Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Ajnabee Khadka
  • June 28, 2026
  • 302

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

Detailed fact sheet on Earth's Moon (Luna)
विशेषता
विवरण (तथ्यहरू)
त्रिज्या (Radius)
करिब १,०८० माइल (१,७३८ किलोमिटर)
व्यास (Diameter)
  • करिब २,१६० माइल (३,४७६ किलोमिटर)
  • पृथ्वीसँगको तुलना: चन्द्रमाको व्यास पृथ्वीको व्यासको २७.३% (करिब एक-चौथाई भन्दा केही बढी) हुन आउँछ,
द्रव्यमान (Mass)
७.३४ × १०²² केजी (पृथ्वीको द्रव्यमानको लगभग १.२%)
सतहको गुरुत्वाकर्षण
१.६२ m/s² (पृथ्वीको गुरुत्वाकर्षणको लगभग १/६ भाग वा १६.६%)
सौर्यमण्डलमा स्थान
यो सौर्यमण्डलको पाँचौँ ठूलो उपग्रह
औसत दूरी
पृथ्वीबाट २,३८,८५५ माइल (३,८४,४०० किलोमिटर) टाढा
परिक्रमा समय (Orbit)
२७ दिन 
अक्षीय भ्रमण (Rotation)
२७ दिन
उत्पत्ति (Formation)
करिब ४.५ अर्ब वर्ष पहिले मंगल ग्रह जत्रो पिण्ड पृथ्वीसँग ठोक्किँदा निस्किएको अवशेषबाट बनेको,
वायुमण्डल
वायुमण्डल अवस्थित छैन
तापक्रम
  • अधिकतम (दिउँसो): २६०°F (१२७°C) सम्म
  • न्यूनतम (राति): -२८०°F (-१७३°C) सम्म
सतहको बनावट
धुलो र चट्टानको थुप्रो (Regolith), विशाल खाडलहरू (Craters), र लाभाले भरिएका काला समतल भूभाग (Maria)
आन्तरिक संरचना
फलामयुक्त सानो भित्री केन्द्र (Core), बाक्लो फलामयुक्त प्रावरण (Mantle) र कडा चट्टानी बाहिरी पत्र (Crust)
पानीको उपस्थिति
चन्द्रमाको दक्षिणी ध्रुवका सूर्यको प्रकाश कहिल्यै नपुग्ने अँध्यारा खाल्डाहरूमा हिउँको रूपमा पानी ठोस अवस्थामा रहेको प्रमाणित भइसकेको,
मानव अभियान र अन्वेषण (Human Missions)
  • चन्द्रमामा पहिलो मानवरहित अवतरण: सेप्टेम्बर १४, १९५९ मा सोभियत संघको लुना २ (Luna-2) अन्तरिक्ष यान
  • चन्द्रमामा सफल सुचारु अवतरण (Soft Landing) हासिल गर्ने पहिलो अन्तरिक्ष यान: फेब्रुअरी ३, १९६६ मा सोभियत संघको लुना ९ (Luna-9)
  • चन्द्रमाको सतहमा पहिलो सफल मानव अवतरण: संयुक्त राज्य अमेरिकाको अपोलो-११ (Apollo 11) अभियानमार्फत सन् १९६९ जुलाई २० मा भएको; निल आर्मस्ट्रङ्ग (Neil Armstrong) चन्द्रमाको सतहमा पाइला टेक्ने विश्वकै पहिलो मानव र बज एल्ड्रिन (Buzz Aldrin) सतहमा पाइला टेक्ने दोस्रो व्यक्ति
  • चन्द्रमामा सबैभन्दा पछिल्लो (Recent) सफल अभियान: नासाको आर्टेमिस दोस्रो (Artemis II) अभियान (अप्रिल १, २०२६ मा प्रक्षेपण गरिएको,)

 

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 40
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 45
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 46
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 147
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA