Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Ajnabee Khadka
  • September 22, 2026
  • 49

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

History of the establishment of the Non-Aligned Movement (NAM)
ऐतिहासिक घटना / विकासक्रम
मुख्य विवरण तथा सान्दर्भिकता
एसियाली सम्बन्ध सम्मेलन (Asian Relations Conference)
  • आयोजना मिति: सन् १९४७ मार्च २३ देखि अप्रिल २ सम्म
  • आयोजना स्थल: भारत, नयाँ दिल्ली, पुराना किल्ला
  • मूल नारा/उद्देश्य: एसियाली देशहरूबीच आपसी एकता, मित्रता र एकीकृत एसियाको निर्माण गर्नु
  • प्रमुख आयोजक: भारतको तर्फबाट अन्तरिम सरकारका प्रधानमन्त्री जवाहरलाल नेहरू
  • सहभागी राष्ट्रहरू: एसियाका २९ वटा देश तथा क्षेत्रहरूका प्रतिनिधिहरू — नेपालले यस सम्मेलनमा औपचारिक रूपमा प्रतिनिधिमण्डल पठाई सक्रिय सहभागिता जनाएको,
  • सम्बोधनकर्ता: विश्वविख्यात नेता महात्मा गान्धीले यस सम्मेलनको समापन समारोहलाई सम्बोधन गरेका,
  • नेपाली प्रतिनिधिमण्डलको नेतृत्व: चौतरिया सुवर्ण शमशेर
  • ऐतिहासिक महत्व: दोस्रो विश्वयुद्धपछि एसियाली देशहरू एकजुट भई अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाएको यो पहिलो पटक रहेको,
  • यसै सम्मेलनले रोपेको क्षेत्रीय एकताको विउ पछि गएर असंलग्न आन्दोलन (NAM) को वैचारिक जग बनेको,
कोलम्बो सम्मेलन (Colombo Powers Summit)
  • आयोजना मिति: सन् १९५४ अप्रिल २८ देखि मे २ सम्म 
  • आयोजना स्थल: श्रीलंका, कोलम्बो
  • सहभागी राष्ट्रहरू: एसियाका ५ वटा प्रमुख देशहरू (भारत, पाकिस्तान, म्यानमार, इन्डोनेसिया र श्रीलंका)
  • मुख्य प्रस्तावक/आयोजक: श्रीलंकाका तत्कालीन प्रधानमन्त्री जोन कोटेलावाला (John Kotelawala) 
  • सहभागी प्रमुख नेताहरू: सम्मेलनमा जवाहरलाल नेहरू (भारत), मोहम्मद अली बोगरा (पाकिस्तान), यू नु (म्यानमार), र अली सास्त्रोअमिदजोयो (इन्डोनेसिया) को सहभागिता रहेको,
  • मूल उद्देश्य: शीतयुद्धको समयमा महाशक्ति राष्ट्रहरूको आणविक प्रतिस्पर्धा कम गर्नु र एसियाली देशहरूको साझा हित रक्षा गर्नु
  • प्रमुख एजेन्डा: फ्रान्सेली शासन विरुद्ध भइरहेको इन्डो-चीन (Indo-china) युद्ध को शान्तिपूर्ण समाधान खोज्नु
  • उपनिवेशवादको विरोध: सम्मेलनले विश्वबाट फ्रान्सेली र अन्य सबै प्रकारका उपनिवेशवाद (Colonialism) को पूर्ण अन्त्य हुनुपर्ने माग गरेको,
  • परमाणु हतियारको विरोध: महाशक्ति राष्ट्रहरूलाई परमाणु हतियार परीक्षण रोक्न (Hydrogen Bomb Test Ban) संयुक्त रूपमा दबाब दिने निर्णय गरेको,
  • बाङडुङ सम्मेलनको निर्णय: यसै सम्मेलनमा इन्डोनेसियाका प्रधानमन्त्रीले प्रस्ताव गरेबमोजिम सन् १९५५ को ऐतिहासिक बाङडुङ सम्मेलन आयोजना गर्ने सर्वसम्मत निर्णय भएको,
  • यस सम्मेलनले असंलग्नताको सिद्धान्तलाई संस्थागत रूप दिन र असंलग्न आन्दोलन (NAM) को प्रारम्भिक खाका कोर्न कोशढुङ्गाको काम गरेको,
पञ्चशीलका सिद्धान्तहरू (Panchsheel Principles) को घोषणा
  • शब्दिक अर्थ: पाँचवटा सदाचार वा आचरणका नियमहरू — यो संस्कृत मूलको शब्द
  • पहिलो औपचारिक घोषणा: सन् १९५४ अप्रिल २९ मा 
  • सुरुवाती दस्तावेज: भारत र चीनबीच भएको "तिब्बत सम्बन्धी व्यापार र पारवहन सम्झौता" को प्रस्तावनामा पहिलो पटक यसको उल्लेख गरिएको,
  • मुख्य प्रतिपादकहरू: भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू र चिनियाँ प्रधानमन्त्री चाउ एन-लाई (Zhou Enlai)
  • अन्तर्राष्ट्रिय विस्तार: सन् १९५५ को बाङडुङ सम्मेलन ले पञ्चशीललाई परिमार्जन गरी १० बुँदे घोषणापत्र (Dasasila Bandung) का रूपमा विस्तार गरेको,
  • वैश्विक मान्यता: संयुक्त राष्ट्र संघ (UN) को साधारण सभाले सन् १९५७ डिसेम्बरमा यस सिद्धान्तलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको,
  • असंलग्न आन्दोलन (NAM) को मेरुदण्ड: यो सिद्धान्त असंलग्न आन्दोलन (NAM) को मुख्य मार्गदर्शक दर्शन र वैचारिक जग रहेको — नेपालको परराष्ट्र नीतिको मुख्य मार्गदर्शक सिद्धान्त पनि पञ्चशील रहेको,
  • नेपाल-चीन सम्बन्धमा प्रयोग: सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना हुँदा पञ्चशीललाई मुख्य आधार बनाइएको,
  • नेपाल-भारत सम्बन्धमा प्रयोग: सन् १९५० को सन्धिपछि बदलिँदो परिवेशमा नेपालले भारतसँगको सम्बन्धमा पनि पञ्चशीलकै वकालत गर्दै आएको,
  • संवैधानिक सुनिश्चितता: नेपालको संविधानको धारा ५१ (ड) मा राज्यको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित हुने स्पष्ट व्यवस्था रहेको,
  • पञ्चशीलका सिद्धान्तका पाँचवटा मुख्य स्तम्भहरू: 
    १.) सार्वभौमिकताको सम्मान
    २.) अनाक्रमण
    ३.) अहस्तक्षेप
    ४.) समानता
    ५.) शान्तिपूर्ण सह-अस्तित्व
बाङडुङ सम्मेलन (Bandung Conference)
  • योजना मिति: सन् १९५५ अप्रिल १८ देखि २४ सम्म 
  • आयोजना स्थल: इन्डोनेसियाको, बाङडुङ (Bandung) सहरमा
  • सम्मेलनको औपचारिक नाम: एसियाली-अफ्रिकी सम्मेलन (Asian-African Conference) 
  • सहभागी राष्ट्रहरू: एसिया र अफ्रिका महादेशका २९ वटा स्वतन्त्र तथा उदीयमान राष्ट्रहरू सहभागी रहेको — नेपाल पनि यस सम्मेलनको सक्रिय सहभागी राष्ट्र रहेको,
  • मुख्य आयोजक राष्ट्रहरू: इन्डोनेसिया, भारत, पाकिस्तान, म्यानमार र श्रीलंका
  • नेपाली प्रतिनिधिमण्डलको नेतृत्व: तत्कालीन मुख्य शाही सल्लाहकार सरदार गुन्जमान सिंह 
  • प्रमुख एजेन्डा: उपनिवेशवादको अन्त्य, रङ्गभेदको विरोध, र शीतयुद्धको सैन्य गुटबन्दी (Military Blocs) बाट टाढा रहने,
  • प्रमुख उपलब्ध/घोषणापत्र: विश्व शान्ति र सहकार्यका लागि प्रसिद्ध १० बुँदे बाङडुङ घोषणापत्र (Dasasila Bandung) जारी गरेको,
  • पञ्चशीलको विस्तार: यस सम्मेलनले सन् १९५४ मा प्रतिपादित पञ्चशीलका ५ सिद्धान्तहरूलाई परिमार्जन गरी १० बुँदे घोषणापत्रमा समेटेको,
  • NAM को वैचारिक जन्म: यसै सम्मेलनलाई असंलग्न आन्दोलन (NAM) को वैचारिक जननी वा जग (Founding Milestone) मानिन्छ,
  • साना र ठूला राष्ट्रहरूबीचको समानता, आपसी सम्मान र विकासोन्मुख देशहरूको ऐक्यबद्धतालाई "बाङडुङको भावना (Bandung Spirit)" भनिन्छ,
बियोनी बैठक (Brioni Meeting)
  • आयोजना मिति: सन् १९५६ जुलाई १८ देखि १९ सम्म
  • आयोजना स्थल: तत्कालीन युगोस्लाभिया (हाल क्रोएसिया) कोबियोनी टापु (Brioni Islands) मा सम्पन्न भएको,
  • प्रमुख सहभागी नेताहरू:
    • युगोस्लाभियाका राष्ट्रपति जोसिप ब्रोज टिटो ()
    • भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू ()
    • इजिप्टका राष्ट्रपति गमाल अब्देल नासिर ()
  • मुख्य उद्देश्य: सन् १९५५ को बाङडुङ सम्मेलनका निर्णयहरूलाई संस्थागत रूप दिनु र सैन्य ब्लकहरू बाहिरका देशहरूको साझा रणनीति बनाउनु
  • ऐतिहासिक दस्तावेज: बियोनी घोषणापत्र (Brioni Declaration) 
  • घोषणापत्रको मुख्य सार: यस घोषणापत्रले शीतयुद्धको सैन्य गुटबन्दी, रङ्गभेद, र उपनिवेशवादको कडा विरोध गर्दै राष्ट्रहरूबीच शान्तिपूर्ण सह-अस्तित्व मा जोड दिएको,
  • पञ्चशीलको समर्थन: तीनै जना नेताहरूले पञ्चशील र बाङडुङका सिद्धान्तहरू लाई अन्तर्राष्ट्रिय सम्बन्धको मुख्य कडीका रूपमा अघि बढाउने सामूहिक प्रतिबद्धता जनाएको,
  • NAM को आधारशिला: बियोनी बैठकलाई असंलग्न आन्दोलन (NAM) को इतिहासमा वैचारिक अवधारणालाई व्यावहारिक संगठनमा बदल्ने सबैभन्दा महत्त्वपूर्ण मोड मानिन्छ,
  • यसै बैठकले युगोस्लाभियाका राष्ट्रपति जोसिप ब्रोज टिटो, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू र इजिप्टका राष्ट्रपति गमाल अब्देल नासिरलाई असंलग्न आन्दोलन (NAM) को प्रमुख नेतृत्वकर्ताका रूपमा स्थापित गरेको,
  • शिखर सम्मेलनको मार्गप्रशस्त: यसै बैठकमा भएको समझदारीले गर्दा पछि सन् १९६१ मा युगोस्लाभियाकै बेलग्रेडमा पहिलो असंलग्न शिखर सम्मेलन आयोजना गर्न जग बसालेको,
पहिलो असंलग्न आन्दोलन (NAM) शिखर सम्मेलन (First NAM Summit)
  • आयोजना मिति: सन् १९६१ सेप्टेम्बर १ देखि ६ सम्म
  • आयोजना स्थल: तत्कालीन युगोस्लाभियाको राजधानी बेलग्रेड (Belgrade) मा
  • यसै सम्मेलनमार्फत असंलग्न आन्दोलन (Non-Aligned Movement - NAM) को औपचारिक रूपमा स्थापना भएको,
  • सहभागी संस्थापक राष्ट्रहरू: नेपालसहित २५ वटा स्वतन्त्र राष्ट्रहरू पूर्ण सदस्यका रूपमा सहभागी 
  • यस पहिलो सम्मेलनमा लटिन अमेरिकाबाट ३ वटा राष्ट्रहरूले पर्यवेक्षक (Observer) का रूपमा भाग लिएका,
  • मुख्य आयोजक/अध्यक्ष: युगोस्लाभियाका तत्कालीन राष्ट्रपति जोसिप ब्रोज टिटो (Josip Broz Tito) यस सम्मेलनका मुख्य आयोजक र अध्यक्ष रहेका,
  • नेपाली प्रतिनिधिमण्डलको नेतृत्व: राजा महेन्द्र वीर बिक्रम शाह
  • मुख्य एजेन्डा: शीतयुद्धको चरम तनाव (Cold War Tension) कम गर्ने, आणविक हतियार परीक्षण रोक्ने र उपनिवेशवादको पूर्ण अन्त्य गर्ने,
  • जारी गरिएको दस्तावेज: "बेलग्रेड घोषणापत्र (Belgrade Declaration)" 

 

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1188
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 48
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 106
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 239
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 69
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 149
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA