Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Ajnabee Khadka
  • August 03, 2026
  • 263

विश्वका १० सबैभन्दा लामा नदीहरू

10 longest rivers in the world
क्रम
नदीको नाम
महादेश / क्षेत्र
लम्बाई (किलोमिटर/माइल)
लोकसेवा सान्दर्भिक तथ्यहरु
१.
नाइल (Nile)
अफ्रिका (उत्तरपूर्वी अफ्रिका)
६,६५० कि.मी. 
  • विश्वकै सबैभन्दा लामो नदी (Longest River in the World)
  • नाइल नदी दुईवटा ठूला जलधाराहरू (नदी) मिलेर बन्ने भएकाले यसका दुईवटा मुख्य उद्गमस्थलहरू छन्: 
    १.) सेतो नाइल (White Nile) को उद्गम: युगान्डा, केन्या र तान्जानियाको सिमानामा पर्ने भिक्टोरिया ताल (Lake Victoria) 
    २.) निलो नाइल (Blue Nile) को उद्गम: इथियोपियामा पर्ने टाना ताल (Lake Tana)
  • समागम (Mouth) अर्थात् विसर्जनस्थल: भूमध्य सागर (Mediterranean Sea)
  • सुडानको राजधानी खार्तूममा सेतो नाइल र निलो नाइल आपसमा मिसिएपछि मात्र यसलाई आधिकारिक रूपमा 'नाइल नदी' भनिन्छ,
  • नाइल नदीको जलाधार क्षेत्र भित्र अफ्रिकाका ११ वटा देशहरू पर्दछन्; मिश्र/इजिप्ट (Egypt), सुडान (Sudan), दक्षिण सुडान (South Sudan), इथियोपिया (Ethiopia), युगान्डा (Uganda), केन्या (Kenya), तान्जानिया (Tanzania), रुवान्डा (Rwanda), बुरुन्डी (Burundi), प्रजातान्त्रिक गणतन्त्र कङ्गो (DR Congo) र इरिट्रिया (Eritrea)
  • "नाइल नदीको वरदान (Blessing of River Nile)" भनेर चिनिने सभ्यता/देश कुन हो?: मिश्र/इजिप्ट (Egypt)
२.
अमेजन (Amazon)
दक्षिण अमेरिका
६,४०० कि.मी. 
  • जलप्रवाह (Water Discharge) वा पानीको आयतन (Water Volume) का आधारमा विश्वको सबैभन्दा ठूलो नदी
  • लम्बाईका आधारमा विश्वको दोस्रो लामो नदी
  • यसको विशाल चौडाईका कारण यसलाई "नदी महासागर (The River Sea)" पनि भनिन्छ,
  • उद्गमस्थल (Source): पेरु देशमा पर्ने एन्डिज पर्वतमाला (Andes Mountains) को मिस्मी हिमाल (Nevado Mismi) बाट
  • समागम (Mouth) अर्थात् विसर्जनस्थल: यो नदी पश्चिमबाट पूर्वतर्फ बग्दै गएर अन्ततः आन्ध्र महासागर (Atlantic Ocean) मा मिसिन्छ,
  • नदी बग्ने मुख्य देशहरू: यो नदी मुख्य रूपमा पेरु, कोलम्बिया र ब्राजिल भएर बग्दछ,
  • यस नदीको वरिपरी फैलिएका विश्वकै सबैभन्दा ठूलो उष्णप्रदेशीय वर्षावन 'अमेजन वर्षावन (Amazon Rainforest)' लाई "पृथ्वीको फोक्सो (Lungs of the Earth)" भनिन्छ,
३.
याङ्जे (Yangtze)
एसिया (चीन)
६,३०० कि.मी. 
  • यो एसिया महादेशको सबैभन्दा लामो नदी
  • एउटै देश भित्र मात्र बग्ने नदीहरूमध्ये यो विश्वकै सबैभन्दा लामो नदी (यो पूर्ण रूपमा चीन भित्र मात्र बग्दछ)
  • लम्बाईको आधारमा यो विश्वकै तेस्रो लामो नदी
  • स्थानीय नाम: चीनमा यसलाई आधिकारिक रूपमा 'चाङ जियाङ (Chang Jiang)' भनिन्छ,
  • उद्गमस्थल (Source): तिब्बती पठार (Tibetan Plateau) मा अवस्थित टाङगुला पर्वतमाला (Tanggula Mountains) को 'जारी पहाड' बाट
  • समागम (Mouth) अर्थात् विसर्जनस्थल: चीनको प्रसिद्ध सहर संघाई (Shanghai) नजिकै पूर्वी चीन सागर (East China Sea) मा गएर मिसिन्छ,
  • याङ्जे नदीमा निर्मित यो बाँध विश्वकै सबैभन्दा ठूलो जलविद्युत आयोजना: थ्री गोर्जेज बाँध (Three Gorges Dam)
  • चीनका आर्थिक रूपमा अत्यन्तै महत्त्वपूर्ण सहरहरू जस्तै चुङकिङ (Chongqing), वुहान (Wuhan), नानजिङ (Nanjing), र संघाई (Shanghai) यसै नदीको किनारमा अवस्थित
  • चीनको कुल जनसङ्ख्याको करिब एक-तिहाइ (१/३) हिस्सा यसै नदीको बेसिनमा बसोबास गर्दछन,
४.
मिसिसिपी–मिसौरी (Mississippi/Missouri)
उत्तर अमेरिका (संयुक्त राज्य अमेरिका)
६,२७५ कि.मी.
  • लम्बाईको आधारमा यो विश्वकै चौथो लामो नदी
  • यो उत्तर अमेरिका महादेशको सबैभन्दा लामो नदी
  • उद्गम र समागम (Source and Mouth)यो प्रणाली दुईवटा ठूला नदीहरू मिलेर बनेको छ, जसको फरक-फरक उद्गमस्थल छ;
    १.) मिसिसिपी नदीको उद्गम: संयुक्त राज्य अमेरिकाको मिनेसोटा (Minnesota) राज्यमा रहेको इटास्का ताल (Lake Itasca) बाट
    २.) मिसौरी नदीको उद्गम: संयुक्त राज्य अमेरिकाको मोन्टाना (Montana) राज्यमा पर्ने रकी पर्वतमाला (Rocky Mountains) बाट
  • दोभान: मिसौरी नदी बहँदै आएर सेन्ट लुइस (St. Louis), मिसौरी सहर नजिकै मिसिसिपी नदीमा मिसिन्छ,
  • समागम (Mouth) अर्थात् विसर्जनस्थल: यो नदी उत्तरबाट दक्षिणतर्फ बग्दै गएर अन्ततः मेक्सिकोको खाडी (Gulf of Mexico) मा
५.
येनिसे-अङ्घारा-सेलेङ्घा (Yenisei-Angara-Selenga)
एसिया (रुस र मंगोलिया)
५,५३९ कि.मी.
  • लम्बाईका आधारमा यो विश्वकै पाँचौँ लामो नदी
  • सुमेरु महासागर (Arctic Ocean) मा विसर्जित हुने नदीहरूमध्ये पानीको बहाव (Discharge) का आधारमा यो विश्वकै सबैभन्दा ठूलो नदी
  • यो प्रणाली तीनवटा प्रमुख नदीहरू क्रमिक रूपमा जोडिएर बनेको छ: सेलेङ्घा नदी (Selenga), अङ्घारा नदी (Angara) र येनिसे नदी (Yenisei)
  • समागम (Mouth) अर्थात् विसर्जनस्थल: यो संयुक्त जलधारा उत्तरतर्फ बग्दै साइबेरियाको चिसो मैदान पार गरेर अन्ततः सुमेरु महासागर (Arctic Ocean) को 'कारा सागर (Kara Sea)' मा
६.
ह्वाङ हो (Huang He)
एसिया (चीन)
५,४६४ कि.मी.
  • लम्बाईका आधारमा यो विश्वकै छैटौँ लामो नदी
  • यो याङ्त्से नदीपछिको चीनको दोस्रो लामो नदी
  • यसको पानीमा पहेँलो माटो (Loess) धेरै मिसिने भएकाले यसलाई "पहेँलो नदी (Yellow River)" भनिन्छ,
  • उद्गमस्थल (Source): पश्चिमी चीनको छिङहाई (Qinghai) प्रान्तमा अवस्थित बयन हर पर्वतमाला (Bayan Har Mountains) बाट
  • बहाव स्वरूप: यो नदी चीनका ९ वटा प्रान्तहरू हुँदै अङ्ग्रेजी अक्षर 'Ω' (ओमेगा) आकारको घुम्ती बनाएर बग्दछ,
  • समागम (Mouth) अर्थात् विसर्जनस्थल: यो नदी पूर्वतर्फ बग्दै गएर अन्ततः बोहाई सागर (Bohai Sea) मा
  • यस नदीको बेंसी (River Valley) लाई चिनियाँ सभ्यताको उद्गमस्थल मानिन्छ — यस नदीलाई चीनमा "सभ्यताको कोक्रो (Cradle of Chinese Civilization)" वा "माता नदी (Mother River)" भनिन्छ,
  • प्राचीन कालदेखि नै यस नदीले आफ्नो बहावको दिशा (Course) बारम्बार परिवर्तन गर्ने र विनाशकारी बाढी ल्याउने भएकाले यसलाई "चीनको दुःख (Sorrow of China)" उपनामले चिनिन्छ,
  • यो विश्वमै प्रति इकाई पानीमा सबैभन्दा बढी लेदो वा बालुवा (Sediment) बोक्ने नदी 
७.
ओब-इर्तिश (Ob–Irtysh)
युरेसिया क्षेत्र
५,४१० कि.मी.
  • लम्बाईका आधारमा यो विश्वकै सातौँ लामो नदी
  • रुसको दोस्रो सबैभन्दा ठूलो नदी
  • मुख्य नदी ओब र यसको सबैभन्दा लामो सहायक नदी इर्तिश जोडिएर यो नदी बनेको,
  • यो नदी प्रणाली दुईवटा ठूला नदीहरू मिलेर बनेको छ;
    १.) ओब नदी (Ob) को उद्गम: साइबेरियाको अल्ताई पर्वतमाला (Altai Mountains) मा 'विया' र 'कातुल' नदीहरू मिलेर ओब नदी बन्दछ,
    २.) इर्तिश नदी (Irtysh) को उद्गम: यो नदी मंगोलिया र चीन (सिन्जियाङ) को सिमानामा पर्ने अल्ताई पर्वतमालाबाट
  • समागम (Mouth) अर्थात् विसर्जनस्थल: यो नदी दक्षिणबाट उत्तरतर्फ बहँदै गएर अन्ततः सुदूर उत्तरी महासागरको एक भाग सुमेरु महासागर (Arctic Ocean) को 'ओबको खाडी (Gulf of Ob)' मा
  • ओब नदीले सुमेरु महासागरमा खसिनुअघि बनाउने 'ओबको खाडी (Gulf of Ob)' विश्वकै सबैभन्दा लामो नदी समागम (Estuary) हो,
८.
रियो डे ला प्लाटा-पराना (Río de la Plata–Paraná)
दक्षिण अमेरिका (अर्जेन्टिना र उरुग्वे)
४,८८० कि.मी
  • लम्बाईका आधारमा यो विश्वकै आठौँ लामो नदी
  • अमेजन नदीपछि यो दक्षिण अमेरिका महादेशको दोस्रो लामो र ठूलो नदी
  • यो प्रणाली मुख्य दुई भाग मिलेर पूर्ण हुन्छ;
    १.) पराना नदीको उद्गम (Paraná): यो नदी ब्राजिलको दक्षिण-मध्य उच्चभूमि (Brazilian Highlands) मा 'ग्रान्डे' (Grande) र 'परनाइबा' (Paranaíba) नदीहरू मिलेर
    २.) रियो डे ला प्लाटा (Río de la Plata): पराना नदी र उरुग्वे नदी (Uruguay River) आपसमा मिसिएपछि बन्ने विशाल सोली आकारको समागम (Estuary) लाई 'रियो डे ला प्लाटा' भनिन्छ,
  • समागम (Mouth) अर्थात् विसर्जनस्थल:  यो संयुक्त जलमार्ग अर्जेन्टिना र उरुग्वेको सिमाना हुँदै अन्ततः आन्ध्र महासागर (Atlantic Ocean) मा
  • रियो डे ला प्लाटालाई विश्वकै सबैभन्दा चौडा नदी समागम (Widest Estuary in the World) मानिन्छ,
  • विश्वका दुई प्रसिद्ध राजधानी सहरहरू अर्जेन्टिनाको ब्यूनस आयर्स (Buenos Aires) र उरुग्वेको मोन्टेभिडियो (Montevideo) यसै रियो डे ला प्लाटाको किनारमा आमनेसामने अवस्थित
  • इताइपु बाँध (Itaipu Dam): पराना नदीमा ब्राजिल र पराग्वेको सिमानामा निर्मित यो बाँध जलविद्युत उत्पादनका आधारमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना
  • यसै नदी प्रणालीको सहायक नदी 'इगुआजु (Iguaçu)' मा विश्वप्रसिद्ध र बढी जलप्रवाह भएको 'इगुआजु झरना (Iguaçu Falls)' अवस्थित
९.
कङ्गो (Congo)
अफ्रिका (मध्य अफ्रिका)
४,७०० कि.मि.
  • यो विश्वकै सबैभन्दा गहिरो नदी (Deepest River) अधिकतम गहिराइ करिब २२० मिटर (७२० फिट) सम्म मापन गरिएको,
  • यो भूमध्यरेखा (Equator) लाई दुई पटक काट्ने विश्वकै एक मात्र नदी
  • पानीको आयतन (Water Volume) का आधारमा यो अफ्रिकाको पहिलो र लम्बाईका आधारमा नाइल नदीपछिको अफ्रिकाको दोस्रो लामो नदी
  • जलप्रवाह (Water Discharge) का आधारमा यो अमेजन नदीपछिको विश्वकै दोस्रो ठूलो नदी
  • उद्गमस्थल (Source): पूर्वी अफ्रिकी रिफ्ट (East African Rift) को पहाडी क्षेत्रमा अवस्थित चाम्बेसी नदी (Chambeshi River) र ताङ्गानिका तथा न्यासा ताल वरपरको उच्च भूमि
  • समागम (Mouth) अर्थात् विसर्जनस्थल: यो नदी पश्चिम अफ्रिकी तट हुँदै अन्ततः आन्ध्र महासागर (Atlantic Ocean) मा
  • बहाव स्वरूप: यो नदी भूमध्यरेखा पार गर्दै उत्तरतर्फ बग्छ र पुनः दक्षिण-पश्चिमतर्फ घुमेर विशाल चाप (Arc) बनाउँदै अघि बढ्छ,
  • कङ्गो बेसिन (Congo Basin): अमेजन पछिको यो विश्वकै दोस्रो ठूलो वर्षावन (Rainforest) क्षेत्र
  • विश्वकै सबैभन्दा बढी जलविद्युत क्षमता (Hydroelectric Potential) भएका नदीहरूमध्ये यो अग्रस्थानमा रहेको,
१०.
अमुर (Amur)
एसिया (रुस र चीन)
४,४४४ कि.मि.
  • लम्बाईका आधारमा यो विश्वकै दसौँ लामो नदी
  • स्थानीय नाम: चीनमा यस नदीलाई 'हेइलोङ जियाङ (Heilong Jiang)' भनिन्छ, जसको अर्थ "कालो ड्रागन नदी (Black Dragon River)" हुन्छ,
  • उद्गमस्थल (Source): पश्चिमी मन्चुरिया (रूस र चीनको सिमाना) का पहाडहरूमा शिल्का (Shilka) र अरगुन (Argun) नदीहरू एकआपसमा मिसिएर अमुर नदीको निर्माण हुन्छ,
  • समागम (Mouth) अर्थात् विसर्जनस्थल: यो नदी बहँदै गएर अन्ततः प्रशान्त महासागरको एक भाग ओखोत्स्क सागर (Sea of Okhotsk) र तातार जलडमरू (Strait of Tartary) मा
  • यस नदीले यी दुई महाशक्ति राष्ट्रहरू चीन र रुसबीच करिब १,७०० किलोमिटरभन्दा लामो प्राकृतिक सिमाना कायम गर्दछ,
 

लोकसेवा सान्दर्भिक "Fast Facts":

  • लम्बाईको आधारमा विश्वको सबैभन्दा लामो नदी: अफ्रिका महादेशमा अवस्थित नाइल नदी (Nile)
  • पानीको बहाव र आयतनको आधारमा विश्वको सबैभन्दा लामो नदी: दक्षिण अमेरिकी महादेशको अमेजन नदी (Amazon)
  • एसिया महादेशको सबैभन्दा लामो नदी: याङ्ग्त्जे नदी (Yangtze) — एकै राष्ट्र भित्र बहने विश्वको सबैभन्दा लामो नदी याङ्ग्त्जे नदी नै हो,
  • विश्वकै सबैभन्दा धेरै देश भएर बग्ने नदी: ड्यान्युब नदी (Danube) — युरोपका १० वटा देशहरू भएर बग्छ,
  • विश्वको सबैभन्दा गहिरो (करिब २२० मिटर गहिराई भएको) नदी: अफ्रिकाको कङ्गो नदी (Congo) — भूमध्यरेखालाई दुई पटक काट्ने नदी पनि कङ्गो नदी नै हो,
  • मकररेखालाई दुई पटक काट्ने नदी: अफ्रिकाको लिम्पोपो नदी (Limpopo)
  • उत्तर अमेरिकाको सबैभन्दा लामो नदी: मिसिसिपी–मिसौरी नदी (Mississippi/Missouri) 
  • युरोप महादेशको सबैभन्दा लामो नदी: भोल्गा नदी (Volga)
  • अस्ट्रेलिया महादेशको सबैभन्दा लामो नदी: मरे नदी (Murray) 

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 59
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 84
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 22
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 113
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 52
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA