ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४
-
सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा “Value for Money” ले के संकेत गर्दछ?
-
(A) बढी खर्च गरेर राम्रो सेवा दिनु
-
(B) कम लागतमा गुणस्तरीय सेवा प्राप्त गर्नु ✓
-
(C) राजस्व संकलन बढाउनु
-
(D) कर्मचारीको संख्या कटौती गर्नु
-
-
विश्व मानव अधिकार दिवस कहिले मनाइन्छ ?
-
(A) डिसेम्बर 1
-
(B) डिसेम्बर 10 ✓
-
(C) नोभेम्बर 10
-
(D) नोभेम्बर 25
-
-
जनसम्पर्क कायम गर्ने प्रत्येक कार्यालयले नागरिकले देख्ने गरी नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था कुन ऐनले गरेको छ ?
-
(A) निजामती सेवा ऐन, 2049
-
(B) सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, 2064 ✓
-
(C) अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, 2059
-
(D) सूचनाको हक सम्बन्धी ऐन, 2064
-
-
सार्वजनिक व्यवस्थापनको मुख्य उद्देश्य देहायका मध्ये कुन हो ?
-
(A) नाफा कमाउने
-
(B) सार्वजनिक सेवा प्रभावकारी रूपमा प्रदान गर्ने ✓
-
(C) निजी क्षेत्रलाई प्रोत्साहन गर्ने
-
(D) कर संकलन मात्र गर्ने
-
-
मानवीय मूल्यको विकासमा तलका मध्ये कुनको भूमिका सबैभन्दा महत्वपूर्ण मानिन्छ ?
-
(A) परिवार ✓
-
(B) मौसम
-
(C) यातायात
-
(D) प्रविधि
-
-
नेपालको संविधानमा खाद्य सम्बन्धी हक कुन धारामा उल्लेख गरिएको छ ?
-
(A) 37
-
(B) 36 ✓
-
(C) 35
-
(D) 26
-
-
पशु स्वास्थ्य तथा पशु सेवा ऐन, 2055 मा कति वटा सूचित गर्नुपर्ने रोग समावेश गरिएको छ ?
-
(A) 22
-
(B) 24
-
(C) 26 ✓
-
(D) 32
-
-
नेपालमा हाल पशुपन्छी बीमा (Livestock Insurance) गर्दा नेपाल सरकारले बीमा प्रिमियममा कति प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ?
-
(A) 50
-
(B) 75
-
(C) 80 ✓
-
(D) 90
-
-
नेपालमा सर्वप्रथम उन्नत जर्सी गाई कसले भित्र्याएका हुन् ?
-
(A) जंग बहादुर राणा
-
(B) बम बहादुर राणा
-
(C) चन्द्र शमशेर राणा ✓
-
(D) टंक प्रसाद आचार्य
-
-
नेपालको कृषि विकास रणनीति (ADS) कति वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ?
-
(A) 10
-
(B) 15
-
(C) 20 ✓
-
(D) 25
-
-
नेपालमा हाल प्रवाह भइरहेको सहुलियतपूर्ण कर्जामा सबैभन्दा बढी कर्जा सीमा कुन क्षेत्रमा हुने व्यवस्था छ ?
-
(A) विदेशबाट फर्केका युवा परियोजना कर्जा
-
(B) कपडा उद्योग सञ्चालनको लागि कर्जा
-
(C) उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा
-
(D) व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ✓
-
-
नेपालमा भेडाबाख्रा सम्बन्धी नविनतम् प्रविधिहरूको अनुसन्धान र विकास कसले गर्दछ ?
-
(A) नेपाल कृषि अनुसन्धान परिषद् ✓
-
(B) कृषि विभाग
-
(C) पशु सेवा विभाग
-
(D) राष्ट्रिय पशु प्रजनन कार्यालय
-
-
व्यवसायिक पशुपन्छी उत्पादनको आधारभूत विशेषतामा तलका मध्ये कुन विशेषता सबैभन्दा बढी महत्वपूर्ण छ ?
-
(A) आत्मनिर्भर उत्पादन
-
(B) बजारमुखी उत्पादन ✓
-
(C) परम्परागत प्रविधि
-
(D) स्रोतको पर्याप्तता
-
-
पशु सेवा विभाग कुन मन्त्रालय अन्तर्गत रहेको छ ?
-
(A) कृषि, वन तथा वातावरण मन्त्रालय
-
(B) कृषि तथा पशुपन्छी विकास मन्त्रालय ✓
-
(C) कृषि, पशुपन्छी, वन तथा पर्यावरण मन्त्रालय
-
(D) कृषि, वन तथा पर्यावरण मन्त्रालय
-
-
कुन रोग लाग्दा पशुको पिसाबमा रगत देखा पर्छ ?
-
(A) Babesiosis ✓
-
(B) Coccidiosis
-
(C) Fascioliasis
-
(D) Trypanosoma
-
-
तलका मध्ये कुन जुनोटिक रोग (Zoonotic Disease) दुध र मासु दुबैको माध्यमबाट मानिसमा सर्न सक्छ ?
-
(A) ब्रसेलोसिस ✓
-
(B) पि.पि.आर.
-
(C) रानिखेत
-
(D) थुनेलो
-
-
कुखुरामा Vitamin B2 (Riboflavin) को कमी भएमा के लक्षण देखिन्छ ?
-
(A) जिब्रो कालो हुने
-
(B) टाउको आकाश तिर फर्काउने
-
(C) हाँसको जस्तो चाल हुने
-
(D) खुट्टाका नङ्ग्रा दोब्रिने ✓
-
-
Ascoli Test कुन रोग निदान गर्नको लागि प्रयोग गरिन्छ ?
-
(A) Brucellosis
-
(B) Tuberculosis
-
(C) Anthrax ✓
-
(D) Haemorrhagic Septicaemia
-
-
तलका मध्ये कुन जनावर किटोसिस (Ketosis) को उच्च जोखिममा हुन्छ ?
-
(A) कम दुध दिने गाई
-
(B) थारो गाई
-
(C) जवान बाच्छी
-
(D) मोटो ब्याउने गाई ✓
-
-
किर्नाको जीवनचक्रमा अण्डाबाट निस्कने पहिलो सक्रिय अवस्था कुन हो ?
-
(A) निम्फ
-
(B) प्युपा
-
(C) लार्भा ✓
-
(D) वयस्क
-
-
क्लासिकल स्वाइन फिबरमा “Button ulcer” मुख्यतया कहाँ देखिन्छ ?
-
(A) पेट
-
(B) सानो आन्द्रा
-
(C) ठूलो आन्द्रा ✓
-
(D) कलेजो
-
-
तलका मध्ये कुन उन्नत गाईको जात हो ?
-
(A) अछामी
-
(B) जर्सी ✓
-
(C) हरियाना
-
(D) सिटी
-
-
AnGR को पुरा रूप के हो ?
-
(A) Animal Genetic Resources ✓
-
(B) Animal Good Resources
-
(C) Animal Gene Reproduction
-
(D) Annual Gene Replacement
-
-
Thiaminase नाम गरेको Anti-nutritional Factor कुन दाना पदार्थसँग सम्बन्धित छ ?
-
(A) Soyabean Meal
-
(B) Fish Meal ✓
-
(C) Cotton Meal
-
(D) Sunflower Meal
-
-
नेपालमा पहिलो याक चिज उत्पादन केन्द्र कति सालमा स्थापना भएको थियो ?
-
(A) वि.सं. 1999
-
(B) वि.सं. 2009 ✓
-
(C) वि.सं. 2019
-
(D) वि.सं. 2029
-
-
पशुको गर्भावस्था कायम राख्ने हर्मोन कुन हो ?
-
(A) Relaxin
-
(B) Oxytocin
-
(C) Estrogen
-
(D) Progesterone ✓
-
-
तलका मध्ये स्थानीय जातको भेडा कुन हो ?
-
(A) कुपवर्थ
-
(B) पोलवर्थ
-
(C) बरुवाल ✓
-
(D) रामबुले
-
-
स्टाइलोमा नाइट्रोजन स्थिरीकरण गर्ने जीवाणु कुन हो ?
-
(A) Azotobacter
-
(B) Rhizobium ✓
-
(C) Clostridium
-
(D) Bacillus
-
-
माछामा लाग्ने भाइरल रोग कुन हो ?
-
(A) Tail rot
-
(B) Vibriosis
-
(C) Infectious pancreatic necrosis ✓
-
(D) Fin rot
-
-
माछालाई पानीमा तैरिन र शारीरिक सन्तुलन मिलाउन मद्दत गर्ने प्रमुख आन्तरिक अङ्ग तलका मध्ये कुन हो ?
-
(A) Liver
-
(B) Airbladder ✓
-
(C) Operculum
-
(D) Gills
-
-
कृत्रिम दाना र एरेटर (Aerator) को प्रयोग गरी प्रति इकाई क्षेत्रफलमा उच्च घनत्वमा माछा उत्पादन गर्ने पद्धति तलका मध्ये कुन हो?
-
(A) अर्धसघन मत्स्यपालन
-
(B) सामान्य मत्स्यपालन
-
(C) सघन मत्स्यपालन ✓
-
(D) परम्परागत मत्स्यपालन
-
-
माछाको उमेर पत्ता लगाउने उपयुक्त तरिका कुन हो ?
-
(A) By counting annuli ✓
-
(B) By measuring lateral line
-
(C) By counting spiny rays in dorsal fin
-
(D) By counting the head size
-
-
तलका मध्ये कुन विकासक्रम मत्स्य बिजको विकासक्रम हो ?
-
(A) Hatchling → Spawn → Fingerling → Fry
-
(B) Spawn → Hatchling → Fingerling → Fry
-
(C) Spawn → Hatchling → Fry → Fingerling ✓
-
(D) Hatchling → Spawn → Fry → Fingerling
-
-
माछापालनको लागि घुलित अक्सिजनको मात्रा कति उपयुक्त हुन्छ ?
-
(A) 1 mg/L
-
(B) 3 mg/L
-
(C) 5 mg/L ✓
-
(D) 10 mg/L
-
-
माछाको शरीरमा 'Barbel' को मुख्य कार्य के हो ?
-
(A) पौडी खेल्नु
-
(B) श्वासप्रश्वास गर्नु
-
(C) स्पर्श तथा स्वाद ग्रहण गर्नु ✓
-
(D) सन्तुलन कायम गर्नु
-
-
नेपालको समय ग्रीनविच मानक समयभन्दा कति फरक छ ?
-
(A) 5 घण्टा 15 मिनेट छिटो
-
(B) 5 घण्टा 45 मिनेट छिटो ✓
-
(C) 5 घण्टा 15 मिनेट ढिलो
-
(D) 5 घण्टा 45 मिनेट ढिलो
-
-
बुद्ध जयन्ती कहिले मनाइन्छ ?
-
(A) मंसिर शुक्ल पूर्णिमा
-
(B) जेष्ठ शुक्ल पूर्णिमा
-
(C) कात्तिक शुक्ल पूर्णिमा
-
(D) बैशाख शुक्ल पूर्णिमा ✓
-
-
सोलहौँ आवधिक योजनाको अन्तिम आर्थिक वर्षसम्म नेपालको प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुऱ्याउने लक्ष्य राखिएको छ ?
-
(A) 2195
-
(B) 2351 ✓
-
(C) 2500
-
(D) 2751
-
-
कार्बन फुटप्रिन्ट (Carbon Footprint) भन्नाले के लाई बुझाउँछ ?
-
(A) कार्बनको प्रयोग
-
(B) कार्बनको बजार मूल्य
-
(C) कार्बनको व्यापार
-
(D) मानवीय गतिविधिबाट उत्सर्जित ग्रीन हाउस ग्यासलगायतको मापन ✓
-
-
बिसिजी खोप (BCG Vaccine) कुन रोगका विरुद्ध दिइन्छ ?
-
(A) मधुमेह
-
(B) श्वासप्रश्वास
-
(C) मुटुरोग
-
(D) क्षयरोग ✓
-
-
तलका मध्ये कुन खानेकुरामा कार्बोहाइड्रेट पाइन्छ ?
-
(A) अण्डा
-
(B) गहुँ ✓
-
(C) हरियो सागसब्जी
-
(D) माछा
-
-
नेपालको संविधान बमोजिम स्थानीय तह अन्तर्गत देहायका मध्ये कुनलाई समेटिएको छैन?
-
(A) गाउँपालिका
-
(B) नगरपालिका
-
(C) जिल्ला सभा
-
(D) प्रदेशसभा ✓
-
-
संयुक्त राष्ट्रसंघका संस्थापक सदस्य राष्ट्रहरू कति वटा रहेका छन् ?
-
(A) 49
-
(B) 50
-
(C) 51 ✓
-
(D) 53
-
-
काठमाडौँस्थित ट्रमा सेन्टर कुन मुलुकको सहयोगबाट निर्माण भएको हो ?
-
(A) भारत ✓
-
(B) भुटान
-
(C) पाकिस्तान
-
(D) श्रीलंका
-
-
फिफा विश्वकप, 2026 प्रतियोगिताको आयोजक राष्ट्र तलका मध्ये कुन होइन ?
-
(A) उरुग्वे ✓
-
(B) संयुक्त राज्य अमेरिका
-
(C) मेक्सिको
-
(D) क्यानाडा
-
-
'अति जरुरी' पत्रको हकमा आफैले फछ्र्यौट गर्नुपर्ने भएमा कति समयभित्र फछ्र्यौट गरिसक्नु पर्दछ ?
-
(A) 2 दिनभित्र
-
(B) 3 दिनभित्र ✓
-
(C) 7 दिनभित्र
-
(D) पत्र प्राप्त हुनासाथ
-
-
निजामती कर्मचारीले एक वर्षमा बढीमा कति दिन बिरामी विदा (Sick Leave) पाउन सक्ने व्यवस्था रहेको छ ?
-
(A) 6
-
(B) 12 ✓
-
(C) 18
-
(D) 30
-
-
निजामती सेवा ऐन, 2049 अनुसार राजपत्रांकित विशिष्ट श्रेणीको सचिवको पदावधि कति वर्षको हुने व्यवस्था रहेको छ ?
-
(A) 3
-
(B) 2
-
(C) 5 ✓
-
(D) 6
-
-
महालेखापरीक्षकले आफ्नो वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ ?
-
(A) प्रधानमन्त्री
-
(B) अर्थमन्त्री
-
(C) राष्ट्रपति ✓
-
(D) प्रतिनिधि सभाको सभामुख
-
-
लोक सेवा आयोगको स्थापना कहिले भएको हो ?
-
(A) वि.सं. 2015
-
(B) वि.सं. 2013
-
(C) वि.सं. 2008 ✓
-
(D) वि.सं. 2007
-