Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय कृषि गणना, २०७८

  • Ajnabee Khadka
  • March 15, 2026
  • 2315

राष्ट्रिय कृषि गणना, २०७८

National Agricultural Census, 2078
  • नेपालमा पहिलो पटक वि.सं. २०१८ सालमा कृषि गणना सुरु भएको,
  • वि.सं. २०१८ सालपश्च्यात प्रत्येक दश-दश वर्षको अन्तरालमा कृषि गणना हुँदै आएको,

  • वि.सं. २०७८ मा सम्पन्न भएको यो गणना नेपालको इतिहासमा सातौं कृषि गणना,
  • यो गणना नेपालको नयाँ संविधान बमोजिम संघीय संरचना (संघ, प्रदेश र स्थानीय तह) बनेपछिको पहिलो कृषि गणना,
  • पहिलो पटक मुलुकका ७५३ वटै स्थानीय तह (पालिका) सम्मको गणना भएको,
  • सञ्चालक निकाय: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग)
  • गणना विधि र नमुना: छनोट विधि (Sampling Method) मा आधारित; देशभरका १३,५७६ गणना क्षेत्रबाट ३,३०,११२ कृषक परिवारहरू छनोट गरी विस्तृत विवरण संकलन गरिएको,
  • प्रविधिको प्रयोग: तथ्याङ्क संकलनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लाहरूमा CAPI (Computer Assisted Personal Interviewing) अर्थात् ट्याब्लेटको प्रयोग गरिएको थियो भने बाँकी ७४ जिल्लाहरूमा PAPI (Pen and Paper Interview) अर्थात् कागजी प्रश्नावली विधि प्रयोग गरिएको,
  • सन्दर्भ समय: कृषि कार्यहरूको विवरण संकलन गर्न पुष १७, २०७७ देखि पुष १६, २०७८ सम्मको अवधिलाई सन्दर्भ समय मानिएको;  जग्गा र पशुपन्छीको संख्याको हकमा भने गणनाको दिनलाई आधार मानिएको,
  • स्थलगत कार्यको अवधि: मुख्य स्थलगत कार्य वि.सं. २०७९ वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म जम्मा ४५ दिन लगाएर सम्पन्न गरिएको,
  • मुख्य उद्देश्य: कृषि विकासका लागि योजना तर्जुमा गर्न, नीति निर्माण गर्न र अनुगमन तथा मूल्याङ्कनका लागि आवश्यक पर्ने आधारभूत संरचनागत तथ्याङ्क (Benchmark Statistics) उपलब्ध गराउनु,

जग्गाको आकार र प्रदेश अनुसार कृषक परिवार संख्या:

  • नेपालमा कुल कृषक परिवार: ४१,३०,७८९ (यसमध्ये ९६.८ प्रतिशत (३९,९९,२८५) सँग जग्गा छ भने ३.२ प्रतिशत (१,३१,५०४) परिवार जग्गा विहीन (पशुपन्छी मात्र पाल्ने))

कृषिचलनको जग्गाको आकार अनुसार कृषक परिवार संख्या:

जग्गाको आकार
कृषक परिवार संख्या
कुल कृषक परिवार
४१,३०,७८९ 
जग्गा नभएका (पशुपन्छी मात्र पाल्ने)
१,३१,५०४
०.१ हेक्टर भन्दा कम
४,२५,२१८ 
०.१ देखि ०.२ हेक्टर भन्दा कम
६,४८,४५०
०.२ देखि ०.५ हेक्टर भन्दा कम
१४,३०,११४
०.५ देखि १.० हेक्टर भन्दा कम
९,४५,३०४ 
१.० देखि २.० हेक्टर भन्दा कम
४,२७,०३९ 
२.० देखि ३.० हेक्टर भन्दा कम
८१,९४८ 
३.० देखि ४.० हेक्टर भन्दा कम
२५,९६३
४.० देखि ५.० हेक्टर भन्दा कम
७,३९७
५.० देखि १०.० हेक्टर भन्दा कम
६,९७९
१०.० हेक्टर र सो भन्दा बढी
८७५

प्रदेश अनुसार कृषक परिवार संख्या:

प्रदेश
कृषक परिवार संख्या (हजारमा)
कोशी
७१६.१
मधेश
७४८.३
बागमती
६६८.२
गण्डकी
४१२.७
लुम्बिनी
७६५.१
कर्णाली
३०२.६
सुदूरपश्चिम
४५७.८
जम्मा (नेपाल)
४,१३०.८

 

सिँचाइ र बालीनाली:

सिँचाइको स्रोत अनुसारको क्षेत्रफल (हेक्टरमा):

सिँचाइको स्रोत क्षेत्रफल (हेक्टर)
नदी/तलाउ (सतह बहाव/कुलो) ३,४१,१०६.३
ट्युबवेल/बोरिङ ५,०३,४८५.८
नदी/तलाउ (पम्पले तानेर) १,५५,०८७.२
बाँध/रिजर्भवायर ९१,२५९.०
मिश्रित स्रोत ४०,८९७.१
अन्य स्रोतहरू ७६,११६.१

अस्थायी बाली (Temporary Crops) को क्षेत्रफल विवरण:

  • कुल १७,३०,९८१ हेक्टर जग्गा अस्थायी बालीका लागि प्रयोग गरिएको भए तापनि बहुबाली प्रणाली (Multiple Cropping) का कारण बाली लगाइएको कुल क्षेत्रफल त्योभन्दा बढी देखिएको,
बालीको प्रकार क्षेत्रफल (हेक्टर)
खाद्यान्न बाली (जम्मा) २५,८६,१८३.०
- धान १२,१६,३८७.७
- गहुँ ६,५४,१९४.३
- मकै ५,५९,९०९.३
- कोदो १,२२,१५९.५
कोसे / दाल बाली १,९९,८४४.८
तेलबाली १,८०,१४१.१
तरकारी बाली १,०७,७३३.८
कन्दमुल बाली (आलु समेत) १,०४,७३७.८
मसला बाली ५६,८९३.५
नगदे बाली ४४,६०९.३

स्थायी बाली (Permanent Crops) को क्षेत्रफल विवरण:

  • नेपालमा स्थायी बालीका लागि प्रयोग गरिएको कुल क्षेत्रफल १,४५,३६२.९ हेक्टर रहेको,
फलफूलको नाम क्षेत्रफल (हेक्टर)
आँप (Mango) १९,७७८.४
केरा (Banana) ७,८९६.६
सुन्तला (Orange) ६,५४५.२
स्याउ (Apple) ३,०८०.०
कागती / निबुवा (Lemon/Lime) २,८०६.९
  • २०७८ को बाली सघनता दर: १.९१ ((यसको अर्थ नेपाली कृषकहरूले वर्षमा औसत दुईवटा बाली लगाउने गरेका,)

कृषि औजार तथा साधनको प्रयोग:

कृषि औजार/साधन
प्रयोग गर्ने कृषक परिवार संख्या
जम्मा औजार संख्या (हजारमा)
ट्याक्टर
१६,३८,७६२
५८.५
पावर ट्रिलर/मिनी ट्रिलर
४,७१,२६०
११८.०
थ्रेसर
११,७५,०८१
११४.९
पम्पसेट
६,९०,५८४
३९९.८
स्प्रेयर
११,५०,८३८
७७०.२
फलामे हलो
७,०२,७९८
५०९.८
दूध दुहुने मेसिन
३०,०२५
३.४

प्रमुख बालीमा कृषि सामग्रीको प्रयोग:

बालीको प्रकार
उन्नत/हाइब्रिड बीउ प्रयोग (%) 
रासायनिक मल प्रयोग (%) 
विषादी प्रयोग (%)
धान
४३.७ (हाइब्रिड १६.५)
७५.९
४४.६
गहुँ
३३.१ (हाइब्रिड ५.९)
५८.५
२८.३
मकै
२५.० (हाइब्रिड १२.९)
४८.६
२२.८
आलु
३६.३ 
४४.२
३६.१
तरकारी
३५.४ (हाइब्रिड १३.२) 
२३.३
२६.७ 

 

पशुपन्छी पालन र मत्स्यपालनको अवस्था:

पशुपन्छीको संख्या सम्बन्धी विवरण:

  • नेपालमा पशुपालन गर्ने कृषक परिवारको संख्या ३४,०५,०१४ पुगेको,
पशुपन्छीको प्रकार
गणना २०७८ (संख्या हजारमा)
गणना २०६८ (तुलनात्मक संख्या)
गाईगोरु
४,५५९.३
६,४३०.४
- उन्नत गाईगोरु
३०७.४
२१६.१
राँगाभैँसी
२,९२३.१
३,१७४.४
- उन्नत राँगाभैँसी
१५५.१
१३८.५
बाख्रा/च्याङ्ग्रा
१४,२४२.२
१०,९९०.१
सुँगुर/बङ्गुर/बदेल
१,३५७.५
८१८.५
भेडाभेडी
४७८.१
६०८.०
चौरी/याक/नाक
५३.२
४८.९
कुखुरा
४५,११८.२
२६,२६७.८
हाँस
१,३२६.०
४२९.९

मत्स्यपालन र अन्य सहायक कृषि क्रियाकलाप:

विवरण
तथ्याङ्क (२०७८)
माछापालन गर्ने कृषक परिवार
४२,००८
माछा पालिएका पोखरी संख्या
४८,७६३
पोखरीको कुल क्षेत्रफल
१०,३८३ हेक्टर 
मौरीपालन गर्ने परिवार
१,९६,८५४
मौरीका घार संख्या
५,१०,४१४
च्याउखेती गर्ने परिवार
१७,५५४
पुष्पखेती/नर्सरी खेती गर्ने परिवार
१०,३७५ 
पुष्पखेती/नर्सरी क्षेत्रफल
५९७.७ हेक्टर 

 

कृषि वित्तीय (ऋण र बीमा) तथा सरकारी सहयोग (अनुदान):

कृषि ऋणको स्रोत:

  • कुल कृषक परिवारमध्ये ११.७ प्रतिशत (४,८३,२०८ परिवार) ले कृषि ऋण लिएका,
कृषि ऋणको स्रोत
ऋणी कृषक परिवार संख्या
बचत तथा ऋण सहकारी संस्था
१,८७,५५३
आफन्त र इष्टमित्र
६५,०४९ 
महिला समूह
६६,६६६ 
वित्तीय/लघुवित्त कम्पनी
६१,२६१ 
कृषक समूह
६०,१४५
विकास बैंक
५७,९३५ 
साहु महाजन
५५,४१२ 
वाणिज्य बैंक
२८,६१२ 
अन्य स्रोतहरू
१०,६३२ 

कृषि ऋणको आवश्यकता र उद्देश्य:

ऋण लिनुको मुख्य उद्देश्य
कृषक परिवार संख्या
पशुपन्छी पालन
५,१८,२७८ (३७%) 
रासायनिक मल, बीउ र विषादी खरिद
४,५७,५८८ (३२%) 
सिँचाइ सुविधा विस्तार
१,७६,६४४ (१३%) 
कृषि औजार खरिद
१,४७,५८५ (१०%) 
कृषि संरचना/पूर्वाधार निर्माण
४०,०५७ (३%) 
माछापालन, मौरीपालन र अन्य
४६,८४५ 

कृषि बीमाको अवस्था:

  • कुल कृषक परिवारमध्ये केवल ४.४ प्रतिशत (१,८२,४४१ परिवार) ले मात्र कृषि बीमा गरेका,
बीमा गरिएको कृषि क्रियाकलाप
कृषक परिवार संख्या
प्रतिशत (%)
पशुपालन
१,५३,९६२
८४.४ 
खाद्यान्न बाली
१४,०३२
७.७
पन्छीपालन
९,५८९
५.३
तरकारी बाली
५,८१९
३.२ 
फलफूल बाली
५,२१८
२.९
अन्य (माछा, मौरी, नगदे बाली आदि)
९,८२१
५.४

सरकारी अनुदान प्राप्त परिवार:

  • कुल कृषक परिवारमध्ये ७.५ प्रतिशत (३,०८,५१२ परिवार) ले मात्र सरकारी अनुदान प्राप्त गरेका,
अनुदान प्राप्त क्रियाकलाप
कृषक परिवार संख्या
प्रतिशत (%)
रासायनिक मल
१,४२,५७६
४६.२ 
बीउ, बेर्ना र घाँस
१,०८,७९६
३५.३
कृषि औजार, उपकरण र यन्त्र
४६,८२७
१५.२
कृषि संरचना र पूर्वाधार
२४,१९८
७.८ 
सिँचाइ सुविधा
१७,४२७
५.६ 
विद्युत महसुल छुट
१४,६८७
४.८ 
उन्नत नश्लका पशु
८,२७५
२.७ 
अन्य अनुदानहरू
२०,७३०
६.७

 

कृषि क्षेत्रमा संलग्न जनशक्ति, मुख्य कृषकको अवस्था र कृषक परिवारको सामाजिक पक्ष:

मुख्य कृषकको विवरण:

विवरण
पुरुष
महिला
जम्मा
मुख्य कृषक संख्या (हजारमा)
२,७९२.५ (६७.६%)
१,३३८.३ (३२.४%)
४,१३०.८ 
मुख्य कृषकको औसत जग्गा (हेक्टर)
०.६२
०.३७
०.५५ 

कृषि कामदारको अवस्था:

कामदारको प्रकार
परिवार संख्या
कामदार संख्या / व्यक्ति दिन
स्थायी कामदार
३९,१९०
७४,५९१ जना (४१% महिला) 
अस्थायी कामदार
१८,३७,८२७
६,७७,९९,०४१ व्यक्ति दिन 
पर्ममा लगाएका कामदार
१७,३७,५१४
३,७३,०३,३५४ व्यक्ति दिन 
ठेक्कामा लगाएका कामदार
१,०१,१६६
२४,९३,०६७ व्यक्ति दिन 

कृषक परिवार जनसङ्ख्या र सामाजिक पक्ष:

  • मुलुकका कुल घरपरिवार मध्ये ६२ प्रतिशत कृषक परिवार रहेका,
  • कुल कृषि जनसंख्या: १,९४,४७,९५५ (पुरुष: ४९.१%, महिला: ५०.९%),
  • औसत परिवार सदस्य संख्या: ४.७ जना (२०६८ मा ५.४ जना थियो),
  • शैक्षिक स्थिति (५ वर्षमाथि): ८३% साक्षर र १७% निरक्षर,
  • पेशागत स्थिति: कृषक परिवारका १० वर्ष माथिका सदस्यहरू मध्ये ५२% को मुख्य पेशा कृषि रहेको,
  • कृषि तालिम: कृषक परिवारका ६ प्रतिशत (९,८५,०००) सदस्यले मात्र औपचारिक कृषि तालिम लिएका,
  • निर्णयमा सहभागिता: ६० प्रतिशत कृषक परिवारका सदस्यहरूले कृषि सम्बन्धी निर्णयमा आफ्नो सहभागिता रहने बताएका,

उमेर समूह अनुसार मुख्य कृषकको हिस्सा:

उमेर समूह
प्रतिशत (%)
२५ वर्ष भन्दा कम
२.६
२५ देखि ३४ वर्ष
१४.९
३५ देखि ४४ वर्ष
२५.७ 
४५ देखि ५४ वर्ष
२४.८
५५ देखि ६४ वर्ष
१८.३
६५ वर्ष र सो भन्दा माथि
१३.७

 

राष्ट्रिय कृषिगणना २०७८: अन्य मुख्य तथ्याङ्कहरू

विवरण तथ्याङ्क / संक्षिप्त जानकारी
मुख्य कृषकको लैङ्गिक अवस्था पुरुष ६७.६% र महिला ३२.४% (२०६८ मा पुरुष ८१% र महिला १९% थियो)
प्रमुख कृषि क्रियाकलाप खाद्यान्न बाली (८८%), तरकारी बाली (६%), र पशुपालन (३%)
उत्पादनको उपभोग अवस्था ६८.८% घरायसी उपभोग, १.१% पूर्ण बिक्री, २४.७% मुख्यत: उपभोग, ५.४% मुख्यत: बिक्री
बाली सघनता (Cropping Intensity) १.९१ (२०६८ मा १.८५ र २०५८ मा १.८३ थियो)
माटो परीक्षण २.६% कृषक परिवारले मात्र विगत तीन वर्षमा माटो परीक्षण गराएको
मुख्य आम्दानीको स्रोत ७०.४% कृषक परिवारको मुख्य आयस्रोत कृषि कार्य
खाद्य सुरक्षा (वर्षभरी खान पुग्ने) ४५% कृषक परिवार (२०६८ मा ४०% थियो)
कृषि ऋण ११.७% (४,८३,२०८ परिवार) ले ऋण लिएको (२०६८ मा २१.८% थियो)
कृषि बीमा ४.४% (१,८२,४४१ परिवार), जसमध्ये ८४.४% ले पशुपालनको बीमा गरेका
सरकारी अनुदान ७.५% (३,०८,५१२ परिवार), जसमध्ये ४६.२% ले रासायनिक मलमा अनुदान पाएका
माछापालन ४२,००८ परिवारद्वारा १०,३८३ हेक्टर (४८,७६३ पोखरी) मा
च्याउखेती १७,५५४ कृषक परिवार संलग्न
मौरीपालन १,९६,८५४ परिवारद्वारा ५,१०,४१४ घारमा
पुष्पखेती / नर्सरी १०,३७५ परिवारद्वारा ५९७.७ हेक्टर जग्गामा
कृषिबन (Agro-forestry) १ लाख ७ हजार परिवारद्वारा करिब १९ हजार हेक्टरमा
हरितगृह (Greenhouse/Tunnel) ९७,१७४ परिवारद्वारा ४,६५९.२ हेक्टर जग्गामा
जलवायु परिवर्तनको जानकारी ४३.७% लाई जानकारी भएको (तीमध्ये ९०.७% ले प्रभाव परेको महसुस गरेका)
कृषक परिवारको कुल जनसंख्या १,९४,४७,९५५ (महिला ५०.९% र पुरुष ४९.१%)

 

राष्ट्रिय कृषि गणना, २०७८ र २०६८ को आधारभूत तथ्यहरूको तुलनात्मक तालिका:

वरण
कृषि गणना २०६८
कृषि गणना २०७८
कुल कृषक परिवार संख्या
३८,३१,०९३
४१,३०,७८९
कृषकले चलन गरेको कुल जग्गा (हेक्टर)
२५,२५,६३९
२२,१८,४१० 
जग्गा भएका कृषक परिवार
३७,१६,०००
३९,९९,२८५
जग्गा नभएका (पशुपन्छी मात्र पाल्ने) परिवार
१,१६,०००
१,३१,५०४
प्रतिकृषक परिवार औसत जग्गा (हेक्टर)
०.६८
०.५५
कुल कित्ता संख्या
१,२०,९६,४१७
१,१५,८३,९५०
प्रतिकृषक परिवार औसत कित्ता संख्या
३.२
२.८ 
सिँचित जग्गाको हिस्सा (कुल जग्गाको %)
५२% 
५४.५%
सिँचाइ सुविधा लिएका कृषक परिवार (%)
६५% 
७०%
बाली सघनता (Cropping Intensity)
१.८५ 
१.९१
मुख्य कृषक महिलाको हिस्सा (%)
१९% 
३२.४% 
कृषि ऋण लिने कृषक परिवार (%)
२२% 
१२% 
ट्याक्टर प्रयोग गर्ने कृषक परिवार संख्या
८,४५,००० 
१६,३९,००० 

 

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 49
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 64
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 44
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 55
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 86
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA