Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Ajnabee Khadka
  • June 20, 2026
  • 21

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

Gorkhapatra Institute: Accounts Officer (6th) - BS 2083/03/05

विषय : सामान्य ज्ञान, संस्थागत ज्ञान तथा सार्वजनिक प्रशासन

१. विश्वमा मुद्रण (Printing) को प्रारम्भ कुन देशबाट भएको मानिन्छ? A) जापान B) जर्मनी C) बेलायत D) चीन

२. नेपालले सबैभन्दा पछि दौत्य सम्बन्ध कायम गरेको सार्क राष्ट्र कुन हो? A) बंगलादेश B) माल्दिभ्स C) अफगानिस्तान D) भुटान

३. नेपाल सदस्य बनेको संयुक्त राष्ट्रसंघको पहिलो विशिष्टीकृत संस्था कुन हो? A) ILO B) FAO C) IFAD D) WHO

४. UNESCO को प्रधान कार्यालय कहाँ रहेको छ? A) पेरिस B) न्यूयोर्क C) मन्ट्रियल D) जेनेभा

५. सार्कमा कतिवटा भूपरिवेष्टित राष्ट्र छन्? A) १ B) २ C) ३ D) ४

६. ASEAN को स्थापनाकालको सदस्य (Founding Member) तलका मध्ये कुन होइन? A) इन्डोनेसिया B) फिलिपिन्स C) थाइल्याण्ड D) कम्बोडिया

७. विश्व बैंकको स्थापना कहिले भएको हो? A) सन् १९४४ जुलाई ७ B) सन् १९४८ जुन ७ C) सन् १९५२ अगष्ट ७ D) सन् १९५६ सेप्टेम्बर ७

८. ज्वालामुखी नभएको महादेश कुन हो? A) युरोप B) अष्ट्रेलिया C) उत्तर अमेरिका D) दक्षिण अमेरिका

९. टेलिफोनको आविष्कारक को हुन्? A) जे. एल. बेयर्ड B) थोमस अल्वा एडिसन C) अलेक्जेण्डर ग्राहम बेल D) माइकल फाराडे

१०. दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको विजेता टोली कुन हो? A) सुदूरपश्चिम रोयल्स B) लुम्बिनी लायन्स C) काठमाडौँ गोर्खाज D) विराटनगर किङ्स

११. विश्व खुसी सूचकांक, २०२६ मा नेपाल कतिऔँ स्थानमा रहेको छ? A) ५० B) ७१ C) ८९ D) ९९

१२. सन् २०२५ मा प्रकाशित World Press Freedom Index-2025 अनुसार नेपालको स्थान (Rank) र अंक (Score) कति कति रहेको छ? A) ७४ औँ स्थान र ६०.५२ अंक B) ८१ औँ स्थान र ५१ अंक C) ९० औँ स्थान र ५५.२० अंक D) १०९ औँ स्थान र ३४ अंक

१३. प्रतिनिधि सभा निर्वाचन, २०८२ मा सबैभन्दा कम मतान्तरले निर्वाचित हुने उम्मेदवार को हुन्? A) टेकबहादुर गुरुङ B) रन्जु पौडेल C) महावीर पुन D) विश्वराज पोखरेल

१४. संसारको सबैभन्दा ठूलो ताजा पानीको ताल कुन हो? A) भिक्टोरिया B) सुपेरियर C) क्यास्पियन D) उराल

१५. तलका मध्ये सबैभन्दा अग्लो भवन कुन हो? A) टोकियो टावर B) पेन्टागन C) ताजमहल D) बुर्ज खलिफा

१६. क्षेत्रफलका आधारमा ठूलो द्वीप वा टापु तलका मध्ये कुन हो? A) माडागास्कर B) श्रीलंका C) पपुवा न्यू गिनी D) ग्रीनल्याण्ड

१७. कर्णाली नदीलाई भारतमा पुगेपछि के नामले चिनिन्छ? A) घाघरा B) शारदा C) दामोदर D) गण्डक

१८. सैपाल हिमाल कुन हिमश्रृंखलामा पर्दछ? A) गुराँस B) नीलगिरि C) अन्नपूर्ण D) रोल्वालिङ

१९. निम्न लिखित भञ्ज्याङ र जिल्लाबिचको अमिल्दो जोडा छान्नुहोस् । A) टिप्ताला भञ्ज्याङ - ताप्लेजुङ B) पोपटी भञ्ज्याङ - संखुवासभा C) लार्के भञ्ज्याङ - मनाङ D) टिंकर भञ्ज्याङ - दार्चुला

२०. नेपालको कुन ठाउँमा क्रमशः तामा, सुन, फलाम र कोइला पाइन्छ? A) कुलेखानी, कालीगण्डकी, फुलचोकी, चितवन B) धोभार, कालीगण्डकी, फुलचोकी, सल्यान C) फुलचोकी, पाल्पा, प्यूठान, कुलेखानी D) कुलेखानी, कालीगण्डकी, चितवन, बागलुङ

२१. राष्ट्रपति चुरे-तराई-मधेश संरक्षण कार्यक्रम कतिवटा जिल्लामा फैलिएको छ? A) ३४ B) ३७ C) ४१ D) ४३

२२. कपिलवस्तु जिल्लाको जगदीशपुर ताललाई कहिले रामसार सूचीमा सूचीकृत गरिएको हो? A) सन् २००३ B) सन् २००५ C) सन् २००७ D) सन् २०१०

२३. सोह्रौँ योजनाको अन्त्यसम्ममा नेपालले मानव विकास सूचकांक (HDI) कति पुऱ्याउने लक्ष्य लिएको छ? A) ०.६१२ B) ०.६५० C) ०.६९० D) ०.७५०

२४. विश्व इतिहासमा मानव अधिकारको पहिलो लिखित दस्तावेज कुनलाई मानिन्छ? A) अमेरिकाको संविधान B) संयुक्त राष्ट्रसंघीय बडापत्र C) म्याग्नाकार्टा D) मानव अधिकारको विश्वव्यापी घोषणापत्र

२५. औद्योगिक क्रान्तिको सुरूवात कुन देशबाट भएको हो? A) फ्रान्स B) जर्मनी C) संयुक्त अधिराज्य D) रूस

२६. संगीतको उत्पत्ति कुन वेदबाट भएको मानिन्छ? A) यजुर्वेद B) सामवेद C) अथर्ववेद D) ऋग्वेद

२७. 'श्री मानांक' र 'श्री भोगिनी' अंकित नेपालको प्रथम मुद्राको प्रचलन कुन लिच्छवि राजाको पालामा सुरू भएको हो? A) अंशुवर्मा B) नरेन्द्रदेव C) गुणकामदेव D) मानदेव

२८. नेपाल-इष्ट इन्डिया कम्पनीबिच सुगौली सन्धि कहिले भएको हो? A) वि.सं. १८७२ B) वि.सं. १८७१ C) वि.सं. १८८५ D) वि.सं. १८९३

२९. वि.सं. २०३७ सालमा भएको जनमत संग्रहमा बहुदल पक्षले कति जिल्लामा जित हासिल गरेको थियो? A) १५ B) २० C) २४ D) ३१

३०. नेपाल सरकारले लुम्बिनी गुरुयोजना कहिले स्वीकृत गरेको हो? A) सन् १९७५ B) सन् १९७८ C) सन् १९८० D) सन् १९८५

३१. विरूपाक्षको मूर्ति कुन कलाबाट प्रभावित भएको हो? A) मौर्यकला B) वैशालीकला C) शौर्यकला D) अनन्तकला

३२. भोजपुरी भाषा कुन भाषा परिवारभित्र पर्दछ? A) आग्नेय B) द्रविड C) भोटबर्मेली D) भारोपेली

३३. बराम (बरामू) जातिको मूलथलो कुन जिल्ला हो? A) गोरखा B) बैतडी C) म्याग्दी D) रोल्पा

३४. प्रदेश सभाका सदस्यहरूको योग्यताको सवाल उठेमा कुन निकायले त्यसको निराकरण गर्दछ? A) प्रदेश सभा B) प्रदेश सभाको सभामुख C) सर्वोच्च अदालतको संवैधानिक इजलास D) प्रदेश प्रमुख

३५. प्रतिनिधि सभाका समितिले निम्नमध्ये कुन संवैधानिक आयोगको काम कारबाहीको अनुगमन र मूल्यांकन गरी निर्देशन वा राय सल्लाह दिन सक्दैन? A) अख्तियार दुरूपयोग अनुसन्धान आयोग B) लोक सेवा आयोग C) राष्ट्रिय मानव अधिकार आयोग D) निर्वाचन आयोग

३६. नेपाल सरकारको मुख्य कानूनी सल्लाहकार को हुने व्यवस्था छ? A) प्रधानन्यायाधीश B) कानून मन्त्री C) नेपाल बार एसोसिएसनका अध्यक्ष D) महान्यायाधिवक्ता

३७. नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले जारी भएको हो? A) वि.सं. २०१३ B) वि.सं. २०३९ C) वि.सं. २०२१ D) वि.सं. २०२५

३८. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना कहिले भएको हो? A) वि.सं. २०३८ B) वि.सं. २०३९ C) वि.सं. २०४० D) वि.सं. २०४५

३९. लुम्बिनी प्रदेशमा कतिवटा जिल्ला छन्? A) १० B) १२ C) १२ D) १३

४०. संघ, प्रदेश र स्थानीय तहबिच समन्वय गर्न कसले कानून बनाउँछ? A) संघीय संसद B) प्रदेश व्यवस्थापिका C) संवैधानिक व्यवस्थाअनुसार समन्वयमा D) स्थानीय सरकार

४१. सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो? A) सर्लाही B) रौतहट C) धनुषा D) सप्तरी

४२. नेपालको दोस्रो धेरै व्यापार घाटा रहेको देश कुन हो? A) भारत B) संयुक्त अधिराज्य C) संयुक्त राज्य अमेरिका D) चीन

४३. आ.व. २०८१/८२ मा नेपालको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान कति प्रतिशत रहेको थियो? A) २३.६ B) २४.५ C) २७.८ D) २८.६

४४. आर्थिक वर्ष २०८१/८२ मा कुल कृषि बाली उत्पादनको परिमाणमा निम्न बालीहरूको उत्पादन धेरैदेखि थोरैको क्रम कुन सही छ? A) औद्योगिक, तरकारी, नगदे, खाद्यान्न B) खाद्यान्न, तरकारी, नगदे, औद्योगिक C) खाद्यान्न, नगदे, औद्योगिक, तरकारी D) नगदे, खाद्यान्न, तरकारी, औद्योगिक

४५. सोह्रौँ योजनाको लक्ष्यसँग निम्नमध्ये कुन अमिल्दो छ? A) लैङ्गिक विकास सूचकांक - ०.९६७ B) भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकांक - ४३ C) विधिको शासन सूचकांक - ०.९० D) इन्टरनेटमा पहुँच पुगेको जनसंख्या - ९० प्रतिशत

४६. सोह्रौँ योजनाको अन्त्यसम्ममा उच्च खाद्य असुरक्षाको स्थितिमा रहेको परिवारलाई कति प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइएको छ? A) १ B) २ C) ३ D) ४

४७. वैदेशिक सहायता प्राप्तिका सन्दर्भमा महत्त्वपूर्ण मानिएको कोलम्बो योजनाको सदस्य नेपाल कहिले भएको हो? A) सन् १९५० B) सन् १९५१ C) सन् १९५३ D) सन् १९५६

४८. गोरखापत्रमा पहिलो पटक तस्वीर प्रकाशन कहिले भएको हो? A) वि.सं. १९८२ फागुन १७ B) वि.सं. १९८३ चैत १० C) वि.सं. १९८४ वैशाख १३ D) वि.सं. १९८५ असार १७

४९. गोरखापत्र रंगीन कलेवरमा कहिलेदेखि प्रकाशित हुन थाल्यो? A) वि.सं. २०५५ असार १ B) वि.सं. २०५९ असार १ C) वि.सं. २०६५ असार १ D) वि.सं. २०७० असार १

५०. Moveable Type छापाखानाको आविष्कारकको रूपमा कसलाई लिइन्छ? A) William Carson B) John Milton C) Benjamin Franklin D) Johannes Gutenberg

Categories

  • Current Affairs 687
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 85
  • Nepal Police 7

Latest Blogs

International Yoga Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय योग दिवस, २०२६

  • Jun 21, 2026
  • 52
International Father's Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय बुवा दिवस, २०२६

  • Jun 21, 2026
  • 78
Nepal Army Civil Service Written Examination (2083/03/06)
Past Questions

नेपाली सेना अमलदार कर्मचारी लिखित परीक्षा (२०८३/०३/०६)

  • Jun 21, 2026
  • 24
Gorkhapatra Institute: Accounts Officer (6th) - BS 2083/03/05
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 20
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 88
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA