Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

काठमाडौं म्युनिसिपालिटी निर्वाचन, २००४

  • Ajnabee Khadka
  • March 24, 2026
  • 412

काठमाडौं म्युनिसिपालिटी निर्वाचन, २००४

Kathmandu Municipality Election, 2004
  • नेपालको निर्वाचन इतिहासको पहिलो निर्वाचन,
  • कानुनी आधार: राणा प्रधानमन्त्री पद्म शमशेरले जारी गरेको "नेपाल सरकार वैधानिक कानुन, २००४" को संवैधानिक सुधार योजना अन्तर्गत,
  • निर्वाचन मिति:  वि.सं.२००४ साल जेठ २९ गते
  • वडा विभाजन: तत्कालीन काठमाडौं म्युनिसिपालिटीलाई २१ वटा वडामा विभाजन गरिएको,
  • नगरपालिका बोर्ड: बोर्डमा कुल ३१ जना सदस्य रहने व्यवस्था थियो, जसमा २१ जना निर्वाचित र १० जना सरकारद्वारा मनोनीत
  • मतपत्र वितरण र पहिचान: निर्वाचनको अघिल्लो दिन नै परिवारका पुरुष मतदाताको सङ्ख्या बमोजिम मतपत्रहरू घरघरमै पुर्‍याइएको र मतदाताको पहिचानका लागि घरको "ब्लक नम्बर (House Block No.)" प्रयोग गरिएको,
  • मतदान केन्द्र: काठमाडौंका विभिन्न २२ वटा स्थानमा मतदान केन्द्रहरू तोकिएका,
  • मतदानको उमेर: २१ वर्ष उमेर पूरा भएका बालिग नागरिकहरू (पुरुष मात्र) लाई मतदानको अधिकार दिइएको (यस निर्वाचनमा महिलाहरूलाई मताधिकारबाट वञ्चित गरिएको.)
  • उम्मेदवारको योग्यता: उम्मेदवार बन्नका लागि न्यूनतम २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने, सरकारी जागिरे (निजामती वा जंगी अड्डाको कर्मचारी) नभएको हुनुपर्ने र सम्बन्धित वडाकै मतदाता हुनुपर्ने,
  • बाकस प्रणाली: प्रत्येक उम्मेदवारका लागि छुट्टाछुट्टै रङका बाकस राखिएका,
  • मतपेटिकाहरू खुला ठाउँमा राखिएको हुनाले कसले कुन बाकसमा मत खसाल्यो भन्ने कुरा वरपरका मानिसले स्पष्ट देख्न सक्दथे, जसले गर्दा मतदानको गोपनीयता कायम थिएन,
  • निर्वाचन प्रतिशत: उक्त निर्वाचनमा करिब ६० देखि ६५ प्रतिशत मत खसेको अनुमान गरिएको,
  • निर्विरोध निर्वाचित: वडा नं. २१ बाट भुवनलाल प्रधान निर्विरोध निर्वाचित भएका,
  • सभापति: मनोनीत सदस्य गेहेन्द्र शमशेर थापा
  • उपसभापति: निर्वाचित सदस्य शंकरदेव पन्त
  • निर्वाचित र मनोनीत सदस्यहरूबीच कार्यशैलीमा तालमेल नमिल्दा २१ निर्वाचित सदस्यमध्ये १६ जनाले सामूहिक राजीनामा दिएका,
  • यो नगरपालिका बोर्ड वि.सं. २००७ को क्रान्तिसम्म सक्रिय रहेको,
  • २००४ सालमै भक्तपुर र ललितपुर म्युनिसिपालिटीको पनि निर्वाचन सम्पन्न भएको;
    • भक्तपुर: १० निर्वाचित र ४ मनोनीत सदस्य रहने व्यवस्था,
    • ललितपुर: १२ निर्वाचित र ४ मनोनीत सदस्य रहने व्यवस्था,

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 47
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 44
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 54
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 86
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA