Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको भौगोलिक अवस्थिति

  • Ajnabee Khadka
  • June 18, 2026
  • 85

नेपालको भौगोलिक अवस्थिति

Geographical location of Nepal
विषय विवरण
विश्व मानचित्रमा नेपालको अवस्थिति
  • अवस्थीत महादेश: एसिया महादेशको लगभग मध्य (Central-Southern) भागमा अवस्थित,
  • महादेशीय क्षेत्र: दक्षिण एसियाली राष्ट्र (South Asian Country)
  • गोलार्द्ध: अक्षांशका आधारमा नेपाल उत्तरी गोलार्द्ध (Northern Hemisphere) मा र देशान्तरका आधारमा पूर्वी गोलार्द्ध (Eastern Hemisphere) मा पर्दछ,
  • भूपरिवेष्टित स्थिति: नेपाल दुई विशाल मुलुकहरू भारत (पूर्व, पश्चिम तथा दक्षिणमा) र चीन (उत्तरमा) को बीचमा अवस्थित एक भूपरिवेष्टित (Landlocked) मुलुक
नेपालको निर्देशांक (Coordinates)
  • अक्षांश (Latitude): नेपाल २६°२२' उत्तरी अक्षांशदेखि ३०°२७' उत्तरी अक्षांशसम्म फैलिएको,
  • देशान्तर (Longitude): नेपाल ८०°४' पूर्वी देशान्तरदेखि ८८°१२' पूर्वी देशान्तरसम्म फैलिएको,
नेपालको सिमाना
  • नेपालको प्रशासनिक सीमाको कुल लम्बाइ: करिब २,९२६ किलोमिटर
    • चीनसँगको सीमा लम्बाइ: करिब १,२३६ किलोमिटर (उत्तरतर्फ)
    • भारतसँगको सीमा लम्बाइ: करिब १,६९० किलोमिटर (पूर्व, पश्चिम र दक्षिणतर्फ)
  • उत्तरतर्फ: चीनको तिब्बत स्वशासित क्षेत्र
  •  दक्षिण, पूर्व र पश्चिम: भारत
    • पूर्व: सिक्किम र पश्चिम बङ्गाल राज्य
    • पश्चिम: उत्तराखण्ड राज्य
    • दक्षिण: बिहार र उत्तर प्रदेश राज्य
नेपालको क्षेत्रफल
  • आधिकारिक कुल क्षेत्रफल: १,४७,१८१ वर्ग किलोमिटर (वर्ग माइलमा: ५६,८२७ वर्ग माइल)
  • प्रस्तावित क्षेत्रफल: लिम्पियाधुरा, कालापानी र लिपुलेख क्षेत्र समावेश गरिएको नयाँ (चुच्चे) नक्सा अनुसार नेपालको प्रस्तावित कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर रहेको (वर्ग माइलमा: ५६,९५६ वर्ग माइल)
नेपालको आकार र विस्तार
  • आकार: नेपालको आकार सामान्यतया आयताकार चतुर्भुज (Rectangular Quadrilateral) प्रकृतिको रहेको,
  • स्वरूप: नेपाल पूर्व-पश्चिम दिशामा लम्बिएको र उत्तर-दक्षिण दिशामा खुम्चिएको आकारमा अवस्थित
  • लम्बाइ: नेपालको पूर्व (मेची नदी) देखि पश्चिम (महाकाली नदी) सम्मको औसत लम्बाइ ८८५ किलोमिटर रहेको,
  • चौडाइ: उत्तर-दक्षिण औसत चौडाइ १९३ किलोमिटर रहेको;
    • अधिकतम चौडाइ: २४१ किलोमिटर
    • न्यूनतम चौडाइ: १४५ किलोमिटर
  • उचाइगत विस्तार:
    • न्यूनतम उचाइ: समुद्री सतहबाट ५९ मिटर (धनुषा जिल्लाको मुसहरनिया)
    • अधिकतम उचाइ: समुद्री सतहबाट ८,८४८.८६ मिटर (विश्वको सर्वोच्च शिखर सगरमाथा)
नेपालको संरचना र भौगोलिक विभाजन
  •  सतहको संरचना: नेपालको कुल भूभागमध्ये ९२.९४ प्रतिशत जमिन र ७.०६ प्रतिशत पानीले ओगटेको
  • नेपालको धरातलीय स्वरूपलाई उत्तरदेखि दक्षिणसम्म हिमाल, पहाड र तराई गरी तीन भौगोलिक प्रदेशमा विभाजन गरिएको;
    • हिमाली प्रदेश: समुद्री सतहदेखि ३,००० मिटरभन्दा माथि ८,८४८.८६ मिटरसम्मको उचाइ रहेको; यसले देशको करिब १५% (२२,०७६.१२ वर्ग कि.मी.) भूभाग ओगटेको,
    • पहाडी प्रदेश: समुद्री सतहदेखि ६०० मिटरदेखि ३,००० मिटरसम्मको उचाइ रहेको; यसले देशको कूल क्षेत्रफलको ६८%(१,००,०८३.०८ वर्ग कि.मी.) भूभाग ओगटेको,
    • तराई प्रदेश: समुद्री सतहदेखि ५९ मिटरदेखि ६०० मिटरसम्मको उचाइ रहेको; यसले देशको कूल क्षेत्रफलको १७% (२५,०२०.७७ वर्ग कि.मी.) भूभाग ओगटेको,
नेपालको प्रामाणिक समय
  • औपचारिक नाम: नेपालको प्रमाणिक समय (Nepal Standard Time - NST)
  • आधार देशान्तर: नेपालको प्रामाणिक समय ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको,
  • आधार पर्वत: यो समय दोलखा जिल्लाको रोल्वालिङ हिमशृङ्खलामा पर्ने गौरीशंकर हिमाल (७,१३४ मिटर) लाई काटेर गएको देशान्तर रेखाका आधारमा निर्धारण गरिएको,
  • समय अन्तर: नेपालको समय ग्रीनविच मानक समय (GMT) भन्दा ५ घण्टा ४५ मिनेट छिटो (यसलाई प्राविधिक रूपमा GMT + ५:४५ भनिन्छ,)
  • नेपालको प्रामाणिक समय आधिकारिक घोषणा र लागू: वि.सं. २०४२ साल वैशाख १ गते (नेपालले आफ्नो आधिकारिक प्रमाणिक समय (Nepal Standard Time - NST) लागू गर्नुभन्दा अघि भारतको समय मापन (Indian Standard Time - IST) अनुसार घडी मिलाउने गर्दथ्यो,)
  • नेपालको समय भारतको प्रमाणिक समय (IST) भन्दा १५ मिनेट अगाडि र चीनको समय (CST) भन्दा २ घण्टा १५ मिनेट पछाडि रहेको,
नेपालको क्षेत्रीय/महादेशीय विस्तारमा हिस्सा
  • नेपालले विश्वको कुल भूभागको ०.०३ प्रतिशत ओगटेको,
  • नेपालले एसिया महादेशको कुल क्षेत्रफलको ०.३ प्रतिशत ओगटेको,
  • नेपालले दक्षिण एसियाको २.८६२% भूभाग ओगटेको,
  • क्षेत्रफलका आधारमा वरियता:
    • विश्वमा स्थान: नेपाल विश्वको ९३औँ ठुलो मुलुक,
    • एसिया महादेशमा स्थान: नेपाल एसिया महादेशको २६औँ ठुलो मुलुक,
    • दक्षिण एसिया (सार्क) मा स्थान: नेपाल दक्षिण एसियाको ५औँ ठुलो मुलुक,
    • भूपरिवेष्टित मुलुकहरूमा स्थान: विश्वका ४८ वटा भूपरिवेष्टित मुलुकहरूमध्ये क्षेत्रफलका आधारमा नेपाल २१औँ स्थानमा,
  • छिमेकी र अन्य मुलुकहरूसँग तुलनात्मक विस्तार:
    • भारतसँगको तुलना: नेपालभन्दा भारत करिब २२ गुणा ठुलो,
    • चीनसँगको तुलना: नेपालभन्दा चीन करिब ६५ गुणा ठुलो,
    • रुससँगको तुलना: विश्वकै ठुलो मुलुक रुस नेपालभन्दा ११६ गुणा ठुलो,
    • भ्याटिकन सिटीसँगको तुलना: नेपाल विश्वकै सानो मुलुक भ्याटिकन सिटीभन्दा ३,३४,०५२ गुणा ठुलो,
क्षेत्रीय निकटता र पहुँच
  • निकटतम तेस्रो मुलुक: नेपालको सिमाना नजोडिएको तर सबैभन्दा नजिकको मुलुक बङ्गलादेश (२७ कि.मी. टाढा) 
  • चौथो निकटतम मुलुक: नेपालबाट चौथो नजिकको मुलुक भुटान (३२ कि.मी. टाढा) 
  • सार्क राजधानीहरूको दुरी: नेपालबाट सबैभन्दा नजिकको सार्क राजधानी भुटानको थिम्पु (४०० कि.मी.) र सबैभन्दा टाढाको राजधानी माल्दिभ्सको माले (२,७६० कि.मी.) 
  • समुद्रसँगको दुरी: नेपालबाट सबैभन्दा नजिकको समुद्र बङ्गालको खाडी (हिन्द महासागर) हो, जुन करिब १,१२७ किलोमिटर (७०० माइल) टाढा पर्दछ,

 

Categories

  • Current Affairs 685
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 84
  • Nepal Police 7

Latest Blogs

Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 0
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 41
National Film Award, 2082
Current Affairs

राष्ट्रिय चलचित्र पुरस्कार, २०८२

  • Jun 19, 2026
  • 42
International Day for the Elimination of Sexual Violence in Conflict, 2026
Current Affairs

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 19, 2026
  • 83
Geographical location of Nepal
Others

नेपालको भौगोलिक अवस्थिति

  • Jun 18, 2026
  • 84
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA