Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालमा भेटियो नयाँ चरा ‘तालुधर्से अर्जुनक’

  • Binisha Pradhan
  • August 04, 2024
  • 764

नेपालमा भेटियो नयाँ चरा ‘तालुधर्से अर्जुनक’

नेपालमा भेटियो नयाँ चरा ‘तालुधर्से अर्जुनक’

नेपालमा भेटियो नयाँ चरा ‘तालुधर्से अर्जुनक’

➠ नेपालमा तालुधर्से अर्जुनक नामको नयाँ चरा फेला परेको छ । उक्त चरा माथिल्लो मुस्ताङको ३ हजार ६५० मिटर उचाइमा भेटिएको हो ।

➠ यस चराको अंग्रेजीमा ‘स्पटेड फ्लाइक्याचर’ नाम रहेको चराको नेपाली नाम तालुधर्से अर्जुनक दिएको हो । तालुमा धर्सा रहेकोले पहिचान गर्न सजिलो हुने भएकाले उक्त नाम दिइएको हो । अब नेपालमा पाइने चराको संख्या थपिएर ९ सय ९६ पुगेको छ । अर्जुनक प्रजातिको चरा पनि २४ पुगेको छ । यो गर्मीमा आउने फिरन्ते चरा हो ।

➠ उक्त चरा अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ जिल्लास्थित लोमान्थाङनजिकै समरमा २०८१ साउन २ गते बिहान ८.५८ बजे देखिएको थियो । नेपालमा नयाँ चराको अभिलेख राख्ने नेपाल बर्ड रेकर्ड कमिटीलाई नयाँ चराका बारेमाबतस्बिरसहित विस्तृत जानकारी गराइएको थियो ।

➠ यो चरा मंगोलिया, चीन, अफगानिस्तान र पाकिस्तानमा पाइन्छ । जाडो याममा नियमित रूपमा दक्षिणतिर बसाइँ सर्ने गरेको रेकर्ड छ । यो चरा पनि बसाइँ सर्ने क्रममा यहाँ आएको हुन सक्ने अनुमान गरिएको छ ।

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 43
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 119
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 102
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 91
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 35
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA