दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३
- दिवस मनाइने मिति: प्रत्येक वर्षको साउन १६ गते (वि.सं. २०८३ साउन १६ गते दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको,)
- अन्तर्राष्ट्रिय सन्दर्भ: संयुक्त राष्ट्र संघले सन् २०२३ लाई 'अन्तर्राष्ट्रिय कोदो वर्ष (International Year of Millets)' का रूपमा मनाएको,
- वि.सं. २०८३ को मूल नारा: “कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन”
- वि.सं. २०८३ को मूल समारोह स्थल: सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–२, ठोकर्पा
- राष्ट्रिय कोदो दिवस मनाउने सरकारको औपचारिक निर्णय: नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असार २३ गतेको बैठकले प्रत्येक वर्ष साउन १६ लाई 'राष्ट्रिय कोदो दिवस' मनाउने निर्णय गरेको,
- पहिलो (प्रथम) राष्ट्रिय कोदो दिवस: वि.सं. २०८२ साउन १६ गते मनाइएको, (नारा: "कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार")
नेपालमा कोदोको उत्पादन स्थिति (२०७९/८० देखि २०८२/८३ सम्म)
- खाद्यान्नमा कोदोको स्थान: धान, मकै र गहुँपछि नेपालको चौथो मुख्य खाद्यान्न बाली
- व्यापार स्थिति (आ.व. २०८२/८३):
- आयात: रु. ६२ करोड २८ लाख बराबरको (४४.८८ टन कोदो तथा जुनेलो आयात)
- निर्यात: रु. १३ लाख २५ हजार बराबरको (२.११ टन मात्र निर्यात)
- कोदोको मुख्य उत्पादन क्षेत्र (पकेट क्षेत्र): खोटाङ, सिन्धुपाल्चोक, कास्की, बागलुङ, स्याङ्जा आदि पहाडी जिल्लाहरू
- सात भाइ कोदे बाली: नेपालमा बढी प्रचलित ७ प्रजातिहरू— कोदो, कागुनो, चिनो, जुनेलो, चामा, घोंगे, र धान कोदो
- स्थानीय जात (Landraces): नेपालमा यी ७ प्रजातिभित्र करिब १,१०० रैथाने जातहरू रहेका,
- जिन बैंकमा संरक्षण: राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) मा कोदोजन्य बालीका १,२८० परिग्रहण (Accessions) सुरक्षित
- दर्ता भएका जातहरू: नार्क (NARC) द्वारा कोदोका ६, चिनोको १ र कागुनोको १ गरी जम्मा ८ वटा जात दर्ता
|
आर्थिक वर्ष
|
क्षेत्रफल (हजार हेक्टर)
|
उत्पादन (हजार मे.टन)
|
उत्पादकत्व (मे.टन/हेक्टर)
|
|---|---|---|---|
|
२०८२/८३ (प्रारम्भिक अनुमान)
|
२६७.०७
|
३४२.७२
|
१.२८
|
|
२०८१/८२
|
२६२.५५
|
३४१.१५
|
१.३०
|
|
२०८०/८१
|
२६३.५०
|
३४१.२३
|
१.२९
|
|
२०७९/८०
|
२६३.२६
|
३४१.०२
|
१.३०
|