Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको इतिहासमा वैशाख महिनामा भएका राजनीतिक, प्रशासनिक र सामाजिक परिवर्तन

  • Ajnabee Khadka
  • April 23, 2026
  • 387

नेपालको इतिहासमा वैशाख महिनामा भएका राजनीतिक, प्रशासनिक र सामाजिक परिवर्तन

Political, administrative and social changes that occurred in the month of Baisakh in the history of Nepal
मिति विवरण
वि.सं. २०८१ वैशाख १ काठमाडौँको पर्यटन र रात्रिकालीन व्यवसायलाई चलायमान बनाउन सरकारले ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्णकालीन (२४ घण्टा) खुला गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याएको,
वि.सं. २०७२ वैशाख १ वातावरणीय प्रदूषण कम गर्न काठमाडौँ उपत्यकालाई प्लास्टिक मुक्त बनाउने अभियान अन्तर्गत ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन र प्रयोगमा सरकारले प्रतिबन्ध लगाएको,
वि.सं. २०६१ वैशाख १ सरकारी संस्थानका रूपमा रहेको नेपाल दूरसञ्चार संस्थानलाई व्यावसायिक बनाउन 'नेपाल दूरसञ्चार कम्पनी लिमिटेड' (नेपाल टेलिकम) मा रूपान्तरण गरिएको,
वि.सं. २०५६ वैशाख १ नेपालमा आधिकारिक रूपमा जीएसएम (GSM) प्रविधिको मोबाइल फोन सेवाको सुरुवात भएको,
वि.सं. २०४२ वैशाख १ दोलखा जिल्लामा पर्ने ८,७७२ फिट अग्लो गौरीशंकर हिमाललाई आधार मानी ग्रीनविच मानक समय (GMT) भन्दा ५ घण्टा ४५ मिनेट छिटो हुने गरी नेपालको आधिकारिक समय तोकिएको,
वि.सं. २०३४ वैशाख १ नेपाललाई 'बिफर मुक्त देश' घोषणा गरिएको,
वि.सं. २०३४ वैशाख १ नेपालमा व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ) को सुरुवात,
वि.सं. २०१९ वैशाख १ नवलपरासीको गैंडाकोटमा राजा महेन्द्रले महेन्द्र राजमार्ग (पूर्व-पश्चिम राजमार्ग) को शिलान्यास गरेका,
वि.सं. २०१८ वैशाख १ प्रशासनिक सुगमताका लागि नेपाललाई साविकको १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको,
वि.सं. २०१८ वैशाख १ काठमाडौँको टुँडिखेल नजिकै निर्माण गरिएको 'नेपाल स्मारक' (सहिद गेट) को राजा महेन्द्रद्वारा उद्घाटन गरिएको,
वि.सं. २०१७ वैशाख १ नेपाल र भारतबीचको मुद्रा विनिमय दरलाई स्थिर बनाउन १०० भारतीय रुपैयाँ बराबर १६० नेपाली रुपैयाँ कायम गरिएको,
वि.सं. २००८ वैशाख १ राणाकालीन समयमा प्रधानमन्त्रीको हुकुम र छाप चल्ने 'खड्ग निशाना अड्डा' प्रजातन्त्रको उदयपछि खारेज गरिएको,
वि.सं. २००५ वैशाख १ पद्म शमशेरले जारी गरेको नेपालको पहिलो लिखित संविधान 'नेपाल सरकार वैधानिक कानुन २००४' यसै दिनदेखि लागू हुने भनिएको थियो (यद्यपि पूर्ण कार्यान्वयन हुन सकेन)
वि.सं. १९८२ वैशाख १ प्रधानमन्त्री चन्द्र शमशेरले १९८१ मंसिर १४ मा दासप्रथा उन्मूलनको घोषणा गरेका थिए र १९८२ वैशाख १ देखि सबै दासहरूलाई पूर्ण रूपमा मुक्त गरी यो प्रथाको औपचारिक अन्त्य गरिएको,
वि.सं. २०७९ वैशाख २ मजुङको पर्यटकीय गाउँ घले गाउँलाई दक्षिण एसियाकै नमूना 'सुखी गाउँ' घोषणा गरिएको,
वि.सं. २०७२ वैशाख २ पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बनेका थापाको ८७ वर्षको उमेरमा भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको,
वि.सं. २०७० वैशाख २ सुशासनको प्रत्याभूति दिलाउन सरकारले पहिलोपटक सेवामा ढिलाइ भएमा सेवाग्राहीले क्षतिपूर्ति पाउने गरी ५ वटा जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र चितवन) बाट क्षतिपूर्ति सहितको नागरिक बडापत्रको सुरुवात गरेको,
वि.सं. २०२१ वैशाख २ नेपालमा सरकारी कामकाजको भाषाका रूपमा अनिवार्य रूपमा नेपाली भाषा प्रयोग गर्ने घोषणा गरिएको,
वि.सं. २०१६ वैशाख २ "नेपाल सरकार"को सट्टा "श्री ५ को सरकार" लेख्न सुरुवात गरिएको,
वि.सं. २०७४ वैशाख ३ भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले सरकारको नीति अनुरूप निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु गरेको,
वि.सं. २०८१ वैशाख ४ चर्चित गीतकार तथा गजलकार प्रकट पंगेनीको ७० वर्षको उमेरमा पोखरामा उपचारका क्रममा निधन भएको,
वि.सं. २०८१ वैशाख ८ गोरखाको चुमनुब्री गाउँपालिकास्थित नुब्री उपत्यकालाई स्थानीय बासिन्दा र धर्मगुरुहरूको उपस्थितिमा 'अहिंसा क्षेत्र' घोषणा गरिएको,
वि.सं. १९९१ वैशाख ९ गोरखापत्र प्रत्येक साता शुक्रबार प्रकाशित हुन थालेको,
वि.सं. १७३१ वैशाख ९ राजा प्रताप मल्लको हरिसिद्धिको नाच हेरिरहेकै अवस्थामा आकस्मिक निधन भएको,
वि.सं. २०५० वैशाख १० पासाङ ल्हामु शेर्पाद्वारा पहिलो पटक सगरमाथा आरोहण,
वि.सं. २००६ वैशाख १० पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना,
वि.सं. २०७८ वैशाख ११ प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहराको भग्नावशेष नजिकै बनेको नयाँ २२ तले धरहराको उद्घाटन गरिएको,
वि.सं. २००६ वैशाख ११ नेपालमा पहिलोपटक भारतीय जहाज (बीचक्राफ्ट) काठमाडौँको गौचरनमा अवतरण भएको,
वि.सं. २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको, 
वि.सं. २०११ वैशाख १२ कोशी नदीमा बाँध र नहर बनाउने विषयमा नेपाल र भारतबीच ऐतिहासिक 'कोशी सम्झौता' भएको,
वि.सं. १९८४ वैशाख १३
गोरखापत्रमा पहिलो पटक तस्बिर (पर्साकी सूर्यमती श्रेष्ठले चर्खा चलाएको) प्रकाशित,
वि.सं. २०७४ वैशाख १४ "बिजुली बा" भनेर चिनिने नेपालको जलविद्युत् विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका इन्जिनियर हरिमान श्रेष्ठको निधन,
वि.सं. २०३८ वैशाख १४ नेपाल राष्ट्र बैंकले पहिलोपटक २ रुपैयाँको कागजी नोट प्रचलनमा ल्याएको,
वि.सं. २०३४ वैशाख १४ राजा वीरेन्द्रको पालामा पहिलोपटक ५० रुपैयाँ दरको नोट सर्वसाधारणका लागि जारी गरिएको,
वि.सं. २०१३ वैशाख १४ पालको केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंक ऐन २०१२ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना,
वि.सं. २०७४ वैशाख १६ दुर्गम र सेवा नपुगेका ठाउँमा चिठ्ठीपत्र र सानो पार्सल पुर्‍याउनका लागि मोबाइल हुलाक (घुम्ती सेवा) को सुरुवात गरिएको,
वि.सं. २०७४ वैशाख १७ सरकारले औपचारिक रूपमा लालु अमात्यलाई नेपालको 'पहिलो नर्स' को मान्यता दिँदै सम्मान गरेको,
वि.सं. २०८१ वैशाख २० नेपालको निजामती सेवाको इतिहासमा सचिव पदमा पुग्ने पहिलो महिला चन्द्रकला किरणको ९४ वर्षको उमेरमा निधन,
वि.सं. २०८१ वैशाख २० नेपाल सरकारले १०० रुपैयाँको नयाँ नोटमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा राख्ने ऐतिहासिक निर्णय गरेको,
वि.सं. २०३७ वैशाख २० निर्दलीय पञ्चायती व्यवस्था वा बहुदलीय शासन प्रणाली रोज्नका लागि ऐतिहासिक जनमत संग्रह भएको,
वि.सं. २०६६ वैशाख २२ नागरिकको सूचनाको हकलाई संरक्षण र प्रवर्द्धन गर्न सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार राष्ट्रिय सूचना आयोगको गठन,
वि.सं. २०७६ वैशाख २३ तत्कालीन प्रदेश १ (हाल कोशी प्रदेश) को राजधानी औपचारिक रूपमा मोरङको विराटनगरमा रहने निर्णय प्रदेश सभाले पारित गरेको,
वि.सं. २०८१ वैशाख २४ बागमती प्रदेशमा तामाङ र नेपाल भाषा (नेवारी) लाई सरकारी कामकाजको भाषाका रूपमा लागू गरिएको,
वि.सं. २०७३ वैशाख २४ नेपालमा पहिलोपटक 'राष्ट्रिय पत्रकारिता दिवस' मनाउन सुरु गरिएको (गोरखापत्रको स्थापना दिवसको अवसरमा)
वि.सं. १९५८ वैशाख २४ श्री ३ देवशमशेरको अग्रसरतामा 'गोर्खापत्र' साप्ताहिकको प्रकाशन आरम्भ (सोमबार प्रकाशित)
वि.सं. २०५७ वैशाख २४
गोरखापत्र १०० वर्षमा प्रवेश (शताब्दी वर्ष मनाउने पहिलो नेपाली अखबार)
वि.सं. २०६५ वैशाख २६ बेइजिङ ओलम्पिकको 'ओलम्पिक टर्च' सगरमाथाको शिखरमा पुर्‍याइएको,
वि.सं. २०४६ वैशाख २६ सन् १९५३ मे २९ मा एडमन्ड हिलारीसँगै सगरमाथाको प्रथम सफल आरोहण गरेका विश्वप्रसिद्ध पर्वतारोही तेन्जिङ नोर्गेको भारतको दार्जिलिङमा निधन भएको,
वि.सं. २०८० वैशाख २७ २०६२/६३ को जनआन्दोलनका क्रममा वैशाख २ गते बनेपामा गोली लागी गम्भीर घाइते भएका, "जिउँदो सहिद" भनेर चिनिने मुकेश कायस्थको १७ वर्षसम्म ओछ्यानमै (कोमा जस्तै अवस्थामा) रहेपछि ३२ वर्षको उमेरमा निधन भएको,
वि.सं. २०७९ वैशाख २९ लाक्पा शेर्पाले आफ्नै रेकर्ड तोड्दै दशौँ पटक सगरमाथाको सफल आरोहण गरी विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने महिलाको कीर्तिमान कायम गरेका,
वि.सं. २०८१ वैशाख ३० 'माउन्ट एभरेस्ट म्यान' भनेर चिनिने कामिरिता शेर्पाले २९ औँ पटक सगरमाथाको शिखरमा पाइला टेकेर विश्वमा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आफ्नै विश्व कीर्तिमान परिमार्जन गरेका,
वि.सं. २०७३ वैशाख ३० मिर्गौला रोगीहरूको उपचारमा राहत दिने उद्देश्यले सरकारले देशभरका सूचीकृत सरकारी अस्पतालहरूबाट निःशुल्क डायलोसिस सेवा उपलब्ध गराउने ऐतिहासिक निर्णय गरी कार्यान्वयनमा ल्याएको,
वि.सं. २०१८ वैशाख ३० त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको परीक्षामा नेपाली भाषालाई पनि माध्यम भाषाको रूपमा मान्यता दिने निर्णय गरिएको,

 

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 50
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 52
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 57
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 85
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 147
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA