Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नायब सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (मिति: २०८३/१/२०)

  • Ajnabee Khadka
  • May 03, 2026
  • 338

नायब सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (मिति: २०८३/१/२०)

Open Competitive Written Examination for the Post of Nayab Subba or Similar Post (Date: 2083/1/20)

लोक सेवा आयोग अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, राजपत्रांकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (मिति: २०८३/१/२०)

पूर्णाङ्क : १०० 

समय: ४५ मिनेट

पत्र: प्रथम

विषय : सामान्य ज्ञान

1. I- सार्क मुलुक | II- नेपालसँग दौत्य सम्बन्ध (जोडा मिलाउनुहोस्)

a) भारत | 1) सन् १९६१

b) श्रीलंका | 2) सन् १९६०

c) पाकिस्तान | 3) सन् १९५७

d) अफगानिस्तान | 4) सन् १९४७

(A) a-4, b-3, c-2, d-1 ✓ (B) a-4, b-3, c-1, d-2 (C) a-4, b-3, c-2, d-1 (D) a-4, b-2, c-1, d-3

2. पछिल्लो जनगणना अनुसार सन् २०११ र २०२१ को बीचमा नेपालको जनसंख्या वृद्धिदर कति रहेको थियो?

(A) 1.35% (B) 2.25% (C) 0.92% ✓ (D) 1.56%

3. तलका मध्ये सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्र कुन हो?

(A) भारत (B) चीन ✓ (C) रुस (D) जापान

4. तलका मध्ये कुन सत्य होइन?

(A) बहुचर्चित चिपको आन्दोलनका अगुवा सुन्दरलाल बहुगुणा हुन्।

(B) नेपालमा २६ प्रजातिका स्तनधारी संरक्षित जनावरको सूचीमा छन्।

(C) नेपालमा १० भन्दा बढी जनावरको सिकार खेल्न पाइन्छ। ✓ (नोट: यो भनाइ गलत छ)

(D) विकास निर्माणको काम गर्दा वातावरणीय अध्ययन गरिन्छ।

5. लिच्छवीकालमा राजापछिको प्रशासनको दोस्रो शक्तिशाली व्यक्ति को हुन्थ्यो?

(A) राजपुत्र (B) महाप्रतिहार (C) महासामन्त ✓ (D) महासर्वदण्डनायक

6. तलका घटनाक्रम भएको मितिको आधारमा पहिलेदेखि पछिल्लो क्रम मिलाउनुहोस्?

i. सम्राट अशोकको नेपाल भ्रमण

ii. पाल्पा दरबारको निर्माण

iii. दामोदर पाण्डेको हत्या

iv. अलौ पर्व

(A) i-ii-iii-iv (B) i-iii-iv-ii ✓ (C) i-iv-iii-ii (D) iv-ii-iii-i

7. कुन सन्धिले औपचारिक रुपमा पहिलो विश्वयुद्धको अन्त्य गरेता पनि दोस्रो विश्वयुद्धको वातावरण सिर्जना गरेको आरोप खेप्ने गर्दछ?

(A) Treaty of London (B) Treaty of Paris (C) Treaty of Versailles ✓ (D) Treaty of Brest-Litovsk

8. नेपालको हिमाली प्रदेशको सामाजिक आर्थिक विकासका लागि मुख्य चुनौती के हो?

(A) पर्यटन सम्भावनामा कमी (B) जलस्रोतको अभाव (C) अत्यधिक जनसंख्या (D) कठिन भूगोल ✓

9. लुगुवा भञ्ज्याङ र नाम्जाला भञ्ज्याङ क्रमशः कुन जिल्लामा पर्दछन्?

(A) मनाङ र मुगु ✓ (B) मुगु र मनाङ (C) सोलुखुम्बु र मनाङ (D) मनाङ र सोलुखुम्बु

10. फिकदार विर्ता के सँग सम्बन्धित छ?

(A) युद्धमा मरेका सैनिक परिवारलाई राहत स्वरुप दिइने जग्गा 

(B) राम्रो कार्यसम्पादन गर्ने सरकारी कर्मचारीलाई पुरस्कार स्वरुप दिइने जग्गा ✓

(C) शान्ति सुरक्षा कायम गर्न योगदान गर्ने सुरक्षाकर्मीलाई पुरस्कार स्वरुप दिइने जग्गा

(D) सामाजिक सुरक्षा कायम गर्न योगदान गर्ने सुरक्षाकर्मीलाई पुरस्कारस्वरुप दिइने जग्गा

11. निम्न हिमालहरु कुन कुन जिल्लामा पर्दछन्? जोडा मिलाउनुहोस्

a) मकालु | 1) सिन्धुपाल्चोक

b) पुमोरी | 2) दोलखा

c) गौरीशंकर | 3) सोलुखुम्बु

d) दोर्जेलाक्पा | 4) संखुवासभा

(A) a-4, b-3, c-2, d-1 ✓ (B) a-4, b-3, c-1, d-2 (C) a-4, b-3, c-2, d-1 (D) a-4, b-2, c-1, d-3

12. युरोप र एशियाबीचको समुद्री दूरी छुट्याउने नहर तलका मध्ये कुन हो?

(A) Panama Canal (B) Suez Canal ✓ (C) Kiel Canal (D) Corinth Canal

13. देहायका मध्ये कुन भनाई सत्य होइन?

(A) महाद्विपीय प्रवाह सिद्धान्त जर्मनीका अल्फ्रेड वेनरले पत्ता लगाएका हुन्। (B) रिकापिय विवर्तनीय सिद्धान्तसँग सम्बन्धित। (C) व्यापारिक वायु भूमध्य रेखामा पाइन्छ। (D) मनसुनी वायु ग्रीष्मऋतुमा जमिनबाट समुद्रतर्फ बहन्छ। ✓ (नोट: यो भनाइ गलत छ)

14. सौर्यमण्डल तलका मध्ये कुन आकाशगंगामा अवस्थित छ?

(A) Andromeda Galaxy (B) Whirlpool Galaxy (C) Milky way Galaxy ✓ (D) Starfish Galaxy

15. राष्ट्रिय चलचित्र अवार्ड, २०८२ प्राप्त गर्ने चलचित्र कुन हो?

(A) पूर्ण बहादुरको सारङ्गी (B) शाम्बाला ✓ (C) पिताम्बर (D) छक्का पञ्जा

16. इण्डियन प्रिमियर लिग, २०२५ को फाइनल खेल कुन कुन टीमबीच भएको थियो?

(A) Sunrisers Hyderabad and Gujarat Titans (B) Mumbai Indians and Chennai Super Kings (CSK) (C) Royal Challengers Bengaluru (RCB) and Punjab Kings (PBKS) ✓ (D) Mumbai Indians (MI) and Punjab Kings (PBKS)

17. नवजात शिशुलाई जन्मने वित्तिकै लगाउने प्रथम खोप कुन चाहिँ हो?

(A) DPT (B) BCG ✓ (C) PVC (D) FIPV

18. खोपको बारेमा तलकामध्ये कुन भनाईहरु सही छन्?

i. खोपले एन्टिबडी उत्पादन गर्न प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्दछ।

ii. खोप मानिस बिरामी भएपछि मात्र दिन सकिन्छ।

iii. खोपले "हर्ड इम्युनिटी" प्राप्त गर्न मद्दत गर्दछ।

(A) i and ii only (B) ii and iii only (C) i and iii only ✓ (D) i, ii, and iii

19. तलका मध्ये कुन रोग भाईरसका कारण लाग्ने रोग होइन?

(A) क्षयरोग ✓ (B) कमलपित्त (C) मेनिन्जाइटिस (D) कुष्ठरोग

20. देहायको सन्दर्भमा "सुख्खा बन्दरगाह" भन्नाले के बुझिन्छ?

(A) पानी निषेध गरिएको बन्दरगाह (B) पानी जहाज मर्मत गर्ने ठाउँ (C) कार्गोका लागि मात्र तोकिएको विमानस्थल (D) सडक वा रेलबाट जोडिएको आन्तरिक टर्मिनल ✓

22. जलविद्युत उत्पादन आयोजना र आयोजनाको क्षमता जोडा मिलाउनुहोस्।

a) फर्पिङ | 1) 14.1 mw

b) देवीघाट | 2) 24 mw

c) कालिगण्डकी | 3) 144 mw

d) त्रिशुली | 4) 500 kw

(A) a-4, b-2,c-3,d-1 (B) a-4, b-1,c-3,d-2 ✓ (C) a-2, b-1,c-3,d-4 (D) a-3, b-1,c-2,d-4

23. भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई कहिले विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको हो?

(A) सन् १९८९ (B) सन् १९९१ (C) सन् १९९७ ✓ (D) सन् १९९९

24. नेपालको कुन साँस्कृतिक सम्पदालाई "मंकी टेम्पल" उपनामले चिनिन्छ?

(A) पशुपतिनाथ (B) स्वयम्भुनाथ ✓ (C) बौद्धनाथ (D) भैरवनाथ

25. जाति र सम्बन्धित जातिलाई प्रयोग गरिने सम्मानसूचक शब्दको जोडा मिलाउनुहोस्।

1.) काजी | a) नेवार

2.) साहुजी | b) तामाङ

3.) लामा | c) थकाली

4.) सुब्बा | d) क्षेत्री

(A) a-1, b-2,c-3,d-4 (B) a-2, b-3,c-4,d-1 ✓ (C) a-3, b-4,c-1,d-2 (D) a-4, b-3,c-2,d-1

26. UNESCO ले नेपालका कति पुरातात्विक क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ?

(A) ५ (B) १० ✓ (C) २ (D) १२

27. वणिकवाद (Mercantilism) के सँग सम्बन्धित छ?

(A) धार्मिक विचार (B) आर्थिक विचार ✓ (C) जातजाति सम्बन्धी विचार (D) साम्प्रदायिक विचार

28. तल उल्लेख गरिएका लेखकहरु र तिनका कृतिहरु मध्ये कुन सही छ? विकल्पको छनौट गर्नुहोस्।

a) सिद्धिचरण श्रेष्ठ - उर्वशी

b) भवानी भिक्षु - आगत

c) गोपाल प्रसाद रिमाल - आमाको सपना

(A) a सही, b c गलत छन् (B) b सही, a र c गलत छन् (C) सबै सही छन् ✓ (D) सबै गलत छन्

29. पुस्तक र लेखकबीच जोडा मिलाउनुहोस् र सही उत्तर छान्नुहोस्।

a) The Thursday Murder Club | 1) Nadia Hussain

b) Afropean | 2) Lee and Andrew

c) The sentinel | 3) Johny Pitts

d) Cook it, Eat It, Repeat | 4) Richard Osman

(A) a-1, b-2,c-3,d-4 (B) a-2, b-3,c-4,d-1 (C) a-3, b-4,c-1,d-2 (D) a-4, b-3,c-2,d-1 ✓

30. Asean Way ले तलका मध्ये केलाई बुझाउँछ?

(A) द्रुत व्यापार मार्ग (B) परामर्श र अहस्तक्षेप प्रक्रिया ✓ (C) साझा मुद्रा (D) सैन्य गठबन्धन

Categories

  • Current Affairs 659
  • Gorkhapatra 312
  • Others 1042
  • Vacancy 1
  • Past Questions 78
  • Nepal Police 4

Latest Blogs

National Day for the Elimination of Caste Discrimination and Untouchability, 2083
Current Affairs

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३

  • Jun 04, 2026
  • 73
International Day for the Elimination of Violence against Innocent Children, 2026
Current Affairs

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 04, 2026
  • 64
Facts on the status and progress of inclusion in various sectors in the Economic Survey 2082/83
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/८३ मा विभिन्न क्षेत्रमा समावेशीकरण (Inclusion) को अवस्था र प्रगतिका तथ्यहरू

  • Jun 04, 2026
  • 70
Provincial Economic Contribution (F.Y. 2082/83)
Current Affairs

प्रदेशगत आर्थिक योगदान (आ.व. २०८२/८३)

  • Jun 03, 2026
  • 139
Major Changes in the Public Procurement Act Made by 2083 Ordinance
Current Affairs

Major Changes in the Public Procurement Act Made by 2083 Ordinance

  • Jun 03, 2026
  • 88
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA