Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८३ वैशाख २ र १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

  • Ajnabee Khadka
  • May 13, 2026
  • 352

वि.सं. २०८३ वैशाख २ र १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

Decisions of the Council of Ministers meeting held on 2 and 10 April 2083 BS
वि.सं. २०८३ वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू:
क्र.सं.
मन्त्रालय
निर्णयको संक्षिप्त व्यहोरा
१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
वि.सं. २०६२/०६२ देखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने,
२
अर्थ मन्त्रालय
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप कोषका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने १ मिलियन स्वीस फ्रान्क (CHF) अनुदान सहायता स्वीकार गर्ने,
३
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग र कोष तथा लेखा नियन्त्रक कार्यालयका विभिन्न अधिकारीहरूलाई तोकिएको क्षेत्र हेर्ने गरी अन्तःशुल्क अधिकृतको रूपमा तोक्ने,
४
अर्थ मन्त्रालय
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली स्वीकृत गर्ने,
५
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
नेपाल र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता (२०८२ फागुन ५) प्रतिनिधि सभामा पेश गर्ने,
६
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
उच्च अदालत पाटनका न्यायाधीश श्री चरिवहादुर सारुलाई सैनिक विशेष अदालतको अध्यक्ष तोक्ने,
७
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
उच्च अदालत पाटनका न्यायाधीश श्री रंकप्रसाद गुरुङलाई काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गतको पुनरावेदन समितिको अध्यक्ष तोक्ने,
८
गृह मन्त्रालय
इजरायलमा भएको घटनामा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने,
९
गृह मन्त्रालय
२०८२ भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा सुझाव दिन पूर्व न्यायाधीश श्री प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गर्ने,
१०
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि सम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने,
११
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
निर्माणाधीन पुलहरूको अनिवार्य दायित्व भुक्तानी गर्न रकम रकमान्तर तथा थप बजेट व्यवस्थापन गर्ने,
१२
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण नियमावली स्वीकृत गर्ने,
१३
रक्षा मन्त्रालय
नेपाली सेनाका दुई जना महासेनानीहरूलाई सहायक रथी दर्जामा बढुवा गर्ने,
१४
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई गाभी एकीकृत रूपमा सञ्चालन गर्न आदेश स्वीकृत गर्ने,
१५
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
आरोग्य पर्यटन रणनीति (२०२६-२०३५) तथा कार्ययोजना स्वीकृत गर्ने,
१६
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड स्वीकृत गर्ने,
१७
शहरी विकास मन्त्रालय
दोस्रो बागमती कार्ययोजना (२०८२-२१०२) स्वीकृत गर्ने,
१८
शहरी विकास मन्त्रालय
निर्माण सम्पन्न भएका र निर्माणाधीन कार्यक्रमहरूको बाँकी दायित्व भुक्तानीका लागि रकमान्तर मार्फत बजेट व्यवस्थापन गर्ने,
१९
-
सचिव श्री राम आधार साहलाई अनिवार्य अवकाशको जानकारी गराउने र धन्यवाद दिने,

वि.सं. २०८३ वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू:

क्र.सं.
मन्त्रालय
निर्णयको संक्षिप्त व्यहोरा
१
अर्थ मन्त्रालय
Integrated Water Supply and Sewerage Management (Sector) Project का लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौता र अन्य कागजातलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने,
२
परराष्ट्र मन्त्रालय
२०८३ वैशाख २१ र २२ गते रोमानियाको बुखारेष्टमा हुने नेपाल र रोमानियाबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी हुन परराष्ट्र सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने,
३
परराष्ट्र मन्त्रालय
हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत डा. बिन्देश्वरप्रसाद लेखकलाई बीस दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने,
४
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने,
५
रक्षा मन्त्रालय
नेपाली सेनाका तीन जना सहायक रथीहरूलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको उपरथी दर्जामा बढुवा गर्ने,
६
रक्षा मन्त्रालय
संयुक्त राज्य अमेरिकामा सञ्चालन हुने Pacific Air Chiefs Seminar (PACS) मा सहभागी हुन पाइलट उपरथी श्री रामसुन्दर बोहोरालाई स्वीकृति दिने,
७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
निजामती सेवा अन्तर्गत विभिन्न सेवाका २५ जना सहसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा गर्ने,
८
-
महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने पूर्व निर्णयको सट्टा सो जग्गा प्रतिष्ठानले नै प्रयोग गर्ने गरी व्यवस्था मिलाउने,
९
-
सरकारी निकायका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सम्माननीय प्रधानमन्त्रीज्यूको सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने,
१०
-
सरकारी सार्वजनिक गुठी जग्गा हिनामिना सम्बन्धी प्रतिवेदन, २०७६ (मोहनमान भट्टराई) कार्यान्वयन गर्ने,
११
-
संघीय संसद्को दुवै सदनको अधिवेशन २०८३ वैशाख १७ गते दिउँसो १४:०० बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने,

 

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 45
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 50
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 53
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 84
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 147
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA