Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कतारका राजा तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको सारसंक्षेप

  • Ajnabee Khadka
  • April 24, 2024
  • 613

कतारका राजा तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको सारसंक्षेप

कतारका राजा तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको सारसंक्षेप

★ भ्रमण गर्ने राजा – तमिम बिन हमाद अल थानी (Tamim bin Hamad Al Thani)

★ भ्रमण मिति – २०८१/१/११ – २०८१/१/१२ (कतारबाट उच्चस्तरीय विदेशी प्रतिनिधिको यो पहिलो नेपाल भ्रमण हो।)

★ नेपालले कतारलाई दुईवटा हात्ती उपहार दिएको छ।

  • हात्तीका नाम – रुद्रकाली र खगेन्द्र प्रसाद
  • हालसम्म नेपालले विभिन्न देशहरुलाई ४७ वटा वन्यजन्तु उपहार दिएको छ जसमा सबैभन्दा बढी गैंडा (२६ वटा हो) रहेको छ ।

★ नेपाल र कतारले आठ वटा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गरी द्विपक्षीय सम्बन्धलाई मजबुत बनाएका छन् जसमध्ये मन्त्रालयबीच छवटा र निजी क्षेत्रबीच दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ।

★ नेपाल र कतारबीच सम्पन्न भएका सम्झौता र समझदारी पत्रको सूचीमा निम्न समावेश छन्:

  1. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारी भएको छ।(Memorandum of Understanding for Cooperation in the Fields of Culture and Arts between the Ministry of Culture, Tourism and Civil Aviation of Nepal and the Ministry of Culture of the State of Qatar.)
  2. राष्ट्रिय समाचार समिति, नेपाल र कतार समाचार समिति बीच सहयोग र समाचार आदानप्रदानसम्बन्धी सम्झौता। (Agreement on Cooperation and Exchange of News between National News Agency, Nepal (RSS) and Qatar News Agency (QNA))
  3. नेपाल सरकार र कतार राज्य सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहकार्यका लागि समझदारी पत्र। (Memorandum of Understanding (MoU) for Cooperation in the Field of Education, Higher Education, and Scientific Research between the Government of Nepal and the Government of the State of Qatar.)
  4. नेपाल सरकार र कतार राज्य सरकारबीच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र। (Memorandum of Understanding on Cooperation in the Field of Youth and Sports between the Government of Nepal and the Government of the State of Qatar.)
  5. नेपालका महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यका लागि समझदारीपत्र। (Memorandum of Understanding for Cooperation between the Office of the Attorney General of Nepal and the Public Prosecution of the State of Qatar.)
  6. नेपाल सरकारको विदेश मामिला संस्थान र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र। (Memorandum of Understanding on Cooperation in the Field of Diplomatic Training and Education between The Institute of Foreign Affairs (IFA) of the Government of Nepal and The Diplomatic Institute of the Ministry of Foreign Affairs of the State of Qatar.)
  7. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच संयुक्त व्यापार परिषद स्थापना गर्ने सम्झौता भएको छ। (Agreement on the establishment of Joint Business Council (JBC) between Qatar Chamber and the Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI))
  8. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच भएको समझदारी पत्र नवीकरण भएको छ। (Renewal of the Memorandum of Understanding (MoU) between Qatar Chamber and the Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI))

 

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 117
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 102
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 91
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA