Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको विषयगत प्रश्नोत्तर

  • Engineering Nepal
  • July 13, 2022
  • 605

लोकसेवा सम्बन्धी आजको विषयगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको  विषयगत प्रश्नोत्तर

१. आयोजनाहरूमा लोकसेवा आयोगको अन्तर्वार्ता के हो र कसरी दिने ?

 पृष्ठभूमि

– वि.सं. २००८ असार १ गते स्थापना भएको लोकसेवा आयोग नेपालको निजामती सेवामा आवश्यक पर्ने जनशक्ति आपूर्ति गर्ने एक संवैधानिक निकाय हो । यसले निजामती सेवामा आवश्यक पर्ने कर्मचारी नियुक्तिका लागि शैक्षिक योग्यता र पाठ्यक्रम तोक्ने, रिक्त पदको माग सङ्कलन गर्ने, विज्ञापन गर्ने, दरखास्त लिने, दरखास्त रुजु गर्ने र स्वीकृत गर्ने, परीक्षा सञ्चालन गर्ने, नतिजा प्रकाशन गर्ने, अन्तर्वार्ता लिने एवं सिफारिस गर्नेजस्ता महìवपूर्ण कार्य गर्दछ । लोकसेवा आयोगले यी कार्य नेपालको संविधान, लोकसेवा आयोग ऐन २०६६, लोकसेवा आयोग नियमावली २०६७, लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका २०६७, लोकसेवा आयोगका पदाधिकारी एवं दक्ष-विज्ञ र कर्मचारीहरूको आचारसंहिता, २०६९, सङ्गठित संस्थाका कर्मचारीको सेवाका सर्तसम्बन्धी कानुन, बढुवा र विभागीय कारबाहीसम्बन्धी सामान्य सिद्धान्त, २०७४, सङ्गठित संस्थाको लिखित परीक्षा (खर्च व्यवस्थापन) सञ्चालन कार्यविधि, २०७७ र सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ अनुसार गर्दछ । 

– नेपालको संविधानले सुरक्षा निकाय र सङ्गठित संस्था÷सार्वजनिक संस्थानका पदमा पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी लोकसेवा आयोगलाई थप गरेको छ । यसै व्यवस्थाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागजस्ता सुरक्षा निकाय र नेपाल टेलिकम, विद्युत् प्राधिकरण, वायुसेवा निगमलगायतका सार्वजनिक संस्थानहरूमा लोकसेवा आयोगले परीक्षा लिँदै आएको छ । लोकसेवा आयोगले गर्ने कार्यहरू निष्पक्ष र आवश्यकताअनुसार गोप्य हुने गर्दछन् । लोकसेवा आयोगले कर्मचारीको भर्नादेखि छनोटसम्म गर्ने सबै कार्य अत्यन्त स्वतन्त्र र हस्तक्षेपमुक्त वातावरणमा गर्दछ । यसले गर्ने कार्यमा शङ्का, आग्रह एवं पूर्वाग्रह गर्नु हँुदैन । लोकसेवा आयोग यस्तो पवित्र संस्था हो, जसले धनी, गरिब, पहुँच भएका, नभएका, जातजाति, धर्म, क्षेत्रीयता आदि केही पनि हेर्र्दैन ।

यसले तोकिएको शैक्षिक योग्यता र व्यक्तिको क्षमता मात्र हेर्दछ । यो आफ्नो कार्य गर्नमा कानुनी र संस्थागत दुवै दृष्टिले स्वायत्त छ । त्यसैले यसले गर्ने कार्यमा कहिलेकाहीँ मानवीय भूलवस हुने थोरै गल्तीबाहेक अरू कार्यमा दोष दिने ठाउँ छैन । यसले गर्ने कार्यअन्तर्गत अन्तर्वार्ता पनि एउटा प्रमुख कार्य हो, जुन लिखित परीक्षामा सफल भएपछि मात्र सुरु हुन्छ ।

अन्तर्वार्ता के हो ?

– निजामती सेवा, सुरक्षा निकाय, सङ्गठित संस्था एवं सार्वजनिक संस्थानका सेवामा प्रवेशका लागि योग्य व्यक्ति छनोट गर्न लोकसेवा आयोगले लिखित परीक्षामा सफल भएका उम्मेदवारहरूबाट मात्र लिने मौखिक जाँच अन्तर्वार्ता हो । अन्तर्वार्ता एउटा यस्तो संवाद हो, जसमा व्यक्तिको विचार एवं दृष्टिकोणको समेत परीक्षण हुन्छ ।

अन्तर्वार्तामा कति परीक्षार्थी सहभागी हुन्छन् ?

– लिखित परीक्षाको नतिजामा सफल भएका परीक्षार्थीहरू मात्र अन्तर्वार्तामा सहभागी हुन पाउँछन् । लिखित परीक्षाको नतिजामा रिक्त पदमा निम्नबमोजिम थप सङ्ख्या समावेश गरी अन्तर्वार्तामा सहभागी गराउने व्यवस्था छ ।

 सि.

नं. रिक्त पद 

सङ्ख्या थप हुने 

सङ्ख्या  अन्तर्वार्तामा 

सहभागी सङ्ख्या

१ १ देखि ५ 

सम्म भएमा  २ ३ देखि ७ सम्म

२ ६ देखि १० 

सम्म भएमा ३ ९ देखि १३ सम्म

३ ११ देखि १५ सम्म भएमा ४ १५ देखि १९ सम्म

४ १६ देखि २० सम्म भएमा ५ २१ देखि २५ सम्म

५ २१ देखि २५ सम्म भएमा ६ २७ देखि ३१ सम्म

६ २६ देखि ३० सम्म भएमा ७ ३३ देखि ३७ सम्म

७ ३१ देखि ३५ सम्म भएमा ८ ३९ देखि ४३ सम्म

८ ३६ देखि ४० सम्म भएमा ९ ४५ देखि ४९ सम्म 

९ ४१ र सो भन्दा माथि २० प्रतिशत

– उदाहरण :एक रिक्त पदका लागि तीन जना, दुई रिक्त पदमा लागि चार जना, तीन रिक्त पदका लागि पाँच जना, चार रिक्त पदका लागि छ जना, पाँच रिक्त पदका लागि सात जना अन्तर्वार्तामा सहभागी हुन्छन् । 

कुन पदको अन्तर्वार्ता कुन कुन कार्यालयले लिन्छ ?

– नेपालको संविधानको धारा २४४ प्रदेश लोकसेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ । प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहने, प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने र यसका लागि सङ्घीय संसद्ले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्ने व्यवस्था छ । 

– संविधानको यस व्यवस्थाअनुसार सङ्घीय संसद्ले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ तर्जुमा गरेको छ । हाल प्रदेशहरूमा प्रदेश लोकसेवा आयोग गठन भई कार्यरत छ । हालको सङ्घीय निजामती सेवाको शाखा अधिकृत, उपसचिव, सहसचिव वा सोसरहको पदको अन्तर्वार्ता सङ्घीय लोकसेवा आयोगको केन्द्रीय कार्यालयले लिने र खरिदार, नायब सुब्बा वा सोसरहको पदको अन्तर्वार्ता लोकसेवा आयोग मातहतको कार्यालयले लिने व्यवस्था छ । 

अन्तर्वार्ता समिति र सदस्यहरूको सङ्ख्या

– लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा हुने अन्तर्वार्ता समितिमा अन्तर्वार्ता समितिको अध्यक्ष, दक्ष एवं विशेषज्ञ गरी कम्तीमा तीन जना सदस्य हुन्छन् । आयोग मातहतको कार्यालयमा हुने अन्तर्वार्ताका लागि सम्बन्धित कार्यालय प्रमुखको अध्यक्षतामा अन्तर्वार्ता समिति गठन हुन्छ । अन्तर्वार्ता समिति अन्तर्वार्ता हुनुभन्दा एक दिन अगाडि गठन हुन्छ । 

अन्तर्वार्ता मूल्याङ्कन प्रक्रिया

– अन्तर्वार्ता समितिको अध्यक्ष र सदस्यहरू अन्तर्वार्ता लिने कोठाभित्र पृथक् पृथक् बस्दछन् । उनीहरूले सामान्यतया पालो गरेर प्रश्न गर्दछन् । एकले दिने अङ्क अर्कोले देख्न नपाउने व्यवस्था हुन्छ । पृथक् पृथक् रूपमा परीक्षार्थीको गोप्य मूल्याङ्कन हुन्छ । उनीहरूले प्रश्नको उत्तरप्रति तटस्थ र वस्तुनिष्ठ भएर व्यक्तिको मूल्याङ्कन गर्दछन् । अन्तर्वार्ता समितिका अध्यक्ष र सदस्यले अन्तर्वार्ता भइरहेको अवस्थामा व्यक्तिको मूल्याङ्कन खेस्रा कागजमा गरी सबै उम्मेदवारको अन्तर्वार्ता समाप्त भएपछि मात्र फाराममा अङ्क प्रदान गर्दछन् ।

अन्तर्वार्तामा भाग लिने उम्मेदवारसँग अन्तर्वार्ता समितिको अध्यक्ष वा सदस्य नाता पर्ने भएमा अन्तर्वार्ताकार उक्त अन्तर्वार्तामा बस्न नपाउने व्यवस्था छ । अन्तर्वार्तामा अन्तर्वार्ताकारले दिन पाउने कुल अङ्कको अधिकतम ७० प्रतिशत र न्यूनतम ४० प्रतिशत अङ्कको सीमा तोकिएको हुन्छ, त्यही सीमाभित्र अङ्क दिइन्छ । सीमाबाहिर गएर अङ्क दिनुपर्दा स्पष्टीकरण दिनुपर्ने हुन्छ । सामान्यतया सीमाबाहिर कोही जाँदैनन् । सबैले दिएको अङ्क जोडेर सदस्य सङ्ख्याले भाग गरी अन्तर्वार्ताको औसत अङ्क निकाल्ने चलन छ । यही भएर पनि अन्तर्वार्तामा खासै अन्तर पर्दैन ।

अन्तर्वार्तामा अङ्कभार कति हुन्छ ?

– लिखित परीक्षाको पूर्णाङ्क १०० भएमा अन्तर्वार्ताको अङ्कभार २० हुन्छ । यसपछि लिखित परीक्षा 

पूर्णाङ्कमा थप हुने प्रत्येक १०० पूर्णाङ्कभित्र अन्तर्वार्ताको अङ्कभार १० अङ्कका दरले थप हुन्छ । उदाहरण : लिखित परीक्षाको पूर्णाङ्क क्रमशः १००, २००, ३०० र ४०० भएमा अन्तर्वार्ताको अङ्कभार क्रमशः २०, ३०, ४० र ५० हुन्छ । 

अन्तर्वार्ता कति समयसम्म हुन्छ ?

– सामान्यतया अन्तर्वार्ता आधा घण्टादेखि एक घण्टासम्म हुन सक्दछ । पद, पदले गर्ने कार्य, व्यक्ति र उसको क्षमता, अन्तर्वार्तामा उठेको विषय र रोचकता आदिले समय तलमाथि पर्न सक्दछ ।

अन्तर्वार्तामा के के कागजपत्र लानुपर्दछ ?

– अन्तर्वार्तामा जाँदा प्रवेशपत्र, दुईप्रति फोटो, आफ्नो शैक्षिक योग्यता, नागरिकता र आफूमा कुनै काम गरेको आवश्यक पर्ने अनुभव भए सोको सक्कल र प्रतिलिपि लानुपर्दछ ।

अन्तर्वार्ता गर्दा अन्तर्वार्ताकारले ध्यान दिनुपर्ने कुरा 

– अन्तर्वार्ताकारले अन्तर्वार्ता लिँदा ध्यान दिनुपर्ने कुराको पनि लोकसेवा आयोगले व्यवस्था गरेको छ । अन्तर्वार्ताकारले मूलतः सम्बन्धित पदको कार्यविवरण, दरखास्त विवरण, अध्ययन, सेवा समूहसम्बन्धी ज्ञान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्बन्धी ज्ञान, कामको अनुभव, रुचि, व्यक्तित्व परीक्षण, अतिरिक्त क्रियाकलाप जस्तै– सामाजिक संलग्नता, खेलकुद, शौख आदि विषयमा ध्यान दिई प्रश्न गर्नुपर्ने व्यवस्था छ । 

अन्तर्वार्तामा सोध्न सक्ने प्रश्नको अनुमान गर्न सकिन्छ ?

– सामान्यतया अन्तर्वार्तातामा पदसँग सम्बन्धित पाठ्यक्रम, पदले गर्नुपर्ने कार्य, संविधान, सार्क, संयुक्त राष्ट्रसङ्घ, समसामयिक राजनीतिक, आर्थिक एवं प्रशासनिक विषय, आफ्नो पूर्वअनुभव, आफ्नो रुचिको क्षेत्र, आफ्नो शैक्षिक योग्यता आदिजस्ता विषयमा प्रश्न आउने गर्दछन् । यिनै विषयमा तयारी गर्दा आफूले अपेक्षा गरेका प्रश्न आउन सक्दछन् ।

अन्तर्वार्ताको दिन के गर्ने ?

– अन्तर्वार्ताको अघिल्लो दिनबाट नै अन्तर्वार्ताका लागि मानसिक रूपमा तयार हुनुपर्दछ । सरसफाइ, डे«स, कागजपत्र तयार गर्नुपर्दछ । खानपिनमा ध्यान दिनुपर्दछ । सकारात्मक सोच वृद्धि गर्नुपर्दछ । अन्तर्वार्ताको अघिल्लो रात आरामसँग निदाउनुपर्दछ । अन्तर्वार्ताको दिन फ्रेस हुनुपर्दछ, असजिलो महसुस गर्नु हुँदैन ।

अन्तर्वार्तामा ड्रेस कस्तो लगाउने ?

– अन्तर्वार्तार्तामा ड्रेस  साधारण हुनुपर्दछ । डे«स तडकभडक हुनु हुँदैन । पुरुषले सुट, महिलाले सुट, कुर्तासलवार वा साडी लगाउँदा राम्रो हुन्छ । डे«सका कारणले अन्तर्वार्ता कोठाभित्र आफूलाई अप्ठ्यारो हुनु हुँदैन ।

अन्तर्वार्ताको दिन लोकसेवामा कति समय पहिले पुग्ने ?

– अन्तर्वार्ताको दिन लोकसेवामा गएर केही फाराम भर्नुपर्ने हुन्छ, त्यसैले सकेसम्म अन्तर्वार्र्ता सुरु हुनुपूर्व कम्तीमा एक घण्टा अगाडि नै पुग्नुपर्दछ ।

अन्तर्वार्ता कोठाभित्र के गर्ने ?

– अन्तर्वार्ता कोठाभित्र प्रवेश गर्दा पालो गरेर नाम बोलाइन्छ । आफँैले ढोका खोलेर भित्र पस्नुपर्दछ । ढोकाभित्र प्रवेश गरेपछि अन्तर्वार्ता समितिका सबै सदस्यलाई एकै पटक सामूहिकमा नमस्कार गर्ने र सबैलाई नजर पु¥याएर हेर्नुपर्दछ । ढोकाभित्र प्रवेश गर्दा सुरुमा डर लाग्न सक्दछ तर डर मान्नु हुँदैन, कसैगरी डर लागेमा पछाडि गफ गर्दै जाँदा त्यो डर हराउँछ ।

कुर्सीमा बस्दा ध्यान दिनुपर्ने कुरा

– अन्तर्वार्ता कोठाभित्र प्रवेश गरेपछि आफ्ना लागि छुट्टै कुर्सीको व्यवस्था गरेको देखिन्छ । अन्तर्वार्ता समितिको अध्यक्षले कुर्सीमा बस्नुहोस् भन्नुहुन्छ र त्यसपछि कुर्सीमा बस्नुपर्दछ । कुर्सीमा बस्दा खुट्टा तल झारेर बस्नुपर्दछ । खुट्टामाथि खुट्टा चढाउनु हँुदैन । कुर्सीमा बसाइ, लुगा लगाइ, बोलाइ र हेराइलगायतका सबै कुरामा व्यक्तिको अनुशासन झल्किनुपर्दछ ।

अन्तर्वार्ता सुरुवात कसरी हुन्छ ?

– कुर्सीमा आसन ग्रहण गरिसकेपछि सामान्यतया अन्तर्वार्ता समितिको अध्यक्षले तपाईंको परिचय दिनुहोस् भन्नुहुन्छ । यसैबाट अन्तर्वार्ता सुरु हुन्छ । परिचयमा खासगरी आफ्नो नाम, ठेगाना, शैक्षिक योग्यता, कार्यरत भए हाल कार्यरत पद र कार्यालयको नाम आदि भनिदिए पुग्दछ ।

अन्तर्वार्तामा प्रश्नमाथि प्रश्न हुन सक्दछ ?

– अन्तर्वार्ता समितिका सदस्यले प्रश्न गर्दा सरल भाषामा प्रश्न गर्ने, व्यक्तिको शैक्षिक उपाधि, अभिरुचि, मनोवृत्ति एवं पदको स्तरसँग तालमेल हुने गरी प्रश्न गर्ने, व्यक्तिले उत्तर दिन नसकेका क्षेत्रमा पुनः प्रश्न नगर्ने, उम्मेदवारको उत्तरप्रति अनावश्यक रूपमा कडा प्रतिक्रिया नदिनेजस्ता व्यवस्था लोकसेवा अयोगले गरेको छ तर पनि अन्तर्वार्ता समितिका सदस्यले कहिलेकाहीँ कसैलाई प्रश्नमाथि प्रश्न गर्न सक्दछन् । उत्तर दियो, फेरि प्रश्न गर्ने, उत्तरलाई घुमाइदिने, उत्तर होइन भनिदिने, तपाईंको कुरामा म सहमत छैन भनिदिने, तपाईं धेरै नकारात्मक हुनुभयो भन्ने आदिजस्ता व्यवहार गर्न सक्दछन् । यस्तो अवस्था आएमा आफू परिपक्व हुनुपर्दछ । आत्तिनु हँुदैन । रातोपिरो हुनु हँुदैन । सहज वातावरण बनाउनु पर्दछ । आत्मबल बढाउनुपर्दछ । प्रश्नमाथि प्रश्न गर्दा थप प्रस्ट पारिदिनुपर्दछ । आफूलाई ज्ञान भएको विषयमा बढी जोड दिनुपर्दछ । आफूलाई नआउने प्रश्नको उत्तर आउँदैन भन्नुुपर्दछ । अन्तर्वार्र्तामा कति उत्तर मिल्योभन्दा पनि कसरी कस्तो वातावरणमा अन्तर्वार्ता लिइयो र दिइयो त्यो ठूलो हुन्छ । सबै प्रश्नको उत्तर सबैले भन्न सक्दैनन् । राम्रो व्यवहार, स्पष्ट उत्तर र सबैलाई समान नजर भएमा सामान्यतया अन्तर्वार्ता सफल भएको मान्न सकिन्छ ।

अन्तर्वार्ता कोठाभित्र अन्तर्वार्ताकारको व्यवहार कस्तो हुन्छ ?

– अन्तर्वार्ता समितिका अध्यक्षले आफ्नो र अरू सदस्यको परिचय दिन पनि सक्दछन् नदिन पनि सक्दछन् । त्यसमा आफूले उनीहरूको परिचय माग्नु हँुदैन । उनीहरू आफूप्रति अत्यन्त सकारात्मक हुन्छन् । उनीहरूले कसैलाई पनि आग्रह पूर्वाग्रह राख्दैनन् । उनीहरू व्यक्तिको व्यक्तित्व परीक्षण गर्नमा बढी केन्द्रित हुन्छन् । उनीहरूले आपसमा कार्यविभाजन गरेका हुन्छन्, सोहीअनुरूप आलोपालो गरेर प्रश्न गर्दछन् । बीच–बीचमा छड्के प्रश्न पनि हुन सक्दछ । अन्तर्वार्ता समितिको अध्यक्षले अन्तर्वार्ताको समन्वय गरेका हुन्छन्, जुन कुरा ढोकाभित्र प्रवेश गरेपछि प्रस्ट थाहा हुन्छ ।

अन्तर्वार्तामा हतोत्साहित नहुन के गर्ने ?

– लोकसेवा आयोगको लिखित परीक्षा पास गरेपछि मात्र अन्तर्वार्ताको चरण सुरु हुन्छ । लिखित परीक्षा पास गर्नका लागि आफूले गरेको मेहनत सम्झनुपर्दछ । मैले लिखित परीक्षा तयारीमा ठूलो दुःख गरेर अन्तर्वार्तासम्म आइपुगेँ, अब म आत्तिनु हँुदैन, म हतोत्साहित हुनु हँुदैन भनेर आत्मैदेखि डर, चिन्ता, भय हटाउनुपर्दछ । यसो गर्दा हतोत्साहित नहुन सकिन्छ ।

अन्तर्वार्ता सकेर कोठाबाहिर निस्कँदा के गर्ने ?

– अन्तर्वार्र्ता क्रम चलिरहन्छ, समय बित्तै जान्छ । आफूलाई समय बितेको पत्तै हँुदैन । अन्तर्वार्ता समितिका अध्यक्षले तपाईंको अन्तर्वार्ता समाप्त भयो जान सक्नुहुन्छ भन्नुहुन्छ, त्यसपछि उठेर सबैलाई नजर लगाउँदै सामूहिक नमस्कार गरेर बाहिर निस्कनुपर्दछ । कहिलेकाहीँ बाहिर निस्कने बेलामा अन्तर्वार्र्ताकारले प्रश्न गर्न सक्दछन् तपाईंलाई आजको अन्तर्वार्र्ता कस्तो लाग्यो भनेर । यस्तो बेलामा मलाई अन्तर्वार्ता साह्रै राम्रो लाग्यो । हजुरहरूको व्यवहार सकारात्मक रहेछ, तपाईंहरूको व्यवहारबाट म असाध्यै प्रभावित भएँ । आज म धेरै खुसी छु, समग्रमा अन्तर्वार्ता सफल भएको जस्तो लाग्दछ भनेर साह्रै छोटो र मिठो बोल्ने प्रयास गर्नुपर्दछ ।

अग्रिम अन्तर्वार्ताको व्यवस्था

– लिखित परीक्षामा उत्तीर्ण भएका कुनै उम्मेदवारले मनासिव कारण जनाई लोकसेवा आयोगले तोकेको मितिभन्दा अगाडि अन्तर्वार्ता लिइदिन कारण उल्लेख गरी निवेदन दिएमा निवेदन मनासिव देखिए आयोगले उक्त व्यक्तिका लागि अग्रिम अन्तर्वार्ताको व्यवस्था गर्न सक्दछ । यसरी हुने अग्रिम अन्तर्वार्तामा सहभागी हुने व्यक्तिले लोकसेवा आयोगले निर्धारण गरेबमोजिमको दस्तुर बुझाउनुपर्ने व्यवस्था छ ।

छुट अन्तर्वार्ताको व्यवस्था

– कुनै उम्मेदवार काबुबाहिरको परिस्थिति परेमा, सरकारी कामका कारणबाट उपस्थित हुन नसकेमा, किरिया बस्नु परेमा, सुत्केरी भएमा, आकस्मिक बिरामी भएमा जस्ता कारणले लोकसेवा आयोगले तोकेको अन्तर्वार्ताको मिति र समयमा उपस्थिति हुन नसकेमा सोको प्रमाणसहित किरिया बस्नु परेको हकमा १५ दिनभित्र र अन्य अवस्थाको हकमा सात दिनभित्रमा निवेदन दिएमा निवेदन मनासिव देखिए आयोगले उक्त व्यक्तिको छुट अन्तर्वार्ता लिने व्यवस्था गर्न सक्दछ । यसरी हुने छुट अन्तर्वार्तामा सहभागी हुने व्यक्तिले लोकसेवा आयोगले निर्धारण गरेबमोजिमको दस्तुर बुझाउनुपर्ने व्यवस्था छ ।

अन्तर्वार्ताबाट हटाउने र दरखास्त रद्द गर्ने व्यवस्था

– लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनोट भएको कुनै व्यक्तिले निजामती सेवामा प्रवेश पाउने उद्देश्यले आफ्नो शैक्षिक योग्यता, उमेर, नागरिकता, अनुभव आदि ढाँटेको देखिएमा लोकसेवा आयोगले निजलाई अन्तर्वार्तामा समावेश नगर्ने र निजको दरखास्त फारामसमेत रद्द गर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार लोकसेवा आयोगले लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनोट भएका यस्ता प्रकृतिका उम्मेदवारलाई अन्तर्वार्ताबाट हटाई निजको दरखास्त फाराम रद्द गर्दै आएको छ ।

Source: Gorkhapatra Online

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1188
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 48
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 106
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 239
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 69
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 149
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA