द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६
- दिवस मनाइने मिति: हरेक वर्षको जुन १९ (नेपाली मिति: वि.सं. २०८३ मा असार ५ गते)
- घोषणा मिति: १९ जुन सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घको महासभा (प्रस्ताव नम्बर: A/RES/69/293) द्वारा घोषणा
- दिवसको मुख्य उद्देश्य: विश्वभरका सशस्त्र द्वन्द्व वा युद्धग्रस्त क्षेत्रहरूमा युद्धको रणनीतिका रूपमा प्रयोग गरिने यौन हिंसा (जस्तै: जबरजस्ती करणी, यौन दासता, जबरजस्ती गर्वधारण) लाई पूर्ण रूपमा अन्त्य गर्नु; द्वन्द्वकालीन यौन हिंसाबाट पीडित तथा प्रभावित भएका व्यक्तिहरूको सम्मान, न्याय र उपचारको सुनिश्चितता गर्नु; युद्ध र द्वन्द्वको समयमा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुन (International Humanitarian Law) को पालना गराउन विश्व समुदायलाई एकजुट बनाउनु,
- २०२६ को नारा: "Conflict-Related Sexual Violence Against Children: Safeguarding Futures and Empowering Caregivers" (द्वन्द्वकालीन बाल यौन हिंसा: भविष्यको सुरक्षा र हेरचाहकर्ताहरूको सबलीकरण)