Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

द्वन्द्वका सकारात्मक एवं नकारात्मक प्रभाव

  • Bijeta Kunwar
  • July 17, 2023
  • 502

द्वन्द्वका सकारात्मक एवं नकारात्मक प्रभाव

द्वन्द्वका सकारात्मक एवं नकारात्मक प्रभाव

द्वन्द्वका सकारात्मक प्रभाव

  • आर्थिक, सामाजिक तथा विविध कारणले पिछडिएका, राज्यको मूल प्रवाहमा समाहित हुन नसकेका, बहिष्करण सीमान्तीकरणमा परेका वर्ग समुदायको आवाज तथा मागको सुनुवाइ हुने वातावरण सृजना गर्छ ।
  • नागरिकहरूलाई आफ्नो हक अधिकार प्रति सजग बनाउँदै नागरिक चेतनाको अभिवृद्धि हुन जान्छ ।
  • नवीनतम सोच र चिन्तनको विकासमा सहयोग गर्दछ ।
  • सामाजिक साँस्कृतिक रूपान्तरणमा सघाउ पुर्याउँछ ।
  • नेतृत्व क्षमताको विकास गर्छ ।
  • स्रोत साधनको वितरण तथा उपभोगमा समन्यायको आधार स्थापित गर्न योगदान गर्दछ ।
  • अधिकारवादी सोचको विकास गराउँछ ।
  • सामाजिक विभेद, कुरीति, कुप्रथा लगायतका समाजको विकास र प्रगतिको बाधकहरूको अन्त्य गर्न सघाउ पुर्याउँछ ।
  • उन्नत, विकसित तथा आधुनिक सोच र कार्यशैली भएको समाजको स्थापना गर्छ ।

द्वन्द्वका नकारात्मक प्रभाव

  • सामाजिक समझदारी, सहिष्णुता, सहकार्य र एकता कमजोर हुन सक्छ ।
  • जिउ धनको सुरक्षामा चुनौतीहरू चुलिन सक्छन्‌ ।
  • हत्या, हिंसा, बलात्कार जस्ता सामाजिक हिंसालाई प्रोत्साहन पुग्न सक्छ।
  • सामाजिक विकास, उन्नयन र प्रगतिमा बाधा पर्न जान्छ ।
  • विकास गतिविधिहरूमा अवरोध सिर्जना भएमा विकासको लागत बढ्न सक्छ ।
  • मुलुकको अन्तर्राष्ट्रिय छवि बिग्रन सक्छ ।
  • प्रतिभा तथा लगानी पलायन हुन सक्छ ।
  • लगानीको वातावरण बिथोलिन सक्छ ।
  • गरिब, असहाय तथा राज्यको मूलाधारमा समाहित हुन नसकेका वर्ग, क्षेत्र झन्झन्‌ सीमान्तीकृत हुँदै जान्छन्‌।
  • मुलुकको जनसङ्ख्या विस्थापित हुन सक्छ ।
  • बाह्य हस्तक्षेप बढ्न गई मुलुकको सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डता र स्वाभिमानमा खतरा निम्तिन सक्छ।
  • सार्वजनिक सेवा वितरणमा असहजता र कठिनाइ उत्पन्न हुन जान्छ ।

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 69
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 72
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 71
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 26
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 152
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA