरिका)
उद्घाटन खेल मिति र स्थान
सन् २०२६ जुन ११, एजटेका रङ्गशाला (मेक्सिको)
उद्घाटन खेलको नतिजा
मेक्सिको २ – ० दक्षिण अफ्रिका
प्रतियोगिताको प्रथम गोलकर्ता मेक्सिकोका जुलियन क्विनोनेस (Julián Quiñones)
प्रतियोगितामा पहिलो रातो कार्ड पाउने खेलाडी दक्षिण अफ्रिकाका याया सिथोले (Sphephelo 'Yaya' Sithole)
पहिलो आत्मघाती गोलकर्ता पाराग्वेका डामियान बोबाडिला (Damián Bobadilla)
फाइनल खेल मिति र स्थान सन् २०२६ जुलाई १९, मेटलाइफ रङ्गशाला, न्यू जर्सी (संयुक्त राज्य अमेरिका)
फाइनल खेलको नतिजा स्पेन १ – ० अर्जेन्टिना 
फाइनल खेलको निर्णायक गोलकर्ता
स्पेनका फेरान टोरेस
फिफा विश्वकप २०२६ को विजेता
स्पेन (दोस्रो पटक उपाधि जितेको,)
फिफा विश्वकप २०२६ को उपविजेता
अर्जेन्टिना
फाइनल खेलका मुख्य रेफ्री स्लाभ्को भिन्चिच (Slavko Vinčić) - स्लोभेनिया
फिफा विश्वकप २०२६ को तेस्रो र चौथो स्थानको टोली क्रमशः
इंग्ल्यान्ड र फ्रान्स
फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू
७२ खेल
फिफा विश्वकप २०२६ को कुल गोल सङ्ख्या
३०७ गोल (विश्वकप इतिहासकै सर्वाधिक)
विश्वकप इतिहासको १०००औँ खेल जापान विरुद्ध ट्युनिसिया (जुन २०, २०२६)
फिफा विश्वकप २०२६ को सर्वाधिक गोलकर्ता (Golden Boot)
फ्रान्सका किलियन एम्बाप्पे (Kylian Mbappé) — २२ गोल
सर्वाधिक गोल गर्ने टोलीहरू इङ्गल्याण्ड र फ्रान्स (प्रत्येक टोलीद्वारा २०–२० गोल)
गोलविहीन भई बाहिरिने टोली पानामा
हालसम्म विश्वकप खेल्ने कूल राष्ट्र ८४ राष्ट्रहरू (सन् २०२६ को विश्वकपसहित)
२०२६ मा पहिलो पटक छनोट भइ खेल खेल्ने राष्ट्र ४ वटा राष्ट्रहरु: केप भर्डे, उज्बेकिस्तान, कुराकाओ र जोर्डन
२०२६ मा खेल खेल्ने क्षेत्रफल र जनसङ्ख्याको आधारमा सबैभन्दा सानो राष्ट्र कुराकाओ
अपराजित रहेर पनि बाहिरिने टोली इरान
समूह चरणका सबै खेल जित्ने राष्ट्रहरू अर्जेन्टिना, फ्रान्स र मेक्सिको
२४ौँ फिफा विश्वकप (सन् २०३०) आयोजक ६ राष्ट्र: स्पेन, पोर्चुगल, मोरक्को, अर्जेन्टिना, उरुग्वे र पाराग्वे (१०० वर्षको अवसरमा)
२५ौँ फिफा विश्वकप (सन् २०३४) आयोजक साउदी अरेबिया 

६.) आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष (Law Reform and Construction Year)’ का रूपमा घोषणा:

आर्थिक वर्ष ०८३/८४ लाई 'कानून सुधार तथा कानून निर्माण वर्ष' घोषणा - RONB  post RONB post

  • घोषणाकर्ता: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम
  • प्रस्तावित विधेयकहरू: १६६ वटा नयाँ तथा संशोधन विधेयकहरूको सूची संघीय संसद्‌मा पेस
  • मुख्य अभियान/पोर्टल: Make Your Own Law (जनसहभागितामूलक कानुन निर्माणका लागि सुझाव संकलन पोर्टल)
  • अनुगमन प्रणाली: Government Bill Tracking System (विधेयक तर्जुमा अवस्थाको डिजिटली अनुगमन गर्न)
  • समिति गठन: प्रचलित कानुनहरूको पुनरावलोकन तथा सुधारका लागि 'उच्चस्तरीय कानुन सुधार समिति' गठन गरिने
  • सम्बद्ध ऐन/कानुनी आधार: विधायन ऐन, २०८१ (दफा ३ बमोजिम प्राथमिकता निर्धारण)
  • ९-बुँदे कार्ययोजनाका प्रमुख बिन्दुहरू:
    १.) कानुन सुधार वर्ष: आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार वर्ष’ घोषणा गरिने
    २.) उच्चस्तरीय कानुन सुधार समिति गठन: प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्न उच्चस्तरीय समिति निर्माण गरिने,
    ३.) क्षमता अभिवृद्धि र संसदीय समन्वय: विधेयक प्रक्रियालाई तीव्रता दिन प्राविधिक/प्रशासनिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने तथा सभामुख, समिति सभापति र महासचिवसँग नियमित समन्वय गर्ने,
    ४.) मासिक समीक्षा बैठक: प्रत्येक महिनाको पहिलो सोमबार सबै मन्त्रालयका कानुन महाशाखा/शाखा प्रमुखहरूसँग प्रगति समीक्षा गर्ने,
    ५.) मन्त्रीस्तरीय परामर्श: मन्त्रीहरूसँग विधेयकको अवस्थाबारे नियमित संवाद गरी तर्जुमा प्रक्रिया सहज बनाउने,
    ६.) जनसहभागितामूलक कानुन निर्माण: Make Your Own Law मार्फत आम नागरिक र सरकारी अधिकारीहरूबाट प्राप्त सुझावको अध्ययन गरी विधेयकमा समावेश गर्ने,
    ७.) न्यायिक फैसलाको कार्यान्वयन: सर्वोच्च तथा अन्य अदालतका आदेश/फैसला अध्ययन गरी कानुन निर्माण वा संशोधनको वार्षिक कार्ययोजनामा समेट्ने,
    ८.) कानुन तर्जुमा निर्देशिका (Legislative Drafting Instructions): संघ, प्रदेश र स्थानीय तहका कानुन संविधान र संघीयताको मर्मअनुकूल बनाउन निर्देशिका तर्जुमा गर्ने,
    ९.) Government Bill Tracking System: विधायन ऐन, २०८१ को दफा ३ बमोजिम प्राथमिकता प्राप्त १६६ विधेयकहरूको प्रगति अनुगमन गर्न डिजिटल प्रणाली सञ्चालनमा ल्याउने,

७.) मदन पुरस्कार, २०८२: उत्कृष्ट १० पुस्तकहरूको सूची (श्रेष्ठ-सूची) सार्वजनिक:

  • पुरस्कारको नाम: मदन पुरस्कार, २०८२
  • श्रेष्ठ-सूची (Top 10) सार्वजनिक मिति: वि.सं.२०८३ साउन ४ (सन् २०२६ जुलाई २०)
  • आयोजक/प्रदायक: मदन पुरस्कार गुठी (अध्यक्ष: कुन्द दीक्षित)
  • प्राप्त कूल पुस्तक संख्या: २९८
  • छनोट आधार: अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरू

मदन पुरस्कार, २०८२ को लागि उत्कृष्ट १० (श्रेष्ठ-सूची) मा परेका पुस्तक र लेखकहरू:

क्र.सं. पुस्तकको नाम लेखक / कृति संकलनकर्ता
१ अज्ञात केशवराज ज्ञवाली
२ इथा केशव दाहाल
३ उत्कर्ष ललित विष्ट
४ नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास रोशनकुमार झा
५ नेवार समुदायका परम्परागत मुकुन्डोनाच वीणा जोशी (राजभण्डारी)
६ परिधि उमा सुवेदी
७ महायुग सीमा आभास
८ सलह श्रवण मुकारुङ
९ स्वस्पर्श डा. नवराज केसी
१० हिउँद नदीश

मदन पुरस्कारसम्बन्धी ऐतिहासिक तथा परीक्षा-उपयोगी तथ्यहरू:

  • स्थापना मिति: वि.सं. २०१२
  • पहिलोपटक पुरस्कार प्रदान गरिएको वर्ष: वि.सं. २०१३
  • पुरस्कार राशि: रु. ४,००,००० (चार लाख रुपैयाँ) - वि.सं. २०७५ देखि लागू भएको,
  • श्रेष्ठ-सूची (Top 10) सार्वजनिक गर्ने परम्परा: वि.सं. २०७२ देखि सुरु
  • मदन पुरस्कार, २०८१ को विजेता: छुदेन काविमोको 'उरमाल' उपन्यास
  • पहिलोपटक (वि.सं. २०१३ मा) मदन पुरस्कार प्राप्त गर्ने कृति तथा स्रष्टाहरू:
    • गद्य विधा: 'हाम्रो लोक संस्कृति' — सत्यमोहन जोशी
    • सामाजिक शास्त्र: 'जनरल भीमसेन थापा र तत्कालीन नेपाल' — चित्तरञ्‍जन नेपाली
    • विज्ञान विधा: 'अधिकविभव स्थिरविद्युत् उत्पादक' — बलराम जोशी

८.) नेपाल-रूस (Nepal-Russia) कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव:

नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो | Nepal's first 24-hour  updated news portal - Ratopati

  • कूटनीतिक सम्बन्ध स्थापना मिति: वि.सं. २०१३ साउन ५ (सन् १९५६ जुलाई २०) – नेपाल र तत्कालीन सोभियत संघ (हालको रुस) बीच वि.सं. २०१३ साउन ५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको,
  • राजनैतिक कूटनीतिक क्रम: नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने रुस छैटौँ (6th) राष्ट्र
  • दूतावास स्थापना: रुसले सन् १९५९ मा काठमाडौँमा र नेपालले सन् १९६१ मा मस्कोमा आफ्नो आवासीय दूतावास स्थापना गरेका,
  • ऐतिहासिक भ्रमण: राजा महेन्द्रले वि.सं. २०१५ (सन् १९५८) मा सोभियत संघको ऐतिहासिक राजकीय भ्रमण गरेका,
  • नेपाल-रूसको कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव: वि.सं. २०८३ साउन ५ (सन् २०२६ जुलाई २१ मा) – वि.सं. २०६३ साउन ५ (सन् २००६ जुलाई २१) मा नेपाल-रूस (Nepal-Russia) कूटनीतिक सम्बन्धको ५० औँ वार्षिकोत्सव (Golden Jubilee) मनाइएको,
    • कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा पूर्वअर्थमन्त्री तथा नेता वर्षमान पुनद्वारा रुसी सांस्कृतिक केन्द्र (Russian Culture Centre) मा फोटो प्रदर्शनीको उद्घाटन
  • रुस (तात्कालिक सोभित संघ) को सहयोगमा सम्पन्न भएको नेपालको पहिलो आयोजना: कान्ति बाल अस्पताल – सन् १९५८ मा सुरु भई सन् १९६३ (वि.सं. २०१९) मा सम्पन्न भएको,
  • पूर्वाधार र जलविद्युतको क्षेत्रमा रुस (तात्कालिक सोभित संघ) को सहयोगमा सम्पन्न प्रथम आयोजना: नेपालको दोस्रो जलविद्युत आयोजना पनौती जलविद्युत् आयोजना (सन् १९६५ मा निर्मित)
  • महेन्द्र राजमार्गको १०९ कि.मी. लम्बाईको पथलैया–ढल्केबर खण्ड कुन राष्ट्रको सहयोगमा निर्माण भएको हो? रुस (तात्कालिक सोभित संघ)
  • जनकपुर चुरोट कारखाना लिमिटेडको स्थापना कुन राष्ट्रको सहयोगमा निर्माण भएको हो? रुस (तात्कालिक सोभित संघ) – वि.सं. २०२१ (सन् १९६५) मा निर्माण सम्पन्न भई उद्घाटन गरिएको,
  • रुस (तात्कालिक सोभित संघ) को सहयोगमा निर्मित नेपालका अन्य प्रमुख आयोजनाहरू:
    • वीरगन्ज चिनी कारखाना
    • कृषि औजार कारखाना, वीरगन्ज
    • नेपाल खोटेसल्ला उद्योग, कैलाली (Nepal Rosin and Turpentine Ltd.)

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 32
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 33
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 60
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 86
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA