Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल राजपत्र

  • Ajnabee Khadka
  • May 17, 2026
  • 183

नेपाल राजपत्र

Nepal Gazette

परिचय र ऐतिहासिक पृष्ठभूमि:

  • शुरुआत: वि.सं. २००८ साल साउन २२ गते (सर्वप्रथम "'नेपाल गजेट" को रूपमा प्रकाशन सुरु)
  • नाम संशोधन: वि.सं. २०२३ साल माघ १७ गते "नेपाल गजेट" बाट नाम संशोधन गरी "नेपाल राजपत्र" कायम गरिएको,
  • प्रकृति: नेपाल सरकारको आधिकारिक प्रकाशन
  • प्रकाशन गर्ने निकाय: सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण विभाग
  • मुख्य उद्देश्य: राष्ट्राध्यक्षका सम्बोधन, ऐन, अध्यादेश, नियम र महत्त्वपूर्ण सरकारी निर्णयहरूलाई वैधानिकता दिँदै नागरिकको सूचनाको हक सुनिश्चित गर्नु,

 

प्रमाणीकरण र प्रकाशन प्रक्रिया:

  • राजपत्रमा सामग्री प्रकाशन गर्नुपूर्व सरोकारवाला मन्त्रालय/विभागबाट आधिकारिक प्रमाणीकरण अनिवार्य छ:
    • ऐन, अध्यादेश वा सन्धि भए: कानून मन्त्रालयका सचिवद्वारा प्रमाणित
    • नियम/नियमावली भए: सम्बन्धित मन्त्रालयका सचिवद्वारा प्रमाणित
    • अन्य सूचना भए: सम्बन्धित मन्त्रालयका सचिव वा निजले अख्तियारी दिएको कम्तिमा राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतद्वारा प्रमाणित
    • विशेष शर्त: राजपत्रमा प्रकाशन हुने सबै सूचनाहरू कानून मन्त्रालयबाट अनिवार्य रूपमा सम्पादन गरिएको हुनुपर्दछ,

 

प्रकाशनका प्रकार (तरिका):

१.) सङ्ख्या (नियमित अङ्क):

  • मन्त्रिपरिषद्‌बाट पारित सूचना तथा नियमावलीहरू (ऐन र अध्यादेश बाहेक) यसमा छापिन्छन्,
  • वि.सं. २००८ देखि २०७८/११/१८ सम्म हप्ताको एक पटक (सोमबार) मात्र प्रकाशन हुने गरेकोमा, वि.सं. २०७८ फागुन १९ गतेदेखि हप्ताको दुई पटक (सोमबार र बिहीबार) प्रकाशन गरिँदै आएको,

२.) अतिरिक्ताङ्क:

  • संविधान, ऐन, अध्यादेश, नियमावली तथा मन्त्रिपरिषद्‌बाट पारित जरुरी सूचनाहरू जुन मितिदेखि नै लागू गर्नु पर्ने हो, सोही मिति उल्लेख गरी आकस्मिक रूपमा प्रकाशन गरिने राजपत्र,

 

नेपाल राजपत्रका भागहरू (वर्गीकरण):

  • राजपत्रमा प्रकाशित हुने सामाग्रीको महत्त्व र गाम्भीर्यताका आधारमा यसलाई ६ भागमा विभाजन गरिएको,
भाग प्रकाशित हुने सामाग्री / विवरण
भाग १ संविधान वा संविधान सरहका घोषणा पत्रहरू
भाग २ व्यवस्थापिका संसद्‌बाट पारित भई राष्ट्रपतिबाट लालमोहर लागेका ऐन तथा अध्यादेशहरू
भाग ३ मन्त्रिपरिषद्‌बाट पारित नियमावली तथा नेपाल सरकारले जारी गरेका आदेश वा अधिकार पत्रहरू
भाग ४ संविधान अन्तर्गतका नियुक्ति तथा सूचनाहरू
भाग ५ ऐन, नियम वा आदेश अन्तर्गत वा नेपाल सरकारको निर्णय बमोजिम राजपत्रमा छाप्नु पर्ने भनिएका अन्य सूचनाहरू
भाग ६ नेपाल पक्ष भएका सन्धि तथा सम्झौताहरू

 

स्वीकृत राजश्व तथा मूल्य दररेट (लागू मिति: २०८० वैशाख १ गते)

१.) वार्षिक सदस्यता शुल्क (Annual Membership):

  • हुलाकबाट रजिष्ट्री गरी पठाउँदा: रु. ३,०००/-
  • मुद्रण विभाग मार्फत सदस्यलाई बुझाउँदा: रु. ३,०००/-
  • मुद्रण विभागमा स्वयं आफै उपस्थित भई बुझिलिँदा: रु. १,८००/-

२.) फुटकर बिक्री मूल्य (Retail Price):

सदस्य नभएका व्यक्ति वा संघ-संस्थाका लागि पेज सङ्ख्याका आधारमा प्रति-प्रति मूल्य निम्न बमोजिम तोकिएको;

पेज सङ्ख्या (Pages) प्रति प्रति मूल्य (रु.)
१ देखि ८ पेजसम्म रु. ५/-
९ देखि २४ पेजसम्म रु. १५/-
२५ देखि ४० पेजसम्म रु. २५/-
४१ देखि ५६ पेजसम्म रु. ३५/-
५७ देखि ७२ पेजसम्म रु. ४५/-
७३ देखि ९६ पेजसम्म रु. ६०/-
९७ पेजभन्दा बढी भएमा रु. ६०/- र थप प्रति पेज ४२ पैसाका दरले शुल्क लाग्ने

 

Categories

  • Current Affairs 631
  • Gorkhapatra 308
  • Others 1021
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 2

Latest Blogs

Armed Police Force, Nepal, General Group, General Sub-Group, Armed Police Inspector Post, Second Paper, General Knowledge (2083/2/8)
Past Questions Nepal Police

सशस्त्र प्रहरी बल, नेपाल, साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पद, द्वितीय पत्र, सामान्य ज्ञान (२०८३/२/८)

  • May 23, 2026
  • 79
Key facts and figures regarding the service, participation and achievements of women in the Nepal Police (Police Public Service #2)
Others Nepal Police

नेपाल प्रहरीमा महिलाहरूको सेवा, सहभागिता र उपलब्धि सम्बन्धी प्रमुख तथ्य तथा तथ्याङ्कहरू (प्रहरी लोकसेवा blog #२)

  • May 23, 2026
  • 1450
Chronological table of women police service and participation (Police Public Service #1)
Others

महिला प्रहरीको सेवा र सहभागिताको कालक्रमिक तालिका (प्रहरी लोकसेवा blog #१)

  • May 23, 2026
  • 1473
Table of regional language abundance (according to the 2021 census)
Others

प्रदेशगत भाषा प्रचुरताको तालिका (सन् २०२१ को जनगणना अनुसार)

  • May 23, 2026
  • 46
Classification of borders according to districts
Others

सिमाना सम्बन्धी जिल्लाहरूको वर्गीकरण

  • May 23, 2026
  • 59
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA