इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
- विश्व स्वास्थ्य सङ्गठन (WHO) ले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (DR Congo) र युगान्डामा फैलिएको प्राणघातक इबोला (Ebola) प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल (Public Health Emergency of International Concern - PHEIC) घोषणा गरेको,
- सन् २०२६को मे महिनामा गरिएको यो घोषणा कङ्गोको पूर्वी इटुरी प्रान्तमा तीव्र गतिमा फैलिरहेको दुर्लभ प्रजातिको भाइरसलाई मध्यनजर गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय जोखिम न्यूनीकरणका लागि जारी गरिएको,
- घोषणा गर्ने निकाय: विश्व स्वास्थ्य सङ्गठन (World Health Organization - WHO)
- घोषणा मिति: मे १७, २०२६
- संकटकालको स्तर: अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल (A public health emergency of international concern - PHEIC)
- भाइरसको प्रकार: बुन्दिबुग्यो भाइरस (Bundibugyo virus - BVD)
- प्रभावित मुख्य क्षेत्र: प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी इटुरी प्रान्त (विशेष गरी बुनिया, र्वाम्पारा, र मोङ्ग्वालु स्वास्थ्य क्षेत्रहरू) र छिमेकी देश युगान्डा (राजधानी कम्पाला)
- इबोलाको "जायरे (Zaire)" प्रजातिका लागि खोप र उपचार उपलब्ध भए तापनि यस "बुन्दिबुग्यो (Bundibugyo)" प्रजातिका लागि हालसम्म कुनै पनि प्रमाणित खोप वा औषधि उपलब्ध नभएको,
वर्तमान महामारीको अवस्था (१६ मे २०२६ सम्मको तथ्याङ्क)
| देश/क्षेत्र | प्रभावित मुख्य स्थानहरू | प्रयोगशाला प्रमाणित केस (Confirmed) | शङ्कास्पद केस (Suspected) | शङ्कास्पद मृत्यु (Deaths) | विशेष कैफियत |
|
प्रजातान्त्रिक गणतन्त्र कङ्गो (DRC) |
बुनिया (Bunia), रुवाम्पारा (Rwampara), र मोङ्गब्वालु (Mongbwalu) | ८ जना | २४६ जना | ८० जना | मृत्यु हुनेमा ४ जना स्वास्थ्यकर्मी समेत रहेकाले अस्पतालभित्रै संक्रमण फैलिएको (Nosocomial Transmission) आशंका गरिएको, |
|
युगान्डा |
कम्पाला (Kampala) | २ जना | — | १ जना | दुवै बिरामी DRC बाट यात्रा गरी २४ घण्टाको अन्तरालमा (१५ र १६ मे) आइपुगेका र उनीहरूबीच आपसमा कुनै स्पष्ट सम्बन्ध नदेखिएको, |
|
DRC (अन्य क्षेत्र) |
किन्सासा (Kinshasa) | ० जना | — | — | १६ मे मा किन्सासा फर्किएका १ जना शङ्कास्पद बिरामीको 'INRB' प्रयोगशाला परीक्षण रिपोर्ट नेगेटिभ आएको, |
- इबोला भाइरसको पहिलो पहिचान: सन् १९७६ मा एकैसाथ याम्बुकु (Yambuku), प्रजातान्त्रिक गणतन्त्र कङ्गो र न्जारा (Nzara), सुडान
- इबोला भाइरसको नामकरण: प्रजातान्त्रिक गणतन्त्र कङ्गोको याम्बुकु गाउँनजिकै बग्ने "इबोला नदी (Ebola River)" को नामबाट यस भाइरसको नाम "इबोला" राखिएको,
- विश्व इतिहासको सबैभन्दा ठूलो र घातक इबोला प्रकोप: पश्चिम अफ्रिकाको महा-महामारी (सन् २०१४-२०१६)