Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

“ऐँठन”लाई मदन पुरस्कार र मुखियालाई जगदम्बा श्री पुरस्कार

  • Ajnabee Khadka
  • October 02, 2023
  • 745

“ऐँठन”लाई मदन पुरस्कार र मुखियालाई जगदम्बा श्री पुरस्कार

"Ainthan" gets Madan Award and Mukhiya gets Jagadamba Shri Award

मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्ने मदन पुरस्कार अन्तर्गत यस वर्षको पुरस्कार विवेक ओझाको ‘ऐँठन’ कृतिले पाउने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारण सभाले सो निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो । त्यस्तै, यस वर्षको टेकवीर मुखियालाई २०७८ सालको जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय पनि गुठीले गरेको छ ।

२०७९ मा प्रकाशित पुस्तकहरूमध्येबाट ओझाद्वारा लिखित उपन्यास ऐँठन पुस्तकले विगतमा नेपाल राष्ट्र एवम् नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न लेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोग गरेको भन्दै सो कृतिलाई पुरस्कृत गर्ने निर्णय भएको गुठीले जनाएको छ ।

यस प्रयोजनका लागि गुठीमा ३१३ पुस्तकमध्येबाट पाँच पुस्तक श्रेष्ठ सूचीमा परेका थिए । त्यसमा परेका पुस्तकमा इजोरिया (सुविन भट्टराई), ऐँठन (विवेक ओझा), चक्रव्यूहमा नेपालको जलस्रोत (द्वारिकानाथ ढुङ्गेल), थाङ्ग्रा (प्रगति राई) र माटाको घर (सञ्जय विष्ट) रहेका थिए ।

वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलो पल्ट वि.स. २०१३ मा गद्य विधामा श्री सत्यमोहन जोशीको हाम्रो लोकसंस्कृति, सामाजिक शास्त्रमा श्री चित्तरञ्‍जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा श्री बलराम जोशीको अधिकविभव स्थिर विद्युत उत्पादक  पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो।

२०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँको सम्झनास्वरूप जगदम्बाश्री पुरस्कारको स्थापना गरिएको हो। यो सम्मान पहिलो पटक श्री नारायणगोपाललाई अर्पण गरिएको गुठीले जनाएको छ । अध्यक्ष दीक्षितका अनुसार नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति र संस्थालाई जगदम्बाश्री अर्पण गरिन्छ ।

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 88
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 88
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 81
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 32
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 157
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA