Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका प्रमुख जलविद्युत केन्द्रहरू

  • Ajnabee Khadka
  • May 10, 2026
  • 678

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका प्रमुख जलविद्युत केन्द्रहरू

Major hydroelectric power stations owned by Nepal Electricity Authority

नेपाल विद्युत प्राधिकरण (NEA) को वार्षिक प्रतिवेदन २०२४/२०२५ (आर्थिक वर्ष २०८१/८२) अनुसार हाल संचालनमा रहेका प्रमुख जलविद्युत आयोजनाहरू:

क्र.सं.
विद्युत केन्द्रको नाम
क्षमता (किलोवाट)
स्थान (जिल्ला)
१
कालीगण्डकी 'ए'
१४४,०००
स्याङ्जा 
२
मध्य मर्स्याङ्दी
७०,०००
लमजुङ
३
मर्स्याङ्दी
६९,०००
तनहुँ 
४
कुलेखानी प्रथम
६०,०००
मकवानपुर 
५
माथिल्लो त्रिशुली ३ए
६०,०००
रसुवा र नुवाकोट
६
कुलेखानी दोस्रो
३२,०००
मकवानपुर 
७
चमेलिया
३०,०००
दार्चुला 
८
त्रिशुली
२४,०००
नुवाकोट 
९
गण्डक
१५,०००
नवलपरासी 
१०
देवीघाट
१५,०००
नुवाकोट
११
मोदी खोला
१४,८००
पर्वत
१२
कुलेखानी तेस्रो
१४,०००
मकवानपुर 
१३
सुनकोशी
१०,०५०
सिन्धुपाल्चोक
१४
पुवा खोला
६,२००
इलाम 
 
कुल क्षमता
५६४,०५०
 
  • यी १४ वटा केन्द्रहरू प्राधिकरणको उत्पादन निर्देशनालय अन्तर्गत रहेका प्रमुख जलविद्युत केन्द्रहरू (Major Hydropower Stations) हुन् जुन राष्ट्रिय ग्रीडमा आवद्ध,
  • प्राधिकरणको स्वामित्वमा रहेको सबैभन्दा ठूलो स्थापित क्षमता भएको केन्द्र: कालीगण्डकी 'ए' 
  • नेपालको एक मात्र जलाशययुक्त (Reservoir) विद्युत गृह: कुलेखानी प्रथम
  • यी बाहेक प्राधिकरणको स्वामित्वमा अन्य साना जलविद्युत केन्द्रहरू (Small Hydropower Plants) पनि रहेका छन्, जसलाई ग्रीडमा आवद्ध र आइसोलेटेड गरी दुई भागमा विभाजन गरिएको,
  • प्राधिकरणका सहायक कम्पनीहरू मार्फत संचालित विद्युत गृहहरू (जस्तै: माथिल्लो तामाकोशी - ४५६ मेगावाट) को क्षमता यस तालिकामा समावेश गरिएको छैन, ती छुट्टै व्यवस्थापनमा रहेका,

प्राधिकरणका सहायक कम्पनीहरू (Subsidiary Companies) मार्फत हाल सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरू:

क्र.सं.
आयोजनाको नाम
क्षमता (किलोवाट)
स्थान (जिल्ला)
१
माथिल्लो तामाकोशी
४५६,०००
दोलखा 
२
रसुवागढी
१११,०००
रसुवा
३
साञ्जेन
४२,५००
रसुवा
४
चिलिमे
२२,१००
रसुवा
५
माथिल्लो साञ्जेन
१४,८००
रसुवा
 
कुल क्षमता
६४६,४००
 
  • प्राधिकरणका सहायक कम्पनीहरू मार्फत हालसम्म कुल ६४६.४ मेगावाट (६४६,४०० किलोवाट) विद्युत उत्पादन भई राष्ट्रिय ग्रीडमा जोडिएको,
  • नेपालकै सबैभन्दा ठूलो सञ्चालनमा रहेको जलविद्युत आयोजना: माथिल्लो तामाकोशी (४५६ मेगावाट)
  • मध्य भोटेकोशी (१०२ मेगावाट) आयोजनाको निर्माण सम्पन्न भई परीक्षण (Wet Commissioning Test) को चरणमा रहेकोले यसलाई हाल सञ्चालनमा रहेका आयोजनाको सूचीमा समावेश नगरिएको,
  • यी बाहेक रहुघाट (४० मेगावाट), तनहुँ (१४० मेगावाट), माथिल्लो त्रिशुली ३बी (३७ मेगावाट) लगायतका आयोजनाहरू सहायक कम्पनीहरू मार्फत निर्माणाधीन अवस्थामा रहेका,

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 40
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 53
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 48
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 147
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA