Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको वैदेशिक व्यापारको वर्तमान अवस्था

  • Ajnabee Khadka
  • January 31, 2026
  • 1440

नेपालको वैदेशिक व्यापारको वर्तमान अवस्था

Current status of Nepal's foreign trade

कुल वैदेशिक व्यापारको अवस्था

आर्थिक वर्ष २०७८/७९ मा नेपालको वैदेशिक व्यापारको समग्र स्थिति:

  • आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल वैदेशिक व्यापार रु. २० खर्ब ८१ अर्ब १५ करोड पुगेको,
  • अघिल्लो आर्थिक वर्ष २०७७/७८ को (रु. १७ खर्ब ४५ अर्ब) तुलनामा करिब ३ खर्ब रुपैयाँले वृद्धि भएको,
  • कुल वैदेशिक व्यापार करिब १९.२४ प्रतिशतले वृद्धि भएको,
  • नेपालको वैदेशिक व्यापार इतिहासमा यो दोस्रो पटक २० खर्ब रुपैयाँ नाघेको अवस्था,

आयात, निर्यात र व्यापार घाटाको स्थिति

विवरण रकम (नेपाली रुपैयाँमा) वृद्धि दर (प्रतिशत)
कुल आयात रु. १८ खर्ब ४ अर्ब १२ करोड १३.२५%
कुल निर्यात रु. २ खर्ब ७७ अर्ब ३ करोड ८१.८०% (ऐतिहासिक वृद्धि)
व्यापार घाटा रु. १५ खर्ब २७ अर्ब ९ करोड करिब ६% (झिनो वृद्धि)
  • व्यापार घाटा अघिल्लो वर्षको तुलनामा झिनो (करिब ६%) मात्र वृद्धि भएको देखिन्छ, जसको कारण निर्यातमा उल्लेख्य सुधार,

कुल गार्हस्त उत्पादन GDP = रु. ४८ खर्ब ५१ अर्ब ६२ करोड (४८.५१ खर्ब) को अनुपातमा

  • निर्यात = GDP को ~४.५%
  • आयात = GDP को ~२९.५%
  • कुल व्यापार = GDP को ~३४%
  • व्यापार घाटा = GDP को ~२५%

कुल व्यापारमा आयात-निर्यातको अंश

  • निर्यातको हिस्सा: १३.३१%
  • आयातको हिस्सा: ८६.६९%
  • अघिल्लो वर्ष निर्यातको हिस्सा ८.७३% मात्र थियो, जसले यस वर्ष निर्यातको भूमिका उल्लेख्य रूपमा बढेको देखाउँछ,

निर्यातमा ऐतिहासिक उछाल र खाने तेलको भूमिका

  • निर्यात वृद्धिमा सबैभन्दा ठूलो योगदान वनस्पति/भटमास तेलको,
  • खाने तेल निर्यात: रु. ९२ अर्ब ६३ करोड
  • कुल निर्यातमा खाने तेलको हिस्सा करिब ३४-४०% रहेको,
  • नेपालले पहिलो पटक एउटै वस्तु १ खर्ब रुपैयाँभन्दा बढी निर्यात गरेको,
  • मुख्य निर्यात बजार भारत हो, जहाँ साफ्टा अन्तर्गत शून्य भन्सार सुविधा प्रयोग गरिएको,

यद्यपि, भटमास तेल उत्पादनका लागि नेपालले:

  • रु. १ खर्ब ८ अर्ब ९५ करोड बराबरको कच्चा भटमास तेल आयात गरेको हुँदा मूल्य अभिवृद्धि सीमित भई दिगो लाभ कमजोर देखिन्छ।

प्रमुख निर्यात हुने वस्तुहरू

  • भटमास तेल 
  • सूर्यमुखी तेल 
  • धागो (Yarn) 
  • फलाम तथा फलामजन्य सामग्री 
  • तयारी कपडा 
  • गलैँचा 
  • अलैँची 
  • जुट 
  • चिया/कफी 
  • केमिकल उत्पादन

प्रमुख आयात हुने वस्तुहरू

  • पेट्रोलियम पदार्थ: रु. ३ खर्ब ३६ अर्ब १४ करोड
  • डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन
  • फलाम तथा फलामजन्य सामग्री
  • कच्चा भटमास तेल
  • सवारीसाधन तथा पार्टपुर्जा (१ खर्बभन्दा बढी)
  • विद्युतीय तथा बोइलर मेशिनरी
  • खाद्यान्न, प्लास्टिक, औषधि, रासायनिक मल

व्यापार साझेदार मुलुक अनुसार स्थिति

  • नेपालले १६४ देशसँग व्यापार गरेको,
  • १२७ देशसँग व्यापार घाटा, ३७ देशसँग मात्र नाफा

व्यापार घाटामा रहेका देशहरू : क्रमअनुसार

देशको नाम आयात (रकम) निर्यात (रकम) व्यापार घाटा
भारत रु. १० खर्ब ७१ अर्ब १९ करोड रु. १ खर्ब ५४ अर्ब ६८ करोड रु. ९ खर्ब १६ अर्ब
चीन रु. २ खर्ब ६४ अर्ब ९० करोड रु. ८० करोड रु. २ खर्ब ६४ अर्ब
अर्जेन्टिना रु. ३९ अर्ब ३० करोड रु. ३३ लाख करिब ३९ अर्ब
UAE रु. २८ अर्ब ३३ करोड रु. ३ अर्ब १ करोड करिब २५ अर्ब
युक्रेन रु. २४ अर्ब ९१ करोड रु. ६७ लाख करिब २४ अर्ब ८० करोड

व्यापार नाफा हुने प्रमुख देशहरू (क्रम अनुसार)

देशको नाम निर्यात (रकम) आयात (रकम) व्यापार नाफा
अफगानिस्तान रु. ७७ करोड रु. ८४ हजार रु. ७६ करोड ६१ लाख
डेनमार्क - - रु. ३३ करोड ८९ लाख
रसिया - - रु. ७ करोड ७४ लाख

स्रोत : भन्सार विभागको प्रतिवेदन, २०७९ साउन

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 117
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 16
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 41
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 70
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 59
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 25
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA