Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नयाँ समसामयिक कीर्तिमानी रेकर्डहरू

  • Ajnabee Khadka
  • May 13, 2026
  • 290

नयाँ समसामयिक कीर्तिमानी रेकर्डहरू

New contemporary records
विषय विवरण
विश्वको पहिलो एआई मन्त्री डिएला (Diella) - युरोपेली मुलुक अल्बानियाका प्रधानमन्त्री एडी रामाले सन् २०२५ सेप्टेम्बर ११ (वि.सं. २०८२ भदौ २६) मा डिएलालाई आफ्नो मन्त्रिपरिषद्‌मा आधिकारिक रूपमा नियुक्त गरेका,
नेपालको पहिलो फ्लाइओभर (ओभरपास) ललितपुरको ग्वार्को फ्लाइओभर - वि.सं. २०८२ असार ६ गते (सन् २०२५ जुन २०, शुक्रबार) यसको औपचारिक उद्घाटन भई सवारी साधन सञ्चालनमा ल्याइएको,
नेपालको पहिलो माछा (मत्स्य) संरक्षण क्षेत्र तल्लो कर्णाली नदीको सत्तीघाट (शक्तिघाट) क्षेत्र - वि.सं. २०८२ पुस २५ गते (सन् २०२६ जनवरी ८) मा यसको औपचारिक घोषणा गरिएको,
नेपालको इतिहासमा पहिलो वन्यजन्तु विशेष प्रादेशिक सम्मेलन प्रथम सालक सम्मेलन (प्रथम बागमती सालक सम्मेलन) - वि.सं. २०८२ माघ २६ गते आयोजित
नेपालको पहिलो नमूना सफा तथा स्वच्छ स्थानीय तह धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका - वि.सं. २०८२ चैत २९ गते औपचारिक घोषणा
नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की (वि.सं. २०८२ भदौ २७ गते नियुक्त) - सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी कार्कीले देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बनेर अर्को ऐतिहासिक कीर्तिमान कायम गरेकी,
नेपालको इतिहासको पहिलो महिला महान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल - वि.सं. २०८२ भदौ २९ गते नियुक्ति
नेपालको पहिलो पारलैंगिक (ट्रान्सजेन्डर) महिला सांसद भूमिका श्रेष्ठ - आम निर्वाचन, २०८२ पश्चात् उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य (सांसद) बनेर उनले नेपालको संसदीय इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी,
नेपालको संसदीय इतिहासमा वादी समुदायबाट पहिलो सङ्घीय सांसद सीता वादी - आम निर्वाचन, २०८२ पश्चात् उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य (सांसद) बनेकी,
नेपालको संसदीय इतिहासमा संघीय सांसद बन्ने पहिलो मिस नेपाल अनुष्का श्रेष्ठ - आम निर्वाचन, २०८२ पश्चात् उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य (सांसद) निर्वाचित भएकी,
नेपालको इतिहासको पहिलो आधुनिक विद्यालय दरबार हाईस्कुल (हाल: भानु माध्यमिक विद्यालय) को पहिलो महिला प्रधानाध्यापक (प्रअ) शारदा कुमारी पौडेल (नियुक्ति मिति: वि.सं. २०८२ मंसिर ४ गते) - वि.सं. १९१० मा स्थापना भएको यस ऐतिहासिक विद्यालयको १७२ वर्ष लामो इतिहासमा पहिलो पटक महिलाले नेतृत्व सम्हाल्ने अवसर पाएकी,
नेपाल बिमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेल (मन्त्रिपरिषद्को निर्णय: वि.सं. २०८२ माघ १२ गते) - नेपाल बीमा प्राधिकरणको ५५ वर्षभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने ऐतिहासिक गौरव चन्द्रकला पौडेलले प्राप्त गरेकी,
जापानको राजनीतिक इतिहासमा पहिलो महिला प्रधानमन्त्री सनेई तकाइची (Sanae Takaichi) - सन् २०२५ अक्टोबर २१ का दिन उनी जापानको १०४औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकी,
नेपालमा आन्तरिक राजस्व विभाग अन्तर्गतका साविक करदाता सेवा कार्यालयले दिने सेवाहरू आफ्नै कार्यालयबाट प्रवाह गर्ने देशकै पहिलो स्थानीय तह केराबारी गाउँपालिका, मोरङ (उद्घाटन मिति: वि.सं. २०८२ पुस ९ गते)
विश्वकै पहिलो पूर्ण रूपमा नगदरहित (Cashless) अर्थतन्त्र स्वीडेन 
पहिलो फिफा शान्ति पुरस्कार, २०२५ (Inaugural FIFA Peace Prize – Football Unites the World) प्राप्त गर्ने व्यक्तित्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (Donald Trump) - सन् २०२५ डिसेम्बर ५ का दिन यो पुरस्कार प्रदान गरिएको,
विद्युत विकास विभाग (DoED) को पहिलो महिला महानिर्देशक (Director General) सहसचिव मनदेवी श्रेष्ठ (नियुक्ति मिति: वि.सं. २०८२ असोज १० गते)
मानिसको दिमागमा कम्प्युटर चिप राख्न व्यावसायिक स्वीकृति (Commercial Approval) दिने विश्वको पहिलो देश चीन (स्वीकृति मिति: सन् २०२६ मार्च १३)
नेपाल सरकारले सुरु गरेको अनलाइन प्रविधियुक्त ई-पेन्सन (e-Pension) सेवा औपचारिक रूपमा प्राप्त गर्ने नेपालकै पहिलो सेवाग्राही भीमलाल तामाङ, सोलुखुम्बु - वि.सं. २०८३ वैशाख २७ गते भीमलाल तामाङले यो सेवा औपचारिक रूपमा लिएका,

 

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 28
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 71
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 81
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 123
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA