निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६
- हरेक वर्षको जुन ४ मा मनाइने,
- घोषणा गर्ने निकाय: संयुक्त राष्ट्र संघ (UN) महासभाद्वारा १९ अगस्ट १९८२ मा घोषित
- घोषणाको ऐतिहासिक पृष्टभूमि: सन् १९८२ को लेबनान युद्धमा इजरायली आक्रमणबाट पीडित निर्दोष प्यालेस्टाइनी र लेबनानी बालबालिकाहरूको पीडाबाट स्तब्ध भई यो दिवस घोषणा गरिएको,
- उद्देश्य: विश्वभर शारीरिक, मानसिक र भावनात्मक हिंसाको सिकार भएका बालबालिकाहरूको पीडालाई पहिचान गरी उनीहरूको अधिकार रक्षा गर्नु,
- संयुक्त राष्ट्र संघका महासचिवको 'बालबालिका र सशस्त्र द्वन्द्व' सम्बन्धी वार्षिक प्रतिवेदनले अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा बालबालिकामाथि हुने गम्भीर उल्लंघनका घटनामा २५ प्रतिशतले वृद्धि देखाएको,
- संयुक्त राष्ट्र संघले विश्वभर ४१,३७० वटा गम्भीर उल्लंघनका घटनाहरू प्रमाणीकरण गरेको छ, जसबाट २२,४९५ जना बालबालिका प्रत्यक्ष प्रभावित भएका,
-
सबैभन्दा बढी प्रभावित देशहरू (प्रमाणीकृत घटना संख्या)
- इजरायल र कब्जा गरिएको प्यालेस्टाइनी क्षेत्र: ८,५५४ घटना
- कङ्गो लोकतान्त्रिक गणतन्त्र (DRC): ४,०४३ घटना
- सोमालिया: २,५६८ घटना
- नाइजेरिया: २,४३६ घटना
- हैटी: २,२६९ घटना