Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

के के छ त नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ मा?

  • Ajnabee Khadka
  • May 22, 2026
  • 448

के के छ त नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ मा?

What is there in Nepal Government Work Division Regulations, 2083?
  • पूरा नाम: नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३
  • जारी गर्ने निकाय: नेपाल सरकार, मन्त्रिपरिषद्
  • कानूनी आधार: नेपालको संविधानको धारा ८२ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी बनाइएको,
  • राजपत्रमा प्रकाशित मिति: २०८३/०१/३
  • प्रारम्भ: यो नियमावली तुरुन्त प्रारम्भ हुने व्यवस्था,
  • खारेजी: यसले नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ लाई खारेज गरेको,
मुख्य संवैधानिक तथा प्रशासनिक प्रावधानहरू:
  • मन्त्रालयको परिभाषा: यस अन्तर्गत नेपाल सरकारका मन्त्रालयहरू र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत पर्दछन्,
  • मन्त्रीको जिम्मेवारी: तोकिएको कार्य सम्पादन गर्ने वा गराउने अन्तिम जिम्मेवारी र उत्तरदायित्व सम्बन्धित मन्त्रीको हुने,
  • प्रधानमन्त्रीको अधिकार: प्रधानमन्त्रीले कुनै पनि मन्त्रीलाई एक वा एकभन्दा बढी मन्त्रालयको कार्यभार सुम्पन सक्ने, मन्त्रालयको केही काम आफैँले हेर्ने वा अन्य मन्त्रीलाई तोक्न सक्ने अधिकार राख्नुहुन्छ,
  • कार्य हेरफेर: मन्त्रिपरिषद्ले राजपत्रमा सूचना प्रकाशित गरी कुनै पनि मन्त्रालयको काममा हेरफेर गर्न सक्छ,

नेपाल सरकारका मन्त्रालयहरू (अनुसूची–१ बमोजिम १८ वटा)

क्र.सं.
मन्त्रालयको नाम
१.
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२.
अर्थ मन्त्रालय
३.
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
४.
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
५.
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
६.
कृषि, वन तथा वातावरण मन्त्रालय
७.
गृह मन्त्रालय
८.
परराष्ट्र मन्त्रालय
९.
पूर्वाधार विकास मन्त्रालय
१०.
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
११.
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय
१२.
युवा, श्रम तथा रोजगार मन्त्रालय
१३.
रक्षा मन्त्रालय
१४.
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
१५.
शिक्षा तथा खेलकुद मन्त्रालय
१६.
सूचना तथा सञ्चार मन्त्रालय
१७.
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१८.
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय

कार्य विभाजनका केही प्रमुख क्षेत्रहरू (अनुसूची–२)

क्र.सं.
मन्त्रालयको नाम
कार्य विभाजनका केही प्रमुख क्षेत्रहरू
१.
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
मन्त्रिपरिषद् सम्बन्धी, शासन व्यवस्थाको निर्देशन र नियन्त्रण, राष्ट्रिय सुरक्षा, भ्रष्टाचार नियन्त्रण, मानव अधिकार, सूचना प्रविधि, डिजिटल शासन र कृत्रिम बुद्धिमत्ता (AI)
२.
अर्थ मन्त्रालय
आर्थिक तथा वित्तीय नीति, बजेट तर्जुमा, केन्द्रीय बैंक र बैंकिङ नियमन, राजस्व प्रशासन, वैदेशिक ऋण तथा अनुदान
३.
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
औद्योगिक नीति, वैदेशिक लगानी, खानी तथा खनिज, अन्तर्राष्ट्रिय व्यापार, उपभोक्ता हक संरक्षण र पेट्रोलियम पदार्थको आपूर्ति
४.
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
जलस्रोत र ऊर्जा विकास, नदी बेसिन योजना, सिँचाइ प्रणाली र विद्युत् व्यापार
५.
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
संघीय विधेयक तथा अध्यादेश तर्जुमा, कानूनी परामर्श, नेपाल राजपत्रको सम्पादन, र सन्धि सम्झौताको अभिलेख 
६.
कृषि, वन तथा वातावरण मन्त्रालय
कृषि तथा खाद्य सुरक्षा, वन तथा वन्यजन्तु संरक्षण, वातावरण संरक्षण र जलवायु परिवर्तन सम्बन्धी कार्य 
७.
गृह मन्त्रालय
आन्तरिक सुरक्षा र शान्ति सुव्यवस्था, नागरिकता, राहदानी (परराष्ट्रसँगको समन्वयमा), अपराध नियन्त्रण र विपद् व्यवस्थापन
८.
परराष्ट्र मन्त्रालय
परराष्ट्र नीति, कूटनीतिक सम्बन्ध, अन्तर्राष्ट्रिय सीमा सम्बन्ध, राहदानी र कूटनीतिक आचारसंहिता
९.
पूर्वाधार विकास मन्त्रालय
यातायात (सडक तथा रेल) विकास, सहरी विकास, आवास र खानेपानी तथा सरसफाइ
१०.
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
भू–उपयोग नीति, सहकारी नियमन, संघीय शासन प्रणाली र निजामती सेवाको सञ्चालन
११.
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय
महिला र बालबालिका संरक्षण, सामाजिक सुरक्षा भत्ता व्यवस्थापन, र लैंगिक हिंसा नियन्त्रण
१२.
युवा, श्रम तथा रोजगार मन्त्रालय
युवा विकास, श्रम तथा आन्तरिक रोजगार, र वैदेशिक रोजगार व्यवस्थापन
१३.
रक्षा मन्त्रालय
राष्ट्रिय सुरक्षा नीति र नेपाली सेनाको गठन तथा परिचालन
१४.
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन (Innovation) नीति, र आणविक ऊर्जा सम्बन्धी कार्य
१५.
शिक्षा तथा खेलकुद मन्त्रालय
शिक्षा नीति, विश्वविद्यालयहरू, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद विकास
१६.
सूचना तथा सञ्चार मन्त्रालय
दूरसञ्चार, रेडियो, टेलिभिजन, छापाखाना, र साइबर सुरक्षाको नीतिगत पक्ष
१७.
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
संस्कृति तथा सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, र नागरिक उड्डयन (हवाई सुरक्षा)
१८.
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
स्वास्थ्य नीति, अस्पताल सञ्चालन, औषधि नियमन, जनस्वास्थ्य र खाद्य स्वच्छता
  • नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ ले बदलिँदो वैश्विक परिवेश, प्रविधिमा आएको परिवर्तन र आधुनिक प्रशासनिक आवश्यकताहरूलाई सम्बोधन गर्न केही नयाँ र समसामयिक विषयहरूलाई प्राथमिकताका साथ समावेश गरेको;
मुख्य क्षेत्र / विषय विस्तृत विवरण (नियमावलीमा समावेश गरिएका नयाँ तथा समसामयिक कार्यहरू)
१. सूचना प्रविधि, डिजिटल शासन र कृत्रिम बुद्धिमत्ता (AI)

यस नियमावलीले आधुनिक प्रविधिलाई शासन व्यवस्थाको अभिन्न अङ्गको रूपमा स्वीकार गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत निम्न महत्त्वपूर्ण कार्यहरू तोकेको छ:

  • कृत्रिम बुद्धिमत्ता (AI): AI सम्बन्धी नीति र नियमनको जिम्मेवारी पहिलो पटक स्पष्ट रूपमा उल्लेख गरिएको,
  • साइबर सुरक्षा र डाटा सुरक्षा: साइबर सुरक्षा, डाटा सुरक्षा र डाटा गभर्नेन्स (Data Governance) लाई उच्च प्राथमिकता दिइएको,
  • डिजिटल शासन: सूचना प्रविधि तथा विद्युतीय (डिजिटल) शासन सम्बन्धी नीति, कानून र मापदण्डको कार्यान्वयन,
  • भू–उपग्रह (Satellite): भू–उपग्रहको स्थापना, सञ्चालन तथा उपयोगलाई सूचना तथा सञ्चार मन्त्रालयको कार्यक्षेत्रमा राखिएको,
२. जलवायु परिवर्तन र हरित अर्थतन्त्र

वातावरण संरक्षण र विश्वव्यापी जलवायु चुनौतीलाई सम्बोधन गर्न कृषि, वन तथा वातावरण मन्त्रालयलाई विशिष्ट कार्यहरू सुम्पिएको छ:

  • कार्बन व्यापार: कार्बन सञ्चिति तथा कार्बन व्यापार प्रवद्र्धन र नियमन
  • चक्रीय अर्थतन्त्र: हरित अर्थतन्त्र, जैविक अर्थतन्त्र र चक्रीय अर्थतन्त्र (Circular Economy) सम्बन्धी नीति र मापदण्ड
  • जलवायु वित्त: अन्तर्राष्ट्रिय जलवायु वित्त (Climate Finance) सम्बन्धी कार्यहरू
३. आधुनिक उद्योग र नवप्रवर्तन (Innovation)

परम्परागत उत्पादन प्रणालीबाट माथि उठेर आधुनिक औद्योगिक विकासका लागि निम्न नयाँ क्षेत्रहरू पहिचान गरिएका छन्:

  • Industry 4.0 र 5.0: औद्योगिक विकासका नवीनतम् अवधारणा (Industry 4.0 र Industry 5.0) को अध्ययन र उपयोगलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राखिएको,
  • स्टार्टअप (Startup): नवीन सोच र सीपमा आधारित स्टार्टअप कार्यक्रमहरूको व्यवस्थापन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई तोकिएको,
  • सिर्जनशील उद्यम: क्रिएटिभ इण्डस्ट्री (Creative Industry) सम्बन्धी कार्यहरूलाई सूचना तथा सञ्चार मन्त्रालयले हेर्ने व्यवस्था,
४. सामाजिक समावेशीकरण र लैंगिक पहिचान

सामाजिक न्याय र समावेशीकरणको क्षेत्रमा यस नियमावलीले शब्दावली र कार्यक्षेत्रमा नै स्पष्ट परिवर्तन ल्याएको छ:

  • लैंगिक तथा यौनिक अल्पसंख्यक: मन्त्रालयको नाममा नै 'लैंगिक तथा यौनिक अल्पसंख्यक' थप गरी (महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय) उनीहरूको संरक्षण र विकासको जिम्मा तोकिएको छ।
  • राष्ट्रिय परिचयपत्र: राहदानी र नागरिकतासँगै डिजिटल पहिचानका लागि राष्ट्रिय परिचयपत्र व्यवस्थापनलाई गृह मन्त्रालयको प्रमुख कार्यमा राखिएको छ।
५. आधुनिक यातायात र पूर्वाधार

पूर्वाधार विकासमा परम्परागत सडक बाहेकका आधुनिक विकल्पहरूलाई समेटिएको छ:

  • आधुनिक रेल प्रणाली: सहरी मेट्रो रेल, मोनो रेल र रेल सुरक्षा प्रणाली
  • वैकल्पिक यातायात: पोड वे (Podway), स्काई रेल (Sky Rail), स्काई ट्रलीबस र जलमार्ग जस्ता नयाँ प्रविधिहरूको अध्ययन र विकास
६. स्वास्थ्य र खाद्य सुरक्षाको नयाँ आयाम
  • खाद्य स्वच्छता (Food Hygiene): स्वास्थ्य मन्त्रालयको कार्यक्षेत्रमा 'खाद्य स्वच्छता' थप गरी जनस्वास्थ्य र उपभोग्य वस्तुको गुणस्तरलाई जोधिएको,
  • स्वास्थ्य पर्यटन: नेपाललाई स्वास्थ्य सेवाको गन्तव्य बनाउने उद्देश्यले स्वास्थ्य पर्यटन प्रवद्र्धनको कार्य पनि समावेश,

नेपाल सरकार (कार्य विभाजन) नियमावली: २०७४ र २०८३ बीचको तुलना:

तुलनाको आधार
कार्य विभाजन नियमावली, २०७४
कार्य विभाजन नियमावली, २०८३
राजपत्रमा प्रकाशित मिति
२०७४/११/११
२०८३/०१/३०
संवैधानिक आधार
नेपालको संविधानको धारा ८२ को उपधारा (१)
नेपालको संविधानको धारा ८२ को उपधारा (१)
मन्त्रालयको संख्या
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित २२ वटा 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १८ वटा 
मन्त्रालयको संरचना
साविकका मन्त्रालयहरू छरिएका (जस्तै: भौतिक पूर्वाधार, सहरी विकास र खानेपानी छुट्टाछुट्टै)
मन्त्रालयहरूको मर्जर र पुनर्गठन (जस्तै: पूर्वाधार विकास मन्त्रालयमा भौतिक पूर्वाधार, सहरी विकास र खानेपानी गाभिएको)
प्रधानमन्त्री कार्यालयको कार्यक्षेत्र
मन्त्रिपरिषद्, राष्ट्रिय सुरक्षा र भ्रष्टाचार नियन्त्रण जस्ता परम्परागत कार्यहरू
परम्परागत कार्यका साथै AI, साइबर सुरक्षा, डाटा सुरक्षा र डिजिटल शासन जस्ता आधुनिक विषय थप,
नयाँ शब्दावलीको प्रयोग
'कृषि तथा पशुपक्षी' र 'वन तथा वातावरण' छुट्टाछुट्टै
'खाद्य स्वच्छता' (स्वास्थ्यसँग), 'नवप्रवर्तन' (विज्ञानसँग) र 'लैंगिक तथा यौनिक अल्पसंख्यक' मन्त्रालयको नाममै समावेश,
आधुनिक प्रविधि र AI
स्पष्ट नीति र कार्य विभाजनको अभाव
एआई (AI) र डाटा गभर्नेन्सलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राखिएको,
यातायातको नयाँ माध्यम
रेल, मेट्रो रेल सम्बन्धी सामान्य उल्लेख
पोड वे (Podway), स्काई रेल (Sky Rail), स्काई ट्रलीबस र जलमार्ग सम्बन्धी विशिष्ट कार्यहरू समावेश,
अर्थतन्त्रको नयाँ स्वरूप
परम्परागत आर्थिक नीति
चक्रीय अर्थतन्त्र (Circular Economy), हरित अर्थतन्त्र र कार्बन व्यापार जस्ता नवीन अवधारणा समावेश,
खारेजी
यसले नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७२ लाई खारेज गरेको,
यसले नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ लाई खारेज गरेको,

 

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 36
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 45
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 46
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 147
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA