Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल जीवनस्तर सर्वेक्षण (आ.व. २०७९/८०) को संक्षिप्त नतिजा

  • Ajnabee Khadka
  • May 10, 2024
  • 593

नेपाल जीवनस्तर सर्वेक्षण (आ.व. २०७९/८०) को संक्षिप्त नतिजा

नेपाल जीवनस्तर सर्वेक्षण (आ.व. २०७९/८०) को संक्षिप्त नतिजा

➥नेपालमा हालसम्म कतिचोटी जीवनस्तर सर्वेक्षण भएका छन्? ४ चोटी

➥आ.व. २०७९/८० मा भएको जीवनस्तर सर्वेक्षण आफ्नो प्रकारको चौथो रहेको। (पहिलो वि.सं. २०५२/५३, दोस्रो वि.सं. २०६०/६१ र तेस्रो वि.सं. २०६६/६७)

➥आ.व. २०७९/८० मा सर्वेक्षणमा देशभारको प्रतिनिदत्व हुने गरी छनोट गरिएको घरपरिवार – ९,६०० घरपरिवार

➥सर्वेक्षण अवधि – वि.सं. २०७९ (असार) देखि वि.सं. २०८० (जेष्ठ)

➥तेस्रोदेखि चौथो सर्वेक्षणसम्मको अन्तरालमा उपभोक्ता मूल्य सूचकांकको आधारमा समायोजन गरिएको प्रतिव्यक्ति औसत वार्षिक उपभोग खर्चमा वृद्धि – ६६ प्रतिशत (हालको मूल्यमा तुलना गर्दा वि.सं. २०६६/६७ मा औसत प्रतिव्यक्ति उपभोग खर्च ७५,९०२ रुपैयाँ रहेकोमा हाल १,२६,१७२ रुपैयाँ पुगेको देखिन्छ।)

➥तेस्रो देखि चौथो सर्वेक्षण सम्मको अवधिमा जम्मा उपभोग खर्चमा गैरखाद्य खर्चको वृद्धि – ४७ प्रतिशत (तेस्रो जीवनस्तर सर्वेक्षणमा ३८ प्रतिशत रहेको,)

➥चौथो जीवनस्तर सर्वेक्षणबाट प्राप्त जनसांख्यिक विवरण अनुसार प्रतिव्यक्ति प्रतिदिन २२३६ किलोक्यालोरी आवश्यक पर्ने देखिएको छ।

➥विश्लेषणात्मक क्षेत्रअनुसार औसत प्रतिव्यक्ति वार्षिक उपभोग खर्च (प्रचलित मूल्यमा ) सबैभन्दा बढी – काठमाडौँ उपत्यका शहरी क्षेत्र (२ लाख ६३ हजार ३ सय १८ रुपैयाँ)

➥विश्लेषणात्मक क्षेत्रअनुसार औसत प्रतिव्यक्ति वार्षिक उपभोग खर्च (प्रचलित मूल्यमा ) सबैभन्दा बढी कम – मधेश प्रदेशको ग्रामीण क्षेत्र (७१ हजार ८ सय २८ रुपैयाँ)

➥गरिबीको रेखामुनी रहेको जनसंख्या – २०.२७ प्रतिशत (शहरी क्षेत्रमा गरिबीको दर १८.३४ प्रतिशत र ग्रामिण क्षेत्रमा २४.६६ प्रतिशत रहेको छ।)

➥सात प्रदेश मध्ये गरिबी दर राष्ट्रिय गरिबीको दर भन्दा बढी –  मधेश, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश ((२६.६९ प्रतिशत), लुम्बिनी प्रदेशमा (२४.३५ प्रतिशत) र मधेश प्रदेशमा (२२.५३ प्रतिशत))

➥सात प्रदेश मध्ये गरिबी दर राष्ट्रिय गरिबीको दर भन्दा कम –  गण्डकी, बागमती र कोशी प्रदेश (गरिबी दर क्रमशः ११.८८, १२.५९ र १७.१९ प्रतिशत)

➥नेपालको गरिबीको बिषमता सूचक – ४.५२ प्रतिशत (ग्रामीण क्षेत्रमा गरिबीको विषमता सूचक ५.६४ र शहरी क्षेत्रमा ४.०३ प्रतिशत रहेको छ।)

➥नेपालको गिनी सूचकांक – ०.३० प्रतिशत (ग्रामीण क्षेत्रको मान ०.२८७ र शहरी क्षेत्रको मान ०.३०३ रहेको छ।)

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 117
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 102
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 91
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA