कोप (COP) सम्मेलन
- कोप (COP) को पूर्ण रूप: Conference of the Parties (पक्षहरुको सम्मेलन)
- निकाय: यो जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय खाका महासन्धि (United Nations Framework Convention on Climate Change - UNFCCC) को सर्वोच्च निर्णय गर्ने निकाय
- UNFCCC को कार्यान्वयन: यो महासन्धि सन् १९९२ मा अपनाइएको र २१ मार्च १९९४ देखि लागू भएको,
- महासन्धिमा आवद्ध संख्या: हाल यस महासन्धिमा १९८ पक्ष राष्ट्रहरू (Parties) आबद्ध रहेका,
-
मुख्य उद्देश्य: हरितगृह ग्यास उत्सर्जन घटाई विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्नु, जलवायु परिवर्तनका जोखिमहरू सामना गर्न देशहरूको अनुकूलन क्षमता बढाउनु, र विकसित राष्ट्रहरू मार्फत विकासोन्मुख देशहरूका लागि जलवायु वित्त (Climate Finance) तथा हानि-नोक्सानी (Loss and Damage) कोषको प्रभावकारी परिचालन गर्नु,
- सम्मेलनको आयोजना: प्रत्येक वर्ष आयोजना गरिन्छ (यदि कुनै पक्ष राष्ट्रले आयोजना गर्ने प्रस्ताव नगरेमा यो महासन्धिको सचिवालय रहेको बोन (Bonn), जर्मनी मा आयोजना हुन्छ)
- अध्यक्षता र चक्र: कोपको अध्यक्षता र आयोजना स्थल संयुक्त राष्ट्र संघका पाँच क्षेत्रीय समूहहरू (अफ्रिका, एशिया-प्रशान्त, पूर्वी युरोप, ल्याटिन अमेरिका र क्यारिबियन, र पश्चिम युरोप र अन्य) बीच आलोपालो हुने प्रचलन रहेको,
प्रमुख कोप (COP) सम्मेलनहरू र तिनका उपलब्धिहरू:
|
सम्मेलन
|
वर्ष र स्थान
|
प्रमुख उपलब्धिहरू तथा विशेषताहरू
|
|---|---|---|
|
COP 1
|
१९९५, बर्लिन, जर्मनी
|
यो पहिलो कोप सम्मेलन हो, जसले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय वार्ताहरूको औपचारिक सुरुवात गरेको,
|
|
COP 3
|
१९९७, क्योटो, जापान
|
|
|
COP 11
|
२००५, मोन्ट्रियल, क्यानडा
|
क्योटो प्रोटोकल आधिकारिक रूपमा लागू भएको, |
|
COP 13
|
२००७, बाली, इन्डोनेसिया
|
यस सम्मेलनमा बाली रोडम्याप (Bali Roadmap) पारित भएको, जसले क्योटो प्रोटोकलपछिको जलवायु रणनीति र उत्सर्जन न्यूनीकरणका लागि एकीकृत मार्गचित्र तय गरेको,
|
|
COP 15
|
२००९, कोपेनहेगन, डेनमार्क
|
|
|
COP 16
|
२०१०, क्यानकुन, मेक्सिको
|
हरित जलवायु कोष (Green Climate Fund - GCF) को स्थापना गरिएको र सन् २०२० सम्ममा वार्षिक १०० अर्ब डलर जलवायु वित्त परिचालन गर्ने लक्ष्य राखिएको,
|
|
COP 17
|
२०११, डरबन, दक्षिण अफ्रिका
|
यस सम्मेलनले पेरिस सम्झौता (Paris Agreement) को जग बसालेको र सबै राष्ट्रहरूलाई समेट्ने गरी नयाँ कानूनी सम्झौता निर्माण गर्ने प्रक्रिया (Durban Platform) सुरु भएको,
|
|
COP 18
|
२०१२, दोहा, कतार
|
दोहा संशोधन (Doha Amendment) अङ्गीकार गरिएको, जसले क्योटो प्रोटोकलको दोस्रो प्रतिबद्धता अवधि (२०१३-२०२०) सुनिश्चित गरेको,
|
|
COP 21
|
२०१५, पेरिस, फ्रान्स
|
|
|
COP 26
|
२०२१, ग्लासगो, बेलायत
|
|
|
COP 27
|
२०२२, शर्म अल-शेख, इजिप्ट
|
जलवायुजन्य क्षति भोगिरहेका विकासोन्मुख देशहरूका लागि 'हानि र नोक्सानी कोष' (Loss and Damage Fund) स्थापना गर्ने ऐतिहासिक निर्णय
|
|
COP 28
|
२०२३, दुबई, युएई
|
पहिलो पटक ग्लोबल स्टकटेक (Global Stocktake) सम्पन्न गरियो, जहाँ पेरिस सम्झौताको लक्ष्य प्राप्तिको दिशामा विश्वको प्रगतिको समीक्षा गरिएको,
|
|
COP 29
|
२०२४, बाकु, अजरबैजान
|
विकसित देशहरूले विकासोन्मुख देशहरूका लागि सन् २०३५ सम्ममा प्रतिवर्ष कम्तीमा $३०० बिलियन जलवायु वित्त परिचालन गर्ने ऐतिहासिक सम्झौता गरिएको,
|
|
COP 30
|
२०२५, बेलम, ब्राजिल
|
देशहरूले सन् २०३५ सम्मका लागि अझ बढी महत्त्वाकाङ्क्षी हरितगृह ग्यास कटौतीका योजनाहरू (NDCs 3.0) बुझाएका,
|
|
COP 31 (आगामी)
|
२०२६, अन्टाल्या, टर्कीमा हुने
|
-
|