Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका केही प्रमुख क्रान्तिहरू र तिनीहरू पश्च्यात उदय भएका नयाँ व्यवस्थाहरू

  • Ajnabee Khadka
  • June 04, 2026
  • 263

विश्वका केही प्रमुख क्रान्तिहरू र तिनीहरू पश्च्यात उदय भएका नयाँ व्यवस्थाहरू

Some of the world's major revolutions and the new systems that emerged after them
क्रान्ति विवरण (के थियो? र क्रान्ति पश्च्यातको उदय)
ब्यरोंसहरुको क्रान्ति, १२१५
  • के थियो?: बेलायतका निरङ्कुश राजा विरुद्ध त्यहाँका शक्तिशाली सामन्तहरू (Barons) ले गरेको ऐतिहासिक सैन्य विद्रोह तथा गृहयुद्ध
  • क्रान्ति पश्च्यातको उदय: ऐतिहासिक 'म्याग्ना कार्टा' (Magna Carta) मार्फत "राजा पनि कानुन मातहत हुनुपर्ने" व्यवस्थाको उदय
बेलायतको गौरवमय क्रान्ति, १६८८ 
  • के थियो?: दैविक अधिकारमा आधारित क्याथोलिक शासन (Catholic rule based on divine right) विरुद्ध रक्तपातविहीन रूपमा यो क्रान्ति भएको,
  • क्रान्ति पश्च्यातको उदय: बेलायतमा संवैधानिक राजतन्त्र (Constitutional Monarchy) र संसदीय सर्वोच्चताको उदय
अमेरिकी स्वतन्त्रता संग्राम, १७७५–१७८३
  • के थियो?: उत्तर अमेरिकाका १३ वटा बेलायती उपनिवेशहरूले बेलायती साम्राज्यको दमन र कर नीतिका विरुद्ध गरेको ऐतिहासिक संघर्ष
  • क्रान्ति पश्च्यातको उदय: विश्वकै पहिलो आधुनिक लिखित संविधान सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र (Federal Democratic Republic) को रूपमा संयुक्त राज्य अमेरिका (USA) को उदय
फ्रान्सेली राज्यक्रान्ति, १७८९
  • के थियो?: फ्रान्सको निरङ्कुश राजतन्त्र, सामन्ती शोषण र असमान सामाजिक वर्ग विभाजनका विरुद्ध त्यहाँका जनताले गरेको विद्रोह
  • क्रान्ति पश्च्यातको उदय: यस क्रान्तिले शताब्दीऔँ पुरानो राजतन्त्र समाप्त गरी फ्रान्समा गणतन्त्र (Republic) को उदय गराएको,
  • क्रान्ति पश्च्यात उदय भएका फ्रान्सको नेतृत्व गर्ने विश्व प्रसिद्ध व्यक्तिव: नेपोलियन बोनापार्ट (Napoleon Bonaparte)
 औद्योगिक क्रान्ति, १८औँ शताब्दी
  • के थियो?: यो कुनै राजनीतिक युद्ध नभएर बेलायतबाट सुरु भएको प्रविधि, उत्पादन र आर्थिक प्रणालीमा आएको आमूल परिवर्तन रहेको,
  • क्रान्ति पश्च्यातको उदय: हस्तकला र कृषिमा आधारित अर्थतन्त्रको ठाउँमा आधुनिक औद्योगिक पुँजीवाद (Industrial Capitalism) र शहरीकरणको उदय
मीजी पुनर्स्थापना, १८६८
  • के थियो?: जापानको २५० वर्षभन्दा बढी समयदेखिको 'टोकुगावा शोगुनत' (Tokugawa Shogunate) नामक सैनिक तानाशाहहरूको शासन अन्त्य गर्ने सामुराई तथा शाही पक्षधरहरूको सैनिक विद्रोह,
  • क्रान्ति पश्च्यातको उदय: जापानमा शताब्दीऔँ पुरानो मध्ययुगीन शासन प्रणालीको अन्त्य र आधुनिक औद्योगिक पुँजीवादी जापानको उदय
रुसी अक्टोबर क्रान्ति, १९१७
  • के थियो?: जार (Tsar) शासकहरूको निरङ्कुशता र गरिबीका विरुद्ध भ्लादिमिर लेनिन (Vladmir Lenin) को नेतृत्वमा बोल्सेभिक (Bolsheviks) हरूले गरेको क्रान्ति,
  • क्रान्ति पश्च्यातको उदय: यस क्रान्तिले रुसी साम्राज्य र पुँजीवादी व्यवस्थाको अन्त्य गरी विश्वकै पहिलो समाजवादी व्यवस्था (Socialist State) र सोभियत सङ्घ (USSR) को उदय
चिनियाँ क्रान्ति क्रान्ति, १९४९
  • के थियो?: माओ त्सेतुङ (Mao Zedong) को नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले सामन्तवाद, आन्तरिक गृहयुद्ध र साम्राज्यवादी हस्तक्षेप विरुद्ध लामो समयसम्म गरेको सशस्त्र संघर्ष
  • क्रान्ति पश्च्यातको उदय: सन् १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीन (People's Republic of China) को उदय
इरानी इस्लामिक क्रान्ति, १९७९
  • के थियो?: इरानका शाह मोहम्मद रेजा पहलवी (Mohammad Reza Pahlavi) को पश्चिमाकरण नीति र निरङ्कुश शासनविरुद्ध आयतोल्लाह खोमेनी (Ayatollah Khomeini) को नेतृत्वमा भएको जनआन्दोलन
  • क्रान्ति पश्च्यातको उदय: २५०० वर्ष पुरानो इरानी राजतन्त्रको अन्त्य भई विश्वमा एक नयाँ प्रकारको धार्मिक गणतन्त्र वा इस्लामिक गणतन्त्र (Islamic Republic) को उदय,
नेपालको दोस्रो जनआनदोलन, २०६२/०६३
  • के थियो?: नेपालमा सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) को संयुक्त नेतृत्वमा निरङ्कुश राजतन्त्रका विरुद्ध भएको शान्तिपूर्ण जनआन्दोलन
  • क्रान्ति पश्च्यातको उदय: २४० वर्ष लामो शाहवंशीय राजतन्त्रको विधिवत अन्त्य भई नेपाल विश्वको कान्छो सङ्घीय लोकतान्त्रिक गणतन्त्र (Federal Democratic Republic) को उदय

 

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 118
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 102
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 91
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA