Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नासु र खरिदार सामान्य सम्बन्धी प्रदेश तह ४, ५ प्राविधिक लोकसेवा आयोगको प्रश्नहरू

  • Ritisha Shakya
  • January 31, 2025
  • 783

नासु र खरिदार सामान्य सम्बन्धी प्रदेश तह ४, ५ प्राविधिक लोकसेवा आयोगको प्रश्नहरू

नासु र खरिदार सामान्य सम्बन्धी प्रदेश तह ४, ५  प्राविधिक लोकसेवा आयोगको प्रश्नहरू

१. थुनामा रहेको ब्यक्तिलाई अमानवीय र अपमानजनक व्यवहार गर्न पाइने छैन्‌ । यो नेपालको

संबिधानको कुन हक अन्तर्गत रहेको छ ?

(A) शोषण विरुद्धको हक

 (B) न्याय सम्बन्धि हक

(C) अपराध पिडितको हक

 (D) यातना विरुद्धको हक

धारा २०, न्याय सम्बन्धी हक : कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना
नदिई थुनामा राखिने छैन। कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी
हुन बाध्य पारिने छैन ।
धारा २१. अपराध पीडितको हक : अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको
अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुनेछ।
धारा २२. यातना विरुद्धको हक : (पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा
मानसिक यातना दिइने वा निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन
धारा २९, शोषण विरुद्धको हक : कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने
छैन । कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन ।

२. मानव शरिररको रगतमा रक्तकोष कति प्रतिशत रहेको हुन्छ ?

(A) ४० प्रतिशत

(B) ४५  प्रतिशत

 (C ) ५५  प्रतिशत159M 

(D) ७५ प्रतिशत

गत प्लाज्मा र रक्तकोष मिलेर बने को हुन्छ। जसमध्ये प्लाज्मा ५५ प्रतिशत र रक्तकोषहरु ४५ प्रतिशत हुन्छन् |


३. नेपालले दिगो विकासको कति वटा परिणात्मक लक्ष्य राखेको छ ?

(A ) १५९  वटा

(B ) १६५ लक्ष्य

 (C ) १६९ लक्ष्य

 (D ) १७४ लक्ष्य

दिगो विकासका लक्ष्यहरू अन्तर्गत कतिवटा परिमाणात्मक लक्ष्य : १६९ ओटा
नेपालका लागि सान्दर्भिक नभएको दिगो विकासकाको लक्ष्य कुन : लक्ष्य १४ 
लक्ष्य १४ बाहेक नेपालले कति  परिमाणात्मक लक्ष्य राखेको छ ? : १५९ ओटा
नेपालले हाल परिमार्जन गरी कति सूचक कायम गरेको छ ? : ३०१ सूचक


४. नेपाल र भारत विच भएको महाकाली सम्झौतामा कतिवटा धारा रहेको छन्‌  ?

(A ) धारा १८

(B ) धारा १३

(C ) धारा १६

(D ) धारा १२

कोशिस : १८ धारा
गण्डकी सम्झौता : १३ धारा
महाकाली सम्झौता : १२ धारा
बिप्पा सम्झौता : १६ धारा


५. नेपालले कहिलेदेखि संयुक्तराष्ट्र संघमा स्थायी प्रतिनिधि पठाउन सुरु गर्यो ?

(A ) सन्‌ १९५७

(B ) सन्‌ १९५८

(C)  सन्‌ १९५९

 (D ) सन्‌ १९५६

६. मल्लकालिन समयमा कुलो नहर आदिको रेखदेख गर्ने निकायलाई के भनिन्थ्यो ?

(A ) ढाल्पा

(B ) पञ्चम

 (C ) लिंगवल

 (D ) माप्चोक

मल्लकालीन समयमा ढाल्पा कुलो, नहर आदिको रेखदेख गर्ने निकाय र पञ्चसमुच्चय
सानातिना झगडा हेर्ने, बुढापाकाको समूहलाई भनिन्थ्यो भने लिंगवल कुलो, पैनी, बाँध,
बाटोघाटो सम्बन्धी कार्य गर्ने लिच्छवीकालिन निकाय हो ।


७. परचक्रकामको उपनामले कुन लिच्छवि राजालाई चिनिन्छ ?

(A ) नरेन्द्रदेव

(B ) शिवदेव

 (C ) जयदेव

(D ) सुपुष्प

नरेन्द्रदेव : लिच्छविकालीन आकाशको पूर्ण चन्द्र भनी चिनिने
सुपुष्प : आदिपुरुष उपनाम
जयदेव द्वितीय : परचक्रकाम (अर्काको देश जित्ने अभिलाषा) जस्तो उपनाम
शिवदेव : लिच्छवीका कुलकेतु

८. नेपालको भूगोलमा सबैभन्दा ठूलो गाँउपालिका अवस्थित जिल्ला कुन हो ?

(A) अर्घाखाँची

 (B) डोल्पा

(C) मनाङ

(D) हुम्ला

ठूलो नं. पा. शीतगंगा अर्घाखाँची मा पर्छ | ठूलोभेरी सबैभन्दा कम जनसंख्या भएको नं. पा. हो | नार्पा भूमि सबैभन्दा कम जनसंख्या भएको गा. पा. हो | ( मनाङ)

नेपालको भूगोलमा सबैभन्दा ठूलो गाउँपालिका नाम्खा हो | ( हुम्ला )


९. देहाएका मध्ये कुन दह धादिङ जिल्लामा _वस्थित रहेको छ पहिचान गर्नुहोस्‌ ?

(A) कछुवा दह

(B) सुन दह

(C) कालौसेतो दह

(D) मुरली दह

धादिङमा गंगाजमुना कुण्ड, कालोसेतो दह पर्छ । कुपिण्डे दह, कछुवा दह सल्यानमा
पर्छ, सुन दह डोटीमा पर्छ भने मुरली दह सुर्खेतमा पर्छ ।


१०. छिमेकी मुलुक भारत अन्तरिक्ष प्रवेश गर्ने कति औं मुलुक हो ?

(A) छैटौँ

(B) पाँचौ

 (C) चौथो

 (D) तेस्रो

झुक्किनु भयो कि ? : छिमेको मुलुक भारत अन्तरिक्ष प्रवेश गर्ने छैटौं मुलुक हो तर चन्द्रमामा पुग्ने चौथो मुलुक हो |


११. माङ्हिम, सिलौटी कुन धर्मको धार्मिक स्थल हुन ?

(A) किराँत धर्म

(B) शिख धर्म

 (C) यहुदी धर्म

 (D) जैन धर्म

जैन धर्मको धार्मिक स्थल जैन मन्दिर ,शिखको गुरुद्वार, नानक मान्दिर,यहुदी धर्मको
सिनागग (अग्नी मन्दिर) धार्मिक स्थल हो ।


१२. प्यागोडा शैलीबाट निर्मित सबैभन्दा पुरानो मन्दिर कुन हो ?

(A) स्वयम्भूनाथ 

(B) पशुपतिनाथ

 (C) चाँगुनारायण

(D) वहमा मन्दिर

सबैभन्दा पुरानो शिखर शैली मन्दिर कुन हो? 

: ब्रहमा मन्दिर
नेपालमा सबैभन्दा पुरानो मन्दिर कुन हो?  : स्वयम्भूनाथ
प्यागोडा शैलीको सबैभन्दा पुरानो मन्दिर कुन हो?  : चाँगुनारायण


१३. 'कुनै पनि ब्यक्तिलाई देश निकाला गर्न पाइने छैन' माथिको कथन नेपालको संबिधानको कुन
धारामा उल्लेख गरिएको छ ?

(A) धारा ४४

(B) धारा ४३

 (C) धारा ४५

 (D) धारा ४६

धारा ४३

सामाजिक सुरक्षाको हक

धारा ४५ देश निकाला विरुद्धको हक
धारा ४४ उपभोक्ताको हक धारा ४६ संवैधानिक उपचारको हक

१४. नेपालको म्यागनाकार्य भनेर कुन दस्तावेजलाई चिनिन्छ ?

(A) प्रतिनिधि सभा घोषणापत्र, २०७०

(B) प्रतिनिधिसभा घोषणा पत्र, २०६३

(C) नेपाल सरकार बैधानिक कानुन,२००४

 (D) नेपालको अन्तरिम शासन विधान,२००७

नेपालको म्यागनाकार्ट भनेर प्रतिनिधि सभा घोषणा पत्र, २०६३ लाई चिनिन्छ। यो
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा २०६३ जेठ ४ गते जारी
भएको थियो ।


१५. हालसम्म कति वटा प्रदेश साक्षर प्रदेश घोषणा भइसकेको छन्‌ ?

(A) ५ वटा

(B) २ वटा

(C) ४ वटा

(D) ३ वटा

साक्षर प्रदेशहरू कतिवटा रहेका छन्‌? : ३ वटा (१. बागमती (२०७८ असोज ११)
 २. गण्डकी (२०७८ असोज २४) ३. कोशि (२०७९ भदौ २३)

 

 

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 34
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 83
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 86
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 123
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA