Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बैंकिङ सम्बन्धी महत्वपूर्ण तथ्याङ्क र जानकारीहरू

  • Ajnabee Khadka
  • June 08, 2026
  • 290

बैंकिङ सम्बन्धी महत्वपूर्ण तथ्याङ्क र जानकारीहरू

Important statistics and information related to banking
विषय / कार्यक्रम विवरण / मिति / अवधि
मौद्रिक नीति (Monetary Policy) जारी गर्न सुरुवात आ.व. २०५९/६० (२०५९/०३/३२) देखि नेपाल राष्ट्र बैंकले औपचारिक रूपमा नेपालमा मौद्रिक नीति जारी गर्न सुरु गरेको,
मौद्रिक नीति (Monetary Policy) को अर्धवार्षिक समीक्षा आ.व. २०६१/६२ बाट
मौद्रिक नीति (Monetary Policy) को त्रैमासिक समीक्षा आ.व. २०७३/७४ बाट
वित्तीय क्षेत्र सुधार कार्यक्रम वि.सं. २०५७ (सन् २०००) मा नेपाल सरकारले वित्तीय क्षेत्र सुधार रणनीति नीतिगत रूपमा अघि सारेको र वि.सं. २०५९ (सन् २००२) बाट पूर्ण रूपमा यो परियोजना लागू भएको,
प्राथमिकता क्षेत्र कर्जा कार्यक्रम (Priority Sector Credit) नेपाल राष्ट्र बैंकले व्यावसायिक बैंकहरूलाई आफ्नो कुल कर्जाको निश्चित प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था वि.सं. २०३१ (सन् १९७४) देखि अनिवार्य गरेको,
ग्रामीण महिलाका लागि उत्पादन ऋण कार्यक्रम (PCRW) औपचारिक रूपमा वि.सं. २०३९ (सन् १९८२) बाट नेपाल सरकार (तत्कालीन पञ्चायत तथा स्थानीय विकास मन्त्रालय), नेपाल राष्ट्र बैंक र युनिसेफ (UNICEF) को संयुक्त प्रयासमा सुरु भएको,
सघन बैंकिङ कार्यक्रम (Intensive Banking Programme) को सञ्चालन नेपाल राष्ट्र बैंकको निर्देशनमा वि.सं. २०३८ (सन् १९८१) बाट यो कार्यक्रम व्यावसायिक बैंकहरू मार्फत सुरु गरिएको,
नेपालमा ग्रामीण कर्जा कार्यक्रमको सञ्चालन एसियाली विकास बैंक (ADB) को प्राविधिक तथा वित्तीय सहयोगमा वि.सं. २०४९ (सन् १९९२) मा पूर्वाञ्चल ग्रामीण विकास बैंकको स्थापनासँगै यो कार्यक्रम सुरु भएको,
बैंकिङ क्षेत्रमा उदारीकरणको प्रारम्भ नेपालमा वित्तीय तथा बैंकिङ उदारीकरणको औपचारिक सुरुवात आ.व. २०४१/४२ (सन् १९८४) मा नेपाल अरब बैंक (हालको नबिल बैंक) को स्थापना र विदेशी संयुक्त लगानीका बैंक खोल्न अनुमति दिएर भएको,
बैंकिङ प्रवर्द्धन समितिको स्थापना (Banking Promotion Committee) नेपाल राष्ट्र बैंक अन्तर्गत वि.सं. २०२३ मा 
राष्ट्र बैंकको प्रथम गभर्नर हिमालय शमसेर ज.ब.रा (वि.सं. २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म)
राष्ट्र बैंकको वर्तमान गभर्नर डा.विश्वनाथ पौडेल (राष्ट्र बैंकको १८ औं गभर्नर)
नेपाल सरकारको आधिकारिक राष्ट्रिय मर्यादाक्रम अनुसार नेपाल राष्ट्र बैंकको गभर्नरको स्थान १२ औं 
नेपाल राष्ट्र बैंकको स्थापना वि.सं. २०१३ वैशाख १४ गते, नेपाल राष्ट्र बैंक ऐन, २०१२ अन्तर्गत भएको,
नेपाल राष्ट्र बैंकको चुक्ता पुँजी रु ५ अर्ब
राष्ट्रिय वाणिज्य बैंकको स्थापना वि.सं. २०२२ माघ १० गते राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत भएको,
कृषि विकास बैंक लि.को स्थापना वि.सं. २०२४ माघ ७ गते कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत भएको,
कृषि विकास बैंक कम्पनीको रूपमा दर्ता वि.सं. २०६२ असार ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको,
कृषि विकास बैंकले 'क' वर्गको इजाजत प्राप्त नेपाल राष्ट्र बैंकबाट वि.सं. २०६२ चैत ३ गते 'क' वर्गको वाणिज्य बैंकको रूपमा इजाजत प्राप्त गरेको,
नेपाल पूर्वाधार विकास बैंक (NIFRA) स्थापना २०७५/०२/२५ मा कम्पनीको रूपमा स्थापित भएको, २०७५/१०/२८ मा राष्ट्र बैंकबाट इजाजत पाएको र २०७५ फागुन २२ गते देखि वित्तीय कारोबार सञ्चालन
स्वदेशी र विदेशी संयुक्त लगानीमा स्थापित पहिलो बैंक हालको नबिल बैंक (साविकको नेपाल अरब बैंक लिमिटेड) को स्थापना वि.सं. २०४१ असार २९ गते भएको,
नेपालको पहिलो विकास बैंक नेपाल औद्योगिक विकास निगम (NIDC) (स्थापना: वि.सं. २०१६ असार १ गते भएको,)
सहकारी बैंकको स्थापना वि.सं. २०२० भदौ २८ गते (पछि वि.सं. २०२४ मा यसैलाई कृषि विकास बैंकमा परिणत गरिएको,)
नेपालको पहिलो क्षेत्रीय वाणिज्य बैंक र नेपाली निजी क्षेत्रको लगानीमा स्थापित पहिलो वाणिज्य बैंक नेपाल श्रीलंका मर्चन्ट बैंक
नेपाली निजी क्षेत्रको मात्र (विदेशी साझेदारी विना) लगानी भएको पहिलो वाणिज्य बैंक
लुम्बिनी बैंक लिमिटेड (स्थापना: वि.सं. २०५५)
नेपालको पहिलो ग्रामीण विकास बैंक पूर्वाञ्चल ग्रामिण विकास बैंक (स्थापना: वि.सं. २०४९)
नेपालको पहिलो वित्त कम्पनी वि.सं. २०४९ साउन ११ गते स्थापित नेपाल आवास वित्त कम्पनी (Nepal Housing Development Finance Co.)
नेपालको पहिलो सहकारी संस्थान बखान ऋण सहकारी संस्था, चितवन (स्थापना: वि.सं.२०१३ साल चैत २०)
राष्ट्रिय सहकारी दिवस चैत्र २०
Internet Banking सेवाको सुरुवात कुमारी बैंक लिमिटेडले सन् २००२ मा नेपालमा पहिलो पटक इन्टरनेट बैंकिङ (E-Banking) सेवा सुरु गरेको,
Credit Card को सुरुवात नेपालमा पहिलो पटक नबिल बैंक लिमिटेड (साविकको नेपाल अरब बैंक) ले सन् १९९० (वि.सं. २०४७) को दशकको सुरुवातमै क्रेडिट कार्ड भित्र्याएको,
Visa Debit Card को सुरुवात नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIBL)
ATM Card को सुरुवात हिमालयन बैंक लिमिटेडले सन् १९९५ (वि.सं. २०५२) मा पहिलो पटक एटीएम (ATM) मेसिन प्रचलनमा ल्याएको,
Tele or Telephone Banking को सुरुवात हिमालयन बैंक लि.
SMS or Mobile Banking को सुरुवात लक्ष्मी बैंक लिमिटेड (सन् २००४ मा ) 
ABBS (Any Branch Banking Service) को सुरुवात अर्थात् नेपालमा एक शाखाको चेक अर्को शाखाबाट साट्न मिल्ने सेवा एभरेष्ट बैंक लिमिटेड
BLB (Branchless Banking - शाखारहित बैंकिङ) को सुरुवात एभरेष्ट बैंक लिमिटेड
बैंकमा डिजिटल असिस्टेन्टका रूपमा रोबोटको प्रयोग गर्ने पहिलो नेपाली बैंक नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो दरबारमार्ग शाखामा नेपालमै बनेको 'परी' नामक ह्युमनाइड रोबोटलाई डिजिटल असिस्टेन्टका रूपमा राखेर यो सेवा सुरु गरेको; वि.सं. २०७४ असार २३ गते
विश्वमा कागजी नोटको सुरुवात चीनबाट (९ औं शताब्दीको ताङ राजवंशको समयमा, पछि साङ राजवंशको पालामा 'ज्याओजी' नामबाट व्यापक प्रचलनमा आएको) भएको,
चल्ती खाता (Current Account) प्रचलनमा ल्याउने पहिलो राष्ट्र बेलायत
विश्वमा बैंकिङ प्रणालीको सुरुवात इटाली (थाहा छ!? 'बैंक' शब्द पनि इटालीको 'बान्को' (Banco) बाट आएको,)
आधुनिक बैंकिङ प्रणालीको सुरुवात बेलायत
विश्वको पहिलो बैंक बैंक अफ वेनिस (Bank of Venice); सन् ११५७ मा इटालीमा
विश्वको पहिलो केन्द्रीय बैंक स्विडेनको रिस्कबैंक (Sveriges Riksbank); सन् १६६८ मा स्थापना,
आधुनिक केन्द्रीय बैंकिङ प्रणालीको जननी (Mother of Central Banks) बैंक अफ इङ्ल्यान्ड (Bank of England)

 

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 20
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 139
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 82
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 47
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA