लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० जेठ २०८३, बुधबार)
१. हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को उपाधि विजेता टोली कुन हो ?
➤ रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसिबी)
- उपविजेता : गुजरात टाइटन्स
- खेल सञ्चालन मिति : सन् २०२६ मार्च २८ - मे ३१
- सहभागी टोली : १० (चेन्नई सुपर किङ्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेङ्लुरु, पन्जाब किङ्ग्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, देल्ही क्यापिटल्स, लखनउ सुपर जायन्ट्स)
- गत संस्करणमा पन्जाब किङ्ग्सलाई हराउँदै पहिलो पटक आइपिएल उपाधि जितेको बेङ्लुरुले यस पटक उपाधि रक्षा गर्दै इतिहास रचेको छ । आइपिएल इतिहासमा लगातार दुई पटक च्याम्पियन बन्ने बेङ्लुरु तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किङ्ग्सले सन् २०१० र २०११ तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए ।
- प्लेयर अफ दी म्याच (फाइनल) : विराट कोहली
- प्लेयर अफ दी टुर्नामेन्ट र अरेन्ज क्याप विजेता : वैभव सूर्यवंशी (राजस्थान रोयल्स)
- पर्पल क्याप विजेता (सर्वाधिक विकेट) : कागिसो रबाडा
- इमर्जिङ प्लेयर अफ दी सिजन : वैभव सूर्यवंशी
- क्याच अफ दी सिजन : मनीष पाण्डे

२. हालै काठमाडौँमा सम्पन्न काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि कुन देशले जित्यो ?
➤ इरान
- खेल सञ्चालन : वि.सं. २०८३ जेठ ८-१५ (सन् २०२६ मे २२-२९)
- इरानले काजखस्तानलाई ३१ सेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।
- घरेलु टोली नेपाल तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग ३-१ ले पराजित हुँदै चौथो स्थानमा सीमित रहेको छ ।

३. विदेशमा रहेका नेपालीको गुनासो सम्बोधन र उद्धार कार्यलाई सहज बनाउन परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एप कुन हो ?
➤ मोफा मित्र
- उद्घाटन : वि.सं. २०८३ जेठ १२
- यस एपमार्फत प्रशासनिक झन्झटबिना नै विदेशमा रहेका नेपाली वा उनीहरूका आफन्तले सिधै सम्बन्धित देशको नेपाली दूतावासमा उजुरी र उद्धारको अपिल गर्न सक्ने छन् ।
- एपले अत्यावश्यक एवं अप्ठ्यारो अवस्थामा समस्या समाधानका लागि ‘डिजिटल पुल’ को काम गर्ने छ ।

४. नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कहाँ सम्पन्न भयो ?
➤ कोलोराडो, अमेरिका
- सम्मेलनले नौबुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गरेको छ ।
- सम्मेलनमा नौ जना महिला स्रष्टालाई ‘अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार’ प्रदान गरिएको छ । सम्मानित हुने स्रष्टाहरू : रेणुका सोलु (नेपाल), रिजा प्रधान (अस्ट्रेलिया), सीतादेवी बाँस्तोला (डेनमार्क), सवि श्रेष्ठ (पोर्चुगल), सीता अर्याल (अमेरिका), कमला न्यौपाने (अमेरिका), लक्ष्मी श्रेष्ठ (अमेरिका), आना स्टिर (अमेरिका) र विष्णु घले (अमेरिका) ।
- सम्मेलनमा एक सयभन्दा धेरै पुस्तक विमोचन गरिएको छ । साथै, १४० भन्दा बढी साहित्यकारले आफ्नो रचना वाचन गरेका छन् ।
- हरेक दुई वर्षमा प्रदान गरिने यो सम्मान तथा पुरस्कारको राशि दुई सय अमेरिकी डलर रहेको छ ।

५. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा वि.सं. २०८३ जेठ १५ गते आव २०८३/८४ का लागि कति राशिको बजेट प्रस्तुत गरियो ?
➤ रु. २१ खर्ब २४ अर्ब ३४ करोड
यस बजेटको सङ्क्षिप्त झलक:
- चालुतर्फ : रु. १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत)
- पुँजीगततर्फ : रु. चार खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत), वित्तीय व्यवस्थापनतर्फ : रु. चार खर्ब २२ अर्ब ६४ करोड (१९.९ प्रतिशत)
स्रोत व्यवस्थापन:
- राजस्व : रु. १४ खर्ब पाँच अर्ब ३१ करोड
- वैदेशिक अनुदान : रु. ६१ अर्ब ७४ करोड
- न्यून स्रोत : रु. छ खर्ब ५७ अर्ब
- वैदेशिक ऋण : रु. दुई खर्ब ४७ अर्ब २८ करोड
- आन्तरिक ऋण : रु. चार खर्ब १० अर्ब
वित्तीय हस्तान्तरण:
वित्तीय समानीकरण अनुदान:
- प्रदेश सरकार : रु. ६१ अर्ब ५० करोड
- स्थानीय तह : रु. ९० अर्ब २० करोड
समपूरक अनुदान:
- प्रदेश सरकार : रु. चार अर्ब ६० करोड
- स्थानीय तह : रु. आठ अर्ब ९३ करोड
विशेष अनुदान:
- प्रदेश सरकार : रु. तीन अर्ब ८२ करोड
- स्थानीय तह : रु. नौ अर्ब ४० करोड
ससर्त अनुदान:
- प्रदेश सरकार : रु. ३९ अर्ब ७२ करोड
- स्थानीय तह : रु. २०६ अर्ब आठ करोड
- राजस्व बाँडफाँट : प्रदेश र स्थानीय तहलाई हस्तान्तरण : रु. एक खर्ब ७५ अर्ब
- यो बजेट आव २०८२/८३ को संशोधित बजेटको तुलनामा २५ प्रतिशतले बढी हो ।
बजेटका प्रमुख विशेषता/प्रावधान:
- सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य,
- मुद्रास्फीति छ प्रतिशतभित्र सीमित गर्ने,
- सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न चक्रीय कोषको व्यवस्था,
- राष्ट्रसेवक कर्मचारीको सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि र १० प्रतिशत मासिक प्रोत्साहन भत्तासमेत गरी २१ प्रतिशत वृद्धि,
- मधेश प्रदेशमा मिर्गाैला उपचार तथा ट्रमा सेन्टर स्थापना,
- स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सिङ कर्मचारीको रात्रिकालीन भत्ता दोब्बर,
- सेयर बजारमा इन्ट्रा डे, सर्टसेल कारोबार सुरु गर्ने,
- दलित समुदायका बालबालिकाका लागि विशेष पोषण भत्ताको व्यवस्था,
- वि.सं. २०८५ लाई ‘भिजिट नेपाल वर्ष’ र २०८७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा,
- २७३ थरी कच्चा मालवस्तुमा भन्सारदर घटाइने,
- स्युचाटारमा पहिलो ‘एआई कम्प्युट’ केन्द्र स्थापना,
- काठमाडौँ उपत्यकाको विकासका लागि भिजन२०४०,
- सोभरेन वेल्थ फन्ड स्थापना,
- कालीगण्डकीमा शालिग्राम पथ निर्माण,
- कृषि/पशुजन्य उत्पादनमा कम्तीमा दुई करोड लगानी गर्ने कृषकलाई ४० प्रतिशत अनुदान,
- ३१ वटा निकाय खारेज गर्ने, छ निकाय गाभिने, १८ निकाय पुनर्संरचना,
- ३६० वस्तुको उत्पादनमा लाग्ने अन्त:शुल्क खारेज,
- सरकारी अस्पतालमा बालबालिकालाई क्यान्सरको नि:शुल्क उपचार,
- महिलाका लागि ब्लु बस सेवा,
- ११ तहको भन्सार दर ७ तहमा सीमित गर्ने,
- एक नागरिक एक डिजिटल प्रोफाइल,
- सुदूरपश्चिममा ‘डाँफे रुट’ विकास गर्ने,
- तीन वर्षभित्र ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बिमा,
- विकास आयोजनाका लागि छुट्टै सनसेट कानुन,
- आयकर छुटको सीमा दोब्बर, व्यक्तिगत आयकरको अधिकतम दर १० प्रतिशत घट्यो ।
६. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हाल नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?
➤ २४ प्रतिशत (गैरकृषि क्षेत्रको योगदान : ७६ प्रतिशत)

७. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कुन प्रदेशको रहेको छ ?
➤ बागमती (३६.७ प्रतिशत)
जिडिपीमा प्रदेशगत योगदान:
- बागमती (३६.७ प्रतिशत)
- कोशी (१५.८ प्रतिशत)
- लुम्बिनी (१४.२ प्रतिशत)
- मधेश (१३.१ प्रतिशत)
- गण्डकी (९.० प्रतिशत)
- सुदूरपश्चिम (७.० प्रतिशत)
- कर्णाली (४.२ प्रतिशत)
८. आव २०८३/८४ को बजेट अनुसार सरकारले कहिलेसम्ममा शतप्रतिशत नागरकिलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ ?
➤ आगामी पाँच वर्षभित्र
९. विश्वकै ठुलो शालिग्राम मूर्ति कहाँ रहेको छ ?
➤ जोमसोमस्थित कालीगण्डकी तट (मुस्ताङ)
- मूर्तिको उचाइ : २२ फिट
- उद्घाटन : वि.सं. २०८३ जेठ १४ (विशाल शालिग्राम मूर्तिको धार्मिक विधिपूर्वक उद्घाटन गरिएको छ ।)
१०. लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो ‘ट्रान्सवुमन’ आरोही को हुन् ?
➤ नीलम पौडेल (वि.सं.ं २०८३ जेठ ९)
११. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८३ अनुसार हाल नाफामा रहेका सार्वजनिक संस्थान कति छन् ?
➤ २७ (१६ वटा नोक्सानी र दुई वटा बन्द अवस्थामा)
१२. नेपालमा सुशासनसम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन आवधिक योजनाले अगाडि सारेको हो ?
➤ नवौँ योजना
१३. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ फागुनसम्म निजामती सेवामा महिला कर्मचारीको हिस्सा कति रहेको छ ?
➤ ३० प्रतिशत
- वि.सं. २०६५ असारसम्म निजामती सेवामा महिलाको हिस्सा १२.० प्रतिशत रहेकोमा २०८२ फागुनसम्म निजामती किताबखानामा दर्ता भएका तीन तहका सरकारी निकायमा कार्यरत महिला कर्मचारीको सङ्ख्या ३०.० प्रतिशत पुगेको छ ।
१४. सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ?
➤ नेपाल पिक
१५. सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो ?
➤ आ.व. २०८१/८२२०८६/८७
१६. एजेन्टिक एआई भन्नाले के बुझिन्छ ?
➤ न्यूनतम मानवीय निगरानीमा स्वतन्त्र रूपमा वातावरण बुझ्न, निर्णय लिन र बहुचरणीय कार्य पूरा गर्न सक्ने अर्ध वा पूर्ण स्वायत्त एआई प्रणाली ।
१७. सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने विदेशी आरोही को हुन् ?
➤ केन्टन कुल (बेलायत)
- ५२ वर्षीय बेलायती पर्वतारोही केन्टन कुलले सन् २०२६ मे २२ मा २० औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
१८. संसद्को लोगोअङ्कित झन्डासहित हालै सगरमाथाको सफल आरोहण गर्ने सांसद को हुन् ?
➤ मिङ्मा ग्याबु शेर्पा (‘मिङ्मा डेभिड’)
- वि.सं. २०८३ जेठ १३ मा उनले सो आरोहण गरेका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध सांसद हुन् ।
- उनको नाममा विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने विश्वकै सबैभन्दा कान्छो आरोहीको कीर्तिमान रहेको छ ।
प्रस्तुतकर्ता : टङ्क केसी