Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

विश्वको भूगोलबाट हालसम्म नायव सुब्बालाई सोधिएका प्रश्नहरू

  • Ajnabee Khadka
  • May 04, 2026
  • 248

विश्वको भूगोलबाट हालसम्म नायव सुब्बालाई सोधिएका प्रश्नहरू

Questions asked to the nayab subba so far from world geography

१.) अन्तर्राष्ट्रिय तिथि रेखा (IDL) को सम्बन्धमा निम्न कथनहरू अध्ययन गर्नुहोस् र सही विकल्प छान्नुहोस् [ना.सु., २०८१]

१. IDL विश्व मानचित्रमा 180 देशान्तरमा रहेको एक सिधा रेखा हो।

२. पूर्वबाट पश्चिमतिर IDL पार गर्दा पात्रोमा एक दिन थपिन्छ।

३. राजनीतिक कारणहरूले केही क्षेत्रमा रेखामा IDL विचलन हुन्छ।

(A) १ र २ ठीक हुन्

(B) २ र ३ ठीक हुन्

(C) १ र ३ ठीक हुन्

(D) सबै ठीक हुन्

 

२.) दिइएका मध्ये कुन नदी बंगालको खाडीमा मिसिँदैन? [ना.सु., २०८०]

(A) सिन्धु 

(B) गंगा

(C) मेघना

(D) महानदी

 

३.) तल दिइएका मध्ये क्षेत्रफलका आधारमा ठुलो देखि सानो महादेशको क्रम कुन सही हो? [ना.सु., २०७९/३/३]

A. उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया

B. उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, युरोप

C. युरोप, अस्ट्रेलिया, दक्षिण अमेरिका, उत्तर अमेरिका

D. अस्ट्रेलिया, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका

 

४.) भूगोलको इतिहासमा "नयाँ खोजको युग" (Age of new discovery) भनी कुन शताब्दीलाई मानिन्छ ? [ना.सु., २०७४]

A. 21 औं शताब्दी

B. 20 औं शताब्दी

C. 19 औं शताब्दी

D. 18 औं शताब्दी

 

५.) निम्न देशहरूका समूहमा भूमध्यरेखा कुन देशहरूका समूहबाट पार हुन्छ ? [ना.सु., २०७८/४/३०]

A. इक्वेडर, सोमालिया, मलेसिया, इन्डोनेसिया

B. कोलम्बिया, युगान्डा, माल्दिभ्स, मलेसिया

C. ब्राजिल, गेबन, मलेसिया, इन्डोनेसिया

D. इक्वेडर, केन्या, माल्दिभ्स, इन्डोनेसिया

 

६.) GMT को पूरा रूप के हो ? [ना.सु. समावेशी, २०६९]

A. Greenwich Major Time

B. Greenwich Mid Time

C. Greenwich Mean Time

D. Greenwich Main Time

 

७.) निम्न भनाइ मध्ये सही भनाइ कुन हो ? [ना.सु., २०७६]

A. अन्तर्राष्ट्रिय तिथि रेखा १८० डिग्री देशान्तर रेखामा आधारित छ।

B. १६ डिग्री देशान्तर बराबर १ घण्टा १४ मिनेट समय हुन्छ।

C. एक देशमा एकमात्र प्रमाणिक समय हुने गर्दछ।

D. भूमध्य रेखा सबैभन्दा छोटो अक्षांश रेखा हो।

 

८.) क्षेत्रफलका हिसाबले तेस्रो ठूलो महादेश कुन हो ? [ना.सु., २०७२]

A. अफ्रिका

B. दक्षिण अमेरिका

C. उत्तर अमेरिका

D. युरोप

 

९.) समूह I र II मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्। (ना.सु., पाठ्यक्रमबाट)

समूह (Group) I समूह (Group) II
a) एसिया (Asia) 1. नयाँ संसार (New World)
b) युरोप (Europe) 2. विषमताको महादेश (Continent of Extremes)
c) उत्तर अमेरिका (North America) 3. सबैभन्दा सानो महादेश (Smallest Continent)
d) अस्ट्रेलिया (Australia) 4. प्रायद्वीपहरूको पनि प्रायद्वीप (Peninsula of Peninsulas)

कोड (Code)

  a b c d
A) 2 4 1 3
B) 2 1 3 4
C) 4 1 2 3
D) 1 2 3 4

 

१०.) सूची I र सूची II बीच जोडा मिलाई सही उत्तर छान्नुहोस्। [ना.सु., २०७२/११/२२]

सूची (List) I सूची (List) II
a) कालो तथा अँध्यारो महादेश 1) अस्ट्रेलिया
b) विषमताको महादेश 2) उत्तर अमेरिका
c) टापू महादेश 3) अफ्रिका
d) नयाँ संसार 4) एसिया

A. a-3, b-4, c-1, d-2

B. a-3, b-1, c-2, d-4

C. a-4, b-3, c-2, d-1

D. a-2, b-1, c-4, d-3

 

११.) निम्नलिखित जोडाहरू मिलान गर्नुहोस्। [ना.सु., २०७३]

महादेश (Continent) विशेषता (Characteristic)
1) युरोप (Europe) a. चिसो हावापानी विहीन
2) अफ्रिका (Africa) b. सक्रिय ज्वालामुखी विहीन
3) अस्ट्रेलिया (Australia) c. मुलुकविहीन
4) अन्टार्कटिका (Antarctica) d. मरुभूमि विहीन

A. 1-b, 2-c, 3-d, 4-a

B. 1-c, 2-b, 3-a, 4-d

C. 1-d, 2-a, 3-b, 4-c

D. 1-a, 2-d, 3-c, 4-b

 

१२.) एकअर्काको ऐनामा देखिने प्रतिबिम्ब (mirror image) हुने आकार भएका महादेशहरू कुन-कुन हुन् ? [ना.सु., २०७४]

A. उत्तर अमेरिका र दक्षिण अमेरिका

B. एसिया र अफ्रिका

C. एसिया र युरोप

D. अफ्रिका र दक्षिण अमेरिका

 

१३.) मरुभूमि नभएको विश्वको एकमात्र महादेश कुन हो ? [ना.सु., २०७१]

A. अफ्रिका

B. युरोप

C. उत्तर अमेरिका

D. अस्ट्रेलिया

 

१४.) उत्तर अमेरिका महादेशको सबैभन्दा अग्लो हिमाल कुन हो ? [ना.सु., २०७८/४/३०]

A. माउण्ट एलवर्ट (Mount Elbert)

B. माउण्ट ह्विटने (Mount Whitney)

C. माउण्ट सेन्ट इलियस (Mount Saint Elias)

D. माथिको कुनै पनि होइन (None of the above)

 

१५.) क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो मरुभूमि कुन हो ? [ना.सु., २०७०]

A. गोवी

B. अरेबियन

C. कालाहारी

D. पाटागोनियन

 

१६.) विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ? [ना.सु., २०७६]

A. हिमालय

B. एण्डिज

C. रकी

D. उराल

 

१७.) बंगलादेश, भियतनाम, फिलिपिन्स, म्यानमार र लाओस देशको पूर्वबाट पश्चिमको ठीक क्रम कुन हो ? [ना.सु., २०८०/५/२]

A. म्यानमार, फिलिपिन्स, भियतनाम, लाओस र बंगलादेश

B. फिलिपिन्स, भियतनाम, लाओस, म्यानमार र बंगलादेश

C. लाओस, फिलिपिन्स, भियतनाम, म्यानमार र बंगलादेश

D. भियतनाम, फिलिपिन्स, लाओस, म्यानमार र बंगलादेश

 

१८.) शान्त प्रातःकाल (Land of Morning Calm) को देश भनेर कसलाई जनाउँछ ? [ना.सु.,२०७३]

A. दक्षिण कोरिया

B. थाइल्याण्ड

C. क्यानडा

D. लाओस

 

१९.) विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित मुलुक कुन हो ? [ना.सु., २०७२]

A. अफगानिस्तान

B. कजाकस्तान

C. तुर्कमेनिस्तान

D. लिचेस्टाइन

 

२०.) कुन समुद्रको सीमाले तीनवटा महादेशलाई छुन्छ ? [ना.सु., २०७५]

A. भूमध्य सागर (Mediterranean Sea)

B. लाल सागर (Red Sea)

C. क्यारेबियन सागर (Caribbean Sea)

D. क्यास्पियन सागर (Caspian Sea)

 

२१.) कुन देशलाई "नाइल नदीको वरदान" भनेर चिनिन्छ ? [ना.सु., २०७१]

A. लिबिया

B. जोर्डन

C. इजिप्ट

D. सिरिया

 

२२.) तल दिइएका मध्ये कुन नदी बंगालको खाडीमा मिसिँदैन ? [ना.सु.,, २०८०/५/२]

A. हुग्ली

B. सिन्धु

C. पदमा

D. ब्रह्मपुत्र

 

२३.) उत्तर अमेरिकाको रकी पर्वतबाट उत्पत्ति भएका प्रमुख नदी कुन कुन हुन् ? [ना.सु., २०७५]

  1. मिसिसिपि (Mississippi)
  2. मिसौरी (Missouri)
  3. कोलोराडो (Colorado)
  4. रियो ग्राण्ड (Rio Grande)
  5. कोलम्बिया (Columbia)

A. 1, 2 र 3 मात्र

B. 2, 3 र 5 मात्र

C. 1, 2, 3 र 4 मात्र

D. माथिका सबै

 

२४.) कुन देशमा कारनुवा मैन (Carnauba wax) उत्पादन हुन्छ ? [ना.सु., २०७४]

A. Argentina

B. Egypt

C. Brazil

D. Russia

 

२५.) एसियाली राजमार्गको लम्बाई कति छ ? [ना.सु. समावेशी, २०६९]

A. 1, 40,000 कि.मि.

B. 1, 45,000 कि.मि.

C. 1, 50,000 कि.मि.

D. 1, 55,000 कि.मि.

Categories

  • Current Affairs 659
  • Gorkhapatra 312
  • Others 1042
  • Vacancy 1
  • Past Questions 78
  • Nepal Police 4

Latest Blogs

National Day for the Elimination of Caste Discrimination and Untouchability, 2083
Current Affairs

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३

  • Jun 04, 2026
  • 73
International Day for the Elimination of Violence against Innocent Children, 2026
Current Affairs

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 04, 2026
  • 64
Facts on the status and progress of inclusion in various sectors in the Economic Survey 2082/83
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/८३ मा विभिन्न क्षेत्रमा समावेशीकरण (Inclusion) को अवस्था र प्रगतिका तथ्यहरू

  • Jun 04, 2026
  • 70
Provincial Economic Contribution (F.Y. 2082/83)
Current Affairs

प्रदेशगत आर्थिक योगदान (आ.व. २०८२/८३)

  • Jun 03, 2026
  • 139
Major Changes in the Public Procurement Act Made by 2083 Ordinance
Current Affairs

Major Changes in the Public Procurement Act Made by 2083 Ordinance

  • Jun 03, 2026
  • 88
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA