कर्मचारी सञ्चय कोष, प्रशासन, प्रशासन, पाँचौँ, प्रमुख सहायक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३/०२/०९)
१. सोह्रौँ योजनाको मूल उद्देश्य आमनागरिकले आफ्नो जीवनमा अनुभूत गर्न सक्ने विकास र _ हासिल गर्नु हो ।
-
A) आर्थिक वृद्धि
-
B) समृद्धि
-
C) सुशासन
-
D) सामाजिक न्याय
२. सोह्रौँ योजनाको दीर्घकालीन सोचअन्तर्गत तलका मध्ये कुन विषय समावेश छैन?
-
A) सुशासन कायम गर्ने
-
B) सामाजिक न्याय स्थापित गर्ने
-
C) समृद्धि हासिल गर्ने
-
D) दिगो विकासलाई प्राथमिकता दिने
३. विश्व व्यापार संगठन (WTO) मा Blue Box भन्नाले कुन क्षेत्रको अनुदान बुझिन्छ?
-
A) उद्योग
-
B) कृषि
-
C) व्यापार
-
D) सहरी विकास
४. आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार राष्ट्रिय कृषि उत्पादनमा कुन प्रदेशको हिस्सा सबैभन्दा बढी रहेको छ?
-
A) कोशी
-
B) मधेश
-
C) लुम्बिनी
-
D) सुदूरपश्चिम
५. धरान-धनकुटा सडक कुन देशको सहयोगमा बनेको हो?
-
A) भारत
-
B) चीन
-
C) बेलायत
-
D) अमेरिका
६. सन् २०२४ मा नेपालमा पर्यटकको औषत बसाइ दिन कति पुगेको छ?
-
A) १३.२
-
B) १३.३
-
C) १४.२
-
D) १५.५
७. नेपाल सरकारले वार्षिक बजेट कुन दिन संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ?
-
A) वैशाख ११
-
B) जेठ १५
-
C) असार २०
-
D) साउन १
८. कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयको अन्तर्राष्ट्रिय तुलनात्मक प्रकाशन कुन संस्थाले नियमित रूपमा गर्ने गर्दछ?
-
A) World Economic Forum
-
B) United Nations Security Council
-
C) International Monetary Fund
-
D) Amnesty International
९. विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिर Angkor Wat कुन देशमा पर्दछ?
-
A) कम्बोडिया
-
B) थाइल्याण्ड
-
C) भारत
-
D) श्रीलङ्का
१०. घोडेजात्रा कुन तिथिमा मनाउने गरिन्छ?
-
A) वैशाख कृष्ण चतुर्दशी
-
B) भाद्र कृष्ण प्रतिपदा
-
C) फाल्गुन कृष्ण चतुर्दशी
-
D) चैत्र कृष्ण चतुर्दशी
११. राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार जम्मा परिवार संख्याको कति प्रतिशत महिला परिवारमूली रहेका छन्?
-
A) २५.२७
-
B) २७.८९
-
C) २९.६१
-
D) ३१.५५
१२. ईही प्रथा कुन जातिसँग सम्बन्धित छ?
-
A) राई
-
B) तामाङ
-
C) नेवार
-
D) थारू
१३. तल दिइएका कृति र तिनका सर्जकबिक जोडा मिलाइ कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।
| कृति | सर्जक |
| क) सेतो धरती | १) विजयकुमार पाण्डे |
| ख) दमिनी भीर | २) अमर न्यौपाने |
| ग) खुसी | ३) रामलाल जोशी |
| घ) ऐना | ४) राजन मुकारुङ |
-
A) क-२, ख-३, ग-१, घ-४
-
B) क-३, ख-२, ग-१, घ-४
-
C) क-४, ख-३, ग-१, घ-२
-
D) क-२, ख-४, ग-१, घ-३
१४. गौतम बुद्धको दाँत हालसम्म पनि कहाँ सुरक्षित राखिएको छ?
-
A) लुम्बिनी, नेपाल
-
B) कुशीनगर, भारत
-
C) बैंकक, थाइल्याण्ड
-
D) केन्डी, श्रीलङ्का
१५. इन्द्रजात्रामा लिङ्गो गाड्ने चलन चलाउने राजा को हुन्?
-
A) पृथ्वीनारायण शाह
-
B) प्रतापसिंह शाह
-
C) रणबहादुर शाह
-
D) त्रिभुवन
१६. नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भनी राजा वीरेन्द्रले कहिले प्रस्ताव पेश गरेका थिए?
-
A) वि.सं. २०३०
-
B) वि.सं. २०३१
-
C) वि.सं. २०३२
-
D) वि.सं. २०३६
१७. चाँदीको मोहर चलनचल्तीमा ल्याउने राजा को हुन्?
-
A) यक्ष मल्ल
-
B) लक्ष्मीनरसिंह मल्ल
-
C) महेन्द्र मल्ल
-
D) जयप्रकाश मल्ल
१८. लिच्छवी कालमा राजस्व संकलन गर्ने कार्यालयलाई के भनिन्थ्यो?
-
A) कुथेर
-
B) माप्चोक
-
C) बजार अड्डा
-
D) विषय
१९. कुन किराँत राजाको पालामा गौतम बुद्ध काठमाडौँ आएको भनी इतिहासमा उल्लेख छ?
-
A) हुमती
-
B) जितेदास्ती
-
C) स्थुंको
-
D) गस्ती
२०. यलम्बर राजाको नामबाट राखिएको सहरको नाम के हो?
-
A) काठमाडौँ
-
B) ललितपुर
-
C) पाटन
-
D) पनौती
२१. नेपालका सात प्रदेशमध्ये भारतलाई मात्र छुने प्रदेशहरू कतिवटा छन्?
-
A) १
-
B) २
-
C) ४
-
D) ५
२२. महाभारत पर्वतको अग्लो टाकुरा कुन हो?
-
A) शैलुङ
-
B) रामारोशन
-
C) गार्वा
-
D) श्री अन्तु
२३. भित्री मधेशमा पर्ने देहायका जिल्लाहरूको पूर्वदेखि पश्चिमको क्रम कुन ठीक छ?
-
A) उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, दाङ र सुर्खेत
-
B) सिन्धुली, उदयपुर, मकवानपुर, चितवन, दाङ र सुर्खेत
-
C) उदयपुर, सिन्धुली, चितवन, मकवानपुर, दाङ र सुर्खेत
-
D) सिन्धुली, Udaipur, मकवानपुर, चितवन, सुर्खेत र दाङ
२४. जगदुल्ला ताल कुन नदीको उद्गमस्थल हो?
-
A) मुगु कर्णाली
-
B) भोटेकोशी
-
C) सेतीगंगा
-
D) बुढीगंगा
२५. चुरे पर्वतश्रेणीको सबैभन्दा अग्लो भाग कुन जिल्लामा पर्दछ?
-
A) सुनसरी
-
B) चितवन
-
C) दाङ
-
D) कैलाली
२६. नेपालको पश्चिम दिशामा भारतको कुन राज्य पर्दछ?
-
A) उत्तराखण्ड
-
B) पश्चिम बंगाल
-
C) उत्तर प्रदेश
-
D) बिहार
२७. प्रतिनिधि सभाको निर्वाचन, २०८२ मा कुल खसेको मतमध्ये दुवै निर्वाचन प्रणालीतर्फ गरी औषत बदर मतको प्रतिशत कति रहेको थियो?
-
A) ५४
-
B) ४७
-
C) ३.९५
-
D) २.१८
२८. सामाजिक सञ्जाल टिकटकको मुख्यालय कहाँ रहेको छ?
-
A) बेइजिङ
-
B) साङ्घाई
-
C) ग्वान्झाओ
-
D) तिब्बत
२९. नेल्सन मन्डेलाको प्रख्यात किताब तलका मध्ये कुन हो?
-
A) Long Walk to Freedom
-
B) A Promised Land
-
C) Pride and Prejudice
-
D) The Great Gatsby
३०. "अन्तरआत्माले जे भन्छ त्यही सत्य हो ।" यो कसको भनाइ हो?
-
A) अरस्तु
-
B) कौटिल्य
-
C) अब्राहम लिंकन
-
D) महात्मा गान्धी
३१. 'पशुप-कल्पना स्रष्टा सम्मान, २०८२' कसलाई प्रदान गरियो?
-
A) रमण घिमिरे
-
B) शैलेन्द्र साकार
-
C) किरण खरेल
-
D) दिनेश अधिकारी
३२. नेपाल प्रिमियर लिग, २०२५ (दोस्रो संस्करण) क्रिकेट प्रतियोगितामा कतिवटा टिमको सहभागिता रहेको थियो?
-
A) ६
-
B) ८
-
C) १०
-
D) १२
३३. Penicillin का आविष्कारक को हुन्?
-
A) थोमस एल्भा एडिसन
-
B) फ्रेडरिक बेन्टिङ
-
C) अलेक्जेण्डर फ्लेमिङ
-
D) लुई पास्चर
३४. विश्व सिमसार दिवस कहिले मनाइन्छ?
-
A) जनवरी २
-
B) फेब्रुअरी २
-
C) मार्च २
-
D) अप्रिल २
३५. ISO 14001 केसँग सम्बन्धित छ?
-
A) सडकको गुणस्तर
-
B) वातावरणीय व्यवस्थापन गुणस्तर
-
C) जनसंख्या व्यवस्थापनको गुणस्तर
-
D) सामानको गुणस्तर
३६. अम्लीयपन मापन गर्न प्रयोग गरिने pH को पूरा रूप के हो?
-
A) Potential of Hydrogen
-
B) Probable of Hydrogen
-
C) Primetest of Hydrogen
-
D) Pretest of Hydrogen
३७. विश्वमा सबैभन्दा बढी हरितगृह ग्याँस उत्सर्जन गर्ने देश कुन हो?
-
A) भारत
-
B) चीन
-
C) अमेरिका
-
D) रुस
३८. नेपालले सर्वप्रथम बिप्पा सम्झौता कुन मुलुकसँग गरेको हो?
-
A) बेलायत
-
B) पोर्चुगल
-
C) नेदरल्याण्ड्स
-
D) फ्रान्स
३९. संयुक्त राष्ट्रसङ्घीय पोषणका लागि कार्य दशक (United Nations Decade of Action on Nutrition) को अवधि कुन हो?
-
A) 2016-2025 AD
-
B) 2018-2027 AD
-
C) 2020-2029 AD
-
D) 2022-2031 AD
४०. वि.सं. २००७ सालसम्म तलका मध्ये कुन देशसँग नेपालको द्वैत्य सम्बन्ध कायम भएको थिएन?
-
A) अमेरिका
-
B) बेलायत
-
C) फ्रान्स
-
D) जापान
४१. सार्क विपद् व्यवस्थापन केन्द्र कुन देशमा रहेको छ?
-
A) नेपाल
-
B) बंगलादेश
-
C) श्रीलङ्का
-
D) भारत
४२. बिमस्टेक र आसियान दुबै संगठनको सदस्य राष्ट्र तलका मध्ये कुन हो?
-
A) थाइल्याण्ड
-
B) लाओस
-
C) श्रीलङ्का
-
D) कम्बोडिया
४३. मानव अधिकारको विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसङ्घले कहिले जारी गरेको हो?
-
A) सन् १९४५
-
B) सन् १९४७
-
C) सन् १९४८
-
D) सन् १९५०
४४. नेपालको संविधानले 'घरजग्गा धनी पूर्जा वितरण' कसको अधिकार क्षेत्रअन्तर्गत रहने गरी अनुसूचीमा व्यवस्था गरेको छ?
-
A) संघ
-
B) प्रदेश
-
C) संघ र प्रदेशको साझा
-
D) स्थानीय तह
४५. नेपालमा बोलिने सबै मातृभाषाहरू _ हुन् ।
-
A) राष्ट्रिय भाषा
-
B) राष्ट्र भाषा
-
C) सरकारी कामकाजको भाषा
-
D) स्थानीय भाषा
४६. गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बन्न कति वर्ष उमेर पूरा भएको हुनु पर्दछ?
-
A) १८
-
B) २१
-
C) २५
-
D) नागरिकता प्राप्त भएको जोसुकै व्यक्ति
४७. राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना कहिले भएको हो?
-
A) वि.सं. २०७९
-
B) वि.सं. २०८०
-
C) वि.सं. २०८१
-
D) वि.सं. २०८२
४८. कर्मचारी सञ्चय कोष कर्मचारी सेवा शर्त विनियमावली, २०७८ अनुसार कोषको रिक्त पदमा पदपूर्ति समितिबाट सिफारिस भएको अधिकृतस्तरको कर्मचारीलाई सुरु नियुक्ति कसले दिने व्यवस्था छ?
-
A) सञ्चालक समितिले तोकेको अधिकृत
-
B) सञ्चालक समितिको स्वीकृति लिई प्रशासक
-
C) प्रशासक
-
D) प्रशासकले तोकेको मानव संसाधन विभाग प्रमुख
४९. कर्मचारी सञ्चय कोषको संगठन संरचना र दरबन्दी कसले स्वीकृत गरे बमोजिम हुने व्यवस्था छ?
-
A) नेपाल सरकार
-
B) अर्थ मन्त्रालय
-
C) सञ्चालक समिति
-
D) कार्यकारी निर्देशक
५०. कर्मचारी सञ्चय कोषका कर्मचारीले लिएको कुन बिदा अवधिभित्र सार्वजनिक बिदा र आकस्मिक बिदा पर्न आएमा सो सार्वजनिक र आकस्मिक बिदालाई उक्त बिदा मानी गणना गरिन्छ?
-
A) घर बिदा
-
B) किरिया बिदा
-
C) भैपरी आउने बिदा
-
D) बिरामी बिदा