Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

दर्ता परिचय, आवश्यकता र ध्यान दिनु पर्ने कुराहरु

  • Prija Shrestha
  • April 14, 2023
  • 605

दर्ता परिचय, आवश्यकता र ध्यान दिनु पर्ने कुराहरु

दर्ता परिचय, आवश्यकता र ध्यान दिनु पर्ने कुराहरु

दर्ता परिचय

कार्यालयमा प्राप्त भएका महत्वपूर्ण कागजातहरुको प्रारम्भिक अभिलेख राख्ने कार्य नै दर्ता हो । दर्ताले महत्वपूर्ण कागजातहरुलाई संरक्षणप्रदान गर्दछ । दर्ता कार्यालय कार्यविधिको महत्वपूर्ण पाटो हो।

दर्ताको आवश्यकता

दर्ताका महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

  • कार्यालयमा प्राप्त हुने पत्रहरुको संरक्षण हुने
  • कर्मचारीलाई जिम्मेवार र जवाफदेयी बनाउने
  • निश्चित अवधिमा प्राप्त हुने पत्रहरुको परिमाण थाहा हुने
  • आवश्यकता अनुसार पत्रहरु प्रमाणको रुपमा पेश हुने
  • कार्यालयमा प्राप्त हुने पत्रहरुको आँकडा थाहा हुने
  • कार्यालयमा विभिन्न सूचना तथा जानकार प्राप्त हुने
  • कार्यालयको सेवाप्रवाह प्रभावकारी हुने
  • पत्र बुझाउने निकाय कुन हो भन्ने कुरा थाहा हुने
  • समयको सदुपयोग हुने र कार्यालयको कार्यबोझ थाहा पाउन सकिने

दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरु

दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरुलाई देहायबमोजिम उल्लेख गर्ने सकिन्छ ।

  • कार्यालयमा प्राप्त पत्र तथा निवेदन आफ्नो कार्यालयसँग सम्बन्धित भए नभएको एकिन गर्ने
  • असम्बन्धित निवेदन वा पत्र दर्ता नगर्ने
  • निवेदन तथा पत्र निश्चित ढाँचामा छ, छैन जाँच गर्ने
  • रीत पुगेको पत्र वा निवेदन मात्र दर्ता गर्ने
  • पत्रको प्रकृति अनुरुप दर्ता गर्ने
  • निवेदनमा कार्यालय प्रमुखको तोक लगाउनु पर्ने भएमा सोहीबमोजिम तोक लगाउने
  • प्रत्येक वर्ष अलग- अलग दर्ता किताबको व्यवस्था गर्ने
  • दर्ता गरिसकेपछि सम्बन्धित निवेदन वा पत्रमा दर्ता मिति र दर्ता नम्बर उल्लेख गर्ने

अतः दर्ता कायाँलयमा प्राप्त भएका पत्र एवं निवेदनहरुको संरक्षण गर्ने माध्यम हो । यसले कागजपत्रको सुरक्षा गरी भविश्यमा प्रमाणको रुपमा पेश गर्न सहयोग प॒न्याउँदछ।


Categories

  • Current Affairs 685
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 84
  • Nepal Police 7

Latest Blogs

Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 0
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 47
National Film Award, 2082
Current Affairs

राष्ट्रिय चलचित्र पुरस्कार, २०८२

  • Jun 19, 2026
  • 44
International Day for the Elimination of Sexual Violence in Conflict, 2026
Current Affairs

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 19, 2026
  • 84
Geographical location of Nepal
Others

नेपालको भौगोलिक अवस्थिति

  • Jun 18, 2026
  • 89
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA