Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (६ जेठ २०८३, बुधबार)

  • Ajnabee Khadka
  • May 20, 2026
  • 163

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (६ जेठ २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (6 Jestha 2083, Wednesday)

१. प्रख्यात नेपाली आरोही कामिरिता शेर्पाले सर्वाधिक ३२ औँ पटक सगरमाथाको आरोहण गरी आफ्नै विश्व कीर्तिमान तोड्ने सफलता कहिले प्राप्त गरेका हुन्? 

➤ वि.सं. २०८३ जेठ ३ 

  • एभरेस्ट म्यान उपनामले समेत चिनिने ५५ वर्षीय आरोही कामिरिताले ‘१४ पिक्स एक्सपेडिसन’ टोलीको नेतृत्व गर्दै ८,८४८.८६ मिटर अग्लो शिखरमा ३२ औँ पटक पाइला टेकेका हुन् ।
  • सन् १९९४ मा पहिलो पटक सगरमाथा चुमेका उनले सन् २०१८ मा आप्पा शेर्पाको २१ औँ पटकको कीर्तिमान तोडेका थिए ।
  • उनी जीवनको अधिकांश समय गाइडको भूमिका निर्वाह गर्दै विश्व पर्वतारोहण क्षेत्रकै प्रतिष्ठित व्यक्तित्व बनेका छन् ।

२. विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ? 

➤ लाक्पा शेर्पा (११ औँ पटक)

  • ‘माउन्टेन क्विन’ उपनामले चिनिने नेपाली महिला पर्वतारोही लाक्पा शेर्पाले वि.सं. २०८३ जेठ ३ गते ११ औँ पटक सगरमाथाको सफल आरोहण गर्दै यसअघिको आफ्नै कीर्तिमान तोडेकी हुन् । 
  • ‘सेभेन समिट ट्रेक’ मार्फत सम्पन्न भएको यो आरोहणले विश्वभरका महिला र पर्वतारोहीलाई अदम्य साहस र समर्पणको प्रेरणा प्रदान गरेको । 

The Sherpa Times

३. २०८२ सालको प्रतिष्ठित ‘उत्तम शान्ति पुरस्कार’ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

➤ वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ (कृति : नेपाल गाथा) 

  • उत्तम कुँवर स्मारक पुरस्कार गुठीद्वारा वि.सं. २०४४ सालदेखि उत्कृष्ट गैरआख्यान 
  • (निबन्ध, संस्मरण, जीवनी आदि) विधामा प्रदान गरिँदै आएको यस पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

४. हालै कङ्गो र युगान्डामा फैलिएको इबोलाको नयाँ प्रकोप बुन्डिबुग्यो प्रजातिको भाइरसको प्रकोपलाई लक्षित गर्दै डब्लुएचओले ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा कहिले गरेको हो ? 

➤ सन् २०२६ मे १७

  • सन् १९७६ मा पहिलो पटक पत्ता लागेको र चमेरोबाट मानिसमा सरेको विश्वास गरिने यो भाइरस सङ्क्रमितको शारीरिक तरल पदार्थ तथा काटिएको छालाको प्रत्यक्ष सम्पर्कबाट सर्ने गर्दछ । 
  • इबोला प्रकोपका कारण गम्भीर रक्तस्राव हुने साथै अङ्गहरू निकम्मा भई मानिसको ज्यान जाने गर्दछ । 
  • डलुयुएचओका अनुसार हाल यस प्रकोपले महामारीको स्तर पार नगरे पनि सीमा जोडिएका अन्य देशमा सङ्क्रमण फैलने उच्च जोखिम बढाएको उल्लेख छ ।

५. महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार हाल नेपालको कुल अद्यावधिक बेरुजु कति रहेको छ ? 

➤ सात खर्ब ५५ अर्ब १७ करोड

  • प्रतिवेदन अवधिमा थप ८८ अर्ब नौ करोड रुपियाँ बेरुजु कायम भएको छ । विगतको सम्परीक्षण र यस वर्षको फस्र्योटबाट १४ अर्ब ६३ करोड रुपियाँ असुल भएको छ ।
  • सङ्घीय मन्त्रालयहरूमध्ये वित्तीय अनुशासन कायम गराउने अर्थ मन्त्रालयमै सबैभन्दा बढी (कुल सङ्घीय बेरुजुको करिब ७० प्रतिशत अर्थात् ३७ अर्ब ६३ करोड) बेरुजु देखिएको छ ।
  • प्रदेशतर्फ सबैभन्दा धेरै बेरुजु मधेश प्रदेशमा (एक अर्ब ८७ करोड) देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा (५८ करोड ६६ लाख) छ ।
  • ‘जेनजी आन्दोलन’ का कारण १७९ निकायले कागजात पेस नगर्दा एक खर्ब ४७ अर्ब ९० करोड रुपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको ।

 

६. एकदिवसीय (ओडिआई) क्रिकेटको इतिहासमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान कुन खेलाडीले कायम गरेका हुन् ?

➤ सन्दीप लामिछाने (सन् २०२६ मे)

  • नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जम्मा ७३ खेलमा १५० ओडिआई विकेट पूरा गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कको (७७ खेलको) नौ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
  • स्कटल्यान्डविरुद्धको खेलमा १५० विकेटको आँकडा पार गरेका उनले यसअघि ४२ खेलमै १०० विकेट लिएर रसिद खानको रेकर्डसमेत तोडेका थिए ।

७. नेपालमा पहिलो पटक टियर४ प्रमाणीकृत हाइपर स्केल डेटा सेन्टर निर्माण गर्न कुन अमेरिकी बहुराष्ट्रिय कम्पनीले नेपाली लगानीकर्तासँग रणनीतिक साझेदारी गरेको छ ?

➤ गुगल 

  • विश्वप्रसिद्ध प्रविधि कम्पनीहरू गुगल र मेटाले नेपाली कम्पनीहरूसँगको साझेदारीमा काठमाडौँ र वीरगन्जमा अत्याधुनिक डेटा सेन्टर निर्माण गर्न लगानी गर्ने भएका छन् ।
  • गुगल क्लाउडसँगको सहकार्यमा ब्लुचिन डेटा भोल्ट प्रालिले नेपालमै पहिलो पटक ‘टियर४’ प्रमाणीकृत डेटा सेन्टर चोभार र वीरगन्जमा बनाउने भएको छ ।
  • मेटाले वल्र्डलिङ्क कम्युनिकेसन्ससँग मिलेर करिब पाँच अर्ब रुपियाँ लगानीमा मातातीर्थमा ‘टियर३’ स्तरको डेटा सेन्टर निर्माण गर्ने तयारी गरेको छ । 
  • चिसो हावापानी र प्रशस्त जलविद्युत् भएको नेपालमा डेटा सेन्टरको कुलिङ (चिस्यान) लागत कम हुने भएकाले यी परियोजनाले नेपाललाई दक्षिण एसियाकै महत्वपूर्ण ‘डिजिटल हब’ र डेटा भण्डारण केन्द्र बनाउन सघाउने छ ।

८. लघुवित्त क्षेत्रलाई दीर्घकालीन रूपमा दिगो बनाउन र विपन्न वर्गलाई सहुलियत (एकल अङ्कको) ब्याजदरमा कर्जा उपलब्ध गराउने उद्देश्यले सरोकारवालाले कुन कोष स्थापना गर्न सरकारसँग माग (वि.सं. २०८३ वैशाख) गरेका छन् ?

➤  लघुवित्त विकास कोष

  • लघुवित्त क्षेत्रलाई सहकारी वा मिटरब्याजीको नजरले नहेरी नीतिगत सुधारसहित ‘लघु बैङ्क’ को मोडलमा रूपान्तरण गर्नुपर्ने सरोकारवालाको जोड छ ।
  • लघुवित्त क्षेत्रलाई थप दिगो बनाउन र विपन्न वर्गलाई एकल अङ्कको ब्याजदरमै कर्जा उपलब्ध गराउन सरकारसँग ‘लघुवित्त विकास कोष’ स्थापना गर्नुपर्ने माग पनि रहेको छ ।

 

९. ‘नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३’ अनुसार राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकायमातहत राखिएको छ ?

➤ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय

  • यसअघि गृहमन्त्रालय अन्तर्गत रहेको थियो । 

 

१०. हालै (२०८३ जेठ) नेपालको कुन स्थानमा खाना पकाउने प्रयोजनार्थ ‘हरित हाइड्रोजन ग्यास’ को सफल उत्पादन गरिएको छ ?

➤ बडीगाड, बागलुङ 

  • नेपाल इनर्जी फाउन्डेसन र विभिन्न अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा वि.सं. २०८३ जेठ १ गतेदेखि उत्पादित ग्यासलाई सिलिन्डरमा भरेर चुलो बाल्न सुरु गरिएको छ।
  • उत्पादित एक केजी हाइड्रोजन ग्यासले एउटा सानो परिवारलाई करिब एक सातासम्म खाना पकाउन पुग्ने र यसबाट खाना छिटो पाक्ने जनाइएको छ । 

हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको शुभारम्भ

११. विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभा (सन् २०२६) मा नेपाल कुन पदमा निर्वाचित भएको छ ?

➤ उपाध्यक्ष

  • नेपालसँगै लिबिया, माली, पोल्यान्ड र पपुवान्युगिनी उपाध्यक्ष निर्वाचित यस महासभामा स्वास्थ्यमन्त्री निशा मेहताले नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।

 

१२. वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका अनुसार नेपालले हालसम्म कार्बन व्यापारमार्फत कति रुपियाँ आम्दानी गरेको छ ? 

➤  रु. चार अर्ब १६ करोड 

 

१३. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चीनको राजकीय भ्रमण कहिले भएको हो ? 

➤ सन् २०२६ मे १३१५ 

  • दुवै राष्ट्रलाई दीर्घकालीन रूपमा फाइदा पुग्ने गरी चीन र अमेरिकाबिच महìवपूर्ण व्यापारिक सम्झौतामा सहमति भएको जनाइएको छ ।
  • दुई नेताबिच बेइजिङको ‘झोङनान्हाई’ परिसरमा इरानको परमाणु मुद्दा, ताईवानको सुरक्षा र रेयर अर्थ मिनरल्स (दुर्लभ खनिज) जस्ता रणनीतिक विषयमा गहन छलफल भएको छ ।
  • भ्रमणको उपलब्धिका रूपमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी सेप्टेम्बरमा अमेरिकाको औपचारिक भ्रमण गर्ने जनाइएको छ । 

१४. सरकारद्वारा जग्गा प्रशासनसम्बन्धी काम गर्ने मालपोत कार्यालयको नाम परिवर्तन गरी के राखिएको छ ? 

➤ भूमि प्रशासन कार्यालय 

  • जारी नयाँ अध्यादेशमार्फत जग्गा (नापजाँच) ऐन र मालपोत ऐनमा संशोधन गर्दै मालपोत शब्दलाई भूमि प्रशासनमा रूपान्तरण गरिएको छ ।
  • सरकारले जग्गा रजिस्ट्रेसन, नामसारी, दाखिल खारेज, रोक्का तथा फुकुवा गर्ने जस्ता महìवपूर्ण काम अब सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाले समेत गर्न सक्ने व्यवस्था मिलाएको छ ।

 

१५. राष्ट्रिय गौरवको त्रिदेशीय ‘लाइफ लाइन’ विराटनगर रानीसङ्खुवासभा किमाथाङ्का सडकको निर्माण कार्य कहिलेदेखि सुरु गरिएको हो ? 

➤ आव २०६५/६६ 

  • आयोजना : उत्तरदक्षिण कोशी सडक (त्रिदेशीय ‘लाइफ लाइन’)
  • यो सडक नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको छ । 
  • नेपाली सेनाले च्यामताङदेखि घोङ्गम्पासम्मको १०.८१ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गरी वि.सं. २०८३ वैशाख २८ मा सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । सोपश्चात् घोङ्गम्पादेखि किमाथाङ्कासम्मको १२ किलोमिटर खण्ड सडक आयोजनाले मर्मत गरेसँगै किमाथाङ्कामा सवारी पुगेका छन् ।
  • रानीकिमाथाङ्का सडकको जम्मा दुरी : ३४५ किलोमिटर

 

१६. विश्व दूरसञ्चार तथा सूचना समाज दिवस कहिले मनाइन्छ ? 

➤ मे १७ 

  • ‘इन्टरनेट’ तथा सूचनासञ्चार प्रविधि (आइसिटी)को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिएको छ । 
  • ‘डिजिटल विभाजन’ भन्नाले सूचना तथा सञ्चार प्रविधि (इन्टरनेट, कम्प्युटर, स्मार्टफोन आदि) मा पहुँच भएका र पहुँच नभएका व्यक्ति, समुदाय वा क्षेत्रबिचको असमानतालाई जनाउने छ ।

 

१७. आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पर्यटन प्रवर्धनका लागि कुन वर्षलाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने घोषणा गरिएको छ ?

➤ वि.सं. २०८५ (भिजिट नेपाल२०८५)

 

१८. सरकारको वार्षिक नीति तथा कार्यक्रम २०८३/८४ अनुसार व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका सबै सरकारी प्रक्रिया ३० दिनभित्रै टुङ्ग्याएर व्यावसायिक सहजता ल्याउन अवलम्बन गरिने कार्यक्रम कुन हो ? 

➤ लगानी एक्सप्रेस

 

१९. समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न सरकारले कुन कोष स्थापना गर्ने घोषणा गरेको छ ?

➤ एकीकृत बचतकर्ता संरक्षण कोष (वार्षिक नीति तथा कार्यक्रम, २०८३/८४)

 

२०. ६१ औँ एकेडेमी अफ कन्ट्री म्युजिक (एसिएम) अवार्डमा ‘इन्टरटेनर अफ दी इयर’ र वर्षको उत्कृष्ट गायकको उपाधि विजेता कलाकार को हुन् ? 

➤  कोडी जोन्सन 

  • सो अवार्डमा गायिका एला ल्याङ्लीले उत्कृष्ट गायिका र ‘चुजिङ टेक्सास’ गीतबाट ‘सङ अफ दी इयर’ सहित सर्वाधिक पाँच विधामा अवार्ड जितेकी छन् ।

 

२१. वल्र्ड रनिङको साझा संस्था एम्सले यस वर्षको प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ कुन नेपाली म्याराथनलाई प्रदान गर्यो ? 

➤ धारा नेपालगन्ज म्याराथन

  • समाजमा शान्ति, सद्भाव र एकता प्रवर्धन गर्दै सकारात्मक कार्य गरेबापत नर्वेमा आगामी जुनमा हुने एम्सको २५ औँ वल्र्ड कङ्ग्रेसमा उक्त अवार्ड प्रदान गरिने ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 659
  • Gorkhapatra 312
  • Others 1042
  • Vacancy 1
  • Past Questions 78
  • Nepal Police 4

Latest Blogs

National Day for the Elimination of Caste Discrimination and Untouchability, 2083
Current Affairs

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३

  • Jun 04, 2026
  • 73
International Day for the Elimination of Violence against Innocent Children, 2026
Current Affairs

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 04, 2026
  • 64
Facts on the status and progress of inclusion in various sectors in the Economic Survey 2082/83
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/८३ मा विभिन्न क्षेत्रमा समावेशीकरण (Inclusion) को अवस्था र प्रगतिका तथ्यहरू

  • Jun 04, 2026
  • 70
Provincial Economic Contribution (F.Y. 2082/83)
Current Affairs

प्रदेशगत आर्थिक योगदान (आ.व. २०८२/८३)

  • Jun 03, 2026
  • 139
Major Changes in the Public Procurement Act Made by 2083 Ordinance
Current Affairs

Major Changes in the Public Procurement Act Made by 2083 Ordinance

  • Jun 03, 2026
  • 88
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA