Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Ajnabee Khadka
  • September 22, 2026
  • 51

नेपाल र असंलग्न आन्दोलन (NAM)

Nepal and the Non-Aligned Movement (NAM)
  • नेपाल असंलग्न आन्दोलन (NAM) को संस्थापक सदस्य राष्ट्र (Founding member country) को रुपमा रहेको – सन् १९६१ सेप्टेम्बर १–६ मा युगोस्लाभियाको बेलग्रेडमा आयोजित २५ राष्ट्रहरूको पहिलो शिखर सम्मेलनमा सहभागी भई नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र बनेको,
  • असंलग्न आन्दोलन (NAM) को वैचारिक जग मानिने सन् १९४७ को एसियाली सम्बन्ध सम्मेलन (Asian Relations Conference) मा नेपालले यस सम्मेलनमा औपचारिक रूपमा प्रतिनिधिमण्डल पठाई सक्रिय सहभागिता जनाएको,
  • संवैधानिक व्यवस्था: नेपालको संविधानको धारा ५१ मा असंलग्नताको सिद्धान्त, पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मान्यतालाई नेपालको परराष्ट्र नीतिको निर्देशक सिद्धान्तका रूपमा अङ्गीकार गरिएको,

असंलग्न आन्दोलन (NAM) का हालसम्मका शिखर सम्मेलनहरू र नेपालको सहभागिता:

  • नेपालले स्थापनाकालदेखि हालसम्मका सबै (१ देखि १९ औँ) शिखर सम्मेलनहरूमा उच्चस्तरीय सहभागिता जनाएको,
  • सन् २०२४ मा युगान्डाको कम्पालामा भएको १९ औँ शिखर सम्मेलन (सबैभन्दा हालको शिखर सम्मेलन) मा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गरेका,
संस्करण
आयोजना मिति
आयोजक शहर, देश
नेपालको तर्फबाट नेतृत्व
१ औँ
१–६ सेप्टेम्बर १९६१
बेलग्रेड, युगोस्लाभिया (Belgrade, Yugoslavia)
राजा महेन्द्र वीरविक्रम शाह
२ औँ
५–१० अक्टोबर १९६४
काहिरा, इजिप्ट (Cairo, Egypt)
राजा महेन्द्र वीरविक्रम शाह
३ औँ
८–१० सेप्टेम्बर १९७०
लुसाका, जाम्बिया (Lusaka, Zambia)
राजा महेन्द्र वीरविक्रम शाह
४ औँ
५–९ सेप्टेम्बर १९७३
अल्जियर्स, अल्जेरिया (Algiers, Algeria)
राजा वीरेन्द्र वीरविक्रम शाह
५ औँ
१६–१९ अगस्ट १९७६
कोलम्बो, श्रीलंका (Colombo, Sri Lanka)
राजा वीरेन्द्र वीरविक्रम शाह
६ औँ
३–९ सेप्टेम्बर १९७९
हवाना, क्युबा (Havana, Cuba)
राजा वीरेन्द्र वीरविक्रम शाह
७ औँ
७–१२ मार्च १९८३
नयाँ दिल्ली, भारत (New Delhi, India)
राजा वीरेन्द्र वीरविक्रम शाह
८ औँ
१–६ सेप्टेम्बर १९८६
हरारे, जिम्बाब्वे (Harare, Zimbabwe)
राजा वीरेन्द्र वीरविक्रम शाह
९ औँ
४–७ सेप्टेम्बर १९८९
बेलग्रेड, युगोस्लाभिया (Belgrade, Yugoslavia)
राजा वीरेन्द्र वीरविक्रम शाह
१० औँ
१–६ सेप्टेम्बर १९९२
जर्काता, इन्डोनेसिया (Jakarta, Indonesia)
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
११ औँ
१८–२० अक्टोबर १९९५
कार्टागेना, कोलम्बिया (Cartagena, Colombia)
प्रधानमन्त्री शेरबहादुर देउवा
१२ औँ
२–३ सेप्टेम्बर १९९८
डर्बन, दक्षिण अफ्रिका (Durban, South Africa)
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
१३ औँ
२०–२५ फेब्रुअरी २००३
कुआलालम्पुर, मलेसिया (Kuala Lumpur, Malaysia)
प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द
१४ औँ
१५–१६ सेप्टेम्बर २००६
हवाना, क्युबा (Havana, Cuba)
उपप्रधानमन्त्री केपी शर्मा ओली
१५ औँ
१५–१६ जुलाई २००९
शर्म अल-शेख, इजिप्ट (Sharm-el-Sheikh, Egypt)
प्रधानमन्त्री माधवकुमार नेपाल
१६ औँ
२६–३१ अगस्ट २०१२
तेहरान, इरान (Tehran, Iran)
प्रधानमन्त्री डा. बाबुराम भट्टराई
१७ औँ
१७–१८ सेप्टेम्बर २०१६
मार्गरिटा टापु, भेनेजुएला (Margarita Island, Venezuela)
उपराष्ट्रपति नन्दबहादुर पुन
१८ औँ
२५–२६ अक्टोबर २०१९
बाकु, अजरबैजान (Baku, Azerbaijan)
प्रधानमन्त्री केपी शर्मा ओली
१९ औँ
१९–२० जनवरी २०२४
युगान्डा, कम्पाला (Uganda, Kampala)
प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड'

 

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 55
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 83
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 21
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 112
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA