Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

  • Engineering Nepal
  • March 24, 2022
  • 749

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनअनुसार कति रुपियाँसम्मको लागत अनुमान भएको ठेक्कामा स्वदेशी बोलपत्रदाताबीच मात्र प्रतिस्पर्धा गराइने भएको छ ?
 तीन अर्ब रुपियाँ
– यसअघि एक अर्ब रुपियाँसम्मको लागत अनुमान भएको ठेक्कामा मात्र स्वदेशी बोलपत्रदाताबीच प्रतिस्पर्धा गराउने व्यवस्था रहेको ।
संशोधित नियमावलीले गरेका अन्य थप व्यवस्था
– एउटा निर्माण कम्पनीले पाँचवटाभन्दा बढी ठेक्का
लिन नपाइने ।
– पूर्वयोग्यताका न्यूनतम तीनवटा योग्य आवेदक नभए पुनः सूचना निकाल्नुपर्ने ।
– समुदायबीच प्रतिस्पर्धामार्फत पाँच करोड रुपियाँसम्मका काम गराउन सकिने ।
– १० अर्ब रुपियाँसम्मको ठेक्कामा स्वदेशी कम्पनीसँगको संयुक्त उपक्रम अनिवार्य गरिएको ।
– कुनै पनि निर्माण ठेक्काको सम्झौता गर्नुपूर्व ठेक्काको तीन महिनालाई पुग्ने रकमको बैङ्क ग्यारेन्टीको अनिवार्यतासम्बन्धी व्यवस्था हटाइएको ।

२. साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद औपचारिक भ्रमणका क्रममा कहिले नेपाल आएका हुन् ?
 वि.सं. २०७८ फागुन ३० (सन् २०२२ मार्च १४,
दुईदिने भ्रमण)

३. पोखराको फेवाताल किनारा र सराङकोट जोड्ने अन्नपूर्ण केबलकारको दूरी कति रहेको छ ?
 २.४ कि.मि.
– वि.सं. २०७८ फागुन ६ मा सफ्ट ओपनिङ गरिएको सो केबलकार २०७८ चैत १ देखि पूर्ण रूपमा
सञ्चालनमा आएको ।
– केबलकार सञ्चालनमा आएपश्चात् सेदीबगरबाट सातदेखि आठ मिनेटमै सराङकोट पुग्न सकिने ।
– हाल पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइटदेखि सराङकोट पुग्न गाडीमा करिब ४५ मिनेट लाग्ने ।
– केबलकार सञ्चालनका लागि १८ वटा टावरसँगै यात्रु बोक्ने १७ र सामान बोक्ने एक गरी १८ वटा गोन्डला अर्थात् डिब्बा रहेका । डिब्बाको सङ्ख्या बढाएर ३५ वटा पु¥याउने योजना रहेको । प्रतिडिब्बामा आठ जनाको क्षमता रहेको ।

४. निर्वाचन आयोगका अनुसार महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारले स्थानीय तह निर्वाचनमा गर्न पाउने खर्चको सीमा कति निर्धारण गरिएको छ ?
 सात लाख ५० हजार रुपियाँ
– स्थानीय तह निर्वाचनमा तोकिएको खर्च सीमा
महानगरपालिका
– मेयर/उपमेयर: सात लाख ५० हजार रुपियाँ
– वडाध्यक्ष/सदस्य: तीन लाख रुपियाँ
उपमहानगरपालिका
– मेयर/उपमेयर: पाँच लाख ५० हजार रुपियाँ
– वडाध्यक्ष/सदस्य: दुई लाख ५० हजार रुपियाँ
नगरपालिका
– मेयर/उपमेयर: चार लाख ५० हजार रुपियाँ
– वडाध्यक्ष/सदस्य: दुई लाख रुपियाँ
गाउँपालिका
– प्रमुख/उपप्रमुख: तीन लाख ५० हजार रुपियाँ
– वडाध्यक्ष/सदस्य : एक लाख ५० हजार रुपियाँ

५. २०७९ वैशाख ३० मा तय गरिएको स्थानीय तह निर्वाचनमा सहभागिताका लागि मान्यताप्राप्त दलको सङ्ख्या कति रहेको छ ?
 ७९
– (निर्वाचन आयोगमा दल दर्ताका लागि ८० दलले आवेदन दिएकामा ७९ दलले मान्यता पाएका ।)

६. आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागू गरेको छ ?
 काठमाडौँ उपत्यका
– पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा आ.व. २०७७/७८ देखि यो प्रणाली
सुरु गरिएको ।
– हाललाई बिपान (व्यावसायिक स्थायी लेखा नम्बर) उपलब्ध गराउँदा मात्र यस्तो प्रणली कार्यान्वयनमा ल्याइएको ।
– बायोमेट्रिक प्रणाली विस्तारै देशैभरका करदाता सेवा कार्यालयमा लागू गरिने ।

७. दार्चुलास्थित त्रिदेशीय सीमा क्षेत्र छाङ्रुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना कहिले गरिएको हो ?
 वि.सं. २०७७ वैशाख ३१

८. कम्बोडियाको पुरानो नाम के हो ?
 कम्पुचिया

९. सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा को हुन् ?
 मानदेव

१०. कल्छुमन ताल गोरखा जिल्लामा रहेको छ भने सत्यवती ताल कहाँ रहेको छ ?
 पाल्पा

११. नेपालको कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ?
 अमादब्लम

१२. फ्रान्सको राज्य क्रान्तिपछि शासनसत्ता कसले सम्हालेका थिए ?
 नेपोलियन बोनापार्ट

१३. नेपालको पहिलो बर्ड सेञ्चरी (पन्छी अभयारण्य क्षेत्र) घोषित क्षेत्र कुन हो ?
 घोडाघोडी सिमासार क्षेत्र
– १० हजार ५७० हेक्टरमा फैलिएको घोडाघोडी सिमसार क्षेत्रमा करिब छ हजार हेक्टर क्षेत्रफल समेटी घोडाघोडी चरा अभयारण्य क्षेत्र बनाइएको । त्यसमा घोडाघोडी ताल पूर्ण रूपमा समेटिएको ।
– यहाँ पाइने चराको संरक्षण र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ घोडाघोडीलाई चरा अभयारण्य क्षेत्र घोषणा गरिएको ।
– चरा अभयारण्य क्षेत्र भन्नाले चराले भयरहित वातावरणमा निर्वाध रूपमा आहारविहार र प्रजननका लागि अनुकूल वातावरणलाई ध्यान दिइ निर्धारण गरिएको क्षेत्र भन्ने बुझिन्छ ।
– विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा जलचर र थलचर गरी ३६० प्रजातिका चरा पाइने अभिलेख रहेको । यस सिमसारमा ६४ प्रजातिका जलपन्छी पाइने गरेका ।

१४. नेपालको सबैभन्दा कम उचाइमा रहेको नगरपालिका कुन हो ?
 जलेश्वर

१५. चुम्बकले आफ्नो वरिपरि रहेको चुम्बकीय वस्तु वा अर्को चुम्बकलाई असर पार्नसक्नेसम्मको क्षेत्रलाई के भनिन्छ ?
 चुम्बकीय क्षेत्र
– (शक्तिशाली चुम्बकको चुम्बकीय क्षेत्र ठूलो र कमजोर चुम्बकको चुम्बकीय क्षेत्र सानो हुन्छ ।)

१६. समुद्रको पानीको स्वाद कस्तो हुन्छ ?
 नुनिलो

१७. युरोपको सबैभन्दा ठूलो र लामो नदी कुन हो ?
 भोल्गा

१८. सन् २०२२ मार्च १७ मा सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको उपाधि चुम्न सफल युवती को हुन् ?
 क्यारोलिना बेइलावस्का (पोल्यान्ड)
– सो प्रतियोगितामा अमेरिकाकी श्री साइनी फस्र्ट रनर्स अप र कोट डे आइभोरकी ओलभिया एस सेकेन्ड रनर्सअप भएका ।
– कोरोना प्रभावका कारण यस (७०औँ संस्करण) प्रतियोगितामा ४० सुन्दरीको मात्र सहभागिता रहेको ।

१९. विश्वको सबैभन्दा टूलो टापु कुन हो ?
 ग्रिनल्यान्ड

२०. सूर्यले आकाशगङ्गाको तारापुञ्जीय केन्द्रको एक पटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
 ब्रह्माण्ड वर्ष

२१. विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाइन्छ ?
 मार्च १५
– सन् २०२२ को नारा ः फेयर डिजिटल फाइनान्स
– राष्ट्रिय नारा ः सुरक्षित र समावेशी विद्युतीय कारोबार ः उपभोक्ताको अधिकार ।
– उपभोक्ता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘कन्जुमर इन्टरनेसनल’को आह्वानमा सन् १९८३ देखि यो दिवस मनाउन सुरु गरिएको ।
– उपभोक्ताको हकसम्बन्धी विकासक्रमको सन्दर्भ हेर्दा सन् १९६२ मार्च १५ मा सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा अमेरिकी संसद्मा राष्ट्रपति जोन एफ केनेडीद्वारा घोषणा गरिएको थियो । सोही दिनको स्मरण गर्दै मार्च १५ मा यो दिवस विश्वभर मनाउने गरिन्छ ।
– संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८५ मा उपभोक्ताका आठवटा अधिकारसहित उपभोक्ता अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मार्गदर्शन पारित भएको थियो ।
– नेपालको संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने मौलिक हकको व्यवस्था गरिएको छ ।
– संविधानको धारा (घ) (७) मा वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीतिको व्यवस्था गरिएको छ ।
– उपभोक्ता हकहितको संरक्षण एवं प्रवद्र्धन गर्ने सन्दर्भमा उपभोक्ता संरक्षण ऐन, २०७५, उपभोक्ता संरक्षण नियमावली २०७६, बजार अनुगमन कार्यविधि, २०७७, बजार अनुगमन टोलीको आचारसंहिता, २०७७ कार्यान्वयनमा रहेका छन् ।

२२. मदन पुरस्कार प्राप्त गर्ने नेपालको प्रथम महिला साहित्यकार को हुन् ?
 पारिजात

२३. ‘सेतो बाघ’ र ‘बसन्ती’ उपन्यासका लेखक को हुन् ?
 डायमनशमशेर राणा

२४. नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र कुन हो ?
 मनको बाँघ
– (पाश्र्व सङ्गीत दिइएको पहिलो नेपाली चलचित्र)

२५. नेपालको पहिलो सिनेमा हल कुन हो ?
 मदन जनसेवा सिनेमा हल
२६. साधुसन्तले बाल्ने अग्निलाई के भनिन्छ ?
 धुनी

२७. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?
 द्रविड

२८. काठमाडौँ उपत्यकामा सबैभन्दा बढी कुन शैलीका मन्दिर रहेका छन् ?
 प्यागोडा

२९. जलविद्युत् क्षेत्रको विकासमा विदेशी लगानी भित्र्याउन अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्दा हुने जोखिम न्यूनीकरण गर्न स्थापना गरिएको फन्डलाई के भनी चिनिन्छ ?
 हेजिङ फन्ड
– (फन्डको स्थापनापश्चात् विदेशी मुद्रा घटबढको जोखिम यही फन्डमार्फत बेहोरिने । फन्डले विदेशी लगानी बढाउन सहयोग पुग्ने विश्वास गरिएको ।)

३०. पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?
 ट्क्याक्स होलिडे


प्रस्तुतकर्ता : टङ्क केसी

Source: Gorkhapatra

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 21
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 37
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 57
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 106
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA