Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

जेन–जी परिषद् गठन

  • Ajnabee Khadka
  • February 28, 2026
  • 755

जेन–जी परिषद् गठन

GenZ Council Formation
  • नेपाल सरकार मन्त्रिपरिषद्ले 'जेन-जी परिषद्' गठन गर्ने निर्णय: वि.सं. २०८२ फागुन १२ गते मंगलबार (तदनुसार सन् २०२६ फेब्रुअरी २४)

संरचना र प्रतिनिधित्व:

  • कुल सदस्य संख्या: ३१ जना (सबै जेन–जी समूहका)
  • भौगोलिक प्रतिनिधित्व: प्रत्येक प्रदेशबाट ३-३ जना (कुल २१ जना)
  • विशेष प्रतिनिधित्व: 
    • जेन–जी सहिद परिवारबाट: ५ जना
    • जेन–जी घाइतेहरूको तर्फबाट: ५ जना
  • समावेशिता: महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक र आर्थिक रूपमा विपन्न खस-आर्य

नियुक्ति प्रक्रिया र शर्तहरू:

  • छनोट समिति: प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा गठन हुने समितिले सदस्यहरूको सिफारिस गर्ने,
  • नियुक्ति: वर्तमान चुनावी सरकारले निर्णय गरे पनि नियुक्ति भने निर्वाचनपछि बन्ने नयाँ सरकारले गर्ने,
  • सुविधा: संयोजकबाहेक अन्य सदस्यहरूले तलब सुविधा नपाउने,
  • प्रशासनिक नेतृत्व: नेपाल सरकारका उपसचिवले परिषद्को सचिवका रूपमा कार्य गर्ने,
  • कार्यावधि: १ वर्ष (आवश्यकता अनुसार थप गर्न सकिने)

मुख्य उद्देश्यहरू:

  • राज्य सञ्चालनमा जेन–जी युवाका सुझावहरू समावेश गर्ने,
  • शासन व्यवस्थामा पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता अभिवृद्धि गर्ने,
  • भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकारलाई सल्लाह दिने,
  • दिगो विकास, समता र समावेशिताका लागि काम गर्ने,

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 40
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 69
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 59
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 25
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 37
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA