Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्वव्यापी शान्ति सूचकांक, २०२६

  • Ajnabee Khadka
  • July 07, 2026
  • 372

विश्वव्यापी शान्ति सूचकांक, २०२६

Global Peace Index 2026

सामान्य परिचय:

  • संस्करण: यो विश्वव्यापी शान्ति सूचकांकको २०औँ संस्करण
  • प्रकाशक: इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (Institute for Economics and Peace - IEP), सिड्नी, अस्ट्रेलिया
  • मापनका आधारहरू: सूचकांकमा २३ वटा गुणात्मक र परिमाणात्मक सूचकहरू प्रयोग गरिन्छ, जसलाई तीन मुख्य आयाममा विभाजन गरिएको छ; समाजको सुरक्षा र संरक्षण, चलिरहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय द्वन्द्व र सैन्यकरणको अवस्था
  • समेटिएको क्षेत्र: यस प्रतिवेदनले विश्वका १६३ स्वतन्त्र देश र क्षेत्रहरू समेटेको (विश्वको कूल जनसङ्ख्याको ९९.७ प्रतिशत)

विश्वव्यापी अवस्था (Global Trends)

  • विश्वको औसत शान्ति स्तर गत वर्षको तुलनामा ०.७ प्रतिशतले गिरावट आएको (यो विश्वव्यापी शान्तिमा गिरावट आएको लगातार १२ औँ वर्ष)
  • कुल १६३ देशमध्ये ९९ वटा देशमा शान्तिको अवस्था बिग्रिएको छ भने ६२ वटामा सुधार भएको,
  • हाल विश्वमा दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै सक्रिय द्वन्द्वहरू रहेका,

विश्वका शीर्ष ५ सबैभन्दा शान्त मुलुकहरू:

बरियता
देश
१
आइसल्याण्ड (Iceland)
२
न्यूजिल्याण्ड (New Zealand)
३
स्विट्जरल्याण्ड (Switzerland)
४
स्लोभेनिया (Slovenia)
५
आयरल्याण्ड (Ireland)
  • आइसल्याण्ड लगातार १९ औँ वर्ष विश्वकै सबैभन्दा शान्त मुलुक बन्न सफल भएको,
  • शीर्ष ५ मुलुकहरूमध्ये ४ वटा मुलुकहरू (आइसल्याण्ड, स्विट्जरल्याण्ड, स्लोभेनिया र आयरल्याण्ड) युरोप क्षेत्रका हुन् भने न्यूजिल्याण्ड एसिया-प्रशान्त क्षेत्रको,

सबैभन्दा कम शान्त (पुछारका) ५ मुलुकहरू:

बरियता
देश 
१६३
रुस (Russia)
१६२
सुडान (Sudan)
१६१
प्रजातान्त्रिक गणतन्त्र कङ्गो (DR Congo)
१६०
युक्रेन (Ukraine)
१५९
इजरायल (Israel)
  • रुस विश्वकै सबैभन्दा कम शान्त मुलुकको रूपमा सूचीकृत (युक्रेन र रुसबीचको जारी युद्धका कारण दुवै देश पुछारका ५ स्थानभित्र परेका,)
  • सुडान गृहयुद्ध र चरम मानवीय संकटका कारण दोस्रो सबैभन्दा अशान्त मुलुक बनेको,
  • इजरायल र हमास तथा इरानसँगको द्वन्द्वका कारण इजरायल पनि विश्वका ५ सबैभन्दा कम शान्त मुलुकको सूचीमा परेको,

नेपालको अवस्था:

  • विश्वव्यापी स्थान: नेपाल १११ औँ स्थानमा रहेको,
  • परिवर्तन: नेपालको अवस्थामा ९.१ प्रतिशतले गिरावट आएको र यो अघिल्लो वर्षको तुलनामा (७६ औं स्थान) २६ स्थान तल झरेको,
  • क्षेत्रीय स्थान: दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा
  • गिरावटको मुख्य कारण: सन् २०२५ सेप्टेम्बरमा भएको 'जेन जी' (Gen Z) आन्दोलन
दक्षिण एसियाको अवस्था:
  • दक्षिण एसिया विश्वकै सातौँ कम शान्त क्षेत्र (८ क्षेत्रमध्ये) को रूपमा रहेको,
  • भुटान: दक्षिण एसियाकै सबैभन्दा शान्त मुलुक (विश्वव्यापी १६ औँ स्थान)
  • अफगानिस्तान: दक्षिण एसियाको सबैभन्दा कम शान्त मुलुक (विश्वव्यापी १५७ औँ स्थान)
  • दक्षिण एसियाली मुलुकहरूको बरियता: १. भुटान (१६) २. श्रीलंका (६७) ३. नेपाल (१११) ४. बंगलादेश (११७) ५. भारत (१२७) ६. पाकिस्तान (१५२) ७. अफगानिस्तान (१५७)
अन्य महत्वपूर्ण तथ्यहरू:
  • सबैभन्दा बढी सुधार गर्ने मुलुक: पोल्याण्ड (२३ स्थान माथि उक्लिएर २२ औँ स्थानमा)
  • सबैभन्दा बढी गिरावट आउने मुलुक: नेपाल (२६ स्थान तल झरेको)
  • शान्त क्षेत्र: पश्चिमी र मध्य युरोप विश्वकै सबैभन्दा शान्त क्षेत्र
  • अशान्त क्षेत्र: मध्य पूर्व र उत्तर अफ्रिका (MENA) सबैभन्दा कम शान्त क्षेत्र
  • द्वन्द्वको आर्थिक प्रभाव: सन् २०२५ मा हिंसाको विश्वव्यापी आर्थिक प्रभाव २१.८ ट्रिलियन डलर (विश्वको कूल गार्हस्थ्य उत्पादनको १०.५ प्रतिशत) पुगेको,
  • प्रविधिको प्रभाव: आधुनिक युद्धमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) र ड्रोनको प्रयोग तीव्र रूपमा बढेको (ड्रोन आक्रमण सन् २०१८ देखि २०२५ को बीचमा ११५ गुणाले बढेको,)

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 20
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 133
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 81
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 46
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA