Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३

  • Ajnabee Khadka
  • May 11, 2026
  • 382

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३

Energy Consumption Growth and Export Strategy, 2083
ऊर्जा क्षेत्रको वर्तमान पृष्ठभूमि र अवस्था:
  • प्रारम्भिक इतिहास: नेपालमा विद्युत् विकासको सुरुवात वि.सं. १९६८ मा ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत् आयोजनाबाट भएको,
  • हालको जडित क्षमता: नेपालको कुल विद्युत् जडित क्षमता करिब ४,०८६ मेगावाट पुगेको,
  • विद्युत् पहुँच: राष्ट्रिय प्रसारण ग्रिडको विस्तारसँगै करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगिसकेको,
  • प्रतिव्यक्ति खपत: हाल प्रतिव्यक्ति विद्युत् खपत करिब ४५० युनिट रहेको,
  • अन्तर्राष्ट्रिय व्यापार: भारतसँग १० वर्षमा १०,००० मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन सम्झौता भएको छ र हाल करिब १,२०० मेगावाटसम्म विद्युत् भारत र बङ्गलादेशतर्फ आयात–निर्यात भइरहेको,
दीर्घकालीन लक्ष्य र प्रक्षेपण (सन् २०३५ सम्म):
क्र.सं.
सूचक (Indicator)
लक्ष्य / प्रक्षेपण (सन् २०३५ सम्म)
१
कुल विद्युत् उत्पादन (जडित क्षमता)
२८,५०० मेगावाट
२
प्रतिव्यक्ति विद्युत् खपत
१,५०० युनिट (किलोवाट घण्टा)
३
आन्तरिक विद्युत् माग/खपत
करिब १३,५०० मेगावाट
४
विद्युत् निर्यात क्षमता
करिब १५,००० मेगावाट
५
सबस्टेशन क्षमता
४०,००० एम.भी.ए. (वि.सं. २०९२/९३ सम्म)
६
विद्युत् पहुँच
१००% जनसङ्ख्या (वि.सं. २०८५ भित्रै)
  • रणनीतिले सन् २०४५ सम्ममा खूद शून्य कार्बन उत्सर्जन (Net Zero) को लक्ष्य हासिल गर्ने राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात गरेको,
  • आगामी दुई वर्षभित्र देशभर पूर्ण रूपमा विद्युतीकरण गरी विद्युत् पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको,
  • विद्युत् निर्यातका लागि भारतसँग १० वर्षमा १०,००० मेगावाट विद्युत् व्यापार गर्ने दीर्घकालीन सम्झौतालाई आधार बनाइएको,
  • सन् २०३५ सम्ममा उत्पादन हुने कुल २८,५०० मेगावाट मध्ये करिब २४,५०० मेगावाट थप गर्ने लक्ष्य कार्ययोजनामा समेटिएको,
प्रमुख रणनीतिक प्राथमिकताहरू:
  • पूर्ण विद्युतीकरण: आगामी दुई वर्षभित्र देशभर पूर्ण रूपमा विद्युतीकरण गरी विद्युत् पहुँच सुनिश्चित गर्न,
  • खपत वृद्धि रणनीति: एल.पी. ग्यासको अनुदान क्रमशः घटाउँदै घरायसी र व्यावसायिक क्षेत्रमा विद्युतीय चुल्होको अधिकतम प्रयोगलाई अनिवार्य बनाउने,
  • यातायात क्षेत्र: पेट्रोल पम्पहरूमा चार्जिङ स्टेशन स्थापना गर्ने र खनिज इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न प्रोत्साहन गर्न,
  • औद्योगिक प्रवद्र्धन: डाटा सेन्टर, हरियो हाइड्रोजन, र रासायनिक मल कारखाना जस्ता ऊर्जा सघन उद्योगका लागि विशेष विद्युत् महसुल सुविधा दिन,
  • कृषि र सिँचाइ: १००% विद्युतीय सिँचाइ पम्पमा रूपान्तरण गर्ने र क्लस्टरमा आधारित "डेडिकेटेड एग्रिकल्चर फिडर" निर्माण गर्न,
पूर्वाधार विकासका प्रमुख योजनाहरू:
पूर्वाधारको क्षेत्र
प्रमुख योजना/आयोजनाहरू
क्षमता / स्तर
समय सीमा (वि.सं.)
१. विद्युत् उत्पादन (ठूला आयोजनाहरू)
बूढीगण्डकी जलाशययुक्त आयोजना
१२०० मे.व.
२०९१ सम्म
 
माथिल्लो अरुण
१०६१ मे.व.
२०९१ सम्म
 
दूधकोशी जलाशययुक्त आयोजना
६७० मे.व.
२०९१ सम्म
 
उत्तरगङ्गा जलविद्युत् आयोजना
८२८ मे.व.
२०९२ सम्म
 
सौर्य ऊर्जा (Solar PV) - NEA द्वारा प्रवद्र्धित
१०००+ मे.व.
२०८५ सम्म
२. आन्तरिक प्रसारण लाइन
हेटौँडा–ढल्केवर–इनरुवा
४०० के.भी.
२०८२/८३ सम्म
 
नयाँ बुटवल–लमही
४०० के.भी.
२०८७/८८ सम्म
 
लप्सीफेदी–रातमाटे–दमौली–बुटवल
४०० के.भी.
२०८६/८७ सम्म
 
भेरी र सेती कोरिडोर प्रसारण लाइन
४०० के.भी.
२०९०/९१ सम्म
३. अन्तरदेशीय प्रसारण लाइन
ढल्केवर–मुजफ्फरपुर–सीतामढी
४०० के.भी.
२०८३/८४ सम्म
 
बुटवल–गोरखपुर
४०० के.भी.
२०८३/८४ सम्म
 
इनरुवा–पूर्णिया
४०० के.भी.
२०८९/९० सम्म
 
चमेलिया–धार्चुला
२२० के.भी.
२०८४/८५ सम्म
 
चिलिमे हब–केरुङ्ग (चीन)
४००/२२० के.भी.
२०९३/९४ सम्म
४. वितरण तथा आधुनिकीकरण
सबस्टेशन क्षमता विस्तार
४०,००० एम.भी.ए.
२०९२/९३ सम्म
 
भूमिगत वितरण प्रणाली (काठमाडौँ आदि)
-
२०८५ सम्म
 
स्मार्ट मिटर जडान अभियान
-
निरन्तर
 
एग्रिकल्चर फिडर निर्माण
-
निरन्तर
  • कुल उत्पादन लक्ष्य: सन् २०३५ सम्ममा कुल उत्पादन क्षमता २८,५०० मेगावाट पुर्‍याउने,
  • चार्जिङ स्टेशन: देशभर विद्युतीय सवारीका लागि चार्जिङ स्टेशनहरूको सञ्जाल विस्तार गर्ने (वि.सं. २०८५/८६ सम्म)
  • पूर्ण विद्युतीकरण: आगामी दुई वर्षभित्र देशभर सतप्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुर्‍याउने,
पहिचान गरिएका प्रमुख जोखिम र व्यवस्थापन:
  • प्राकृतिक जोखिम: बाढी, पहिरो, भूकम्प र जलवायु परिवर्तनका कारण हुन सक्ने हिमताल विष्फोट (GLOF) को उच्च जोखिम,
  • वित्तीय जोखिम: डलरको विनिमय दरमा हुने उतारचढाव र वैदेशिक लगानी जुटाउनु पर्ने चुनौती; यसका लागि "हेजिङ फण्ड (Hedging Fund)" र ग्रीन बण्ड जस्ता उपकरण प्रयोग गरिने,
  • प्राविधिक जोखिम: स्मार्ट ग्रिड र मिटर प्रणाली अपनाउँदा हुन सक्ने साइबर सुरक्षा (Cyber Security) सम्बन्धी जोखिम,
अपेक्षित आर्थिक उपलब्धिहरू
  • व्यापार घाटा न्यूनीकरण: विद्युत् निर्यातबाट वैदेशिक मुद्रा आर्जन गरी देशको व्यापार घाटा कम गर्ने,
  • ऊर्जा आत्मनिर्भरता: खनिज इन्धनको आयात प्रतिस्थापन गरी ऊर्जा सुरक्षा सुनिश्चित गर्ने,
  • राजस्व वृद्धि: उच्च माग हुने समयमा (Peak time) प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गरी राष्ट्रिय राजस्वमा उल्लेख्य वृद्धि गर्ने,

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 48
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 52
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 55
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 85
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 147
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA