Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान, २०७२ निर्माण प्रक्रियाको कालक्रमिक तालिका

  • Ajnabee Khadka
  • May 25, 2026
  • 358

नेपालको संविधान, २०७२ निर्माण प्रक्रियाको कालक्रमिक तालिका

Chronological table of the drafting process of the Constitution of Nepal, 2072
मिति (वि.सं.)
महत्वपूर्ण चरण/घटना
विस्तृत विवरण
२०६४ चैत २८
पहिलो संविधान सभाको निर्वाचन
नेपालको अन्तरिम संविधान, २०६३ को व्यवस्था बमोजिम ६०१ सदस्यीय पहिलो संविधान सभाको ऐतिहासिक निर्वाचन सम्पन्न,
२०६५ जेठ १४
सभासदहरूको शपथ
संविधान सभाका सदस्यहरूले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सामूहिक रूपमा पद तथा गोपनीयताको शपथ लिएका
२०६५ जेठ १५
पहिलो बैठक र गणतन्त्र घोषणा
संविधान सभाको पहिलो बैठक बसी नेपाललाई "संघीय लोकतान्त्रिक गणतन्त्र" घोषणा गरिएको,
२०६५ साउन ४
उपराष्ट्रपतिको निर्वाचन
परमानन्द झा नेपालको पहिलो उपराष्ट्रपतिको रूपमा निर्वाचित,
२०६५ साउन ६
राष्ट्रपतिको निर्वाचन
डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपतिको रूपमा निर्वाचित,
२०६५ साउन ९
अध्यक्षको निर्वाचन
सुवासचन्द्र नेम्वाङ संविधान सभाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित,
२०६५ कात्तिक २९
नियमावली पारित
संविधान सभाले आफ्नो कार्य सञ्चालनका लागि "संविधान सभा नियमावली, २०६५" पारित,
२०६५ मंसिर १३
उपाध्यक्षको निर्वाचन
पूर्णकुमारी सुवेदी संविधान सभाको उपाध्यक्ष पदमा निर्वाचित,
२०६५ मंसिर ३०
समितिहरूको गठन
संविधान निर्माणका लागि १० वटा विषयगत र ३ वटा प्रक्रियागत गरी कुल १४ वटा समितिहरू गठन,
२०६५ पुस २९
संवैधानिक समिति अध्यक्ष
संवैधानिक समितिको सभापतिमा माधवकुमार नेपाल निर्वाचित; पछि २०६६ भदौ १२ मा नीलम्वर आचार्य सभापति चय,
२०६९ जेठ १४
पहिलो संविधान सभाको अवसान
पटक-पटक म्याद थप गर्दा पनि संविधान जारी हुन नसकी पहिलो संविधान सभाको कार्यकाल समाप्त,
२०७० मंसिर ४
दोस्रो संविधान सभा निर्वाचन
संविधान निर्माणको बाँकी कार्य पुरा गर्न दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न,
२०७० माघ ७
दोस्रो सभाको शपथ
दोस्रो संविधान सभाका सदस्यहरूको शपथ ग्रहण सम्पन्न,
२०७० माघ २९
कार्यतालिका निर्माण
एक वर्षभित्र संविधान जारी गर्ने लक्ष्यका साथ कार्यतालिका निर्माण र समितिहरूको पुनर्गठन,
२०७० चैत १४
स्वामित्व ग्रहण
पहिलो संविधान सभाले गरेका सहमति र कार्यहरूको स्वामित्व ग्रहण गर्ने निर्णय,
२०७२ जेठ २५
१६ बुँदे सहमति
प्रमुख राजनीतिक दलहरूबीच संविधानका विवादित विषयमा ऐतिहासिक १६ बुँदे राजनीतिक सहमति,
२०७२ असार १५
पहिलो मस्यौदा पेस
मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले "नेपालको संविधानको पहिलो मस्यौदा" सभामा पेस,
२०७२ असार २३-२४
जनताको रायका लागि स्वीकृत
मस्यौदालाई जनताको राय सुझावका लागि नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गर्ने प्रस्ताव स्वीकृत,
२०७२ साउन ११
सुझाव प्रतिवेदन पेस
देशभरबाट संकलित सुझावहरूलाई नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले सभामा पेस,
२०७२ भदौ ४
परिमार्जित विधेयक पेस
१६ बुँदे सहमति र जनताको सुझाव समेटेर "परिमार्जित विधेयक" सभामा प्रस्तुत,
२०७२ भदौ ३०
संविधान पारित
परिमार्जित विधेयकमाथिको मतदान प्रक्रिया सकिएपछि ५३२ सदस्यमध्ये ५०७ जनाको समर्थनमा संविधान पारित,
२०७२ असोज ३
संविधान जारी
राष्ट्रपति डा. रामवरण यादवले "नेपालको संविधान" मा हस्ताक्षर गरी घोषणा गरेसँगै नयाँ संविधान जारी,

 

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 18
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 32
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 37
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 146
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA