Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आर्थिक सर्वेक्षण २०८१/०८२ अनुसार स्वास्थ्य क्षेत्रको महत्वपूर्ण तथ्य र तथ्यांक

  • Ajnabee Khadka
  • March 31, 2026
  • 465

आर्थिक सर्वेक्षण २०८१/०८२ अनुसार स्वास्थ्य क्षेत्रको महत्वपूर्ण तथ्य र तथ्यांक

Important facts and figures in the health sector according to the Economic Survey 2081/082
  • आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ्य उत्पादनमा मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको योगदान: १.९१ प्रतिशत
  • आर्थिक वर्ष २०८१/८२ मा मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर: ४.७७ प्रतिशत

प्रमुख स्वास्थ्य सूचकहरू (नेपालको प्रगति):

स्वास्थ्य सूचक वर्तमान अवस्था / प्रगति
नेपालीको औसत आयु ७१.३ वर्ष
मातृ मृत्युदर (प्रति १ लाख जीवित जन्ममा) १५१ जना (२०७८ को जनगणना अनुसार)
कुल प्रजनन दर (प्रति महिला) १.९ सन्तान
नवजात शिशु मृत्युदर (प्रति १,००० जीवित जन्ममा) २१ जना
शिशु मृत्युदर (प्रति १,००० जीवित जन्ममा) २८ जना
५ वर्षमुनिको बाल मृत्युदर (प्रति १,००० मा) ३३ जना
पूर्ण रूपमा खोप लगाउने बालबालिका ९५.९ प्रतिशत
स्वास्थ्य संस्थामा प्रसूति गराउने महिला ७७.९ प्रतिशत
कम्तीमा ४ पटक गर्भ जाँच गराउने महिला ८८.४ प्रतिशत

स्वास्थ्य पूर्वाधार र सेवा प्रवाह:

स्वास्थ्य पूर्वाधार तथा सेवा प्रवाह विवरण / संख्या
कुल सरकारी स्वास्थ्य संस्था ८,७४६
अस्पताल संख्या ३४५
प्राथमिक स्वास्थ्य केन्द्र १४९
स्वास्थ्य चौकी ३,७४२
आधारभूत स्वास्थ्य केन्द्र र अन्य ४,५१०
सरकारी अस्पतालमा शैय्या (Beds) संख्या १८,६४०
कुल स्वास्थ्य सेवा प्रवाह (ओपिडी, आकस्मिक, अन्तरङ्ग) ४ करोड ५२ लाख पटक

स्वास्थ्य जनशक्ति (२०८१ फागुनसम्म):

स्वास्थ्य जनशक्ति विवरण संख्या / अनुपात
प्रति हजार जनसंख्यामा चिकित्सक १.१ जना
प्रति हजार जनसंख्यामा नर्स २.८६ जना
दर्ता भएका चिकित्सक (मेडिकल र दन्त) ३७,५९४ जना
दर्ता भएका नर्सहरू (नर्स र अ.न.मी.) १,२५,९४७ जना
परिचालित महिला स्वास्थ्य स्वयंसेविका ५१,४२३ जना

विशिष्ट उपचार र स्वास्थ्य बीमा:

  • विपन्न नागरिक उपचार: चालु आर्थिक वर्षको फागुनसम्म ३७,९८४ विपन्न नागरिकले क्यान्सर, मुटु र मृगौला जस्ता कडा रोगको निःशुल्क उपचार सेवा लिएका,
  • मृगौला र कलेजो प्रत्यारोपण: यस अवधिमा १५३ जनाको मृगौला र ५ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको,
  • स्वास्थ्य बीमा: हालसम्म कुल बीमित जनसंख्याको ४९.२ प्रतिशतले बीमामार्फत स्वास्थ्य सेवा उपभोग गरेका,

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 38
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 65
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 55
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 24
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA