Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Bijeta Kunwar
  • May 10, 2023
  • 812

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. बेलायतका नयाँ राजा चाल्र्स तृतीयको राज्याभिषेक कहिले भएको हो ?

 सन् २०२३ मे ७

  • चाल्र्सलाई सेन्ट एड्वर्ड्ज ब्राउन नामक राजमुकुट पहिर्याएर राज्याभिषेक गरिएको । 
  • वेस्ट मिनिस्टर एवीमा आयोजित विशेष समारोहबिच चाल्र्सले राजमुकुट ग्रहण गरेका । 
  • राजा चाल्र्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन् । 
  • राजा चाल्र्ससँगै रानी क्यामिला चाल्र्सलाई क्विन मेरिज ब्राउन पहिर्याइएको । 
  • राज्याभिषेक समारोहमा नेपालसहित विश्वका अधिकांश मुलुकबाट प्रतिनिधित्व रहेको ।

२. विसं २०८० वैशाख २२ मा कति औँ बुद्ध जयन्ती मनाइयो ?

 २५६७ औँ

३. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा ‘ड्रोन आब्रामण’ कहिले भएको हो ?

 सन् २०२३ मे २

  • ‘ड्रोन आव्रमण’ गरी आफ्नो देशका राष्ट्रपतिको हत्या प्रयास गरेको आरोप रुसले लगाएको । 
  • ड्रोनलाई विद्युतीय उपकरण प्रयोग गरी नष्ट गरिएको र कुनै हताहती वा क्षति नभएको बताइएको ।
  • युक्रेनले भने घटनामा आफ्नो संलग्नता नभएको जनाएको ।

४. राष्ट्रिय पत्रकारिता दिवस कहिले मनाइन्छ ?

 वैशाख २४

  • विसं २०८० मा ८ औँ राष्ट्रिय पत्रकारिता दिवस मनाइएको ।
  • नारा : पत्रकारितामा खोज र नवीनता: लोकतान्त्रिक गणतन्त्रको सफलता
  • विसं १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशनको दिनलाई नेपाली पत्रकारिताको प्रारम्भिक दिन मानेर यो दिवस मनाउँदै आइएको ।

५. अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कारबाट सम्मानित हुने कलाकार को हुन् ?

 गीतकार किरण खरेल

  • नेपाली राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको योगदानको कदर गर्दै पोखरेली युवा सांस्कृतिक परिवारले उनको नाममा राष्ट्रिय सङ्गीत कोष स्थापना गरी पहिलो पटक खरेललाई पुरस्कृत गरेको ।
  • पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको । 
  • फिल्म ‘माइतीघर’ को ‘यो हो मेरो प्राणभन्दा प्यारो’ गीतका रचयिता किरणले सयभन्दा बढी फिल्ममा गीत लेखिसकेका ।

६. इन्टरनेसनल फाइनान्सियल कर्पोरेसन (आइएफसी) तथा संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष (युएनसिडिएफ) ले प्रकाशन गरेको नेपाल वित्तीय समावेशीकरण रिपोर्ट २०२३ अनुसार कति प्रतिशत नेपालीसँग बुढेसकालका लागि कुनै बचत योजना छैन ?

 ६० प्रतिशत

७. सिरियालाई अरब लिगमा पुनस्र्थापित गर्ने निर्णय कहिले भएको हो ?

 सन् २०२३ मे ७

  • इजिप्टको राजधानी कायरोमा भएको अरब लिग राष्ट्रका विदेशमन्त्रीहरूको बैठकले १२ वर्षको निलम्बनपछि अरब लिगमा सिरियाको सदस्यता पुनस्र्थापित गर्ने निर्णय गरेको । 
  • अरब लिग राष्ट्रका विदेशमन्त्रीहरूले ‘सिरियालाई सङ्कटबाट बाहिर निकाल्ने’ प्रयासलाई तीव्र पार्नुपर्ने आवश्यकतामा सहमति जनाएका । 
  • उनीहरूले सिरियाको सार्वभौमिकता, एकता, स्थिरता र क्षेत्रीय अखण्डतालाई ‘अरब लिग बडापत्र’ र यसको सिद्धान्तका आधारमा संरक्षण गर्ने प्रतिबद्धता जनाएका । 
  • जोर्डन, साउदी अरब, इराक, लेबनान, इजिप्ट र अरब लिगका महासचिव सम्मिलित एक समिति गठन गर्न पनि सबै देशका विदेशीमन्त्री सहमत भएका । 

८. विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल अन्त्य भएको घोषणा कहिले गरेको हो ?

 सन् २०२३ मे ४

  • सङ्कटकाल घोषणाको तीन वर्षपछि कोरोना महामारी अन्त्य भएको घोषणा गरिएको ।
  • डब्लुएचओले सङ्कटकाल अन्त्यको घोषणालाई महामारीकै समाप्तिका रूपमा नलिन चेतावनी दिएको । सङ्गठनले कुनै पनि मुलुकले यसलाई कोभिडविरुद्ध सतर्कता हटाउने कारण बनाउन नहुने सुझाव दिएको ।
  • डब्लुएचओका अनुसार कोभिड महामारीमा कम्तीमा ७० लाख मानिसको मृत्यु भएको ।
  • डब्लुएचओले पहिलो पटक सन् २०२० जनवरी ३० मा कोभिडलाई विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो ।

९. नेपाल र नाउरुबिच कूटनीतिक सम्बन्ध स्थापना कहिले भएको हो ?

 सन् २०२३ मे ५

  • नेपालसँग दौत्य सम्बन्ध कायम हुने नाउरु १७९ औँ सदस्य राष्ट्र हो ।

१०. सरकारले हालै जारी गरेको राष्ट्रिय जनशक्ति नीति–२०८० अनुसार विसं २०९० (आगामी दशक) सम्ममा सेवा क्षेत्रमा करिब कति जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ?

 ८४ लाख

  • सो नीतिअनुसार कृषिमा विसं २०८० मा एक करोड तीन लाख ५४ हजार र २१०० सम्ममा ७६ लाख ६१ हजार मात्रै जनशक्ति आवश्यक पर्ने अनुमान । 
  • कृषिमा अनुमानित जनसङ्ख्या घट्दो क्रममा रहेको सरकारी प्रक्षेपण रहेको । 
  • उद्योगमा क्रमशः विसं २०८० मा ३० लाख २४ हजार र विसं २०२१ मा ५५ लाख ३० हजार जनशक्ति आवश्यक पर्ने अनुमान रहेको । 

११. नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?

 १४ प्रतिशत

  • कुपोषणलाई सन् २०२५ सम्म २४ प्रतिशतमा र सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको । नेपालका बालबालिकामा यो दर घट्दो व्रmममा रहको । सन् २००१ मा ५७ प्रतिशतमा रहेको कुपोषण सन् २०१६ मा ३६ प्रतिशतमा झरेको ।
  • नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कम तौल र १० प्रतिशतमा ख्याउटेपन रहेको ।
  • पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल १.२ प्रतिशत, प्रजनन उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको ।
  • राष्ट्रिय सूक्ष्म पोषक तìव सर्वेक्षण, २०१६ अनुसार नेपालका ३२ प्रतिशत किशोर–किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको । त्यस्तै २३ प्रतिशत किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको ।
  • कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको ।
  • पहिलो योजना सम्पन्न भएपछि दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।

१२. चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ? 

 सन् २०२१ जुलाई ८

  • छ सदस्यीय यस सङ्गठनमा चीन एवं दक्षिण एसियाका पाँच राष्ट्र (नेपाल, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का) रहेका । 
  • गरिबी निवारणमा मिलेर कार्य गर्ने उद्देश्यका साथ यस सङ्गठनको स्थापना भएको । 
  • पाँच दक्षिण एसियाली मुलुकमा शाखा कार्यालय रहने । 

१३. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ? 

 छिमेकी चरा

  • सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको । 
  • सो एपमार्फत चराको सङ्ख्या, जिल्ला अनुसार चराको जातिको विवरण प्राप्त हुने जनाइएको । 
  • यो एप जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने । एप प्रयोग गर्ने व्यक्तिले आफ्नो घर वरपर, बगैँचा, वन, जङ्गल वा कुनै स्थानमा चराको विवरण एपमार्फत सङ्घलाई सूचना दिन सक्ने । एपमा भएका चरामध्ये जुन चरा हो, सोही चराको फोटो क्लिक गर्नुपर्ने । चराको फोटोसँगै नम्बरहरू पनि राखिएको । चरा चिन्न नसकेमा वा एपमा राखिएका एक सय चरामध्ये आपूmले देखेको चरा छुट्याउन नसकेमा एपमा नै सहयोग माग्न सकिने । 
  • विदेशमा यस्तो अभ्यास धेरै अघिदेखि हुँदै आएको । 

१४. नेपालको ‘माउन्ट फुजी’ भनी कुन हिमाललाई चिनिन्छ ?

 मनास्लु 

१५. हाल अति कम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?

 अफ्रिका 

१६. सबैभन्दा अग्लो स्थानमा निर्मित सबस्टेसन कुन हो ?

 ३३-११ केभीको स्यार्कु सबस्टेसन, (मनाङ)

  • लमजुङको मस्र्याङ्दी गाउँपालिका–५, चिप्लेबेँसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत २७०० मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन सञ्चालनमा ल्याइएको ।
  • गत वर्ष (२०७८) को असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठूलो क्षति भएको थियो ।

१७. सन् २०२३ मा आयोजना हुने साफ च्याम्पियनसिपमा दक्षिण एसियाली क्षेत्रबाहिरबाट सहभागी हुने राष्ट्र कुन कुन हुन् ?

 कुवेत र लेबनान

  • भारतको बेङ्गलुरुमा सन् २०२३ जुन २१–जुलाई ४ सम्म आयोजना हुने । 
  • सहभागी राष्ट्र: भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान, बङ्गलादेश, कुवेत र लेबनान ।
  • दक्षिण एसियाली देशहरूबिचको प्रतियोगितामा प्रतिस्पर्धा स्तर बढाउन भन्दै आमन्त्रित टिमहरूलाई सहभागी गराउने नीति साफले लिएको । 

माल्दिभ्समा सन् २०२१ मा भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

१८. आयात–निर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो ?

 नेपाल ट्रेड (नेपाल सरकारद्वारा ल्याइएको)

१९. इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर प्रोग्रामलाई के भनिन्छ ?

 ब्राउजर

२०. मिटरब्याज (अनुचित लेनदेन) लाई अपराध कायम गर्ने फौजदारी कानुन कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

 विसं २०८० वैशाख २०

  • नयाँ कानुनअनुसार यससम्बन्धी अपराधमा संलग्नलाई सात वर्षसम्म कैद र ७० हजार रुपियाँसम्म जरिबाना हुने । 
  • मिटरब्याजकै आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण भएमा त्यस्तो हक हस्तान्तरण बदरसमेत हुने प्रावधान रहेको ।
  • अध्यादेशमार्पmत मुलुकी अपराध संहिता, २०७४ तथा मुलुकी देवानी संहिता २०७४ र यससम्बन्धी कार्यविधि संशोधन गरिएको । 
  • लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दाकै बखतमा ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने एवं ब्याजलाई साँवामा जोडी लिखत तयार गरे मिटर ब्याज कसुर ठहर हुने ।
  • ऋणीले तिरे–बुझाएको रकमको भर्पाइ नदिने वा लिखत नबनाउने, ऋणको साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की दिने वा हिंसा गर्ने वा शोषण गर्ने, अनुचित लेनदेनको आधारमा ऋणीमा अचल सम्पत्ति हस्तान्तरण गरी लिएमा पनि अनुचित लेनदेन गरेको मानिने प्रावधान रहेको ।

२१. कुन राष्ट्रले विश्वको पहिलो ‘स्वच्छ वाणिज्य आणविक रिएक्टर’ बनाउन लागेको हो ?

 चीन

२२. नेपालमा डिजिटल भिसा प्रणालीको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७८ असार १४

Source: Gorkhapatra Online

प्रस्तुतकर्ता: अर्जुन शर्मा

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1188
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 65
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 114
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 243
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 69
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 149
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA