Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

हेलो सरकार र यसको प्रभावकारिता

  • Ajnabee Khadka
  • September 12, 2023
  • 421

हेलो सरकार र यसको प्रभावकारिता

हेलो सरकार र यसको प्रभावकारिता

तीन सिफ्ट गरी २४ सै घण्टा सञ्चालनमा आएको हेलो सरकारले द्रुत गतिमा नागरिकका गुनासो सम्बोधन गरेको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नं.–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुंगोका कारण ३२ घरधुरी जोखिममा परेको गुनासो सुनेका थिए ।

– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हेलो सरकारको विस्तारित सेवाको उद्घाटन गरिएको ।

– नागरिकले गुनासो गर्ने ‘प्लेटफर्म’ हेलो सरकार विभिन्न उतारचढावबिच चौबिसै घण्टा सञ्चालनमा आएको ।

– २०६८ कात्तिक १७ देखि सञ्चालनमा रहेको हेलो सरकार लामो समययता निष्क्रिय अवस्थामा रहेको थियो ।

– यसअघि नेपाल टेलिकम मात्र रहेकामा अब ११११ मा एनसेलबाट पनि गुनासो टिपाउन सकिने ।

– फोन, इमेल, फेसबुक, ट्विटर, ह्वाट्स एपलगायतका डिजिटल माध्यमबाट समेत गुनासो टिपाउन सकिने ।

– गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पढाइ समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था ।

– तत्काल समस्या समाधानका लागि ¥यापिड रेस्पोन्स टिम ।

– तीन सिफ्टको कार्यतालिका बनाई सोही अनुरूप कर्मचारी व्यवस्थापन गरिएको ।

– सरकार र नागरिकबिचको सम्बन्धलाई घनीभूत बनाउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सव्रिmय तथा सशक्त बनाउने अवधारणासाथ हेलो सरकार सञ्चालन गरिएको ।

जनगुनासो सम्बोधन गर्न २०६८ कात्तिक १७ गते हेलो सकार कक्ष स्थापना भएको थियो । विभिन्न चरणमा पोर्टल सुधार, गुनासो ट्रयाकिङ गरिँदै आएको हेलो सरकारले १२ वर्ष पुरा गरेको छ । भूकम्पपछि टहरोबाट दुई सिफ्टमा सञ्चालन भएको थियो । तर द्रुत गतिमा जन गुनासो सम्बोधन गर्न सरकारले २४ सै घण्टा सञ्चालनमा ल्याएको हो । पोर्टल विकास, मन्त्रालय र केन्द्रीय निकायका नोडल अधिकृत तोकिएको छ ।

सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३१ र सुशासन नियमावली २०६५ नियम २० को व्यवस्था गरिएको छ । केही नियम परिमार्जन गरी सरकारले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०८० जारी गरेको छ ।

पछिल्लो समय आम नागरिकबीच लोकप्रिय बन्दै गएको हेलो सरकारमा आएका गुनासो द्रुत गतिमा सम्बोधन गर्नका लागि थप सुविधा ल्याएको छ ।

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 80
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 87
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 78
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 32
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 156
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA