Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाल टेलिकम, प्रशासन, प्रशासन, चौथो, सहायक पदको वस्तुगत बहुउत्तर (२०८२/०३/१४)

  • Ajnabee Khadka
  • April 28, 2026
  • 197

नेपाल टेलिकम, प्रशासन, प्रशासन, चौथो, सहायक पदको वस्तुगत बहुउत्तर (२०८२/०३/१४)

Nepal Telecom, Administration, Administration, Fourth, Objective Multiple Answer for Assistant Post (2082/03/14)

१. तल दिइएका कथनहरू अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् ।

क) नेपाललाई विषमताको हावापानीको देश भनेर चिनिन्छ ।

ख) नेपालको कुल १०६ स्थानीय तहमा वन क्षेत्र रहेको छैन ।

ग) काठमाडौं उपत्यकाको क्षेत्रफल ३९५ वर्ग कि.मी. रहेको छ । 

उत्तर: B) क र ख ठिक, ग बेठिक

२. नेपालको हावापानीमा प्रभाव पार्ने तत्व तलका मध्ये कुन होइन?

उत्तर: C) नदीहरूको उपस्थिति

३. प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्ड कुन जिल्लामा अवस्थित छ?

उत्तर: D) रसुवा

४. दोलखाको खरिढुंगा क्षेत्रमा मुख्य रूपमा तलका मध्ये कुन खनिज पदार्थ पाइन्छ?

उत्तर: B) म्याग्नेसाइट

५. पुमोरी हिमशिखर कुन जिल्लामा अवस्थित छ?

उत्तर: A) सोलुखुम्बु

६. गोरखापत्रको प्रकाशन कुन राणा प्रधानमन्त्रीको कालमा भएको हो?

उत्तर: B) देवशमशेर

७. पाटनका अन्तिम मल्ल राजा को थिए? उत्तर:

A) तेजनरसिंह मल्ल

८. नेपालको एकीकरण अभियानमा दिगर्चाको लडाईंमा वीरगति प्राप्त गर्ने व्यक्ति तलका मध्ये को हुन्?

उत्तर: C) भास्कर राना

९. पञ्चैबाजा समूहमा नपर्ने बाजा तलका मध्ये कुन हो?

उत्तर: B) कर्नाल

१०. राष्ट्रिय जनगणना, २०७८ अनुसार थोरैदेखि धेरै जनसंख्या भएको जिल्लाको क्रम कुन सही छ?

उत्तर: A) मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला

११. घोडेजात्रा कुन तिथिमा मनाइन्छ?

उत्तर: C) चैत्र कृष्ण औंसी

१२. बागमती प्रदेशको नामाकरण कहिले भएको हो?

उत्तर: D) वि.सं. २०७६ पुस २७

१३. नेपालमा सबैभन्दा धेरै स्थानीय तह रहेको जिल्ला तलका मध्ये कुन हो?

उत्तर: D) सर्लाही

१४. क्षेत्रफलको हिसाबले कोशी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो?

उत्तर: C) तेह्रथुम

१५. नेपालको संविधानले कुन तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको छ?

उत्तर: A) आधारभूत

१६. नेपालको संविधानले दूरसञ्चार सम्बन्धी विषय कुन तहको अधिकार सूचीमा समावेश गरेको छ?

उत्तर: A) संघ

१७. राष्ट्रिय कृषिगणना २०७८ नेपालको कति औं कृषि गणना हो?

उत्तर: C) सातौँ

१८. दीर्घकालीन सोच २१०० अनुरूप आ.व. २१००/०१ सम्म इन्टरनेटमा पहुँच प्राप्त जनसंख्या कति प्रतिशत पुर्याउने लक्ष्य रहेको छ?

उत्तर: D) १००

१९. नेपालमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको नाममा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम कुन जिल्लाबाट प्रारम्भ भएको हो?

उत्तर: D) कैलाली

२०. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको साक्षरता दर कति प्रतिशत रहेको छ?

उत्तर: C) ७६.२

२१. दिगो विकासका लक्ष्यहरू कतिवटा रहेका छन्?

उत्तर: B) १७

२२. भिजेको नीलो लिटमस पेपरलाई कार्वन डाइअक्साइड ग्यासले कुन रंगमा परिणत गर्दछ?

उत्तर: C) रातो

२३. चार्ल्स डार्विनले विकाससम्बन्धी सिद्धान्त कहिले प्रतिपादन गरेका हुन्?

उत्तर: D) सन् १८५९

२४. युरोपियन युनियन (EU) को सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो?

उत्तर: C) बेलायत 

२५. संयुक्त राष्ट्रसंघीय विश्वविद्यालय कहाँ रहेको छ? उत्तर:

A) जापानको टोकियो

२६. जनकपुरको जानकी मन्दिर कुन शैलीमा निर्माण भएको छ?

उत्तर: D) मिश्रित

२७. सार्कमा सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको देश कुन हो?

उत्तर: A) माल्दिभ्स

२८. युरो कप फुटबल, २०२४ को विजेता राष्ट्र कुन हो?

उत्तर: C) स्पेन

२९. सन् २०२५ को ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड जित्ने चलचित्र तलका मध्ये कुन हो?

उत्तर: B) अनोरा

३०. छैटौं BIMSTEC सम्मेलन कुन देशमा भएको थियो?

उत्तर: D) थाइल्याण्ड

३१. नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना कहिले भएको हो?

उत्तर: A) वि.सं. २०५४ फागुन २०

३२. सार्वजनिक संस्थानहरूको वर्गीकरणमा नेपाल टेलिकम कुन क्षेत्रको संस्थानमा पर्दछ?

उत्तर: B) सेवा

३३. नेपालमा प्रसारण गर्ने इजाजत प्राप्त निजी क्षेत्रको पहिलो एफ.एम कुन हो?

उत्तर: B) सगरमाथा एफ.एम.

३४. नेपालमा सेलुलर मोबाइल फोनको सुरुवात कहिलेदेखि भएको हो?

उत्तर: A) वि.सं. २०५६ वैशाख १

३५. भू-उपग्रह (Satellite) का आविष्कारक को हुन्?

उत्तर: A) सर्गेई कोरोलेभ

३६. CRT Monitor मा CRT को पूरा रूप के हो?

उत्तर: C) Cathode Ray Tube

३७. १० हेक्टोमिटर बराबर _ हुन्छ । उत्तर:

A) १ किलोमिटर

३८. MKS प्रणालीअनुसार पिण्डलाई कुन इकाइमा नापिन्छ?

उत्तर: B) किलोग्राम

३९. काठमाडौंमा सम्पन्न भएको "सगरमाथा संवाद २०२५" बाट कति बुँदे घोषणापत्र जारी भएको छ?

उत्तर: C) २५ बुँदे

४०. International Telecommunication Union (ITU) को प्रधान कार्यालय कहाँ रहेको छ?

उत्तर: D) जेनेभा

४१. एउटा काम ३५ जना मानिसले १८ दिनमा गर्न सक्छन् भने ३ दिन अगाडि नै उक्त काम सक्न कति जना मानिस थप गर्नु पर्दछ?

उत्तर: D) ७

४२. निम्न भिन्नहरू मध्ये सबैभन्दा ठूलो भिन्न कुन हो?

उत्तर: B) 7/10

४३. 135% लाई भिन्नमा कसरी लेखिन्छ? उत्तर:

A) 1 (7/20)

४४. वार्षिक ८ प्रतिशत साधारण ब्याजदरमा केही रकम लगानी गरेर सावाँ जति नै ब्याज आर्जन गर्न कति समय पर्खनु पर्दछ?

उत्तर: D) १२ वर्ष ६ महिना

४५. यदि एउटा सामान रू. १०० मा बेच्दा २० प्रतिशत नोक्सान हुन्छ भने २० प्रतिशत नाफा गर्न उक्त सामान कतिमा बेच्नु पर्दछ?

उत्तर: D) रू. १५०

४६. एउटा पसलमा भएका सबै सामानमा समान दरमा छुट दिइएको छ । यदि रू. २४० पर्ने खेलौना रू. २०४ मा किन्न पाइन्छ भने रू. १४० पर्ने घडीलाई कति रूपैयाँ तिर्नु पर्छ?

उत्तर: C) रू. ११९

४७. एउटा मोबाइल रू. ४००० मा किनेर २० प्रतिशत घाटामा बेच्दा सो मोबाइलको बिक्रय मूल्य कति हुन्छ?

उत्तर: B) रू. ३२००

४८. यदि A:B = 3:4 र B:C = 8:9 भए A:C को मान कति हुन्छ?

उत्तर: A) 2:3

४९. दिइएको आँकडाको मध्यक (x̄) = २० भए x को मान कति होला?

१६, १८, २१, २२, २६, १७, x 

उत्तर: D) २०

५०. ५० जना विद्यार्थी र १ जना शिक्षकको उमेरको औसत २५ वर्ष छ । यदि शिक्षकलाई हटाउने हो भने सो औसत १ ले कम हुन्छ भने शिक्षकको उमेर कति हो?

उत्तर: B) ७५ वर्ष

Categories

  • Current Affairs 659
  • Gorkhapatra 312
  • Others 1042
  • Vacancy 1
  • Past Questions 78
  • Nepal Police 4

Latest Blogs

National Day for the Elimination of Caste Discrimination and Untouchability, 2083
Current Affairs

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३

  • Jun 04, 2026
  • 73
International Day for the Elimination of Violence against Innocent Children, 2026
Current Affairs

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 04, 2026
  • 64
Facts on the status and progress of inclusion in various sectors in the Economic Survey 2082/83
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/८३ मा विभिन्न क्षेत्रमा समावेशीकरण (Inclusion) को अवस्था र प्रगतिका तथ्यहरू

  • Jun 04, 2026
  • 70
Provincial Economic Contribution (F.Y. 2082/83)
Current Affairs

प्रदेशगत आर्थिक योगदान (आ.व. २०८२/८३)

  • Jun 03, 2026
  • 139
Major Changes in the Public Procurement Act Made by 2083 Ordinance
Current Affairs

Major Changes in the Public Procurement Act Made by 2083 Ordinance

  • Jun 03, 2026
  • 88
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA